banner
banner

ओम्नी खराव कि ठेक्का दिने ?

ओम्नी समूहले रातारात ठेक्का पायो, सामान ल्यायो, सामान काम लागेन । खरावको चयन गर्ने स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागका तालुकवालाहरु कसरी काम लाग्ने हुनसक्छन् । तिनै कर्मचारी काम गरिरहेका छन् र अहिले पनि कमिशनको चक्कर चलाइरहेका छन् । नेपाली सेनालाई स्वास्थ्य सामग्री ल्याउने जिम्मा दिए पनि चाहिने सामानको सूची दिने र सूची सदर गरेर सेनालाई उपलव्ध गराउनेहरुले सामान ल्याइसकेपछि सेनालाई बदनाम गर्न थाले । सेनाले ल्याएको सामान उपयोगमा आएन, भण्डारमा थुप्य्रो भन्न थाले र अरु ठेकेदारमार्फत सामान खरिद गर्ने चा“जोपा“जो मिलाउन थालेका छन् । नेपाली सेनालाई बदनाम गर्ने प्रयास गरेको, बिबादमा तानेको भनेर सेनाले अवदेखि स्वास्थ्य सामग्री नल्याउने भनेर सरकारलाई जानकारी दिइसकेको छ । सेनाजस्तो कुनै पनि हालतमा बिबादमा तान्न नहुने संस्थाको का“धमा बन्दुक राखेर कमिशनको चक्कर चलाउनेहरु कसरी काम लाग्ने हुनसक्छन् ?
पहिलो कुन मेसिन, कुन सामग्री ल्याउने विशेषज्ञ छलफल नै नगरी सामान ल्याउने निधो गर्ने, सामान ल्याउन लगाउने अनि सामान आएपछि मेसिनमा फिट भएन, सामान काम लागेनजस्ता कुरा गरेर बदनाम गर्न खोज्ने, कमिशनचाहिं पहिले नै हजम गरिसक्ने । यस्ता कर्मचारीतन्त्र बोकेर कोभिड–१९, कोरोना भाइरस समाजमा फैलिने बाहेक नियन्त्रणमा कसरी आउनसक्छ, नेपालको कर्मचारी प्रशासनको नालायकीको लापरवाहीको मूल्य जनसाधारणको ज्यान जोखिममा पारेर चुकाउने काम भइरहेको छ ।
यतिबेला कोरोना भाइरस नियन्त्रणमा आइसक्नुपर्ने हो । जो भारतबाट खुला सीमा भएर आए, आउनेक्रम मत्थर भइसकेको छ । जे जति कोरोना सल्काएर आएका छन्, आइसकेका छन् । तिनको व्यापक परीक्षण हुनपर्ने हो, सरकार आफ्नो कर्तव्यमा चुकिरहेको छ । विदेशबाट उद्धार गरेर आउनेहरु आइरहेका छन्, तिनीहरुको व्यवस्थापन भइरहेको छ । स्वास्थ्य परीक्षणमा व्यापकता ल्याएको भनिए पनि त्यो सम्भव भइरहेको छैन । कोरोना बाहेक अन्य बिरामीहरुको नियमित जा“च हुनसकेको छैन । कोरोना कोरोना भनेर अन्य बिरामीहरुको ज्यान जोखिममा परिरहेको छ । सरकारले कोरोना अस्पताल छुट्टै तरिकाले चलाउन सक्नुपर्ने थियो । क्वारेन्टाइन र आइसोलेसनसमेत कोरोना फैलाउने कारण बनिरहेका छन् । यो सबै सरकार चलाउने मन्त्री र प्रशासन चलाउने कर्मचारी बर्गको मिलेमतोमा कमिशनको चक्करले गर्दा भइरहेको छ । जनताको ज्यान सस्तो बजारको सामान बनिरहेको छ ।
यस्तो बिपतको बेलामा पनि कमिशन ? कठै नेता, प्रशासकहरु ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper