banner
banner

प्रधानमन्त्रीलाई १५ प्रश्न


१. बालिका निर्मला पन्तको बलात्कारी पक्राउ गर्न १० वर्ष लाग्छ भन्ने प्रधानमन्त्रीजी, समृद्ध नेपाल सुखी नेपाली बनाउन कति वर्ष लाग्छ ?
२. अरुण ३ भारतले बनाउने भो, ७ जिल्लाबाट उत्पादित विजुली भारततिरै लैजाने भए । जिल्लावासीले समेत उपभोग गर्न नपाउने अरुण ३ को बिजुलीले देश कसरी उज्यालो हुनसक्छ ?
३. बलात्कार र हत्याकाण्डले प्रधानमन्त्रीको टाउको दुखेछ । गृहमन्त्री फाल्ने कि आइजीपी फेर्ने ? यसैवीच असाज २१ गते वेभसाइटमार्फत छानबिन रिपोर्ट सार्वजनिक गरिएको छ ।
४. ३८ टन सुन भित्र्याउनेले त छुट पाए पाए, प्रधानमन्त्रीबाट ३३ किलो सुनका दोषीलाई पनि माफी बकस भयो । नेपालमा संविधान फेल खायो कि सरकार फेल भो ? जनताले बुझिसके ।
५. सुन र हत्या काण्डमा फसेका एसपी, एसएसपी साधारण तारेखमा रिहा भए  अव निर्मला हत्याकाण्डमा मुछिएका एसपी डिल्ली बस्नेत र उनका सहयोगीहरुको निलम्बन फुकुवा हुने बेला आयो । यद्यपि आइजीपी प्रहरी भित्रका किराहरु बच्दैनन् भन्दैछन्, ती किरामा एसपीहरु पर्दैनन् होला नि ?
६. प्रधानमन्त्रीले बुढी गण्डकी ठाडो प्रस्ताव लगेर बिना प्रतिस्पर्धा विदेशीको हिल्ला लगाइदिए । ७० अर्वभन्दा बढी स्वाहा भयो । यसरी आयोजना दिदा कमिशन आउँछ, आफैले बनाए सजिलै कमाउन सकिन्न । सरकार किन भ्रष्टको संरक्षण र भ्रष्टाचार लिप्त भएको हो ?
७. खर्च नपुगे मसँग लिन आउनु भनेर पत्रकारिता जगतलाई नै अपमानित गर्ने सञ्चारमन्त्रीले विकास समितिका ठेकेदार सांसदलाई हपारेर लेखिसकेको निर्णय उल्ट्याउन लगाएछन् । सरकार बिधिमा चलेको छ कि बाहुबलीमा ? सरकार आफै बाहुबली बन्दैछ । प्रश्न उठ्यो ?
८. नोवल शान्ति पुरस्कार बलात्कार पीडित, यौनहिंसा विरुद्ध अभियान चलाएकी व्यक्तित्वले पाएको खबर आयो । नेपालमा त जनयुद्धका पीडक, भ्रष्ट र बलात्कारी संरक्षण गर्नेलाई मान पदवी अलंकार दिइएको छ । प्रधानमन्त्रीको योग्यता प्रष्ट भएन र ?
९. मंसिर १२ गते २४ किलोमिटर लामो जनकपुर जयनगर रेल सेवा हस्तान्तरण गर्न भारतका प्रधानमन्त्री फेरि नेपाल आउने भएछन् । प्रधानमन्त्री ओलीले बोलाएको कि मोदी आफै आउन चाहेको । आए भने उनको ४ वर्षमा यो पाँचौ नेपाल भ्रमण हुनेछ । तर नेपाल भारतवीचका सीमा समस्यामा एकपटक पनि कुरा उठेन । नेपालका कुनै सरकारले उठाउन सकेन ।
१०. १ नम्बर प्रदेश १ नम्बर नै ठिक थियो । किराँत प्रदेश राख्न जोड भइरहेको छ । त्यसो भए २ नम्बरलाई मधेश राख्न किन आपत्ति जातिवादीजीहरु ? 
नामाकरणले नै जातीय विद्वष फैलाउने कसरत जारी छ ।
११. क्षमता ५ सय, भर्ना भएछन् ११ हजार । यो एलएलवी स्तरको हो । वकिलको आम्दानी देखेर युवाहरु यतै आकर्षित भएछन् कि कसो ? हुन पनि एउटा मुद्दामा बहस गरेको १० हजारदेखि ५ लाखसम्म लिनेहरु देखिएका छन् ।
१२. नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत ओली सरकारमाथि औंलो ठड्याए । यो सरकारलाई नालायक भने । कुनै दिन आफै असक्षम भइसकेका देउवाले भनेपछि नालायक नै होला किनभने एउटा बलात्कारी, भ्रष्टलाई समेत कारवाही गर्न सकेन ।
१३. आइजीपी सर्वेन्द्र खनालले कुनै बेला मोष्ट वाण्टेड भएका व्यक्तिलाई नै पुरस्कृत गरेछन् । यो के तमासा ?
१४. अख्तियारले भ्रष्टमाथि कारवाही गर्दा प्रशासन नै खाली हुने अभिव्यक्ति दिए । यो अभिव्यक्तिपछि पनि प्रधानमन्त्रीलाई सुशासन कायम भयो भन्ने भ्रम छ कि हट्यो होला ?
१५. अन्तमा प्रधानमन्त्रीले बालिका विद्यार्थी मल्लिका खतिवडाको आक्रोश सुन्न जरुरी छ । उनले सडकबाटै खबरदार गरेकी छिन्– ‘न्यायको भीख माँग्दा पाइन्न भने सरकारको बलात्कार र्न हामी पनि तैयार छौं ।’ यो सरकारका विरुद्ध त अव बालबालिकासमेत सडकमा निस्किए । अव पनि सरकारको चेत खुल्नु पर्दैन ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper