banner
banner

सर्वेन्द्र पनि प्रश्न चिन्हमा

काठमाडौं । नेपालको दाउद भनेर चर्चा पाएका व्यवसायी दीपक मलहोत्राले आइएमएस कम्पनीको नाममा ठेक्का हालेर नेपाल प्रहरीका सकल दर्जाका लागि ३५ हजार जोर जुत्ताको ठेक्का लिएका थिए ।
यो ठेक्काअनुसार उनले जुत्ता सप्लाई पनि गरे तर गुणस्तरहीन । के गर्ने ? यस बारेमा आइजीपी सर्बेन्द्र खनालले विवेक प्रयोग गर्न नपाउँदै सत्ताधारीको यस्तो आदेश आयो कि उनले मान्न बाध्य भएर ६ करोड ४५ लाख ७५ हजार भुक्तानी दिनुपरेको खबर छ ।
अत्यन्त काविल, क्षमतावान भनेर चर्चा पाएका डिआइजी, त्यसपछि आइजीपी बने । आइजीपी बनेर उनले राम्रो काम गर्न थालेका मात्र थिए, उनलाई सत्ताधारीले नै फसाइदिए, दीपक मलहोत्राले सर्बेन्द्र खनाललाई अपजसमा पारिदिए । खनालको छटपटी बढेको छ ।
गुणस्तरको जाँच गर्दा दीपक मलहोत्राले पेश गरेको स्याम्पल फेल भएको थियो । फेल भएको स्याम्पल भारतीय डीएसएम कम्पनीको थियो । त्योभन्दा पनि कमशल भारतीय लिवर्टी कम्पनीको जुत्ता प्रहरीलाई बुझाएका थिए । सत्ताधारीसँगको अन्तरङ्ग सम्बन्ध भएका दीपक मलहोत्राले यसरी चलखेल गरे कि कमसल भनेर स्टोरमा थुप्रेको जुत्ताको भुक्तानी लिएरै छाडे ।
प्रहरी स्रोतका अनुसार गुणस्तरीय केही जोर जुत्ता परीक्षणमा पठाएर पास भएको र त्यही आधारमा गुणस्तरहीन जुत्ता पास गरेर भुक्तानी गरिएको हो । अत्यन्तै काविल आइजीपीको आँखा छलिएको हो कि उनले आँखा चिम्लेर चाकरी बजाएको हो ? यसैगरी १० हजार थान झोलाकाण्डमा पनि आइजीपीले ठेकेदारलाई पोसेका छन् । सकल दर्जाको, संगठनको हितमा यी आइजीपी चिप्लेपछि यिनी प्रश्नचिन्हमा परेका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper