banner
banner

नेपालमथि इसाई साजिस

काठमाडौं । मै हुँ प्रभु इसुको छोरी भनेर दावी गर्ने सच्चा माता जा हान मुनले होटल हयातमा पवित्र रक्सी सेचन गराइन्, पवित्र रक्सी पिलाइन् र युनिभर्सल पिस फेडरेशनको नेपालबाटै नेपाललाई इसाई मुलुक बनाउने घोषणा गरेर कार्यक्रमको बिट मारेकी छिन् ।
उनले अरुको हात समातेर सच्चा पिता भनिने युनिफिकेशन चर्चका धर्मगुरुसन म्याङ मुनलाई सम्झिदै प्रार्थना पनि गर्न लगाएकी थिइन ।
वाह धर्म निरपेक्ष नेपाल सरकार, वाह नेकपाको राजनीति । यो सब चर्तिकला देखेर नेपाली राजनीति बेजोडले तातेको छ ।
नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपम भनेर प्रशंसाको लेपन लगाएर नेपाललाई इसाई देश बनाउने घोषणा गरिरहदा सरकार मौन सम्मति जनाइरह्यो । व्यानरम एसिया प्रशान्त सम्मेलन लेखेर नेपाललाई इसाई राष्ट्र बनाउने उद्देश्य प्रचार गरिरहदा सरकार चुपचाप रहनु भनेको मौनम स्वीकृति लक्ष्यणम् हो ।
युनिभर्सल पिस फेडेरेशन (युपिएफ) ले कार्यक्रम आयोजना गर्‍यो,  सामान्य रुपमा शान्तिको आवश्यकता, महिलाको अवस्थामा सुधार, दिगो विकास र जलवायु परिवर्तनको मुद्दा पनि उठाइयो तर पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र एकनाथ ढकाल संयोजक रहेको यो समितिको कार्यक्रममा सतही रुपमा नेपालका उपलव्धिबारे कुरा राखेर गम्भीर रुपमा क्रिश्चियनको विश्वव्यापी प्रचार हुनु दु:खद पक्ष हो ।
कार्यक्रममा कोरियाली संसद्को शिक्षा समितिका अध्यक्ष चानयोल लीले विश्वको शान्ति परियोजनामा शान्ति, विकास, सुशासन र संसद् भूमिकाका विषयमा मन्तव्य दिंदै कोरियाली प्रायद्वीपको शान्ति प्रक्रियाका बारेमा सम्मेलनमा नेताहरुले देखाएको चासोप्रति आभार व्यक्त व्यक्त भएको थियो । युपिएफका अन्तर्राष्ट्रिय अध्यक्ष थोमस जि वाल्सलेदेखि नेपालका आइएनजीओहरुको व्यापक सक्रियतासमेत देखियो ।
फिजीमा यस्तो सम्मेलन गर्न दिइएन, नेपालमा गर्न दिएवापत १ लाख डलर पुरस्कार दिइयो, प्रम ओलीले स्वीकार गरे । पार्टी, बुद्धिजीवी बर्गले भनेका छन्, विवादास्पद संस्थाले दिएको रकम स्वीकार गरेर र दुबै दिन सहभागी भएर, सहआयोजक बनेको सरकारको आलोचना तीब्र बढेको छ । ९ महिने सरकार जो जनताको नजरमा असफल भइसक्यो, त्यो सरकारले गुड गभर्नेसका नाममा पुरस्कार लिनुले जनताले स्वावासी दिने कि विदेशीले भन्ने प्रश्न पनि उठेको छ । नेकपाका घनश्याम भुसालदेखि रावलसम्मले नेकपाका नेताहरुको अधोपतन, नग्नता हदैसम्म बढ्न थालेको प्रतिक्रिया दिएका छन् । जनता जिल्लाराम परेका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper