banner
banner

नेकपाभित्र अर्को भूकम्प जाने खतरा

काठमाडौ । सनम शाक्यको हत्या, साँढे ३३ किलो सुन प्रकरणको जालोमाथि अनुसन्धान जारी छ, प्रहरी र अदालत यसबारेमा खटिएको स्थिति पनि छ तर र्पू एआइजी राजेन्द्र सिंह भण्डारी र पूर्वडीआइजीद्वय हेमन्त मल्ला र रमेश खरेलले सुन काण्डको अनुसन्धानमा त्रुटि भयो भनेर प्रचारवाजी थालेका छन् । किन र कसको निर्देशनमा यिनले अदालतको विचाराधीन मुद्दामा यसरी मुख खोलेका हुन्, यो आश्चर्यपूर्ण त छ नै, रमेश खरेल प्रधानमन्त्रीका चहेता एमाले सांसद पनि हुन्, उनले बोल्नुलाई अर्थपूर्ण मानिएको छ । यतिमात्र होइन, मन्त्रिपरिषदले गठन गरेको विशेष छानबिन समितिमाथि नै यी तीन भूतपूर्व प्रहरी अधिकृतले प्रहरीको मनोबल कमजोर पारियो, हतोत्साहित रियो भन्नु झन आपत्तिपूर्ण मानिएको छ ।
र, यी तीन पूर्व प्रहरी अधिकृतले त्रुटि सच्याउन विशेष आयोग वा बहुपक्षीय समिति गठन गर्न सुझाव दिदै आइजीपीले मौनता साध्नु कमजोरी भएको पनि बताए ।
यी तीन जनाले अनुसन्धानका क्रममा अपराधीसँग मिलेको नाटकसमेत गर्नुपर्ने भएकाले हत्या र यो सुन प्रकरणमा प्रहरीलाई फसाइएको दावीसमेत गरेका छन् । यिनको दावी दालमे कुछ काला है भनेजसतो भएको विश्लेषकहरुको मत सार्वजनिक हुनथालेपछि थप प्रश्न के पनि उठेको छ भने यी तीन पूर्वप्रहरी कतै यो काण्डमा जोडिएका त छैनन्, अन्यथा यिनले यति गम्भीर काण्डमा किन मुख खोले, कसलाई बचाउने प्रयास गरिरहेका हुनसक्छन् भनेर केहीले यिनीहरुमाथिसमेत विशेष छानबिनको माग गरेका छन् । सुन काण्डले यतिबेला देश नै हल्लाइरहेको छ, अदालत सक्रिय छ, अनुसन्धान जारी छ र सरकार मौन हुने र यी पूर्व प्रहरी बोल्ने ? अचम्म मानिएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper