banner
banner

प्रचण्ड र ओलीवीच शंकैशंका

काठमाडौं । ओलीलाई बिमस्टेक किन गर्नुपर्‍यो ? भारतको बिमस्टेक  सैनिक गठबन्धनमा ओलीले किन मञ्जुरी दिनुपर्‍यो ? प्रचण्डलाई भारत र चीन किन दगुर्नुपर्‍यो ? गम्भीर लामो वार्ता गरें भनेर प्रचण्डले फुइँकी लगाए, त्यो वार्ताको रहस्य के के हो ? एकीकरणपछि सतहमा एकीकरण हुनैसकेन, सत्ता प्राप्तिपछि नेकपा जेटका दुबै पाइलटवीच एकदोस्राको खुट्टा तान्ने र आफू शक्तिशाली भएको देखाउने होडबाजी चल्यो, चलाइयो किन ?
प्रचण्ड र ओलीवीच, तिनका निकटमा शंकैशंका बढेको छ ।
नारायणकाजीको अभिव्यक्ति भनेर प्रचारमा आएको छ– जनता र राष्ट्रका प्राथमिकताहरु कता छन् कता, यिनलाई सरकारमै पुग्न, टिक्न नाटक गरिरहनुपर्ने ? नेतृत्वको ताल के हो ?
मन्त्रिमण्डलको हेरफेरको कुरा यिनकै मान्छे अघि सार्छन् । सरकारको समीक्षा गर्ने बेला भयो भनेर मन्त्री हुन चाहनेहरु कोकोहोला मच्चाइरहेका छन् । मन्त्रीहरुले राम्रो काम गरेका छन्, हेरफेर जरुरी छैन भनेर प्रधानमन्त्रीले प्रष्टिकरण दिनुपर्ने ?
यी सबै घटनाक्रम हेरिरहेका नेकपाका नेताहरु नै जिल्ल पर्दै भन्दैछन्– पार्टी चलाउन अध्यक्षद्वय असफल भए, न सरकारको काम छ, न भ्रष्टहरुमाथि लगाम छ । सरकार नै अराजक भइसकेपछि अनुशासन कसरी कायम हुन्छ र ? झलनाथ खनालले नै यसैगरी मनलागी चल्ने हो भने पार्टी एक रहिरह्न्छ भन्न सकिन्न भनिसके ।
नारायणकाजीका नजरमा केपी र पिके एकै सिक्काका दुई पाटा हुन् । यिनीहरुको व्यवहार हेर्दा घीन लागेर आउन थालेको छ । जब नेकपाका नेताहरुलाई घीन लागेर आउन थाल्यो भने प्रतिपक्ष र आमनागरिकले यस्तो घीनलाग्दो सरकारसँग सुशासन र समृद्धिको आशा गर्नुको तुक छ र ?
केपी ओलीसँग आमनागरिकले ठूलो आशा राखेका छन् । त्यो आशा, भरोसालाई केपीले टुट्न दिनु भनेको जनमतको अपमान हुनेछ ।
यता शिक्षा र स्वास्थ्यमा लगानी गर्ने कम्युनिष्ट हुनैसक्दैन भनेर राजेन्द्र पाण्डेदेखि तमाम लगानीकर्ता कम्युनिष्टमाथि खनिएका घनश्याम भुसालले माक्र्सवाद अध्यापन केन्द्र सञ्चालनमा ल्याएका छन् । यसैवीच नेकपाले ल्याएको नागरिकता विधेयकको विरोध गर्दै, यो नेकपाको सरकारको राष्ट्रघाती कदम हो भन्दै मोहनविक्रम सिंहदेखि तमाम नयाँ पुराना कम्युनिष्टहरुले व्यापक आलोचनामात्र गरेका छैनन्, आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरिसकेका छन् ।
मन्त्रीहरु ईश्वर पोखरेल, वर्षमान पुनदेखि रामबहादुर थापासम्मलाई प्रधानमन्त्रीले राम्रो काम गर्न भनेको विषयमा उनीहरुले चित्त दुखाएका छन् । यी मन्त्रीहरुले सचिवमार्फत सूचना लिएर असन्तुष्टि जनाउने काम नगर्न, जे भन्नुपर्छ सिधै आदेश दिन ओलीलाई भनेका छन् । ओलीले हरेक सचिवमार्फत सबै मन्त्रालयको राम्रा नराम्रा कामको सुराक लिने कामलाई अझ तीब्र पारेका छन् । कुनै पनि षडयन्त्र अथवा सेटिङ प्रधानमन्त्रीलाई थाहा नहुने छैन ।
तथापि प्रधानमन्त्रीले सिधै एक्सनमा आउने काम अझै गरेका छैनन्, त्यसैले मन्त्रीहरुले राम्रो काम गरिरहेको बताएको हुनसक्छन् । यसैवीच प्रचण्डले समेत मन्त्री हेरफेर गर्ने विशेषाधिकार प्रधानमन्त्रीको जिम्मामा रहेको बताएका छन् ।
जतिसुकै नाटक देखाए पनि केपी ओली सरकारले सुशासनमा पटक्कै क्षमता देखाउन सकेको छैन । भ्रष्टाचार र अनियमितता झन झन बढेर गएको छ । अख्तियारलाई हनुमान बनाउँदा भ्रष्ट कर्मचारीहरुको साहस बढेर गएको छ । भ्रष्टाचार बढ्नु कूशासन हुनु र कूशासनले केपीलाई नै खानसक्छ भन्ने अवाज सुनिन्छ ।
ओलीलाई सबै थाहा छ, तर किन हो कुन्नी माफिया, तस्कर, हत्यारा, बलात्कारी, भ्रष्टाचारी कसैमाथि पनि ओली बज्रप्रहार गर्न सकिरहेका छैनन्, ओली विकासको सपना त देख्छन्, सपना पूरा गर्ने इच्छाशक्ति प्रदर्शन गर्न सक्देनन् । मूल कुरो नकेपाका दुई पाइलट प्रचण्ड र ओलीवीच विश्वासको संकट बढेकाले यो संकट राष्ट्रिय संकट बन्नसक्ने देखिदैछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper