banner
banner

हेर्नमात्रै १२ करोड

काठमाडौं । सलमान आउँदैछन्, उनलाई हेर्न र उनको नाचगाना, स्वर सुन्नका लागि राजधानीमा रहेका युवायुवतीले बिसौं करोडको टिकट किन्ने भएका छन् । एक टिकटको १० हजारसम्म । सलमान खानको काठमाडौं आउने र उनको शुल्कमात्र १२ करोड लाग्ने र उनले लाने भएका छन् ।
सलमान खान फागुन २६ गते आउँदैछन् र उनले आफूलाई स्वागत गर्न नेपालीलाई ट्वीट अनुरोधमा लेखेका छन्– नेपाल अब आपकी बारी स्वागत से स्वागत नही करोगे हमारी । उनीसँगै प्रभु देवा, सोनाक्षी, ज्याकलिन, डेजी शाह र कृति सेनोन पनि आउनेछन् ।
देशमा भोकमरि छ, बाढीपहिरो र भूकम्पपीडत छन् । धुर्मुस सुन्तली चन्दा मागी मागी बस्ती 
बसाल्दैछन् । राष्ट्रिय पुननिर्माण प्राधिकरण भ्रष्टाचारमा र युवाहरु यसरी नाचगानमा विदेशीलाई पोस्दै मनोरञ्जन गर्दैछन् । राष्ट्रवाद जगाउन सकेको भए दु:ख र शोकका बेलामा रमाइलो रोकेर निर्माण र चुनौतीसँग जुध्न सकिन्थ्यो । खोई त्यस प्रकारको वातावरण, शिक्षा र उत्प्रेरणा ? हामी नासिदै त छैनौं ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper