banner
banner

जोखिम र जागरुकता

कोरोना भाइरस तेश्रो विश्वयुद्धमा भएको क्षतिभन्दा ठूलो महामारी लिएर फैलिदैछ । कोरोनासँग उच्च मनोवल र संचेतन रुपमा जुध्नुपर्छ । मानव इतिहासमा आएको यो प्रलयलाई मान्छेको एकता र बुद्धिले परास्त गर्नुपर्छ । जुनसुकै कारणले फैलिएको होस्, अहिलेसम्म ओखती बन्न सकेको छैन । सबैभन्दा ठूलो ओखती भनेको जोखिम घटाउने जागरुकता र चेतनाको प्रचारप्रसार नै हो । बिस्तारै ओखती बन्ला, त्योभन्दा पहिले विश्व मानवहरुले मिलेर कोरोनासँग लड्नुपर्छ । मान्छेले मान्छेलाई बचाउने यो ऐतिहासिक दायित्व मान्छेमै आएको छ ।
विशेषगरी स्वास्थ्यकर्मीहरुका लागि ओखतीमूलो चुनौतीपूर्ण समय हो । हुन त स्वास्थ्यकर्मीका लागि हरके क्षण, हरेक दिन चुनौतीपूर्ण हुन्छन् नै तर यो सरुवा कोरोनाका कारण थप चुनौती थपिएको छ । चुनौती जटिल बन्दै गएको छ । कोरोनाको फैलावट विश्वव्यापी हुँदै गएको छ । विश्व स्वास्थ्य संगठनले पूर्वी र दक्षिण एसियाली मुलुकहरुमा कोरोना फैलिनसक्ने चेतावनी दिइसकेको छ । यसकारण पनि नेपाल बढी जोखिममा पर्न गएको हो । हुन त भारतमा कोरोनाको प्रवेश भइसकेको छ, नेपालका खुला नाकाहरुबाट निर्वाध रुपमा आवत जावत भइरहेका छन् । जुन तरिकाले चेकजाँच हुनुपर्ने हो, हुनसकिरहेको छैन । हवाई मार्गहरु बन्द गरेर, आन्तरिक यातायातका साधन बन्द गरेर, अत्यावश्यक सेवामात्र खुला गरेरमात्र कोरोना नियन्त्रण गर्न सकिदैन, जबसम्म खुवा सीमा नियमन हुन्न तवसम्म जोखिम बढी नै हुनेछ ।
स्वास्थ्यकर्मीहरु सेवामा तल्लीन हुनुपर्छ । सरकारले चेतना फैलाउने र कोरोनाबाट बच्ने उपायहरुको घरघरमा प्रचार पु¥याउनुपर्छ । जति जनता सचेत हुन्छन्, कोरोनाको जोखिम त्यति कम हुनेछ । आज प्रत्येक नागरिक जनजीवनलाई सहयोग गर्न तम्तैयार रहनुपर्छ । यही समय हो, सामुहिक शत्रु कोरोनासँग एक भएर लड्ने । हाम्रो एकता र सामुहिक प्रयासले कोरोनालाई परास्त गर्न सक्छौं । सरकारले गर्नुपर्ने दायित्वको निर्वहन युद्धस्तरमा गरिरहेको देखिन्छ । यस तैयारीमा सबै पार्टीहरु र आमनागरिकले साथ दिइरहेका छन् । नेपाली एकता निर्माण र नेपाली जनजीवन बाँच्ने बचाउने यो राम्रो अवसर पनि हो ।
२०७२ सालको भूकम्प झेलेका नेपालीका लागि कोरोना अर्को भूकम्प हो । यो भूकम्पसँग सबै मिलेर सरसफाइमा ध्यान दिएर र कोरोना सर्न सक्ने तरिकाहरु बुझेर सतर्क रहनसके कोरोनाबाट मुक्ति पाउन सकिन्छ । कोरोनालाई त्रासदी बनाएर केही व्यक्ति, व्यवसायीले बढी लाभ लिने गरेका छन् । त्यसमा सरकारले कडीकडाउ नीति अवलम्बन गर्नुपर्छ र जनस्वास्थ्यमा ध्यान दिन जरुरी छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper