बनाउनेहरु बिगार्दैनन्। बनाउनेहरु जहिले पनि सकारात्मक सोच्छन्। सकारात्मक मार्ग खोज्छन्। यसकारण बनाउनेहरु कहिले पनि बाादर प्रवृत्ति र प्रवृत्त हुनेगर्दैनन्। बनाउने भनेका सर्जक हुन्, सर्जकले जहिले पनि समाजलाई उज्यालोतिर डोर्याउने गर्छन्। बहुजनहितायका लागि केही गरौं भन्ने इच्छाशक्ति राख्नेहरु नै असलमा निर्माता बन्छन्, नेता बन्छन् र राजनेता कहलाउाछन्। हामीले नयाा नेपाल बनाउाछु भन्नेहरुलाई इज्जत दियौं, सम्मान दियौं र सबैभन्दा महत्वपूर्ण कुरा विश्वास दियौं। बनाउाछु भनेकैले न बनाओ त भनेर २४० वर्ष पुरानो राजसंस्थालाई फाल्दा र गणतन्त्र तथा धर्मनिरपेक्षतामा जाने तिनको आफूखुसी निर्णयमा पनि हामीले राम्रो हुन्छ भने ठिकै छ भनेर सह्यौं, बिरोध गरेनौं। तर, माघ ५ गते संविधानसभा भवनमा संविधान बनाउन बसेका हाम्रा नेताहरुले जुन ताण्डव नृत्य देखाए, त्यो देखेर आमजनतामा कस्तो बाादरे प्रवृत्ति भन्ने स्वभाविक प्रतिक्रिया देखियो। आफ्ना नेताहरुलाई स्वाभिमान र सार्वभौमसत्ता सम्पन्न मतदान गरेका आम नागरिकले यसो भनिरहादा पनि हाम्रा नेताहरु गल्ती भएछ भन्ने मनस्थितिमा देखिएनन् र निरन्तर बाादरे चरित्र देखाइरहे। अझै भन्दैछन्: प्रक्रियामा गए सहिन्न, कदापि सहिन्न।
समाजमा कहावत छ– बाादरले आफ्नो घर पनि बनाउादैन, अर्काको घर पनि बिगार्छ। यस्तै देखियो संविधानसभा। मत र मतो मिलुन्जेल भागशान्ति जय नेपाल गर्दै ९ वर्ष बिताएका हाम्रा राजनीतिक नेताहरुले यसपटक बाादरे चर्तिकला देखाए। टीभी च्यानलहरुमा जुन लाइभ दृश्य देखियो, त्यसबाट नेपाली मन त कुढियो कुढियो, नेपाललाई सहयोग गर्ने मित्रराष्ट्रहरुले समेत चिन्ता व्यक्त गर्न बाध्य भए। त्यही दृश्यको करामत हो, युरोप–अमेरिकी मुलुकहरुले सकभर नेपाल नजानु, जानैपर्ने भए सुरक्षाको विषयमा पहिले सोच्नु भनेर ट्राभल एडभाइजरी जारी गरेका छन्। नयाा नेपाल बनाउनेहरुले एकपटक फेरि नेपालको विश्वसमुदायमा बेइजत गरिदिए। बनाउनेहरुमा बाादरे प्रवृत्ति हावी भयो भने भूतले नगर्ने नकाम गर्छ भनेको यही हो। नेपाली समाजमा उखान पनि छ– रातपरेपछि भूतको राज्य हुन्छ। नभन्दै माघ ५ गते राति संविधानसभामा भूत सवार भयो। एमाओवादी र मधेसवादीले गर्नुसम्मको बितण्डा मच्चाए। देख्नेहरुलेसमेत लज्जाबोध गर्नुपर्ने खालको थियो त्यो बितण्डा। माघ महात्मे स्वस्थानीको कथा वाचन भइरहेका यी दिनहरुमा राक्षसहरुले जसरी काट्ने, भााच्ने, मुन्ट्याउने, ठोक्ने, हान्ने गरेका थिए, ती सबै दृश्य संविधानसभामा देखियो। झण्डै ३० लाखको नोक्सान हुनेगरी तोडफोड भएको बताइयो। कसले तिर्ने त्यो नोक्सानी र कसले भर्पाइ गर्ने जनविश्वासमाथि गरेको यो बिगारको? जनता सहनशील छन्, प्रतिवाद गर्दैनन् भनेर यसरी हेप्नु भनेको देश र जन जिम्मेवारीप्रतिको अन्याय नै हो। निरन्तर अन्याय गरिरहेका छन् राजनीतिक ठूला नेताहरु। उनीहरुमा सवार भएको धर्म, जाति, भाषा, भेषको भूत कहिले शान्त होला र नेपाल र नेपालीप्रति कर्तव्यवोध गर्लान् यिनीहरुले? यस्तै हो भने संविधानसभा रणसंग्राम थलो हुने निश्चित छ। संविधान आउने होइन, फेरि रगतको धारा बगाउने थलो सावित हुनेछ।