banner
banner

चौधरीले सत्य बोल्दा सनसनी

काठमाडौं । आयात ९३.५५,निर्यात ६.४५ प्रतिशतको तथ्य र तथ्यांक प्रस्तुत गर्दै उद्योगपति तथा सांसद विनोद चोधरीले नेपाल शतप्रतिशत परनिर्भरताको अवस्थामा पुगिसक्यो । यो खतरा झेल्न सकिएन, खतराबाट उन्मुक्ति खोजिएन भने ठूलै जोखिम झेल्नुपर्ने हुन्छ । यसको उपचार सामान्य झारफुकले हुनसक्दैन, ठूलै नीतिगत र कार्यशैलीको शल्यक्रिया आवश्यक छ भनेपछि संसद, अर्थविद र सरकारमा सनसनी फैलिएको छ ।
जनआन्दोलनको समयसम्म आयात निर्यातको स्थिति ७०, ३० को अनुपातमा थियो, आज ९४, ६ को रेसियोमा पुगिसक्यो । सरकारले लिने र लिएको आर्थिक नीतिमा आमूल परिवर्तन जरुरी छ, नसच्याए देशको व्यापार शतप्रतिशत आयात निर्भर हुनेछ ।
बजेटमाथि छलफल गर्दै नेपालका धनाध्ये र सफल उद्योगपति विनोद चौधरीले यो कहालीलाग्दो आर्थिक स्थितिको चित्रण गरेपछि कुनै पनि हालतमा हलुका रुपमा लिन नहुने तर्क गर्दैछन् अर्थविज्ञहरु समेत ।
 विनोद चौधरीको स्पष्ट सुझाव छ– संसारकै कारखाना अर्थात फ्याक्ट्री अफ द वल्र्ड मानिने भारत र चीनसँग नेपालले उत्पादनमा प्रतिस्पर्धा गर्न कठिन छ । यस विषयमा सरकार गम्भीर हुनुपर्छ । भारतसँगको व्यापार घाटा अन्यका लागि नेपालबाट विजुली बेच्नुको अर्को विकल्प तत्काल देखिदैन । भारतसँगको व्यापार घाटा सच्याउने एउटामात्र उपाय ५ हजार मेगावाटको कुनै आयोजना भारतलाई वर्तमान मूल्यमा बेच्न सकेमा अहिलेको व्यापार घाटा तत्काल पूर्ति गर्न सक्छौं ।
 हामीसँग खर्च क्षमता नै छैन । यमुलुकले खर्च गर्ने
 बजेटको ८५ प्रतिशत साधारण खर्च हुने गर्छ । केवल १५ प्रतिशत मात्र विकास योजनामा खर्च गर्छौ । हामीले विकासका नाममा जतिसुकै बजेट विनियोजन गरे पनि खर्च गर्ने क्षमता र शासकीय क्षमतामा वृद्धि गर्न सकेनौं भने फेरि यही नै नियती ब्यहोर्नुपर्छ ।
उनको प्रश्न र सझुाव छ– अहिले प्रदेशहरुमा साँढे ४ खर्ब भन्दा बढी रकम विनियोजन भएको छ । त्यो रकम खर्च हुनसक्ला र ? खर्च क्षमताका बारेमा केन्द्रले गम्भीर भएर सोचेन भने संघीयतामा नै आघात पुग्न सक्छ । उदार अर्थतन्त्रको दिशाको विकलप् छैन । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper