banner
banner

आमाले झण्डा उठाइन्, बुद्ध बोकिन

काठमाडौं । फागुन १९ यसकारण विशेष रह्यो कि ७५ हजार नागरिक टुँडिखेलमा भेला भएर धम्मपद वाचन गर्दै बुद्ध नेपालमा जन्मेका हुन् भन्ने बुलन्द आवाज निकाल्नु थियो । झण्डै डेढलाख मानिसक सहभागी भए । बुद्ध विश्वका हुन्, नेपालमा जन्मेका हुन्, सगरमाथा विश्व सम्पदा हो, नेपालमा छ भन्न भेला हुनुपर्दैनथ्यो तर केही नेपालविरोधीहरुले सत्यलाई छोप्ने प्रयसा गरिरहेकाले त्यसलाई पनि निस्तेज पार्न जरुरी थियो र वल्र्ड रेकर्ड पनि राख्नु थियो । यो आफैमा राष्ट्रवादी कदम मानियो ।
यसमा छोरा बिदेश गएका बुढी आमाहरुले पनि सहभागिता जनाए । कुनै आमाले राष्ट्रिय झण्डा उठाइन्, कुनै बुढी आमाले बुद्ध बोकिन र भनिन्– नेपाल हाम्रो देश हो, बुद्ध नेपालमा जन्मेका हुन् । हामीलाई हाम्रो देश र बुद्धप्रति गौरव छ ।
बुद्धवाणी, धम्मपद वाचन गरेको यो कीर्तिमानी प्रदर्शन हुनगयो । गिनिज बुक अफ दी वल्र्ड रेकर्डले पनि मान्यता दिनेनै छ । प्रधानमन्त्रीले बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सत्यता स्वीकार गर्न र यस विषयमा कसैले पनि भ्रम नछर्न आग्रह समेत गरे ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper