banner
banner

चेली बेच्नेलाई खै कारवाही ?

काठमाडौं । अफ्रिकन मुलुकबाट भारतीय विदेश मन्त्री सुषमा स्वराजले चार नेपाली महिलाको उद्धार गरिदिएकी छिन् । सुषमा स्वराजलाई धन्यवाद भन्न सकेन नेपालले । आफू महिला बिक्रेताको संरक्षण गर्ने, महिलाहरुलाई विदेश जान प्रोत्साहन गर्ने, विदेशमा यौन बेच्न बाध्य महिलाको अरुले उद्धार गर्दा धन्यवाद भन्न पनि नसक्ने यस्तो छ हाम्रो सरकार ।
वैध अवैध मार्ग भएर नेपाली महिलाहरुलाई बेच्ने गिरोह सक्रिय नै छन् । यहाासम्म कि नुवाकोट घ्याङफेदीका मनबहादुर, सुनबहादुरले २२ वर्षकी सानुमैया तामाङलाई भारतमा लगेर बेचेको थाहा पाएर सिआइवीले पक्राउ गरेको छ, सुनबहादुर दुप्चेश्वर गाविसका चुनाव विजेता प्रतिनिधि नै हुन् ।
उनी कांग्रेस र डा.रामशरण महतका मान्छे परेछन्, सिआइवी स्रोतका अनुसार सुनबहादुरलाई बचाउन महत राजनीतिक दबाब र प्रभाव हालिरहेका छन् । यसरी महिला बेच्ने र हिंसा बढाउने अरु कोही होइनन्, नेताहरु नै जिम्मेवार देखिन्छन् । महिला विक्री धन्दामा को को छन्, सिआइवीले तिनको मुखुण्डो उदाङ्गो पार्नुपर्छ र

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper