banner
banner

मुलुक किन सही बाटोमा छैन ?

मुलुक सही बाटोमा छ कि छैन ? पद्धति माटो सुहाउँदो हो कि होइन ? जनताले खोजेको र रोजेको हो भने यो व्यवस्थामा जनताको सहभागिता देखिन्छ कि देखिन्न ? संविधानले काम गरेको छ कि छैन ? यी यस्ता प्रश्नहरु हुन्, जुन प्रश्नले देशको सवलताको परिचय दिन्छ ।
विश्लेषकहरु भन्छन्– संविधानले कामै गर्न सकेन । संविधानमा चल्नुपर्ने पद्धति गाई कि त्रिशूलको केटाकेटीको खेलजस्तो भयो । पद्धति र संविधानमा जनताको अलिकति पनि अपनत्व देखिदैन । यसकारण त पद्धति हरेक पार्टीको आ–आफ्ना नारा जुलूस बन्नपुगे । जुन पार्टीले सडक कार्यक्रम गरे पनि त्यता आमनागरिक कोही पनि हुँदैनन् । खाली ती पार्टीका कार्यकर्ताहरु र खान पाइन्छ भनेर ज्यालामा आएका गरीब खेतालामात्र देखिन्छ । खेताला र कार्यकर्ताहरुले चलाएको संविधान र पद्धति कस्तो होला ? भनेर प्रश्न गर्ने हो भने यो गाईजात्राजस्तो मात्र हो ।
अर्थात मुलुकले बाटो बिरायो । सरकार, अदालत, सडक, नागरिक समाज, अधिकारकर्मीका प्रदर्शन जता पनि दलीय स्वार्थ देखिन्छ । समूल देशको स्वार्थ बोकेका र बोल्ने समूह कतै पनि देखिदैन । यो त एकांगी व्यवस्था भयो । बाहुबली शासन । जसको शक्ति उसको भक्ति । यस्तो शासनलाई विधिको शासन भन्नु आकाशतिर फर्केर थुक्नुजस्तो मात्र हो ।
यसरी मुलुकले बाटो बिराएका बेलामा बोल्ने को त ?
बोल्नुपर्ने नागरिकले हो । सही नागरिक समाजले हो । धेरै बोले दलीय व्यक्ति, संघसंस्था र स्वार्थहरुले । तिनीहरुले बोल्ने भनेको तिनको निजी स्वार्थका लागि मात्र देखियो । देशको स्वार्थ, आमनेपालीको हितमा बोल्ने कोही नहुँदा नै मुलुकले बाटो बिराउने हो । यस्तो बेलामा किनारा लगाइएका आमनागरिकले बोल्नुपर्छ । नागरिक बोलेनन् भने संविधान, शासन, सरकार, संसद जे जे संस्थाहरु छन् ती राष्ट्रिय संस्थाका रुपमा कार्य गर्न सक्दैनन् । नागरिकको स्वार्थले बोल्ने कोही भएनन् भने मुलुकमा पराइको चलखेल बढेर जान्छ र मुलुकको अस्तित्व नै संकटमा पर्ने जोखिम बढी हुन्छ । संसारकै जेठो मुलुक आज ऐतिहासिक दोबाटोमा उभिन पुगेको छ । यो घातक काम दलीय नेताहरुले गरेका हुन् । यस्ता घातक तत्वहरुलाई ठेगान लगाउने दायित्व अब जनताको काँधमा छ ।
मुलुकलाई सही बाटोमा ल्याउने जिम्मेवारी जनता र सेनाले गर्नुपर्ने भएको छ । अभिभावक कोही पनि छैनन् । अभिभावक नभएको घर र देश उस्तै लथालिङ्ग हुनेगर्छ । यसकारण छिटोभन्दा छिटो व्यवस्थित कसरी गर्ने भनेर लाग्नु उचित हुन्छ । यो चिन्ता दलपतिहरुले, तिनका कार्यकर्ताहरुले नगर्ने भए । अलिकति पनि मुलुकको मायाँ छ भने नागरिक दायित्वको वोध भएका व्यक्तिहरु छन् भने मुलुकले बाटो बिरायो भनेर कुर्लनुप¥यो र सही मार्ग देखाउनु प¥यो । नागरिक अहिले नबोले कहिले बोल्ने ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper