banner
banner

यस्तो भारतको हस्तक्षेप र हैकम फेरि नहोस्

आन्तरिक बिग्रह र बिभाजनको बिबाद र भारतको हस्तक्षेप र हैकमले नेपाललाई ठूलो घाटा भएको छ। संविधान जारी भयो, यसको अपनत्वमाथि प्रश्न उठ्न पुग्यो। राजनीतिक दिशा र दशामात्र होइन, दूरगामी भविष्यलाई समेत अनिश्चित पारिदिएको छ। संविधान जारी भएपछि एउटा निश्चित पद्धतियुक्त मार्गमा मुलुक अग्रसर हुनुपर्ने हो, संविधान जारीभएपछि त्यो उद्देश्य पूरा हुन सकेन। संक्रमणको अन्त्य र सम्पन्नताको सुरुआत हुनुपर्ने संविधान संशोधनको गोलचक्करमा फस्न पुगेको छ। अव मुलुकको भविष्य सुनिश्चित हुन्छ कि अनिश्चित भन्ने प्रश्न उठेको छ। राजनीतिक दलहरुले स्पष्ट जवाफ दिन सक्ने वातावरण छैन। संविधानले अधिकतम जनताको सन्तुष्टि दिनुपर्ने हो, त्यसमा संविधान असफल भएको छ। संविधान मान्ने र नमान्नेवीचको द्वन्द्वमा फस्न पुगेको छ।
संघीयता, सिमांकन, नामांकन, मधेशी, दलित, महिलालगायतका राजनीतिक बहसमा फस्यो संविधान। विभिन्न जातीय र क्षेत्रीयस्तरमा बिबादका ठूलै आवाजहरु उठेका छन्। र, यो बिबादमा छिमेकी भारतले खुलेआम संलग्नता देखायो र नेपालका नाकाहरुमा समेत अघोषित नाकावन्दी गरिदियो। जसका कारणले नेपाल भित्रिन लागेका मालबाहक गाडीहरुको आवागमन हुनसकेन। पेट्रोलियम पदार्थ, ग्यास, खाद्यान्न लगायतको आपूर्ति ठप्प हुादा नेपालमा हाहाकारको स्थिति सिर्जना भइसकेको छ। हुन त यस्तो नाकावन्दी २०४५ सालमा १४ महिनासम्म भारतले गरेको थियो र त्यसबेला यिनै नेताहरुले ठिक छ भनेर नाकावन्दीको वकालत गरेका थिए। त्यतिबेला राजतन्त्र थियो र यस्तो वकालत भएको थियो। अहिले राजतन्त्र छैन। गणतन्त्र स्थापना भइसक्यो र संविधानसमेत जारी भइसकेको स्थिति छ। फेरि भारतले आफ्ना अभिष्ठहरु पूरा नभएको आवेगमा नाकावन्दी गरेको छ। जहिले र जसरी नाकावन्दी गरे पनि त्यो अमानवीय नै हुन्छ। यतिखेर नेपाली जनजीवनलाई अस्तव्यस्त पारेर भारतले नेपालको आर्थिक, सामाजिक र राजनीतिक सबै जीवनलाई नष्टभ्रष्ट पार्ने उद्देशय लिएको देखिन्छ। भारतको यो सुनियोजित अराजक गतिविधिले नेपालमा नोक्सानबाहेक केही भएको छैन। यसमा मधेशी दलहरुले आफूले अधिकार नपाएको झोाक र असन्तुष्टि देखाइरहेका छन्। यी सबै क्रियाकलाप गलत हुन्। तथापि ठूला दलहरु, राज्य र नागरिक समाजले झण्डै दुई महिनादेखिको यो अराजक नाकावन्दी खोलाउनेतर्फ चासो नराख्नु, जिम्मेवार भूमिका नदेखाउनु पनि गलत छ। देश यसरी चल्न भनेको राजनीतिक असक्षमता नै हो। राज्य र राजनीतिक क्षेत्रले भारतसाग कुरा गर्नुपर्थ्यो, अन्तर्राष्ट्रिय भाइचारा गुहार्नुपर्थ्यो र आन्तरिक समस्या मिलाएर ारतसाग सम्बन्धमा तिक्तता आउन दिनु हुादैनथ्यो। तर भयो त्यही। हाम्रा ठूला दलहरुले आफ्ना भातृ संगठनका कार्यकर्ताहरुलाई सडकमा उतारेर भारतका प्रधानमन्त्रीको पुतला जलाउन लगाए, भारतको झण्डामा आगो लगाए। यी नितान्त अराजनीतिक क्रियाकलाप हुन्। यस्ता घटनाक्रमले सम्बन्धमा झन झन तिक्तता बढ्छ भन्ने हेक्का राख्न सकेनन् दलहरुले र स्वयं प्रधानमन्त्रीले भारतको पुतला नजलाउा भनेर आह्वान गर्नुपर्‍यो।
निश्चय नै भारतले अमानवीय व्यवहार गरेको हो। भारतीय अघोषित नाकावन्दी निन्दायोग्य छ। नेपालजस्तो भूपरिबेष्ठित मुलुकलाई भारतले पारवहनको सुविधासम्मबाट बन्चित गर्नु भनेको भारतको हेपाह प्रवृत्ति र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन नै हो। यस्ता भारतीय चालबाजीलाई कूटनीतिक रुपमा नङ्ग्याउनुपर्छ। भारतलाई सही मार्गमा ल्याउन उसले अख्तियार गरेको निन्दनीय तहमा नेपाल उत्रन सक्दैन, उत्रनु पनि हुन्न। नेपाल बफर स्टेट भएकाले समेत नेपालले कूटनीतिक हैसियतमै भारतसाग सम्बन्ध बिग्रन दिनुहुादैन। भारतजस्तो ठूलो लोकतन्त्रले भर्खर लोकतन्त्रमा पदार्पण गरेको मुलुकलाई सम्मान गर्न बाध्य पार्नुपर्छ। यसैमा हाम्रो अस्तित्व र बर्चस्व कायम रहन सक्छ। नेपालीत्वको जगर्ना भनेको पनि यही नै हो।
नेपालमा भारतीय कठपुतली स्थापित हुनसक्दैनन्। अहिलेसम्म जे भयो, आइन्दा नेपाली राजनीतिले खुट्टा टेक्नुपर्छ, नेताहरुले दिल्लीलाई महाराज सम्झन छाड्नुपर्छ। बिस्तारै भारतसग भएका खराव सन्धिहरुलाई खारेजगर्नतिर अग्रसर हुनुपर्छ र नेपालीत्वको जगेर्ना गर्नुपर्छ। भारतसाग रिसाएर चीनतिर र चीनसाग रिसाएर भारततिर दौडीहाल्ने हलुका नीति परित्याग गरेर समुदूरीको नीतिमा लाग्नुपर्छ। हामीलाई असंलग्न परराष्ट्रनीतिभन्दा उपयुक्त अर्को नीति हुनैसक्दैन। राष्ट्रिय नीति तर्जुमा गरेर सबै पार्टीले त्यो नीतिमा अडिग हुने र विरुद्धमा नजाने नबोल्ने कबुल गर्न जरुरी छ। राजनीतिमा बिचलन आउादा राष्ट्र अस्थिर र अराजकतामा पटक पटक फसेको छ। यसरी फस्दा पराईले हामीलाई जुधाउने, उठबस गराउने व्यूह रचना गर्ने गरेका बिगतबाट शिक्षा लिनैपर्छ। कसैको रणनीतिका लागि नेपाली राजनीति हतियार बन्न सक्दैन, नेपालीको आफ्नैलागि रणनीति हुनुपर्छ। आत्मनिर्भरतातिरको यो प्रथम पाइला हो भने आगामी दिनमा नेपाली स्वाभिमान र स्वाधीनता बलियो हुने आधार सुरु भयो भनेर मान्न सकिन्छ। भारतले अहिलेसम्म नेपालमा जे जति योजनावद्ध श्रृंखलाहरु चलायो, चलायो, आइन्दा त्यस्ता श्रृंखलाहरु चलाउन नपाओस्। भारतको अभिष्ठ देखियो– नयाा नागरिकलाई नेपालको सत्ता सुम्पने। भारतलाई सही ठाउामा राख्न सकेको खण्डमा भूमिपुत्रहरुलाई नयाा नागरिकले उछिन्न सक्नेछैन। नेपाली भारतबाट मित्रवत व्यवहार चाहन्छन्, भारतलाई मित्र ठान्छन्। भारतबाट पनि त्यस्तै व्यवहार नेपालको अपेक्षा हो। भारतले अव बुझ्नुपर्छ, नेपालीहरु आफ्नै धर्तीमा टेकेर आफ्ना लागि पद्धति चलाउन सक्षम छन्।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper