banner
banner

सञ्चारमन्त्री र मृत्युदण्ड

सञ्चारमन्त्री गोकुल बास्कोटाले मिडिया काउन्सिल विधेयकको बीचबचाउ गर्दै अमेरिकामा पत्रकारलाई मृत्युदण्ड दिइन्छ भनेका छन् । हो, मृत्युदण्ड दिइन्छ, तर चीनमा भ्रष्टाचारी र समाजविरोधीलाई पनि मृत्युदण्ड दिइन्छ, यतिमात्र होइन, जापानमा भ्रष्टाचारको आरोप लाग्यो र आमनागरिकले भ्रष्टाचारी भनेको सुने भने नेता वा प्रशासकमा यतिबिघ्न लोकलज्जा हुन्छ कि उनीहरु सजायको डरले हाराकिरी नै गर्छन् ।
यी सब नैतिक मुलुक र सुशासन भएका मुलुकका कुरा हुन् ।
नेपालमा नैतिकता त्यो हदमा छ ? नेपाली नेता तथा प्रशासकहरुमा लोकलज्जा छ कि छैन ? किन एउटा नेता अथवा एउटा कर्मचारी केही वर्षमै करोडपति, अर्वपति बन्छ ? कुनै स्रोत केही हुन्न, तर उसले रातारात धन थुपारिसकेको हुन्छ । यो हदको अनैतिकता बोकेको सरकारले पत्रकारलाई अमेरिकामा मृत्युदण्डसम्मको सजाय दिइन्छ भनेर तर्साउन मिल्ला ?
नेपालमा सुन माफिया घुमिरहेका छन्, बलात्कारी र हत्याराको बोलवाला छ, कानुनले तिनलाई सजाय दिन सक्दैन । तस्करी र भ्रष्टाचारीले मुलुक अस्तव्यस्त भइसकेको छ । अनुशासनहीनता सर्वत्र छ । शासन कूशासनमय बनिसकेको छ । नातावाद, कमिशनतन्त्र, माफियागिरी, डनगिरी सबैलाई मृत्युदण्डको सजाय दिने कानुन ल्याउन सक्छ सरकारले ?
पत्रकारले भ्रष्टाचारको बिरोध ग¥यो भनेर तिनलाई मृत्युदण्ड दिने व्यवस्था गर्नु कति जायज, कति न्यायसंगत हुनसक्छ ?
पत्रकारको काम जनता र सरकारवीचको माध्यमको काम हो । सरकारको नीतिनियम, निर्णय जनतासम्म पु¥याउनु र जनताका आकांक्षा अपेक्षा सरकारको तहसम्म पु¥याएर लोकतन्त्रमा बल पु¥याउने काम पत्रकारिताले गरिरहेको हुन्छ । त्यस्तो पत्रकारितालँई नैतिक नियमन गर्न छाडेर नियन्त्रणमुखी व्यवहार देखाउनु कति जायज छ ? कति लोकतान्त्रिक हुनसक्छ ?
पत्रकार निश्चय नै सीमामा बस्नुपर्छ, आचारसंहिता पालना गर्नुपर्छ र पत्रकारिताको धर्म निर्वाह गर्नुपर्छ । पत्रकारितामा राजनीतिकरण गर्ने दलहरु, पत्रकारितामा कार्यकर्ता छिराएर सर्वत्र कव्जा जमाउने दलहरु, अनि जो जिम्मेवार पत्रकारिता गरिरहेका छन्, तिनलाई मृत्युदण्डको हाउगुजी देखाउने ? पहिले सरकारमा बस्नेहरु नैतिक, समाजप्रति निष्ठावान र मतदाताप्रति जवाफदेही हुनुपर्छ । अनि पत्रकारितामा कतिसम्मको अराजकता छ, त्यसलाई आचारसंहितामार्फत सुधार्नु उचित होइन र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper