banner
banner

पञ्चे चरित्र यस्तो

काठमाडौंं । देशलाई अप्ठेरो परेको बेलामा अमेरिका भासिएर न्यूयोर्कका होटल सञ्चालक बनेका दिलनाथ गिरी विद्यार्थी मण्डलको साइनो लगाएर नेपाल आए अनि गाईलाई माता भनेर पूजा गर्दै कमल थापाको शरणमा परे ।
होला, यिनले पार्टीलाई आर्थिक सहयोग गरे होलान्, तर कमल थापाको पछि पछि लागेर उनकै आशीर्वादमा यी सभासद बने, मन्त्री बने र अन्तमा यिनले मण्डले चरित्र देखाएर कमल थापाकै बेइजत गर्ने हदसम्म पुगे । अव ५ वर्षका लागि राप्रपा नेपालको भविष्य छैन, सभासद बन्न पनि पाइन्न भनेर यी दिलनाथ गिरीले मन्त्रिमण्डलको बैठकमै कमल थापाको हुर्मत लिने हदमा पुगे र हल्लाबोल गरेपछि पार्टी अध्यक्षको नाताले थापाले यिनलाई मन्त्री पदबाटै हटाइदिए । त्यसपछि यिनको रौद्ररुप झन झन सार्वजनिक भइरहेछ ।
एउटा खल्तीमा ग्रिनकार्ड बोकेर नेपाल आएका दिलनाथ गिरीको राजनीतिक आधारभूमि भनेको राप्रपा नेपाल नै हो । हुन त पहिले कांग्रेस पनि बनेका थिए । यस्तै चरित्र भएका नेताका कारण राप्रपाले आजको राजनीतिक हार बेहोर्नुपरेको हो ।
माछा देख्दा दुलामा हात हाल्ने गिरीले यतिबेला कमल थापामाथि चोर औंलो उठाउने हर्कत गरिरहेका छन् । यतिसम्म कि गाई बेचेर कमल थापाले खाए समेत भनेका छन् । उनले यो कुरा सभासद र मन्त्री हुन्जेल किन उठाएनन् ? यसको अर्थ दिलनाथ गिरी पुङमाङ्े नेता हुन् । पुङमाङ अर्थात नीति र नैतिकता दुबैतिर प्वाल परेका । यस्ता नेता हुन्जेल राप्रपा नेपालको अधोगति भइरहने पक्का छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper