banner
banner

स्पेन र थाइलेण्डको जस्तो नेपालमा इतिहास नदोहोरियोस्

विश्वका अनेकन देशमा रक्तपातपछि शान्ति र स्थिरताको अपेक्षा पूरा नभएपछि इतिहास दोहोरिएर शान्ति र स्थिरताको खोज गरिएका अनेकन उदाहरण छन्। बेलायतको मात्र होइन, स्पेन र थाइलेण्डमा समेत त्यसै भयो। इतिहास दोहोरिन नसकेका मुलुकहरु अहिले पनि रक्तपातको आँगो र आँधीमा अहिले पनि झुल्सिरहेकै देखिन्छन्। नेपालमा त्यस्तो नहोस्। परिवर्तन सहज भएको छ, परिवर्तनपछि शान्ति र स्थिरता असहज बन्दैछ। यो चिन्ताको विषय हो।
स्पेनका सडकमा गणतन्त्रको नारा लगाउने युवाजमातले सालीन राजतन्त्रको सातो लिन सफल भयो। अन्ततः सन १९३१ मा गणतन्त्रको नारा उराल्ने समूहबाट आजीत भएर, तिनको उच्छृङ्खलतालाई देख्न, भोग्न र सहन गर्न नसकेर, देश र दुनियाँको शान्तिका लागि भनेर स्पेनका राजा अलफोन्सोले देश त्यागेर हिंडे। स्पेनमा गणतन्त्र घोषणा भयो। गणतन्त्रवादीको जीत भयो। बहुमत स्पेनी जनताले हारे, स्पेनमा गणतन्त्रवादीले शान्ति र स्थिरता कायम गर्न सकेनन्। स्वार्थ र भ्रष्टाचारलिप्त परिवर्तनकारीका कारण स्पेनले दुर्गतिमात्र भोगेन, लामो गुहयुध्दको सामनासमेत गर्नुपर्‍यो। स्पेनमा राजतन्त्र र गणतन्त्रको व्दन्व्द, शान्ति र अशान्तिको व्दन्व्द, बिधि र मनपरीको व्दन्व्द चर्कदै गयो। ३८ वर्ष लामो गणतन्त्रको सूर्य अन्ततः लाखौंलाख जनताको ज्यान गएपछि, जनताको रगतको पोखरीमा पुगेर १९६९ मा अस्तायो। हुवाँ कार्लोसको रुपमा राजतन्त्रको पुनरोदय भयो। आजको सम्पन्न स्पेन, आजको स्वस्थ स्पेनको जग गणतन्त्रवादीको निरङ्कूसतापूर्ण सोचको नाभीबाट उत्पन्न हुन बाध्य भयो।
स्पेनको हावा थाइलैण्डमा पनि पुग्यो। राजा विरोधीहरुले १९३० देखि राजतन्त्रविरोधी आन्दोलन छेडे। थाइलैण्डमा राजालाई मार्नसम्म तम्सिने काम भयो। आतङ्ग र अराजकताबाट बच्न राजावादीले नै राजालाई सत्ता त्याग गर्न सल्लाह दिए। राजाले थाइलैण्ड छोडेर भाग्न बाध्य हुनुपर्‍यो। राजाबिनाको थाइलैण्ड चल्यो, तर शान्ति हुनसकेन। मनलागी र मनपरी बढ्दै चढ्दै गयो। गृहयुध्दको आगोमा झुल्सिएको थाइलैण्डको माटो जनताको ज्यान र रगतले भिज्यो। रगताम्मे भयो। अन्ततः १९५८ मा राजालाई खोजेर ल्याउनु पर्‍यो। राजतन्त्रलाई सम्मानका साथ राखेर थाइलैण्डले शान्ति र स्थिरताको निश्वास फेर्‍यो। त्यसपछि आजसम्म थाईलैण्डले शान्ति र प्रगतिको पथमा मारेको फड्को प्रशंसनीय छ। बौध्दमार्गी थाइलैण्ड बुध्दलाई शान्तिको प्रतीक र राजसंस्थालाई प्रगतिका प्रतीक ठान्छन्। थाइलैण्डमा दल छन्, जनताको शासन पनि छ। तर राज्य राजाले गरेका छन्। त्यहाँ जनअधिकार पनि छ, लोकतन्त्र पनि छ। तथापि राजाको सम्मान घटेको छैन। बढ्दै गएकेा देखिन्छ।
    २०६३ सालमा राजा झुके, २०६५ सालमा गणतन्त्र कार्यान्वयन गरियो। शासन जनप्रतिनिधिका हातमा छ। जनप्रतिनिधि माफिया, तस्कर, भ्रष्टाचारी, अपराधीहरुको घेरा तोड्न सफल भइरहेका छैनन्। जसका कारण जातीय, भाषीय, क्षेत्रीय, धार्मिक र राजतन्त्र कि गणतन्त्र भन्ने द्वन्द्व बढ्दै गएको छ। अस्थिरता, अराजकता र कूशासन गणतन्त्रका विशेषता बन्न पुगे। जनताले राज्यबाट कुनै सेवा पाइरहेका छैनन्। सचेत हौं, नेपालमा इतिहास नदोहोरियोस्।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper