banner
banner

विप्लव राजतन्त्रवादी

काठमाडौं । पत्याउने कि नपत्याउने ? एमाले अध्यक्ष केपी ओली त्यसै भन्छन्, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव राजा फर्काउने खेलमा लागेका छन् रे । बाहिर त त्यस्तो केही देखिन्न, तर ओलीले भनेपछि चर्चा बढ्यो 
निर्वाचन हुनुपर्छ, नभए के हुने ? अध्यक्ष ओलीले प्रश्न गर्दै खेदिएका राजालाई थपक्क सिंहाशनमा ल्याएर राखिदिनुपर्ने हो कि ? कि बम पड्काउनेलाई राजा बनाइदिनुपर्ने हो ? 
पूर्वप्रधानमन्त्री ओलीले निर्वाचनको बिरोध नगर्न र बम पड्काएर विनाशको बाटो नलाग्न सम्झाउँदै निर्वाचन विरोधीहरुलाई नाबालकजस्तै अञ्जान नबन्न आग्रह पनि गरेका छन् ।
गोलीजस्ता ओलीको यसरी हास्यरस मिश्रित प्रतिक्रिया सार्वजनिक भइरहेका बेलामा राजनीतिभित्रको राजनीति बुझ्नेहरु भन्छन्– नेपालमा सेरेमोनियल राजतन्त्रको आवश्यकता छ । यसका लागि नेपाली कांग्रेसको पहलमा तैयारीहरु भइरहेका छन्, निर्वाचनपछि नतिजा देखिने छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper