banner
banner

सरकार कहा छ ?

साना स्कूले बालबालिकादेखि कलेजसम्मका, सामाजिक कार्यकर्तादेखि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसम्म, लेखकदेखि पत्रकारसम्म, नागरिक समाजदेखि माष्टर, प्राध्यापकसम्म, कर्मचारीदेखि बिगहाउससम्म, गरिखाने बर्गदेखि आमनागरिकसम्म, व्यवसायीदेखि व्यापारीसम्मको प्रतिनिधित्व थियो गत शनिवारको सडक आन्दोलनमा। यो आन्दोलन नेपालको झण्डा बोकेर 'सरकार कहाा छ?' भन्ने प्लेकार्डसहितको रिङरोड र भित्री सडकहरुमा प्रदर्शन थियो। यसरी सबैले सरकार कहाा छ? भनेर खोजिरहेका थिए। केपी ओलीको नेतृत्वको ६ जना उपप्रधानमन्त्रीसहितको सरकार कतै देखिएन, कतै भेटिएन, कसैले भेट्टाउन सकेनन्। सरकारले आफ्नो उपस्थिति देखाउन सकेन। सरकार छ, सिंहदरवार अथवा बालुवाटारतिर छ। आमजनताको जीवनमा, मुलुकको जीवनमा सरकार छ भन्ने अनुभूति कसैले गर्न पाएनन्।
हामी लोकतन्त्रमा छौं। यो लोकतन्त्र लोकको जनआन्दोलनले ल्याएको लोकतन्त्र हो। जनताले आफैले गरेको आन्दोलनको परिणाम लोकतन्त्र जनताले देख्न, भोग्न र जनजीवनशैलीमा नपाउनु भनेको कति दुःखद स्थिति होला? लोक उही हुन्, नेता पनि उही हुन्। तर लोकलाई जिल्लाराम पारेर लोकनेता नामधारीहरुले लोकलाई लोप्वा ख्वाइदिए। जनता ८ महिनादेखि भूकम्पको पीडामा छन्, ती जनता यो बढ्दो चिसोमा कसरी बााच्लान् भन्ने विवेक छैन नेताहरुमा। भूकम्पपछि मधेस आन्दोलनको भूकम्प आयो, त्यही आन्दोलनलाई बहाना बनाएर भारतले नाकावन्दी गरिदिएको छ। यो कस्तो नाकावन्दी भने अलि अलि छाडेजस्तो र अधिकतम रोक्ने नाकावन्दी। देखावटी पारवहन सुविधा दिएजस्तो र बढी नेपालीको घााटी अठ्याएर नेपालीलाई घिटीघिटी मार्ने नाकावन्दी। भारतले गर्नु गर्‍यो, नेपाली नेताहरुले केही गर्न सकेनन्। भारतलाई फरक परेन, नेपाली मर्नु न बााच्नुमा परे। बिरालाको ख्यालख्यालमा मुसाको ज्यान गएको कथाजस्तो भयो। नेपाली औषधि उपचार समेत नपाएर भुतुभुतु मर्ने हालतमा पुगे। आफ्ना जनतालाई, आफ्नो देशको अर्थतन्त्रलाई कसरी बचाउने भन्ने बैकल्पिक सोच हाम्रा लोकनेताहरुमा पटक्कै देखिएन। स्वार्थन्ध र अविवेकी बने नेताहरु।
पहुच हुनेलाई, सत्ता र शक्तिमा बस्नेलाई, प्रशासनिक हाकिमहरु कसैलाई पनि यो नाकावन्दी र मधेसको आन्दोलनले छोएको छैन। सबै कालाबजारियासाग मिलेका छन्, आदेश र हुकुम चलाएर तिनका घरघरमा न इन्धनको अभाव छ, न खाद्यान्नको। सामान्य जनता ५ लिटर मटितेलका लागि ७ दिन लाइनमा बस्छन्, आधा सिलिण्डर ग्यासका लागि सिलिण्डरमै हप्तौं सुतिरहेका छन्। ३ लिटर पेट्रोलका लागि पत्रकार सात दिन कुर्न बाध्य छन् र आम नागरिकको आवतजावत दुरुह बनेको छ। तर इन्धन र खाद्यान्नका व्यापारहिरु प्रशासन, सुरक्षाकर्मी र राजनीतिक पार्टीहरुको संरक्षणमा रातारात लखपति, करोडपति बनिरहेका छन्। छैन, न शासन छ, न प्रशासन।
यही भयावह स्थिति देखेर बालबालिकादेखि आमनागरिकसम्म सडकमा उत्रिए र 'सरकार कहाा छ?' भनेर खोजे। यसरी झकझक्याउादा पनि ओली सरकार, ब्यूाझेन। सुतेको नाटक गरेर बस्नेलाई ब्यूाझाउन सकिन्न। न राजनीति, न कूटनीति। नाङ्गो सरकार दुई महिनामै असफल भयो।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper