banner
banner

सरकारले सेना र अदालत कमजोर बनायो

प्रतिपक्षी नेपाली कांग्रेस बिस्तारै बौरिएर नेकपा सरकारको अधिनायकवादी शैलीको बिरोधमा उत्रिन थालेको छ । महासमितिपछि कांग्रेसले देशव्यापी बिरोध जनाउने कार्यक्रम राखेको छ ।
काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता शेखर कोइरालाले आरोप लगाएका छन्– सरकारले न्यायपालिका र सेनालाई कमजोर बनायो ।
न्यायपालिका, सञ्चार, सेनाजस्ता निकाय कमजोर पार्नु भनेको प्रजातन्त्र कमजोर पार्नु हो । नेपाली कांग्रेसलाई यस्तो कदापि सह्य छैन । सरकारकै कारण अहिले संवैधानिक सर्वोचता र शक्ति सन्तुलन खलबलिएको अवस्था आएको छ । राष्ट्र कमजोर भयो ।
लोकतन्त्र कमजोर पारेर कम्युनिष्ट निरंकूशता चलाउन खोजिएको छ, यही कारण नेकपाको सरकारले लोकतन्त्रका आधारभूत संरचनालाई कमजोर बनाउने क्रममा अहिले सरकारको प्रहार नेपाली सेनालाई कमजोर बनाउने खेलमा लागेको देखिन्छ ।
शेखर कोइरालाको आक्रोशपूर्ण अभिव्यक्ति छ– सम्पत्ति शुद्धीकरणलगायतका महत्वपूर्ण निकाय प्रधानमन्त्रीले आफू मातहतमा ल्याएर मुलुकमा भ्रष्टाचारलाई प्रश्रय दिने काम भइरहेको छ । न्यायपालिका निरीह बनेको छ, मिडियामाथि पनि हस्तक्षेप जारी छ । अब नेपाली सेनालाई पनि कमजोर बनाउने खेलमा सरकार लागेको देखिन्छ । यो सर्वसत्तावाद, अधिनायकवाद लाद्ने दुस्चक्र हो ।
कोइरालाका अनुसार यो सरकारले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई एउटै ठाउँमा केन्द्रित गर्ने र हुकुमी शासन चलाउने कसरतमा ओली सरकार लागेको आरोप पनि लगाए । सबैशक्ति आफूमा केन्द्रित गर्न प्रधानमन्त्री केपी ओलीजी लागिरहनुभएको छ, यो बर्बादी मार्ग हो, बुझ्नु जरुरी छ । यस्तो बर्बादीमार्ग नेपाली कांग्रेसलाई कदापि सह्य छैन, समर्थन गर्देन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper