banner
banner

देशको सिन्दुर फिक्का, पार्टीको गाडा

काठमाडौं । देशको सिन्दुर परेको मान्छे भनेपछि उसको इज्जत र मर्यादा नै ठूलो मानिन्थ्यो समाजमा ।
अव त सिन्दुर परेको मान्छे अर्थात सुरक्षाकर्मी, कर्मचारी भनेपछि भ्रष्ट, नैतिकहीन, आचरण र मर्यादाहीन व्यक्ति भनेर चिनिन थालेको छ ।
यतिमात्र होइन, भ्रष्टाचारी भनेर चिनिएको मान्छे, गनाउन छाडेको छ, किनकि राजनीतिले गौदान गरेर चोख्याउने र पार्टीको झण्डा ओढाएर चोखो चोखो पार्ने प्रचलन सुरु भएको छ 
राम्रो मान्छे, असल र काम गर्ने मान्छे भनेर चिनिएको व्यक्ति जुनसुकै पदमा होस्, ठूलो पार्टीको कर्के नजरमा परेपछि उसको भविष्य नै सखाप पार्ने र देशलाई काविल व्यक्तिबाट बन्चित गर्ने काम पनि यही समाजमा पार्टी नेताहरुले गरिरहेका 
छन् । आफ्नालाई क्रेन लगाएर पनि तान्ने, एस म्यान होइन भनेपछि उसलाई कानुन मिचेर, राजनीतिक दबाब, प्रभाव र शक्ति लगाएर सिध्याउने प्रपञ्च पनि शासनाधिकारीबाट हुने गरेका छन् । योभन्दा अति र देशको खती अरु के हुनसक्छ ? यही भइरहेको छ लोकतान्त्रिक व्यवस्थामा ।
गुण्डा होस् कि सज्जन, भ्रष्ट होस् कि नैतिकहीन, पैसा छ र पार्टीलाई फाइदा हुन्छ भने उसलाई सिन्दुर हालेर पार्टीमा भित्र्याइहाल्ने परम्परा सुरु भएको लामो समय भइसक्यो ।
र, भन्छन् देशको माग हो, जनहितमा काम गर्नलाई र देशलाई समृद्ध पार्नलाई । देश बनाउने खाका थियो, प्रतिवद्धता थियो भने अहिलेसम्म किन देखिएन त्यो ल्याकत र ताकत ?
जनता यति सोझा छन् कि ठूला नेताले जे भने पनि पत्याइदिन्छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper