banner
banner

शासन र आसनमा यी दुबै फेल

शासन र आसनमा छन् विद्या भण्डारी र केपी ओली । न राष्ट्रपति र न प्रधानमन्त्री नै सफल भए । दुबै असफल भए, दुबै अयोग्य ठहरिए, अव पनि यिनको आश गरेर समाज बस्छ भने समाज अरु बिग्रने र अरु भ्रष्टिकरण भएर जानेछ । किनभने भ्रष्टाचार सिंहदरवारदेखि शीतल निवाससम्ममात्र छैन, गाउँपालिकासम्म पुगिसकेको छ र त्यो भ्रष्टाचारको गनाउने झार उखेल्न यी दुबै शासन र आसनका महारथी सक्षम देखिएनन् । तैपनि यिनीहरु फूर्तीसाथ जनतामाथि शासन गरिरहेका छन् ।
संसदमा बहुमत छ भनेर प्रधानमन्त्रीले नाक फुलाउनु बेकार छ । म राष्ट्रपति कसले हल्लाउन सक्छ ? भनेर विद्या भण्डारीले फुइँकी लाउनु पनि बेकार छ । यी दुबैको दोश्रो कार्यकाल न हलो, न मुङ्ग्रोको रुपमा चलिरहेको छ । त्यसो त नेपाल त्यस्तो देश हो, राष्ट्रपति प्रधानमन्त्री नभए पनि चलिरहन्छ । पशुपतिनाथले रक्षा गरेको देश त्यसै पनि चलिरहन्छ । यतिबेला सरकार छ, राष्ट्रपति प्रधानमन्त्री छन् भन्ने अनुभूति कसलाई भएको छ र ? जो प्रभाव र दबाब दिने स्थानमा छन्, तिनका भ्रष्टिकरणका धन्दा चलिरहेका छन् । जो सेटिङमा असामाजिक काम गरिरहेका छन्, तिनका धन्दा झन बढी व्यवस्थित रुपमा चलेको देखिन्छ । जो दण्डित हुनुपथ्र्यो भनेर समाजले भन्छ, तिनलाई त सरकार, अदालत अथवा अन्य संस्थाहरु सम्मान गरिरहेको देखिदैछन् । शासन छ, सुशासन छैन । व्यवस्था छ, अराजकता बढेको छ । सबैथोक छ, जनताका लागि केही पनि छैन । जनता यतिबिघ्न सकसमा छन् कि जनताका लागि जिम्मेवारी लिने जनप्रतिनिधि नै छैनन् । एकपल्ट मतदान गर्नु जनताको काम हो, ५ वर्ष मजाले शासन गर्नु जनप्रतिनिधिको काम भनेझैं सबै चलिरहेको छ तर कर्मकाण्डी रुपमा चलिरहेको छ । जनता शोषित भइरहेका छन् र जनप्रतिनिधि दलाल, भ्रष्ट, माफियासँग मिलेर देश बर्बाद गरिरहेका छन्, गणतन्त्र बदनाम पारिरहेका छन् । यो देशमा नाममात्रको गणतन्त्र छ । यो गणतन्त्रमा न बिधि छ, न नैतिकता । गण नै नभएको गणतन्त्रले नेपालको बेइजतमात्र गरिरहेको छ । गणको सहभागितामा चल्नुपर्ने गणतन्त्र तस्कर, माफिया, बिचौलियाको प्रभाव चल्छ भने त्यो के गणतन्त्र भन्नु र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper