banner
banner

दलहरुको बाझाबाझले संविधान असफल

संविधान जारी गर्न एक हुने, कार्यान्वयन गर्न बाझाबाझ गर्नाले संविधान असफल हुने खतरा बढेर गएको छ। ठूला तीन दल कांग्रेस, एमाले र एमाओवादी मिलेर संविधान जारी गरेका हुन्। संविधानप्रति अपनत्व ग्रहण गर्दै नेपाली जनजनमा अपनत्व जगाएरै छाड्ने र संविधानलाई सफल पार्ने जिम्मेवारी पनि लिएका हुन्। तर, संविधान जारी भएपछि कांग्रेसलाई राज्यका संवैधानिक निकायहरुबाट अलग पार्दै नयाा गठबन्धन गरेर एमालेले सरकारको नेतृत्व गरेको छ। नेपाली कांग्रेसलाई किनारा लगाएर राजनीतिक शक्ति बन्ने महत्वकांक्षाका कारण एमाले र एमाओवादी एकातिर त छन् तर तिनले संविधानको कार्यान्वयन गर्न सकिरहेका छैनन्। संविधानको कार्यान्वयन गरेर संविधानलाई सफल पार्ने दायित्व सम्झने हो भने ठूला तीन दल एक ठाउामा उभिनैपर्छ। तिनको एकताबिना राष्ट्रिय समस्याहरु कुनै पनि न समाधान हुनसक्छन्, न संविधानले नै अर्थपूर्ण महत्व पाउन सक्छ। यसकारण एमाले र एमाओवादीले कांग्रेसलाई सत्ताका अवयवहरुबाट अलग गरेर गल्ती गरेका छन् भने नेपाली कांग्रेसले पनि संविधान कार्यान्वयन प्रजातन्त्रको सफलताको पहिलो सिाढी हो भन्ने कर्तव्य भुलेको देखिन्छ।
मधेशी मोर्चाको आन्दोलनले सय दिन नाघिसक्यो। भारतले लगाएको नाकावन्दी दुई महिनाको नेटो काटिसक्यो। मुलुक घिटीघिटी चलिरहेको छ। आर्थिक गतिविधि शून्यतिर उन्मुख छ। स्वास्थ्य, शिक्षा र दैनिक जीवनयापन नै कष्टकर बनिसकेको छ। यो अवस्थामा आन्दोलनकारी मधेशी मोर्चा, लिम्बुवान र थारुवानलगायतका शक्तिहरुसाग ढिलोचााडो सहमति गर्नैपर्छ र यो सहमति गर्ने दायित्व एमाले नेतृत्वको सरकार र प्रतिपक्षमा बस्न पुगेको नेपाली कांग्रेसको गुरुतर दायित्व नै हो। यो दायित्वबाट नेपाली कांग्रेस पछि हट्नै सक्दैन। कांग्रेससमेतको ठूला दलहरुको सम्मिलन एकताबाटमात्र मुलुकले वर्तमान संकटबाट मुक्ति र संविधानको कार्यान्वयनबाट लोकतान्त्रिक परिपाटीको परिचालन गर्न सक्नेछ। प्रमुख दलहरु एकमञ्चमा उभिन नसक्दासम्म आन्दोलनको आगो निभ्नेवाला छैन। ठूला राजनीतिक दलहरु एक ठाउामा बस्न जति ढिला भयो, मुलुक त्यति समस्याबाट संकटपूर्ण बन्दै जानेछ।
अव जस आफूले लिन पाउनुपर्छ भनेर समस्या बल्झाइरहने समय छेन। सामुहिक प्रयास गरेर सामुहिक रुपमा जस लिए हुन्छ। यद्यपि यो जस लिने समय थिएन। समस्या प्रदेश र सिमांकनका विषयमा छ। यसमा तलमाथि गर्दा आफू र आफ्ना पार्टीलाई घाटा हुन्छ कि भन्ने भयले ठूला दलहरुलाई सताइरहेका कारणले पनि आन्दोलनलाई संवोधन हुननसकेको हो। नेताका स्वार्थमा मुलुकले ठूलो मूल्य चुकाइसक्यो, क्षति बेहोरिसकेको छ। जनताको धैर्यको बााध टुट्न बााकी छ। जनताको धैर्यको बााध टुट्यो भने त्यतिबेला यी ठूला दलहरुले नाफाघाटाको हिसाव गर्ने समयसमेत पाउने छैनन्। आफ्ना बाझाबाझ र लाभहानीले जारी संविधानसमेत कागजको खोस्टो साबित हुने खतरा भइसकेको देख्दैनन् भने यी राजनीतिक भन्दा बढी फौबञ्जार व्यापारी हुन् भन्नैपर्छ। देशले राजनीतिक संस्थाहरु संस्थागत भएको र मुलुकको अखण्डता र एकता कायम गर्नसक्ने काविलियत खोजिरहेको बेलामा पार्टीहरु बाझाबाझ गरेर स्वार्थभन्दा माथि उठ्न सक्दैनन् भने, यिनीहरुले संघीयता र संविधानलाई कसरी सफलतापूर्वक जीवनपद्धति बनाउन सक्लान् र?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper