banner

अदालतमा किन हार्छ अख्तियार?

अख्तियारले बहालवाला दुई सचिव, पर्यटन बोर्डका तत्कालीन कार्यकारी प्रमुख सुवास निरौला र अन्य पदाधिकारीसहित २३ जनाविरुद्ध विशेष अदालतमा १ अर्व ५१ करोडभन्दा बढी मागदावीसहित भ्रष्टाचारको मुद्दा दायर गरेको छ। यसअघि पनि

विभिन्न कर्मचारी, विश्वविद्यालयका उपकूलपतिसहितका पदाधिकारीहरुविरुद्ध पनि अख्तियारले मुद्दा दायर गर्दै आएको छ। तर अदालतले अख्तियारका अभियुक्तहरुलाई सदर गर्ने गरेको पाइन्न। कि त उनीहरुविरुद्धको प्रमाणित हुँदैन, कि

उनीहरुलाई धरौटीमा रिहा गरेर छुट दिइन्छ। अहिले पनि सचिवद्वय शरदचनद्र पौडेल, रञ्जनकृष्ण अर्याल, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमन, सहसचिव डिल्लीप्रसाद सिवाकोटी, मेघबहादुर पाण्डे, पर्यटन बोर्डका पूर्व

प्रमुख प्रचण्डमान श्रेष्ठ, पूर्व सचिवसुशील घिमिरे, पम्फादेवी धमला, रेवतबहादुर थापा, ध्रुवनारायण श्रेष्ठ, फुरगेल्जे शेर्पालगायतका थुप्रैमाथि मुद्दा गरिएको छ। अख्तियारले १० महिना लगाएर अनुसन्धान पूरा गरेर दायर गरिएको यो मुद्दा पनि पानीको

फोको नहोस्, सुशासनमा अख्तियारको भूमिका अहं देखियोस्। यतिखेर गर्नुपर्ने कामना यही हो। किनभने अहिलेसम्म अख्तियारले हालेका मुद्दामा अदालतको रवैयाले अख्तियारलाई हाउगुजीमात्र देखाएको छ। जब अख्तियारले गरेको अनुसन्धानमा

अदालतले ठहर सही भन्न थाल्छ, तवमात्र अख्तियारको डरले भ्रष्टाचारीहरुको मुटु काम्ने निश्चित छ। अन्यथा काग कराउादैछ, पिना सुक्दैछ मात्र हुनेछ। अख्तियार भ्रष्टाचारी भनेर डाम्ने र अदालत सन्तुष्ट नहुने निरन्तरता जारी रह्यो भने यो संवैधानिक

निकायलाई आफ्नो उपस्थिति, औचित्य र अर्थ प्रमाणित गर्न मुस्किल पर्नेछ।
अख्तियार किन हार्छ अदालतमा? यो गम्भीर प्रश्न हो। यो प्रश्नमा नेपाल बारले हालै चितवनमा गरेको तेस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको प्रस्ताव र बार र बेञ्चवीचको (न्यायाधीश भ्रष्टाचारी भए भन्ने अधिवक्ता टिकाराम भट्टराई र रमन श्रेष्ठको प्रमाण छ

भन्ने आरोप) बिबादलाई पनि जोडेर हेर्न सकिन्छ। सााच्चै नेपालको कानुन व्यवस्थामा भ्रष्टाचारी धमिरा पसेको हो भने यो धमिराले लोकतन्त्रलाई नै सिध्याइदिन पनि सक्छ। सुशासन आजको आवश्यकता हो। सुशासनका लागि कानुन व्यवस्था मजबुत

हुनैपर्छ र अख्तियारजस्ता संस्थाले गरेको अनुसन्धानमा शंकाको ठाउा रहनु हुन्न। शंकाले लंका पिर्छ भन्ने हाम्रो उखान पनि छ। हामी अख्तियार र अदालतको सुसम्बन्ध, सुशासनमा तिनको भूमिका र दण्डहीनताको अन्त गर्न सफलताको कामना

गरौं। जबसम्म अदालत र अख्तियार मजबुती र सहकार्य गर्न सक्षम हुनेछैनन्, भ्रष्टाचारीहरु भ्रष्टाचार लागेर पनि टाउको उठाइरहनेछन्।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper