banner
banner

ओली कि माफियाको राज ?

काठमाडौं । चिकित्सा विधेयक के पास भयो, गोविन्द केसी हारे, सरकार जित्यो भन्ने हर्षबढार्इँ पो गर्न थाले नेकपावालाहरु । हुन पनि एउटा सत्याग्रहीलाई जितेर दुई तिहाइको यो बिजोग पनि यो देशले देख्नुप¥यो । लाखौं जनताले विश्वास गरेका केसीलाई संसदको दुई तिहाइले हराएकोमा ओली कि माफियाराज जित्यो कि केसी हारे ? अचम्म छ ।
कुनै पनि राष्ट्रमा एउटा सत्याग्रहीलाई यसरी लत्याउने काम हुन्न । संसदीय सर्वोच्चताभन्दा पनि नागरिक सर्वोच्चतालाई महत्व दिइन्छ । काइते बिधेयक पास भयो, मेडिकल माफियाहरु खुश भए, समूल देश खुशी भयो कि भएन, यही कुरा ओली सरकारलेदेख्न र अनुभव गर्न सकेन । यो घटना जुत्ता लगाएर पूजाको कर्मकाण्ड गर्ने ओलीराजको सबैभन्दा निकृष्ठ भए पनि भोलि कीर्तिमानमा गनिनेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper