पञ्चायत समस्या थियो, फालियो । बहुदल आयो समस्या जहा“को तही“ । हिन्दुराष्ट्रमा समस्या देख्ने नेताहरुले आफू आफू मिलेर धर्मनिरपेक्ष राष्ट्र भनिदिए, समस्या जहा“को तही“ । लोकतन्त्र आएपछि सबै समस्या समाधान हुन्छ भनियो, तैपनि समस्या जहा“को तही“ । आखिर समस्या कहा“ रहेछ ?
ज्यानमा समस्या आएपछि जा“च गरिन्छ र रोग पत्ता लागेपछि ठिक उपचारविधि अपनाएपछि निको हुन्छ । ज्यान तन्दुरुस्त हुन्छ । राष्ट्रको जीवन अस्वस्थ भएको लामो समय भइसक्यो, रोग पत्ता लागेको छैन । देशभित्रका धामी, झा“क्री, डाक्टरहरुले नसकेर उत्तर, दक्षिण, पश्चिमालाई आखेट देखाउने काम पनि भइसक्यो । तैपनि नेपालको रोग पत्ता लागेको छैन । नेपाल झन झन रोगाउ“दै गएको छ । समस्या जहा“को तही“ छ । अव के गर्ने के ?
राजाले हुन्न भनेर दलहरुलाई जिम्मा दिइयो । ३० वर्षको अवधिमा झण्डै दुई शय दल दर्ता भए, एकल रुपमा र मिसमास गरेर पनि राज्य सञ्चालन गरे । स्थिरता पटक्कै आउन सकेन । संविधानको खिचलो निकालियो, ८ वर्ष लगाएर नया“ संविधान जारी गरियो र संविधानअनुसार चुनाव पनि भयो । नेकपाले मजाको बहुमत पायो, अझ दुई तिहाइको शक्तिशाली नै भयो । अव त स्थिरता, विकास र समृद्धि आउने भो भनेको त राष्ट्रको रोग निको हुने छा“टका“टै छैन त ? रोग जहा“को तही“ छ । अझै पनि राष्ट्रले स्वस्थ अनुभव नगरेकाले प्रश्न उठेको हो– आखिर समस्या कहा“नेर छ ?
जनताले पटक पटक आन्दोलन गरे । ज्यानको बाजी लगाए, त्याग र बलिदान पनि गरे । संघर्ष गरेर नेताहरुलाई साथ दिए, तिनको कुरामा विश्वास गरे । तैपनि जनताले आश्वस्तता पाउन सकेनन्, जनतामा नैराश्यता झन झन बढेर जा“दो छ । राजालाई किनारा लगाएको ३० वर्षमा पनि पात्र उही छन्, तिनको प्रवृत्ति उही छ । तिनका भाषण, आश्वासन उस्तै छन् । तिनले गर्ने बिधि व्यवहारमा कुनै परिवर्तन आउन सकेन । यसकारण जनतामा नैराश्यता बढेर गएको छ । पञ्चायत असफल भो, बहुदल असफल भो, लोकतन्त्र पनि सफल हुनसकेन । यसकारण जनतामा नैराश्यता बढेको हो । अझै पत्ता नलागेको विषय समस्या कहा“नेर छ, समस्याको पहिचान किन भएन ?
मिलिजुलीले नभएको हो कि भनेर इतिहासमै सर्वशक्तिशाली सरकार बनाइदि“दा पनि जस्तोको तस्तै । भूकम्पले थिलथिलो भएका जनता शासनबाटै पीडामा थिए । कोरोनाको महामारी आएको छ, शासनबाटै पीडित छन् । जनताको समस्या घटेन, जनतालाई जिम्मेवार तरिकाले कुनै नेताले पनि हेर्न चाहेनन् । शासनमा भएकाहरु शासनमै व्यस्त छन्, शोषणमै व्यस्त छन् । एकदोस्रालाई लडाउने र आपसमा लड्नमै व्यस्त छन् । आमनागरिकको हालत के छ ? कहा“ कहा“ कुन हालतमा छन् नागरि ? तिनलाई उद्धार कसरी गर्ने ? नागरिकको गा“स, बास, कपासको बन्दोबस्त कसरी मिलाउने राज्य वा जनप्रतिनिधिहरुले गम्भीरता देखाएका छैनन् । जनता चिन्तामा छन्, जनतामाथि चिन्ता थप्दैछन् जनप्रतिनिधिहरु । यो त अक्षम्य अपराध भएन र ?