banner
banner

मिडिया विधेयकविरुद्ध पनि जनसागर उर्लिनुपर्ने भो

गुठी विेधयकका सन्दर्भमा जब जनसागर सडकमा उत्रियो, तव दुई तिहाइको सरकारले सुन्यो । यद्यपि यो सरकारको प्राथमिकता असरल्ल योजन पूरा गर्ने, ५ वर्षमा पूरा गर्न सकिने योजना ल्याउने र कार्यान्वयन गर्ने, धूलोमैलो सफा गर्ने, सेवाग्राहीलाई सहज सेवा दिने, भ्रष्टाचार न्यूनिकरण गरेर सुशासन दिने, समाजमा रहेका बिकृति हटाएर सुरक्षाको प्रत्याभूति दिनेमा केन्द्रीत हुनुपथ्र्यो । यहाँसम्म कि राष्ट्रिय महत्वका मेलम्ची लगायतका आयोजनालाई समेत असरल्ल छाडेर गुठीमा आँखा गाड्नु, भूमाफियाको प्रभावमा परेर निर्णय गर्नु नेकपाको सरकारको ठूलो भूल थियो ।
सरकारका निर्णय गलत हो भने जब जनसागर सडकमा उत्रियो, अनि यो सरकारलाई थाहा भयो कि गल्ती भएछ । सुध्रिनैपर्छ, अन्यथा जनताले कारवाही गर्छन्, हातको सत्ता पनि जान्छ भनेपछि सरकार सचेत भयो । सरकारले भूल सुधार्नेतिर आफूलाई केन्द्रित गर्न पुग्यो । नेकपाको सरकार कतिसम्म अधिनायकवादी भइसकेको रहेछ, लोकतान्त्रिक मर्यादा र लोकको आवाज सुन्नपर्छ भन्ने जिम्मेवारी बिर्सेको रहेछ भन्ने सडकमा जनताले लगाएको नारावाजीबाटै थाहा भयो, जनतामाथि सरकारले दमननीति लिएबाटै स्पष्ट हुनगयो । आखिरमा जनता सही रहेछन्, जो देखियो ।
जनता सडकमा नउत्री जनताको कुरै नसुन्ने कम्युनिष्ट सरकारका लागि मिडिया विधेयक अर्को गलगाँड हो । तमाम मिडिया जगतले आलोचना गरिसकेपछि सरकारले यसबारेमा विशेष छलफल गरेर निर्णयमा पुग्नुपर्ने हो । अझै पनि मिडिया विधेयकका बारेमा सरकारको अहंकार कायमै छ । संवैधानिक अधिकारसमेत कानुन बनाएर निस्तेज पार्ने र आप्mनो अधिनायकी स्थापित गर्ने जुन प्रयत्नमा सरकार लागेको छ, त्यो आलोच्य छ र अन्तर्राष्ट्रिय जगतले समेत लोकतान्त्रिक अधिकार न्यूनिकरण गर्न मिल्दैन भनिसकेको र आन्तरिक रुपमा तमाम मिडिया जगत एक भएर सरकारको आलोचना गरिसकेको सन्दर्भमा मिडिया विधेयक फिर्ता लिन सरकार अग्रसर हुनैपर्ने हो तर सरकारले जसरी गुठी विधेयकमा गल्ती गरेर सच्याउन बाध्य भयो, त्यसैगरी मिडिया विधेयकमा पनि गल्ती गरिरहेको छ ।
लोकतान्त्रिक सरकार भन्छ, नेकपाले किन जनसागरमात्र देखिरहेको छ, मिडिया जगतको आग्रहलाई किन टेरपुच्छर लगाइरहेको छैन ? मिडिया जगतले सम्पादकीयमा कालो पोतेर बिरधे गरे भने नेकपाको सरकारको स्थिति के हुन्छ ? अहिले त अनुरोधमात्र गरिरहेका छन्, मिडिया सडकमा लम्पसार पर्ने क्षण आयो भने यो सरकारको लोकतान्त्रिक नाक रहला ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper