banner
banner

बिखण्डनवादीलाई सेनाले तह लगाउँछ

काठमाडौं । सेना सोल्जर्स हो, सोल्जर्सजस्तो हुनुपर्छ । सेना देशको स्वाभिमान र गौरव बन्नुपर्छ । सेनाले आदेश पर्खियो वा तर्क गर्न थाल्यो भने देशमा विदेशीको प्रभाव बढ्यो भनेर बुझ्नुपर्छ । विज्ञहरु यसै भन्छन् ।
राष्ट्रपतिले फूली लगाइदिएपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले मुख खोले– नेपाली सेना देश बिखण्डन गर्न खोजे सेना चुप लागेर बस्दैन । सीके राउतजस्ता बिखण्डनवादीलाई तह लगाउनु परे तह लगाउन सेना तैयार छ । मधेशमा बिखण्डनवादी अनेक तत्वको क्रियाकलापलाई सेनाले नजिकबाट नियालीरहेको उनको अभिव्यक्तिले सेना सुतेर बसेको छैन भन्ने संकेत दिन्छ । तर सरकारले आदेश नै नदिएसम्म हर्कतमा नआउने परम्परा यिनल तोड्लान् र ?
नेपाली सेनाको कमाण्ड भदौ २४ देखि पूर्णचन्द्र थापाले सम्हालेका छन् । २०१७ सालमा जन्मेका थापा ०३७ सालमा सहायक सेनानीमा नियुक्ती भएका थिए । भदौ २४ गते राष्ट्रपतिबाट नियुक्त भएपछि प्रधानसेनापति बनेका
 छन् । यिनी काविल सैनिकमा गनिन्छन् । प्रधानसेनापति राजेन्द्र थापाको सिफारिसमा उनलाई एक वर्ष म्याद थपेर प्रधानसेनापतिको लाइनमा परेका हुन्, यसकारण पनि उनलाई भाग्यमानी प्रधानसेनापति भनेर सेनाभित्र निकै चर्चा सुरु भइरहेको छ ।
प्रधानसेनापति थापाका सामु चुनौति धेरै छन् । राजनीतिक दबाब पनि पर्नेछ तर आजसम्म राजनीतिको चस्का नपरेको नेपाली सेनाले सन्तुलन मिलाएर अघि बढ्ने र नेपाल र नेपालीको हितमा उभिनेमा शंका गर्नुपर्ने छैन । किनकि थापा नमकको सोझो गर्ने सिपाहीमा अब्बल मानिन्छन् । ३५ वर्ष नेपाली सेनामा सेवा गरिसकेका थापाले सेनाभित्रको स्पिड र मुलुकको स्थिति बुझेका छन्, त्यो अव काम लाग्नेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper