banner
banner

देशका लागि मर्ने गोविन्द भारतमा लम्पसार पर्ने विमलेन्द्र

    देशका गृहमन्त्री विमलेन्द्र निधि दिल्ली पुगे, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेटे । उनले के कुरा गरे कुन्नी, काठमाडौंमा हल्ला चलाइयो, मोदीले कैलालीमा भारतीय सीमा सुरक्षा बलद्वारा मारिएका गोविन्द गौतमबारे क्षमा मागेनन्रे । र, चिन्ता गर्नुपर्दैन, हामी छानबिन गर्छौं भनेछन् मोदीले ।
    नेपाली युवा गोविन्द मारिए, नेपालको गृहमन्त्रीले नै मोदीलाई भारतीय सुरक्षाकर्मीले मारेको भनिसकेपछि माफी माग्नुपर्छ कि पर्दैन ? क्षतिपूर्ति दिने र आइन्दा यस्ता घटना हुनेछैनन् भनेर नेपाललाई आश्वस्त पार्नुपर्ने हो कि होइन ? अहा केही भएन, हाम्रा गृहमन्त्री जाहेरी गरे, निर्देशन बोकेर आए । यस्तै हुन्छ लोकतान्त्रिक, सार्वभौमसत्ता सम्पन्न स्वाधीन नेपाल सरकारको चरित्र ?
    कस्तो पानीआन्द्रे चाला ? हुन त २०६३ सालको परिवर्तन दिल्लीकै १२ बुादेको करामत थियो भने त्यसपछिका सबै प्रधानमन्त्रीहरुले दिल्ली दर्शन गरेर आफूलाई पक्का प्रधानमन्त्री भएको अनुभूति गर्ने चलन चलेको हो । नेपालमा निकै देशभक्तिपूर्ण भाषण गर्नेहरु दिल्लीका सामु भिजेको विरालोपनमा देखिएका हुन्, वर्तमान सरकार पनि भिन्न हुनसकेन ।
    प्रचण्ड सरकारले कैलाली घटना, भारतीय हस्तक्षेप र तिनले मच्चाएको अतिक्रमणसहितको रक्तपात, हत्याआतंकबारे विरोधपत्रसमेत दिन सकेन । प्रचारका लागि निन्दा गरियो, कूटनीतिक तवरले आइन्दा त्यस्तो नहोस् भनेर भन्न सकेन । १९६० को दशकमा चीनका सुरक्षाकर्मीले नेपालीको हत्या हुादा क्षमा माग्यो, क्षतिपूर्ति दियो र पछि त्यस्ता घटना नहुने आश्वस्तता पनि दियो । सानो देशसाग माफी माग्दा सानो हुने होइन रहेछ भन्ने सिख चीनबाट भारतले लिनुपर्ने हो तर दक्षिण एसियाको हवल्दार मै हुा भन्ने भारतले नेपालमाथि अत्याचार गर्‍यो, नेपाल सरकारले अत्याचार सहेर बस्यो, सार्वभौमिकतालाई संकुचनमा पार्‍यो । यास्तो सरकारलाई स्वाधीन सरकार भन्न र मान्न सकिन्न ।
    अहिले पनि १ सय १७ स्थानमा सीमा मिचेको छ, सीमास्तम्भ हराएका छन्, निरन्तर नेपाली भूमि भारतीयकरण भइरहेका छन् । वैशाख ३१ गतेदेखि स्थानीय र त्यसपछि प्रदेश र केन्द्रीय संसदको निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको नेपाललाई भारतले १० महिनाम तीनवटै चुनाव सम्भव छ र ? भनेर गिज्याएको खबर पनि आएको छ । त्यही भारतसाग निर्वाचनका लागि सहयोग मााग्न अघि सरेछन् गृहमन्त्री । सरकार यसरी निर्लज्ज भएर मगन्ते नबन्दा पनि चल्ने थियो, तर व्यापारी नेताहरु मुनाफाका लागि जे पनि गर्नेरहेछन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper