banner
banner

ओली, प्रचण्ड र केसीको कुरा मिल्यो

काठमाडौं । प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीलाई महाभियोग लगाउन र चिकित्सा शिक्षा जाँचबुझ आयोगले दोषी ठहर गरेकालाई कारवाही गर्नैपर्छ भन्ने माँग गर्दौ डा.गोविन्द केसीले फागुन २९ गतेदेखि आमरण अनसन बस्ने घोषणा गरेका छन् ।
डा.केसीको अनसनले प्रधानन्यायाधीशमाथि महाभियोग लाग्ला नलाग्ला भन्न सकिन्न तर दुई शक्तिशाली नेता प्रम केपी ओली र माओवादी केन्द्र अध्यक्ष प्रचण्डले न्यायालयका बेइमानहरुलाई ठीक पार्ने दिन आयो भन्ने अभिव्यक्तिले अदालतमा हुने गरेका भ्रष्टाचारमा सरकारले दह्रै कदम चाल्ने र स्वच्छ न्याय प्रशासनका लागि कडा निर्णय लिने संकेत सार्वजनिक भइसकेको छ । भ्रष्टाचारमा शून्य सहनशीलता यही मेरो प्रतिवद्धता हो भनेर प्रधानमन्त्रीले दोहोर्‍याइरहेका छन्, चिच्याइरहेका छन् । देशमा सुशासन हुने सम्भाबना प्रबल बनेर गएको बेलामा डा.केसीको बाली र ओली तथा प्रचण्डको लोली मिल्नुले नैतिक धरातल बलियो बनाउनेतिर सरकारले अठोट लिएको अनुभव गरिदैछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper