banner
banner

नेपाली र हिसावमा पछि परियो

कक्षा १०, ११ र १२ का विद्यार्थीहरुको नेपाली र हिसाव साह्रै कमजोर भएको विश्लेषण सार्वजनिक भएको छ । नेपालका विद्यार्थीको नेपाली विषयमै कमजोरी देखिनु भनेको राष्ट्रभाषाप्रतिको शिक्षामा संवेदनहीनता अपनाइएकोमा शंका छैन । अंग्रेजीमा विद्यार्थीहरुको अवस्था राम्रो देखिनु, आफ्नै भाषामा कमजोर हुनुको दोष शिक्षा मन्त्रालयको गलत शिक्षानीतिलाई जान्छ ।
नेपाली र हिसावमा चुस्त पार्नकै लागि शिक्षा मन्त्रालयले अर्वौंको शिक्षा सुधार योजनासमेत ल्यायो । त्यो योजना असफल भएको नतिजापछि अर्वौंको लगानी बालुवामा पानी हुनपुगेको प्रष्ट भएको छ । किन यसरी विद्यार्थीहरु हिसाव र नेपाली विषयमा कमजोर भए । यसको मिमांसा अझै हुनसकेको छैन, सरकारी कर्मचारीहरु शिक्षाविदहरुको कुरा सुन्दैनन्, शिक्षामा के सुधार ल्याउन सकिन्छ भन्ने पनि बुझ्दैनन्, खाली शिक्षामा राजनीतिकरण गरेर समय बिताइरहेका छन् । शिक्षा मन्त्रालयको काम पार्टीमा आवद्ध शिक्षकले कहा“ सरुवा मा“ग्छ, त्यो मिलाउनु र जिशिअहरुको काम शिक्षक सरुवामा आर्थिक लाभ हासिल गर्नुमा सिमित भएको छ । एउटा धादिङको शिक्षक राजधानीमा सरुवा हुन तीनलाख सम्म खर्चनु परेको बताउ“दै थिए । यसको अर्थ शिक्षामा यति धेरै भ्रष्टाचार छ कि त्यसको रङरुप त्रिवि, अन्य विश्वविद्यालयहरु, ती सबैमा ट्रेड युनियनको मनपरी र बढ्दो भ्रष्टाचार हो । भ्रष्टाचारमा शिक्षा मन्त्रालयका पदाधिकारी, विश्वविद्यालयका पदाधिकारीहरु संलग्न हुनु र अख्तियारले समेत पक्राउ गर्दा पनि तिनमा लज्जा नहुनुले नेपालमा शिक्षा क्षेत्र अस्तव्यस्त र व्यापारिकरण भइसकेकोमा शंका नगर्दा पनि हुन्छ । स्थिति नाजुक छ ।
अन्य मुलुकमा शिक्षक, प्राध्यापकको ठूलो सम्मान हुन्छ । उनीहरुको मान मनितो नै धेरै माथि । नेपालमा राजनीतिक हस्तक्षेप र प्रभाव शिक्षक भयो र पार्टीको काममा लगनशीलता देखायो । शिक्षक, प्राध्यापकको काम शिक्षा दिनु र शिक्षामा आफूलाई समाहित गर्नु हो । नेपालमा शिक्षामा लागेकाहरुले शिक्षालाई व्यवसाय बनाएका छन् र जसरी पनि मुनाफा उनीहरुको उद्देश्य रहेको छ । शिक्षाविदहरु केही छन्, जो शिक्षामा राजनीतिकरण हुन भएन भनेर चिच्याइरहेका छन् । काग कराउ“दैछ, पिना सुक्दैछ । शिक्षाविदहरुले शिक्षामा सुधार ल्याउनु पर्छ भने पनि राजनीति हावी छ र शिक्षामा राजनीतिले गर्दा नेपालको शिक्षानीति कमजोर र शिक्षा सहज अर्थलाभ गर्ने उद्योग बनेको छ । अन्य उद्योग बन्द भए पनि स्कूल, कलेज, विश्वविद्यालय खोल्ने होडवाजी चलिरहेको छ । चरम लापरवाही मेडिकल शिक्षामा देखिन्छ ।
पश्चिमा प्रभावमा परेर नेपाली शिक्षा अंग्रेजीमय बन्दै गएको छ । नेपाल पूर्वीय दर्शनमा आधारित हिन्दु मुलुक हो । यो मुलुकलाई इसाइकरण गरिदैछ र मातृभाषालाई भन्दा अंग्रेजीलाई महत्व दिइदैछ । अंग्रेजी अन्तर्राष्ट्रिय भाषा हो, यसको अर्थ यो होइन कि नेपाली भाषालाई महत्व नै दिनुपर्दैन । जब नेपाली भाषाले महत्व पाएन, नेपाली भाषामा विद्यार्थीहरुले चासो राख्न छाडे, विषयकगत कमजोरी बढ्दै गएको छ भने निश्चय नै पश्चिमा संष्कृतिले नेपाली भाषा, संस्कृति, रहनसहन, संस्कारलाई बिस्थापन गर्दैछ । जब नेपाली विद्यार्थी आफ्नै भाषाप्रति यति उदासीन देखिन्छन् भने नेपाली संस्कार पनि भुल्दैछन् ।
आजका विद्यार्थी देशका भविष्य हुन् । वर्तमानमा यति कमजोर मानसिकतामा विद्यार्थी तैयार हु“दैछन् र तिनलाई जसरी पनि अंग्रेजी भाषा र सभ्यताको सा“चोमा ढालिदैछ भने भोलि नेपालको संस्कार मासिन्छ । जग पश्चिमा हालेर नेपालीपनको घर कहा“ बनाउन सकिन्छ र ? जान्नुपर्छ, विश्वभाषा, विश्वसंस्कृति । यसको अर्थ आफ्नो पहिचान र नेपालीत्वलाई बिर्सनु हुन्न । आजको शिक्षाको नतिजाले भावी नेपालको दुर्गतिका लक्ष्यणहरु देखाइरहेका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper