नेपाली भूभाग नै भारतले खाइसक्यो, असमान सन्धि सम्झौता खारेज गर्नुपर्छ भनेर जनयुद्ध गर्नेहरूसमेत ती कुरा उठाउन छाडेका छन् । सार्वभौम संसद छ, १० पार्टी मिलेर बनेको सरकार छ, सशक्त प्रतिपक्ष संसदमा छ, नयाँ र जाँगरिला युवा नेतृत्वको साना भए पनि प्रभावशाली पार्टी संसदमा छन्, जनताले परिवर्तनको संकेत गरिसकेका छन् । ५ वर्षपछि बहुमत ल्याउँछौं भन्ने साना पार्टीहरूले फुइँकी हाँक्छन्, जनअपेक्षाका काम गरिरहेक...
नेपालमा उमेदवार अरूले नै चयन गर्छ, चुनावमा अरूले नै जिताउँछ, संसदमा के बोल्ने नबोल्ने, अरूले नै अह्राउँछ, कुन मुद्दा उठाउने, कुन कानुन बनाउने, कुन कुन नेता वा दललाई जुधाउने, उछालपछार पार्ने, मन्त्री कसलाई, प्रधानमन्त्री को बन्ने भन्ने निर्णय पनि अरूले नै गर्छ भनिन्छ । सरकार बनाइसकेपछि संवैधानिक निकायमा कसकसलाई छनौट गर्ने, राजदूत कसलाई बनाउने भन्ने विषय पनि अरूले नै निर्धारण गर्छ । यस्तो चर्चा प...
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकार, संसद, सांसद, अर्थविद, अर्थमन्त्री, राष्ट्र बैंक सबैले सुन्ने गरी भनेका छन्– आगामी वर्षको बजेटलाई सुधारको प्रस्थान विन्दु बनाउनुपर्छ । यो सुझाव अध्यक्षको मात्र होइन, सिङ्गो उद्योग वाणिज्य जगतको सामुहिक आवाज हो । यो आवाजलाई अनदेखा, अनसुना गर्नु भनेको प्रतिकूलतालाई झन प्रतिकूल बनाउनु हो, आर्थिक अराजकतालाई सङ्कटमय बनाउनु हो ।
राष्ट्र...
दलहरूले सच्चिने सुर देखाएनन् । उपचुनावले जे जस्तो नतिजा दियो, दश दलको सरकार सिङ्गो रूपमा उपचुनावमा भिड्दा समेत जनताले पत्याएनन्, परिवर्तन नै खोजे । यसपछि त स्थापित दलहरूले बुझ्नुपर्ने हो, जनताको मनस्थिति बदलियो । अब जनताले माफ दिनेवाला छैनन् । चुनावपछि एकाएक भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिकालगायतका देशमा पठाउने फाइल खोलियो । वर्तमान सचिवदेखि पूर्व उपप्रधानमन्त्री, मन्त्रीमात्र होइन, विभिन...
सरकार, संसद, प्रशासन सबैबाट जनता दुःखी छन् । जनतामा लोकतन्त्र, नेता, प्रशासकप्रति कुनै पनि आशा बाँकी रहेको छैन । सरकारले गरेको निर्णय, प्रधानमन्त्रीले दिएको निर्देशन, संसदमा उठेका प्रश्न, प्रतिबद्धता, प्रशासनको सेवाग्राहीप्रतिको जिम्मेवारी सबै निस्कृय छन् । निरर्थक छन् । समष्टिमा हेर्दा शासन व्यवस्था असफल भएको छ । यो असफलता कसरी सुधार्ने, कसरी जनतामा अपनत्वको भाव विकास गर्ने भन्ने सोच र च...
नीति, सिद्धान्त र विधिको लक्ष्मणरेखाभित्र कुनै दल वा नेता स्थिर छेनन्, हरेक विषयमा विधि मिचिएका छन्, नीति र सिद्धान्त त सखाप नै भइसक्यो, एउटै सिद्धान्तमा नेपाल चलेको छ– एनीहाउ सत्ता र शक्तिमा जाउ । सत्ता र शक्तिको भोकले नेतालाई व्यवसायी बनायो, मुनाफाखोर बनायो, पार्टीप्रतिको आशक्ति घट्यो, सिद्धान्तप्रतिको प्रतिवद्धता तुहियो, राजनीतिक धर्मप्रतिको आस्था मासियो । जे छ, नेतृत्व छ र नेतृत्व सत्...
नेपालको परराष्ट्रनीति ढलपल ढलपल गरिरहेको विश्लेषण भइरहेछ । नेपालको छिमेकनीति पनि संशयमा परेको छ । रूस युक्रेनयुद्धमा नेपालले युक्रेनको पक्ष लिनु उचित थियो थिएन ? नेपालको परराष्ट्रनीति पञ्चशीलमा आधारित थियो, असंलग्नतामा अडेको थियो, कतिपय मामिलामा छिमेकलेसमेत शंका गर्ने स्थितिमा नेपालको नीति पुग्नु भनेको नीति प्रष्ट नभएपछिको अलमलमा पर्नाले हो । यसरी राष्ट्रको इज्जत बढ्दैन ।
कहिले चीनतिर, कहिले भ...
सांसदमा कुर्लेर देशको अवस्था बदलिने भए अनिश्चित र अराजक बन्ने थिएन । संसद अधिवेशनका हरेक दिनको शून्य समयमा केही सांसद खुब कुर्लिन्छन् । छलफलका क्रममा चर्को बहस पनि हुन्छ । शून्य समय र बहसका समयमा धेरै सांसद क्यान्टिनतिर लाग्छन्, केही निदाइरहेका हुन्छन्, केही मोवाइल चलाइरहेका हुन्छन् । सभामुखले समेत मोवाइल नचलाउन रूलिङ गर्नुपर्ने अवस्था पनि देखियो, सुनियो । सांसद चिच्याउँछन्, प्रश्न गर्छन्, मन्त...
पञ्चायतका घनघोर बिरोधीले बहुदलमा पञ्चायतभन्दा निकृष्ठ चरित्र देखाए । कुनै लछारपाटो लगाउन सकेनन् । कुनै पनि दृष्टिले बहुदल उत्तम व्यवस्था हो भन्न सकेनन् । अन्ततः बहुदलवादीले अतिवादीका सामु शिर झुकाए, त्वम्शरणम् गरे र लोकतन्त्रमा प्रवृष्ट गरे । आफूलाई लोकतन्त्रवादी बनाए । अतिवादी माओवादीका एजेण्डाको पोखरीमा आफूलाई नुहाएर पवित्र लोकतन्त्रवादीको नयाँ साँचोमा ढाले । यतिसम्म त ठिकै थियो, लोकतन्त्रलाई...
श्रीपशुपति हिन्दु विश्वविद्यालयको सोच गज्जब छ । विश्वकै एकमात्र हिन्दु मुलुकमा यसप्रकारको विश्वविद्यालय स्थापना हुनु उत्तम हो । तर यो प्रस्ताव आयो माओवादी नेता तथा पर्यटन मन्त्री सुदन किराँतीबाट । उनले भर्खरै नेपाल एकेडेमीको कार्यकारीको चयन गरेका छन्, जहाँ राईकरण गरेको देखियो । ल्याकत, योग्यताको कदर गर्न छाडेर छानीछानी जसले नेपाल एकेडेमीलाई जातीयकरण गरेका छन्, उनको दिमागबाट आएको श्रीपशुपतिनाथ व...
नेपाल एकेडेमीमा राईकरण गरेका पर्यटन मन्त्री सुदन किराँतीले हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गरिने निर्णय गरेछन् । यो निर्णय मन्त्रीस्तरीय हो, यति महत्वपूर्ण निर्णय क्याविनेटबाट किन हुनसकेन ? कतै निर्णयका लागि निर्णयमात्र त होइन होला कि ? अन्यथा हिन्दू धर्मको खोज तथा अनुसन्धान गरेर विश्वविद्यालयका माध्यमबाट हिन्दू धर्म...
एउटा हातमा नेपाली नागरिकता र अर्को हातमा भारतीय रासन कार्ड बोकेका २२ लाख जनसंख्या नेपाली राजनीतिमा अस्थिरताका कारक हुन् । यस्ता नागरिकताको छ्यानब्यान जाँच गर्ने कुरा छाडौं, विदेशी दुलही भित्रउनासाथ नागरिकता थमाउनु पर्छ भन्ने गठबन्धन सत्तामा पुगेको छ । नेपालमै नागरिकता नपाएर छटपटिएका नेपालीले नागरिकता पाउनुपर्छ भन्ने यिनलाई चिन्ता छैन । नागरिकताका मार्गबाट नेपाललाई फिजी बनाउने रणनीति बोकेको विदे...
राजनीति अचम्मको छ । जनयुद्धको १० वर्षमा चिल आयो, चिल आयो भनेर माओवादीले समाजलाई अस्तव्यस्त पारिदिए । ०६३ को जनआन्दोलनमा चिल आयो, चिल आयो भनेर समाजलाई आन्दोलित पारेर सत्ता परिवर्तन भयो, सत्ता आफ्नो हातमा लिए । त्यसपछिका १६ वर्षमा पनि उही चिल आयो, चिलआयो भनेर देश र जनतालाई लुट्ने लोकतन्त्र चलिरहेछ ।
पार्टी, नेताको काम चिल आयो, चिल आयो भनेर जनतालाई भ्रमित पार्ने हो । आमनागरिक आकाशतिर हेर्न थाल्छन...
०४६ साल अघि पञ्चायतसँग खतरा छ भनिन्थ्यो, बहुदल आयो पञ्चायत गयो । खतरा ज्यूँका त्यूँ कायम रह्यो । ०४६ सालपछि यतिधेरै परिवर्तित नेतृत्वले जेमन्त गरे कि उनीहरू आफै खतरा हुँदै गए । यिनैले राजालाई सत्ता बुझाएका थिए, बहुदलबादीले आतंकको हतियार उठाएर राजतन्त्रलाई किनारा लगाए, लोकतन्त्र ल्याए । संविधान जारी गरे । दुईपल्ट भइसक्यो आवधिक निर्वाचन भएको । तैपनि नेतृत्व उही छ र यो नेतृत्व पंक्ति भनिरहेक...
लोकतन्त्र छ, लोकतान्त्रिक कोही पनि छैनन्, केही पनि छैन ।
संविधान छ, संविधानमा कोही बसेनन्, पालना कसैले गरेनन् ।
मूल्य, मान्यता छ, राजनीतिले परिहास बनाइदियो, छिःछिः अवस्था छ ।
विदेशीले विश्वास गर्न छाडेका छन्, विदेशीको बहिष्कार र हेपिने अवस्था बढेर गएको छ । यो राष्ट्रिय खतराले पद्धतिलाई नै खतरामा पारिदियो ।
एकजना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भ्रष्टाचारी भनेर महाभियोगको आरोपले डामि...
जनवादी माओवादीले समर्थन मागेपछि समर्थन दिएको राजतन्त्र र हिन्दुवादीले विश्वासको मतमात्र दिएन, सत्तामा सहभागीसमेत भयो । राप्रपाका सांसदले हिन्दुराष्ट्र र राजतन्त्र ल्याउनकै लागि चुनावमा गएको, संसद र सरकारमा आएको बताएपछि माओवादी र एमालेले आपत्ति प्रकट गरे, प्रधानमन्त्रीले समेत गणतान्त्रिक सरकारमा सामेल भएपछि राजतन्त्र र हिन्दुराष्ट्रको मुद्दा उठाए कारवाही गर्नेसम्मको चेतावनी दिए । तर राप्रपाका सा...
जब आत्मबृतान्त लेखेर प्रेम आचार्यले आत्मदाह गरे, त्यो पनि प्रधानमन्त्रीकै सामुन्ने सार्वजनिक सडकमा । यो चानचुने विद्रोह होइन । नागरिकले यसरी आत्मदाह गरेर शासन, प्रशासनको पोल खोल्नु भनेको लोकतन्त्रमा लूटतन्त्र, बाहुबलीतन्त्र कतिसम्म हावी भइसकेको छ भन्ने खुलासा पनि हो ।
अब त नागरिक समाज ब्यूँझ । थिङ्क टेङ्क, चेतनशील बर्ग उठ । अब त पार्टीभित्रका युवाहरू सचेत हौ । नागरिकको जीवन कतिसम्म पीडादायक छ ...
‘प्लस–टु’ कहिले सकिन्छ भनेर युवाहरू किन तन, मन लगाएर पढिरहेका छन् । स्पष्ट छ, हरेक युवाको सपना भनेकै प्लस टु सक्ने र विदेशमा अध्ययन गर्न जाने । यिनको दिमागमा नेपालमा गुणस्तरीय शिक्षा छैन, शिक्षाका साथमा रोजगारीको अवसर छैन, नेताको चाकरी नगरी जागीर पाइन्न भन्ने छाप परेको छ । यो छाप हटाउने जिम्मा कसको हो ?
पढ्न जाने, पढाइ र काम गरेर उतै स्थायी बसोबास गर्ने । जो शिक्षित छन्, उनीह...
निर्वाचनपछि नयाँ सरकार बनेको छ । सरकार कस्तो बन्यो भने संसदमा प्रतिपक्षी नै छैन । राष्ट्रिय जनमोर्चाको एक र नेमकिपाको एक मत बाहेक सबैको विश्वासको मत पाएको सरकार बनेको छ माओवादी नेतृत्वमा । कम्युनिष्टहरू आफैलाई राष्ट्रवादी र जनवादी ठान्छन् । यही आधारमा आफ्नो पार्टी र राजनीतिक वर्चस्व कायम गर्दै आएका छन् । अब एकमौका फेरि आएको छ, देशवादी बन्ने, जनअपेक्षालाई संवोधन गर्ने । त्यो ऐतिहासिक जिम्मेवारी ...
यो श्री ३ राणा शासन होइन, यसकारण फर्मान र हुकुमले केही हुनेवाला छैन । प्रधानमन्त्री, मन्त्री अथवा कुनै पनि नेता हुन्, तिनले कानुनको बाटो छाडेर हुकुम चलाउन खोज्छन् भने कर्मचारीले हुकुम मान्न जरूरी छैन । नीति नियमानुसार आदेश दिने हो भने कर्मचारीले मान्नुपर्छ, मान्दैनन् भने त्यस्ता कर्मचारीमाथि कारवाही पनि हुनुपर्छ । हुकुमी शैलीमा पख्लास् भन्दैमा कर्मचारी डराउनु पर्दैन ।
राजनीतिले नीति निर्माण गर...
मोवाइल व्यापारीको लहैलहैमा लागेर सरकारले १८ प्रतिशत भन्सार लगाएरमात्र मोवाइल ल्याउन पाउने र ःम्ःक् मा दर्ता नगरी चोरी भइआएका मोवाइल नचल्ने जुन नियमको घोषणा गरेको थियो, त्यसप्रति आमनगारिकको यति ठूलो प्रतिक्रिया आयो कि बाध्य भएर सरकारले त्यो निर्णय रोक्नुप¥यो ।
सरकारले बुझोस्, कुनै पनि मुलुकमा नेपालका मोवाइल सेट बोकेर गएका व्यक्तिले त्यहाँको सिम हाल्नासाथ चल्छन् । यसको अर्थ मोवाइलमा नियन्त्र...
ऋण लिएर विकास गर्छु भन्दा श्रीलंका, पाकिस्तानलगायतका धेरै मुलुक आर्थिक संकटमा मात्र फसेका छैनन्, ऋण तिर्न नसक्दा निर्माण भएका विकास योजनासमेत ऋणदाताले कब्जा गरेको अवस्था छ । नेपालले विकास गर्नुपर्छ तर ऋणभन्दा पनि अनुदानमा बढी ध्यान दिनुपर्छ । अनुदान लिएर सदुपयोग गर्नसके विकास पनि हुन्छ, आर्थिक अवस्था चलायमान पनि हुनसक्छ, यसतिर अर्थविदहरूले सरकारलाई उचित सल्लाह दिनुपर्छ । विदेशीको लहैलहैमा लागेर...
युवा दिनदिनै किन विदेश गइरहेका छन् ? यसको खास कारण के हो, यसबारे संसदमा युवा सांसदहरूले विशेष प्रस्ताव लानुपर्छ, छलफल गराउनु पर्छ र विदेश जानबाट रोक्न र विदेशीएकालाई स्वदेश फर्काउने उपायका बारेमा बहस हुनुपर्छ । यसका लागि संसदबाहिर विज्ञ, विशेषज्ञहरूसँग परामर्श गरिनुपर्छ । अति भयो । हरेक दिन २ हजारका दरले युवा विदेश जानेक्रम झन झन बढेर गएको छ । यसरी युवाहरू स्वदेशमा नबस्ने र नेपाल बुढाबुढी र बाल...
राजधानीमा डोजर चलिरहेकै छ । अनधिकृत निर्माण र नक्सापास विपरितका प्रयोगमाथि महानगरले कडीकडाउ गरिरहेको छ । यहाँसम्म ठिकै मान्न सकिन्छ । तर, महानगरभित्रका फुटपाथ व्यापार, ठेला व्यापारदेखि सुकुम्वासी बस्तीमाथि लुटपाट र डोजर चलाउनुपूर्व महानगरले विचार पु¥याउन नसकेको देखिन्छ । हो, महानगर अव्यवस्थित छ, व्यवस्थित कसरी गर्ने भन्ने सवालमा योजना सार्वजनिक गर्नुपर्छ । योजनाबाटै सबैकुरा छर्लङ्ग हुनसक्छ ...
सत्ता र शक्तिका कुनै पनि स्रोतमा अपराधिक माइण्ड, मनी र मसलवालालाई प्राप्त हैसियतको बोलवाला छ । ०४६ साल अघि धेरै हदसम्म नियन्त्रित भए पनि बहुदलसँगै भित्रिएको यो रोगले नैतिकतालाई ऐंजेरू लाग्न सुरू गरेको हो । त्यसैले त्यतिबेला जनप्रतिनिधिहरूलाई खरिद गर्ने, होटलमा राख्ने, बैंककमा मसाज गर्न पठाउने अनेक क्रियाकलाप भए । त्यही रोग थाम्न नसकेर बहुदलका प्रधानमन्त्री शेरबहादुर देउवाले बहुदललाई चाँदीको किस...
चुनावको फैसलाले पाँचवर्ष पछुताउनु पर्ने भएको छ । यसमा सबैभन्दा ठूलो दोष ठूला पार्टी र तिनका नेताको छ । यी कस्ता नेता हुन्, जो नीति र निष्ठामा बसेनन् । सिद्धान्तलाई समेत सत्तास्वार्थको जाँतोमा धुलोपिठो बनाइदिए । मंसिर ४ को चुनावमा विचारै नमिल्ने दलहरुले गठबन्धन गरे, कांग्रेसको रुखमा माओवादीे र नेकपा सको हँसिया हथौडा, कलम देखियो भने कम्युनिष्टको मतचिन्हमा कांग्रेसका रुख चिन्ह समेटियो । कहाँको प्र...
चुनावपछि बन्ने सरकारले पनि अवैध सम्पत्ति जफत गर्न नसक्ने भयो । किनकि चुनावअघि कुनै पनि उमेदवार वा पार्टीले यसबारेमा आवाज नै उठाएनन्, घोषणापत्रमा अथवा बोलीमा प्रतिवद्धता नै जनाएनन् ।
कालोधन स्वीस बैंकमा थुपार्ने छन् । हैसियतभन्दा बढी सम्पत्ति कमाइरहेका छन् । राजनीतिमा लाग्ने र जागीर खानेले मात्र होइन, ठूला पदमा राजनीतिक नियुक्ती पाउनेले समेत देशलाई भ्रष्टाचारको दलदल बनाइसकेका छन् । देशको आर्थिक...
राष्ट्र बलियो र सवल हुने आन्तरिक र बाह्यनीतिको स्थिरताले हो । यतिबेला नेपाल आँधीमा फसेको समुद्रको जहाजझैं ढलपल ढलपल गरिरहेको छ । त्यो आँधीलाई झेल्न सक्ने क्षमता त्यसका चालकमा हुनैपर्छ । चालकको अक्किल र बुद्धिमत्तापूर्ण सञ्चालनले नै समुद्री जहाज सकुसल लक्ष्यमा पुग्न सक्छ, सम्भाबित दुर्घटनाबाट जहाज र यात्रु सबैलाई बचाउन सक्छ ।
नेपाल आन्तरिक बिबाद, अस्थिरता र अराजकताबाट ग्रस्त छ । मंसिर ४ को निर्...
निर्वाचन आयोगका कतिपय कमजोरीका कारण अनेक विवादहरू उत्पन्न भएका छन् । चुनाव प्रचारमा आचार संहितका विषयमा नै सानालाई ऐन र ठूलालाई चैन भयो भन्ने आपत्ति प्रकट भइरहेका छन् । त्यसमाथि नो नट अगेन भन्ने प्रचारबाट निर्वाचन आयोग भड्किएको छ । संविधानले दिएको अधिकार प्रयोग गर्दा ठूला नेतालाई असर प¥यो भनेर निर्वाचन आयोगले जनाधिकारमाथि रोक लगाउनु उचित थिएन, होइन । निर्वाचन आफैमा जनाधिकारको उच्चतम प्रयोग ...
मौलिक हकको समेत उल्लंघन भएको छ । आमनागरिकको आधारभूत आवश्यकताको समेत परिपूर्ति भएन । शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीमाथि नै राजनीतिक हस्तक्षेप भयो । जता पनि ठूला पार्टीका नेता, ठूला माफियाले रजगज गरेर व्यापार गरिरहेका छन् । आमनागरिकको बाँच्ने अधिकारसमेत सुरक्षित हुनसकेन । हिजो पञ्चायत, त्यसपछि बहुदल र १५ वर्षदेखि लोकतन्त्रले समेत संवोधन गर्न नसकेका यी विषयमा हरेक चुनावमा नेतृत्वतह हामी गर्छ...
कुनै पनि दलका ठूला नेताले कुनै पनि क्षेत्रबाट चुनाव उठ्ने हिम्मत नगर्नु, कतिपयले जितिन्छ भन्ने सुरक्षित क्षेत्र खोजेर हिड्नु र कतिपयले समानुपातिकमा नाम राखेर समानुपातिकताको अर्थ, औचित्य र महत्वकै मान मर्दन गर्नुले ठूला नेताहरू सबैको साख समाप्त भइसकेको अर्थमा बुझ्न सकिन्छ । यी कस्ता पार्टी हुन्, कस्ता नेता हुन्, जो १५ वर्षदेखि सत्तामा छन् र चुनावमा जान पनि हिचकिचाइरहेका छन्, जनताले बढारिदिन्छन् ...
हो, नागरिकता नपाएका र पाउनैपर्ने हक राख्नेहरू ५–७ लाख होलान् । यो संख्या तराईमा मात्र होइन, पहाड र हिमालमा पनि छन् । समस्या तराईको मात्र होइन, समस्या नेपालको हो । नेपालको समस्यालाई ५ वर्षे शासनकालमा किन राष्ट्रिय महत्वको मुद्दा बनाइएन ? राष्ट्रिय मुद्दाको छिनोफानो गर्ने काम कुनै एक दलको जिम्मेवारी होइन । राजनीति आ–आफ्नो ठाउँमा होला, राष्ट्रको सांसद भएपछि राष्ट्रिय मुद्दालाई उठाउनु प...
तिसौं वर्ष सांसद, संवैधानिक पद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति हुने र देशलाई लुट्ने र देशको अर्थतन्त्रलाई ध्वस्त पारेर निजी र पारिवारिक सुखशान्ति आर्जन गर्नेबाट आजीत भएर श्रीलंकाली जनताले जनकोर्रा हाने, शक्तिशाली भ्रष्टहरूको भागम्भाग भयो । अब पदमा पुग्ने कर्मचारी होस् कि राजनीतिज्ञ तिनले जवाफदेहीबाट भाग्न सक्ने छैनन् ।
दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क ग्युन हे, दक्षिण अफ्रिकी पूर्व र...
काठमाडौं महानगरले सूचना दियो, नियमित गर्न पनि भन्यो तर अटेर गरेपछि मेयर वालेन साह आफै डोजर लिएर टोलटोल पुग्न थालेका छन् । बालेन अभियानले बाटो मिचेर बनाइएका पर्खाल, टहरा, छाप्रो मात्र होइन, घरै ड्याङड्याङ भत्काउन थाल्यो । राजधानीमा सार्वजनिक जग्गा मिचेर सम्पत्ति बढाउनेहरूको सात्तो गएको छ । एक प्रकारले आतंक नै फैलिएको छ । राजधानीमा स्वतन्त्रको डोजर अपरेशन चल्न थालेपछि ललितपुरदेखि धनगडीका मेयरहरूल...
देश सामान्य स्थितिमा छ कि असामान्य ? देश कुन अवस्थामा छ ?
छ, संसद छ । सरकार छ । न्यायपालिका र संवैधानिक निकायहरू पनि छन् । राष्ट्रपति पनि छन् । तर देश सकुसल छ कि छैन ? संविधानअनुसार देश चलेको छ कि गैरसंवैधानिक तरिकाले चलेको छ ?
यी साह्रै गम्भीर प्रश्न हुन् । यति गम्भीर प्रश्नमा कुनै नेता, पार्टी अथवा जिम्मेवार कोही पनि संवेदनशील बनेको देखिदैन । सबै निकाय छन्, ती निकाय संविधानअनुसार स्वचालित छ...
०४६ साल पछिका पार्टीका नेता, अग्रपङ्तिका कार्यकर्ताहरु ३३ वर्षको अवधिमा धनाध्ये बनेका छन् । ०६३ सालको परिवर्तनपछिको १५ वर्षमा त सर्वहाराका नेताहरु समेत सम्भ्रान्त बनेका छन् । नेतामात्र होइन, यो अवधिमा प्रशासनमा रहेका उच्चपदस्थदेखि अधिकांश साना कर्मचारीसमेत नवधनाध्ये बनेका छन् । राजनीति गर्ने र जागीर खाने व्यक्तिहरु कसरी धनाध्ये बन्न सक्छन् ? राजनीति व्यवसाय होइन, प्रशासन व्यापार थिएन भने ती क्ष...
परिवर्तन भनेको प्रगति हो । १५ वर्ष भयो, परिवर्तनको । पद्धति, सत्ता, नेता परिवर्तन भए तर यो परिवर्तनले देश सङ्कटमा पर्दै गएको सबैले अनुभूति गरिरहेका छन् । इच्छाशक्ति हुने हो भने धेरै कुरा गर्न सकिन्थ्यो १५ वर्षमा । यो अवधिमा विदेशी हस्तक्षेप र अतिक्रमण बढाउने मात्र होइन, राष्ट्रलाई नै संक्रमणबाट सङ्कटमा पु¥याउने काम भइरहेको छ । परिवर्तन ल्यायौं भन्ने नेताहरूले सडकबाट सत्तामा मात्र उक्ले कि, ...
जनताको डर भएन नेतृत्वलाई । पार्टी नेताहरू मिलेर विधिलाई जता घुमाए पनि हुने, मर्काए पनि हुने । आत्मबल भएका प्रशासक र संवैधानिक निकायमा पदाधिकारी नभए पनि नेताको निर्देशनले मात्र काम गर्ने ? विधि, नीति, नैतिकता जे सुकै होस्, नेतृत्वले जे निर्णय गरे पनि त्यही नै सही हुने भएपछि लोकतन्त्रमा डर कसेको नहुने रहेछ । अर्थमन्त्रीको राजीनामा, छानबिनको नाटक र सुनपानी छर्केर पुनस्र्थापनाले जे देखायो, त्यसबाट ...
समस्या नीतिमा छैन, नीतिलाई व्यवहारमा उतार्न नसक्नु नेपालको समस्या हो । यही समस्या बिस्तारै बिस्तारै सङ्कट बन्दै गएको छ । सङ्कट क्रोनिक भयो भने क्यान्सर हुन्छ, क्यान्सर भएपछि न सर्जरी गर्न मिल्छ, न औषधिले छुन्छ । त्यतिबेलाको प्रतिक्षा भनेको मृत्यु हो । मृत्युलाई जित्न कसले सक्छ र ? नेपालको वर्तमान राजनीतिक र कूटनीतिक स्थितिको मूल्याङ्कन गर्ने विज्ञहरू भन्छन्– नेपाली बिस्तारै बिस्तारै मृत्य...
अति राजनीतिले देशका अङ्ग प्रत्यङ्ग भ्रष्टाचार र अनियमितताले गलेर सिताङ्ग भइसकेका छन् । राज्यसञ्जाल सन्निपात लागेर पक्षाघात भइसकेको स्थितिमा अस्तित्व बचाउने अन्तिम औजार नेपाली सेना हो । यसकारण नेपाली सेनाको कदम लरबराउनु हुन्न । सेना सतिसाल भएर उभिनुपर्छ ।
तर एसपीपीमा सेनाले लेखेको पत्रले ठूलै तरङ्ग उत्पन्न ग¥यो । हतारमा सेनाले खण्डनपत्र निकाल्यो, भोलिपल्टै खण्डनको मण्डन भयो । सेनाले गरेका न...
बालेन साह मेयर बनेपछि राजधानी व्यवस्थित हुनेछ भन्ने विश्वास अझै बाँकी छ । उनले फोहर व्यवस्थापनदेखि सार्वजनिक शौचालयसम्मका व्यवस्था मिलाउँदै अघि बढेका छन् । पार्किङ्को व्यवस्था मिलाउँदैछन् । मेयर बालेन साहले केही त गर्छन् भन्ने आशा छ, आमनागरिकले साथ दिएका छन् । भलै पार्टीवालाहरुले मेयरविरुद्ध मोर्चा खोलिसकेका छैनन् । जनताको र खासगरी युवा जमातको साथ र सहयोगका कारण पार्टीवालाहरु स्वतन्त्र बालेन सा...
एमसीसीले सडक ततायो, संसद ततायो । एमसीसी संसदबाट पारित भएपछि यसका नाङ्गा, गोप्य समर्थक र विरोधकर्ताहरूको मुखबुजो लागेको छ । कोही पनि एमसीसीका बारेमा बोल्न आवश्यक ठान्दैनन् ।
एसपीपीको विवाद सडकदेखि संसदसम्म छायो । सरकारले एसपीपीमा पछि हट्ने निर्णय गर्न पुग्यो । एसपीपीका सम्बन्धमा कांग्रेस, एमाले र माओवादीका नेताबीच एकदोस्रालाई गलत देखाउने क्रम जारी छ । आउँदो निर्वाचनमा आफू राष्ट्रवादी, अर्को राष...
कांग्रेस र कम्युनिष्टको गठबन्धन सरकार, गठबन्धन निर्वाचन रणनीतिपछि आगामी मंसिरमा हुने निर्वाचनमा पनि यही गठबन्धनलाई अगाडि बढाइने कुरा सार्वजनिक भइरहेको छ । यद्यपि नेकपा सको घुर्की, नेकपा माओवादीको धम्कीले कांग्रेसलाई तर्साउने काम गरिरहेको छ । यता प्रतिपक्षी एमाले जसरी पनि गठबन्धन सरकारलाई तोड्ने कसरतमा लागेको छ ।
यति नै बेला राप्रपाले अचम्मको रसायनयुक्त फर्मुला निकालेको छ । राप्रपाको प्रस्ताव छ...
रूस र युक्रेनबीचको युद्ध सकिएको छैन । यो युद्धले विश्वशक्ति दुई ध्रुवमा विभाजित हुनपुगेको छ । यथार्थमा यो युद्ध विश्वशक्तिको युद्ध हो, जुन युद्धले साना मुलुकहरूले स्वाभिमान कसरी बचाउने भन्ने प्रश्न उठाइदिएको छ । नेपालले पनि आफ्नो असंलग्न परराष्ट्रनीतिबाट विचलित भएर पश्चिमा धुरीमा संलग्न हुनपुगेको व्यवहारले देखाएको छ । यसकारण पनि नेपालको अस्तित्व र पहिचान बचाउने समस्या दिनदिनै बढेर जाँदो छ ।
वि...
सरकारले गणतन्त्र दिवस ३ जेठ १४, १५, १६ गते ३ दिन मनाउने निर्णय गरेको छ । गणतन्त्र नेपालमा गणतन्त्र ३ दिनमात्र किन, हरेक दिन गणतन्त्रमय हुनुपर्ने होइन र ? ३ सय ६२ दिन नेतामय र ३ दिन गणमय देखाएर क्षण क्षण गणतन्त्रको हुर्मत लिनेहरूको निर्णयले गणतन्त्रको अपमान भएन र ?
२०६५ साल जेठ १५ गते गैरसांसदको प्रस्तावमा अवैधानिक रूपमा जबरजस्ती संविधानसभाले गणतन्त्र घोषणा गरेको हो । त्यो दिनदेखि आजसम्म गणतन्त...
राजनीति समाज हो । समाज बिगार्ने पनि राजनीति हो, सुधार्ने पनि । जब समाजको मेरूदण्ड राजनीति हो भने मेरूदण्डप्रति हामी कति सजग भयौं । राजनीति सेवाभावबाट निर्देशित हुनुपछृ, यसपल्टको चुनावमा पनि राजनीति घोषणापत्र, भाषणमा सेवाभावप्रेरित देखियो, व्यवहारमा भोट किन्ने, प्रभावित पार्ने, आफ्नो पक्षमा तान्ने तरिकामात्र देखियो । अर्थात्, राजनीति बोझिलो बन्दै गयो, राजनीति व्यवसायीकरण हुँदैगयो, यस्तो राजनीतिल...
सरकार भन्छ– जेठदेखि हप्ताको २ दिन, शनिवार र आइतवार बिदा हुनेछ । यसरी दुई दिन बिदा दिनथालेपछि इन्धनको खपत कम हुनेछ, डलरको सञ्चिती बढ्नेछ । सेवाग्राहीलाई सेवा दिएर, बढीभन्दा बढी काममा खट्ने बानी बसालेर, उत्पादन बृद्धि गर्न रोजगारीको सिर्जना गरेर पो आर्थिक उन्नति हुने हो । तर सरकारले बिदामाथि बिदा थपेर आर्थिक उन्नतिको बाटो पहिल्याएको छ । यो उल्टोबाटो हिंडेर पुगिने तन्नमबाट हरितन्नमतिरै हो ।
...
नेपालका धर्म, नेपाली संस्कृति र परम्परालाई जोगाउने स्थानीय निकायले हो । वैशाख ३० गते स्थानीय निकायको चुनाव हुनगइरहेको छ । यो चुनावमा अनेक प्राकृतिक, अप्राकृतिक गठबन्धन बनेका छन्, स्वतन्त्र र पार्टीगत उमेदवारहरु प्रतिस्पर्धा गरिरहेका छन् । व्यक्ति, पार्टीले चुनाव जित्नका लागि आफ्ना कार्यक्रम सार्वजनिक गरेका छन् । घरदैलो कार्यक्रम गरिरहेका छन्, चुनाव प्रचार प्रसार जोडसोरले भइरहेको छ । यद्यपि संवि...
तथ्याङ्क विभाग भन्छ– ९४ प्रतिशत ॐकार परिवार छन् । प्रतिशतमामात्र भएर के गर्ने ? यति ठूलो जनसंख्या हिन्दु छ, हिन्दुधर्म सर्वधर्म समभाव पनि राख्छ, तर हिन्दुराष्ट्र नेपाल धर्मनिरपेक्ष घोषणा गराइयो । यो घोषणा कुनै जनमत, कुनै जनबल अथवा जनादेशबाट गरिएको होइन । यो त केही ठूला नेताहरूलको मिलिभगतमा घोषणा गरिएको हो । नेताहरूको घोषणाप्रति जनाक्रोश देखिएन । हिन्दुआक्रोश पनि देखिएन । कहिले कहिले जुलुस...
२०६३ सालअघि राजतन्त्र थियो, राजतन्त्र भएर देश लुटिएको होइन रहेछ, २०६३ सालपछि जुन राजनीतिक र आर्थिक अराजकता बढेकोछ, यसबाट थाहा लाग्छ, राजतन्त्र र हिन्दुधर्म भएर देश लुटिएको होइन रहेछ, लुट्न नपाएर राजतन्त्र र हिन्दुधर्म फालिएको रहेछ । राजनीतिको आडमा चरम लुटतन्त्र जारी छ । राजनीतिक सेटिङ् मिलाई मिलाई लुट्तन्त्र चलेको छ । यहाँसम्म कि विधिको शासनको नाममा जुन प्रकारले राज्यलूट चलाइएको छ, यसबाट थाहा ल...
श्रम निर्यात गरेर दाल, चामलदेखि हरेक स्तु आयात गर्ने अर्थतन्त्र परजीवी अर्थतन्त्र हो । यस्तै अर्थतन्त्रका कारणले देश ऋणमा भासियो, उद्यमशीलतामा ह्रास आयो, व्यापारघाटा बढ्यो । अर्थविदहरू अर्थतन्त्र दुर्घटनाउन्मुख भयो भनेर चिन्ता प्रकट गर्न थालेका छन् । राष्ट्रको आर्थिक मेरूदण्ड भाँचिने अवस्थामा पुगिसक्दा बल्ल अर्थविदहरू ब्यूँझेर बोल्न थालेका छन् तर तिनीहरू मात्र समस्या देखाइरहेका छन्, समाधान के ह...
राष्ट्र ऋण १७ खर्ब नाघ्यो भनिन्छ । राष्ट्र ऋण यति धेरै कसरी बढ्यो, यो राष्ट्र ऋण सकारात्मक कार्यमा खर्च भएको हो कि लूट चलाइएको हो, राष्ट्र ऋणबाट भयो के के ? यसबारेमा आमनागरिकले थाहा पाउनै पर्ने हो, जानकारी दिनैपर्ने हो । संसदमा जानकारी दिनुपर्छ, संसदमा छलफल हुनुपर्छ, यो कर्तव्य जनप्रतिनिधिको हो । जनप्रतिनिधि बोल्दैनन् ।
हरेक दिन राष्ट्रऋण बढ्दै गएको छ । जति राजस्व उठ्छ, झण्डै तलव भत्तामा खर्च ...
सरकारी कुनै पनि निकायमा चिनेको मान्छे अथवा कुनै नेतालाई फोन गराएर गएन भने काम हुन्न । छिटोछरितो र बिना घूस काम गराउनु छ भने भनसुन, चिनजान जरूरी छ । अन्यथा साह्रै दुृःख पाइन्छ । यसको ताजा उदाहरण राष्ट्रिय परिचयपत्र, पासपोर्ट, श्रम स्वीकृति, नागरिकता, मालपोत, लाइसेन्स, यातायातजस्ता जनसम्पर्क हुने कार्यालयमा गएर हेरे थाहा हुन्छ । सञ्चार जगतले जनताले पाएको कष्टबारे समाचार दिइरहेका छन्, सरकार पटक्कै...
बर्गैपिच्छे अस्पताल खोल्ने सिलसिला सुरू भएको छ । पछिल्लोपल्ट सरकारले ज्येष्ठ नागरिक अस्पताल खोल्ने निर्णय गरेको छ । देशैभरि छन् ज्येष्ठ नागरिक, तिनलाई सहज सुविधा र पहुँच दिने विधि के छ सरकारसँग ? अस्पतालमा पनि राजनीति ? उपचारमा पनि पपुलिष्ट हुने सोच ? छन् त हेल्थपोष्ट छन्, जिल्ला, अंचल, क्षेत्रिय, उप क्षेत्रीय, प्रतिष्ठान, आयुर्विज्ञान संस्थानहरू देशैभरि छरिएका छन् । तिनको सुसञ्चालन हुन सकेका छ...
राष्ट्रको प्रतिनिधित्व गर्ने राजदूत पद फेरि सत्ताधारी दलहरूबीच भागबण्डा मिलाउन थालिएको छ । कांग्रेसले आफ्नो कोटाबाट अमेरिका, बेलायत र भारतमा राजदूत नियुक्त गरे पनि एमसिसी पास भएकै दिन अमेरिकाको एग्रिमो आयो, त्यसअघि बेलायतको आयो तर भारतका लागि राजदूत नियुक्त भएका शंकर शर्माको एग्रिमो अझै आएन । किन ? यसबारेमा परराष्ट्र बोल्दैन, यसबाट थाहा हुन्छ– नेपाल भारतबीच सम्बन्ध सुमधुर छैन ।
पहिले पनि...
सन २०२६ सम्ममा नेपाललाई बढी हुने ३५ सय मेगावाट बिजुली बंगलादेश निकासी गर्न निकास दिन नेपालले गरेको अनुरोधलाई भारतले जवाफ दिएन । बंगलादेशले आउँदो वर्षदेखि नै बिजुली किन्न सकिने जवाउ दिए पनि भारतले बाटो नदिंदा नेपाल अप्ठेरोमा परेको छ ।
चालु वर्ष नै बंगलादेश सरकार नेपाल आएर १६ हजार मेगावाटसम्म बिजुली किन्न सम्झोता गर्न तैयार भइसकेको थाहा पाएको भारतले नेपालसँग ठूला जलविद्युत आयोजनाको माग गरे...
भूराजनीतिक स्वार्थको मैदान बन्यो नेपाल । नेपाली कूटनीतिक क्षमता पानी पानी भयो । नेताहरू दूरदर्शी बन्न सकेनन् । बाह्यशक्तिको प्रतिस्पर्धा स्पष्टै देखियो । नेपाल शक्तिराष्ट्रहरूको चेपुवामा प¥यो ।
अमेरिकासँग मित्रता बढाउन, चीन र भारतसँग समदूरी राख्नुपर्छ भन्ने नेपालको परम्परागत विश्वास एउटै एमसिसीमा नेतृत्वले देखाएको असक्षमताले नराम्रो धक्का लाग्नपुग्यो । नेपालको कूटनीति दुर्घटनामा प¥यो ।...
जुन पार्टी अथवा नेताको नेतृत्वमा सरकार बने पनि भ्रष्टाचारकै जगजगी सुनियो । संवैधानिक निकायहरूमात्र होइन, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाभित्रबाट पनि भ्रष्टाचारकै दुर्गन्ध फैलिरहेको छ । सडकभरि यसरी छताछुल्ल भ्रष्टाचारका घटना देखिदा पनि जनप्रतिनिधिहरू सावधान छैनन्, यहाँसम्म कि मूर्ति चोरेको आरोपमा जेल सजाय पाएको व्यक्तिसमेत मन्त्री हुनपुग्यो । यसरी पनि देश अघि बढ्ला ? राजनीतिक दलहरूले जनत...
राजनीतिक सङ्कट, आर्थिक सङ्कट, अनुशासनको सङ्कट, व्यवस्थापकीय सङ्कट । देश सङ्कटको गम्भीर अवस्थामा फसिसक्यो । संसद संसदजस्तो छैन, सांसद सांसदजस्ता छैनन् । पार्टी पसल जस्ता छन् । नेता व्यवसायी जस्ता भए । नागरिक समाज, बुद्धिजीवी र पत्रकार पार्टी पार्टीमा, नेता नेताका गुटमा विभाजित भएका छन् । सङ्कटको सत्य र यसको निराकरण कसरी गर्न सकिन्छ भनेर विवेकशील भएर कसैले मुद्दा उठाइरहेका छैनन् । जे भइरहेको छ, म...
नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले भनेका छन्– ‘कसैको अनुहार नहेरी भ्रष्टाचारका ठूला काण्डहरूको छानवीन गर्नुपर्छ ।’ यो हो जनताको बोली । यो हो जनताको अपेक्षा । यो हो सुशासनको सूत्र । यो हो राजनीतिक अपराधिकरणको अन्त्य । यो हो विधिको शासनको सुुरूआत । यो हो लोकतान्त्र मजबुत पार्ने तरिका । यो हो ११७औं नम्बरको भ्रष्टाचारी मुलुकबाट भ्रष्टाचारको अन्त्य गर्ने जडी उपचार ।
महालेखा ...
नेपालमा लोकतन्त्र नामको प्रजातन्त्र छ । यो प्रजातन्त्र संविधानमा छ, संसदमा छ, सरकारमा छ, समष्ठिमा भन्नुपर्दा कागजमा छ । साइनबोर्डमा छ, भाषणमा छ, भ्रष्टाचारमा छ, पार्टी र पार्टी नेतामा छ ।
के कागजमा लेखिनुमात्र प्रजातन्त्र हो ? बोल्न पाइनुमात्र प्रजातन्त्र हो ? प्रजातन्त्रमा जनताप्रति, देशप्रति जिम्मेवार हुनुपर्छ कि पर्दैन ? हरेक जिम्मेवारीको जवाफदेही लिनुपर्छ कि पर्दैन ? जति पनि गैरजिम्मेवार ह...
व्यवस्थामा परिवर्तन भयो, पात्र बदलिए । प्रवृत्ति उही छ । यहीकारण उत्साहित मतदाताहरू निराशामा पुगे । राष्ट्रिय राजनीति अधोगतितिर र असफलतातिर उन्मुख भयो । यो असन्तुष्टिले आन्दोलन निम्त्याउँदैछ ।
नागरिकको चाहना पात्र र प्रवृत्तिकै परिवर्तन हो । महाधिवेशनहरूमा एकाध पात्र बदलिए, प्रवृत्ति बदलिएको छैन । रहनसहन, चालचलन, संस्कार, अमानवीय सोच, कर्म, सुशासनका गुणहरूको अङ्गिकार केही पनि छैन । अनि एकाध लो...
आज राष्ट्रनिर्मातालाई सम्झने दिन । १ सय २६ जाति, १२३ भाषाभाषीको विविधितामा एकताका साथ रहेका नेपालीहरूले यो दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन जरूरी छ । पौष २७ लाई ‘नेपाल दिवस’का रूपमा मनाउन थाल्ने हो भने हाम्रो नेपाली राष्ट्रियता झन बलियो हुनेछ ।
नेपाल दिवस मनाउने तर्क अघि आएका छन् । प्रस्तावमा छलफल पनि भएका छन् । तर सरकारले, संसदले, बुद्धिजीवीहरूले राष्ट्रिय एकता दिवसका लागि...
अग्रगमन हुन्छ भनेर भाषण गर्ने नेताहरूले हुनेसम्मका र मिल्नेसम्मका राजाका नाम जोडिएका संस्थाका नाम परिवर्तन गरिसके । कतिपय सालिक पनि हटाएर आफ्ना पार्टी नेताका सालिक राखिसके । जतिसुकै विधिमा चल्ने फुइँकी लगाए पनि राज्यको हरेक सञ्जालमा रहेका पद भागबण्डा भइरहेकै छन् र नेताले सिफारिस गरेका मान्छे भर्ति गर्ने संस्कार कायमै छ । यो कस्तो लोकतन्त्र हो, जुन पद्धतिमा योग्यताको होइन, नातापाता र आफन्तको मात...
यसअघिको ओली सरकार निरङ्कुश भयो भनेर संसदलाई वाइपास गरेर अदालतको परमादेशले बनेको देउवा नेतृत्वको ५ दलीय गठबन्धन सरकार झन झन निरङ्कूश भएको छ । त्यतिबेला मन्त्रीहरूले सम्पत्ति विवरण बुझाएनन्, अहिले त बुझाएको सम्पत्ति विवरण पनि लुकाइयो । आखिर मन्त्रीहरूको सम्पत्ति विवरण लुकाउनुको कारण भ्रष्टाचार बढाउने उद्देश्य लाग्न थालेको छ । स्वयम् प्रधानमन्त्री देउवाको सम्पत्ति कति ? ती सम्पत्तिको स्रोत के हो ?...
परिवर्तनको १५ वर्षमा पनि लोकले शान्तिको श्वास फेर्न पाएनन्, लोकतन्त्र छ भन्ने अनुभूति गर्न पाएनन् । पटक पटक मतदान गरे, यी हाम्रै प्रतिनिधि हुन्, यो हाम्रै सरकार हो भन्ने विश्वास लोकले कहिले पनि गर्न सकेनन् । शिक्षा, स्वास्थ्य, गाँस, बास, कपासको बन्दोबस्त गर्ने आफ्नै सरकार हो, गर्छ भन्ने भर भरोसा लोकले कहिले पनि गर्न सकेनन् । आखिर किन ? लोकतन्त्र लोकका मुहारमा झल्किनुपर्छ, झल्केन । आखिर कसको दोष...
मंसिर २४ गते राजधानीमा नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोह । ठूला नेताहरूले शुभकामना दिने क्रम चलिरहेको थियो, राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको पालो आयो । उनले खुलेर भने ‘नेता गाउँघरतिर जाँदा ‘चोर आयो’ भन्न थालिसके ।
कांग्रेसका दिग्गज नेताहरू, माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अन्य दलका शीर्ष नेताहरूको क...
एमसिसी उपाध्यक्ष सुमार आइन् र नेपालको संसदबाट पास हुने छाँट नदेखेपछि त्यही रिपोर्ट लिएर गइन् । वातावरण सम्मेलनमा सहभागी हुन कार्तिक १७ गते लण्डन पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो वाइडेनको सङ्केत बोकेर र आश्वासन दिएर आए कि एमसिसी पास हुन्छ । त्यसपछि पनि रिपोर्ट गइरह्यो कि एमसिसी पारित हुन मुस्किल छ । सहज बनाउनका लागि मंसिर १ र २ गते अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड ल...
एमालेको महाधिवेशन, चितवनमा ठूला नेताहरूको एउटै वयान रह्यो– लोकतान्त्रिक शक्तिहरू एक हुनुपर्छ । किन, के गर्न, कसका लागि ? कुनै पनि नेताले स्पष्ट पारेनन् । सबैलाई थाहा छ, लोकतान्त्रिक शक्तिहरू एक भएर नै २०६३ सालमा परिवर्तन आएको हो । समानता र सर्वहारावादको नारा खूब लगाइयो । सुशासन र प्रगतिका सपना देखाइयो । तर कुनै पनि दल वा नेताले जनताका सवालमा, राष्ट्रका विषयमा गम्भीर भएर सोचेनन्, उभिएनन् र...
गणतन्त्र हामीले ल्याएका हौं भन्ने कानुनी कित्ता यतिबेला सडकमा उत्रिएर न्यायालयलाई, न्यायकर्मीलाई धुलिसात पारिरहेका छन् । एकपक्षले अर्कोलाई नङ्ग्याउने कार्य गरिरहेका छन् ।
कानुनविदहरूमा जति विवेकहीनता कुनै बर्गमा देखिएको थिएन, जुन यतिबेला नेपालको सडकमा देखिन थालेको छ । एकले अर्कोलाई मकै नङ्ग्याएझैं नङ्ग्याउनुमा महारथ हासिल गरिरहेका छन् र आफूभन्दा अरू बलशाली छैनन् भन्ने देखाइरहेका छन् । यथार्थमा...
न्यायालयमा विचलन बढ्यो, न्यायालय स्वच्छ हुनसकेन । यो आमचासोको विषय हो । यो विषयलाई सरकारले, संसदले संविधानअनुसार संवोधन गर्नुपर्छ । न्यायपूर्ण समाजको सृजना गर्न सक्नुपर्छ ।
अचम्म, अधिवक्ताहरु प्रधानन्यायाधीशले भ्रष्टाचार बढाए भनेर आन्दोलित छन् । प्रधानन्यायाधीशलाई सर्वोच्चमै छिर्न नदिनेसम्मका आन्दोलनका कार्यक्रम ल्याइरहेका छन् । सर्वोच्च परिसरभित्रै प्रधानन्यायाधीशविरुद्ध भाषणबाजीदेखि कुस्तीबा...
देउवा नेतृत्वको गठबन्धन सरकारले भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत नियुक्त गरेको छ । यी तिनै जना कूटनीतिका ज्ञाता मानिन्छन् । शंकर शर्मा अमेरिकाका लागि पूर्व राजदूत हुन् । श्रीधर खत्री विदेशनीतिका विज्ञ मानिन्छन् भने ज्ञानचन्द्र आचार्य पूर्व राष्ट्रसंघीय स्थायी प्रतिनिधिको अनुभवी छन् । पूर्व ओली सरकारले नियुक्त गरेका राजदूतहरूलाई फिर...
परराष्ट्र मन्त्रालयले खाली २३ राजदूतहरू नियुक्त गर्ने होमवर्क सुरू गरेको छ । २३ मध्ये १६ राजदूत मन्त्रीको कोटा नपुगेका पार्टीहरूलाई भाग दिने र ७ जनामात्र परराष्ट्रका कर्मचारीलाई नियुक्त गरिने कुरा रहेछ । ती कर्मचारीमा समेत कुन नेताको सिफारिस भनेर नापतौल हुनथालेको छ । यस्तो ताल चालले परराष्ट्र कसरी सवल हुनसक्छ ?
५ दलीय गठबन्धन सरकार हो यो । पूर्वसरकारले राजनीतिकरण ग¥यो, विधिको शासन चलाउन सक...
नेपालजस्तो मुलुकमा प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र सान्दर्भिक हुँदैन । –पूर्वराजा ज्ञानेन्द्र
बडादसैं २०७८ को अवसरमा पूर्वराजाले सन्देश दिए– ‘देशभन्दा माथि कोही पनि छैन ।’ यो एकै वाक्यले वर्तमान लोकतान्त्रिक राजनीतिको आन्द्राभुँडी देखाइदिएको छ । बुझ्नेलाई भारी, नबुझ्नेलाई हनुमन्ते पारी भन्ने खालको यो सन्देशले राजनीतिमा ९ रेक्टरको भूकम्प नै ल्या...
पहिले उमेश श्रेष्ठ मन्त्री बनाइए, ८८ दिनपछि मन्त्रिमण्डल पुनर्गठन गर्दा गैरसांसद गजेन्द्र हमाल मन्त्री बनाइए । संविधानले गैर सांसदलाई मन्त्री बनाउने छुट दिएको छ, त्यो प्रधानमन्त्रीको विशेषाधिकार हो । राष्ट्रसेवाका लागि प्रधानमन्त्रीले चाहे भने गैरसांसदलाई मन्त्री बनाउन सक्छन् । जवाफदेही सरकार चलाउनका लागि प्रधानमन्त्रीलाई यो सुविधा छ ।
तर प्रश्न उठेको छ– मन्त्रिमण्डल पुनर्गठन हुनु पूर्व ...
ज्ञानेन्द्र शाह नरोद्दम सिंहानुक बन्नुपर्छ, हामी सहकार्य गर्न तैयार छौं भनेर पूर्व माओवादी नेता मोहन वैद्यले के बोलेका थिए, गणतन्त्रमा गलगित्त घिच्नेहरू बहुलाउन थालेका छन् । मोहन वैद्यले देशको लथालिङ्ग अवस्थालाई सम्हाल्ने एउटा उपाय यस्तो पनि छ भनेर विचार दिएका मात्र हुन् । विचार नै राख्न नहुने किन ? संघीय गणतन्त्र नभट्याउनेलाई प्रतिगामीको तातो रातो पन्यूले डामिहाल्नुपर्ने ? यी कस्ता संघीय गणतन्...
२०६५ साल जेठ १५ गते लोकतन्त्र घोषणा भएपछि २०७८ को आजको दिनसम्म आइपुग्दा श्रद्धायोग्य नायक को हुन् ? कसैले बताउन सक्छ ?
त्यो ठूलो परिवर्तनबाट एकजना पनि श्रद्धायोग्य नायक जनताले देख्न, भोग्न र आदर गर्न पाएनन् भने यो कति लोकप्रिय व्यवस्था हो ?
जतिबेला परिवर्तन आयो, राष्ट्र अस्थिर थियो । आज पनि राष्ट्र अस्थिर छ, अराजकता फैलिएको छ । समृद्ध नेपाल, सुखी नेपालीका नारा लागेका छन्, नाराभन्दा जीवनधारा अ...
यो सरकार ५ दलीय मोर्चाको सरकार हो । विगतको सरकार निरंकूश भयो भनेर सर्वोच्चको परमादेशबाट बनेको यो सरकारले साउन २४ साझा कार्यक्रम जारी गरेको थियो । यसकारण पनि यो सरकार बलियो र प्रभावकारी हुनुपथ्र्यो, यो सरकारले साना साना काम गरेर जनताको मन जित्नुपथ्र्यो । तर यो सरकार हाँस न कुखुराको चालमा पो छ ।
जारी गरिएको न्यूनतम साझा कार्यक्रममा उल्लेख थियो ‘बढ्दो महँगी, कालोबजारी, मिसावट तथा कृत्रिम अभ...
प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचारको छानबिन गर्ने बताएका हुन् । सरकार गठन गरेको झण्डै २ महिना बितिसक्दा पनि सरकारलाई पूर्णता दिनसमेन नसकेका प्रधानमन्त्रीले भ्रष्टाचारको छानबिन गर्ने प्रतिवद्धता पूरा गर्छन् भन्ने विश्वास घटेर गएको छ । जो सरकार नै गठन गर्न असिन पसिन हुन्छन्, उनले भ्रष्टाचार छानबिन गरेर सुशासन कसरी दिनसक्लान् र ? सुशील कोइरालाको सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता भनेका थि...
पार्टीहरू बलियो हुनुपर्छ, हुने किन ? यसको मूल उद्देश्य भनेको मुलुक र नागरिक समस्याहरूको निराकरणका लागि हो । नागरिकलाई हेप्न, चेप्न र सकसमा पार्न होइन । न त मुलुकलाई खुम्च्याउन, मुलुकको प्रभावकारिता कमजोर पार्न र मुलुकमा विदेशी हैकम स्थापना गर्न नै हो ।
दुर्भाग्य भनौं, पार्टीहरू बलियो बनेका छन् । फुटेका छन् र एकदोस्रालाई होच्याएर आफू अग्लिएको आत्मानुभूति पनि गरिरहेका छन् । पार्टी र पार्टी नेताह...
कोरोनाका कारणले खाडीबाट फर्कियुन् कि भारतबाट, अहिले अफगानिस्तानबाट नेपालीको उद्धार भइरहेको छ । उद्धार अर्थात उनीहरुलाई नेपाल फर्काउने बन्दोवस्तमात्र हो । नेपाल फर्केपछि केही दिनमै उनीहरुलाई भोकले सताउँछ, तिनका परिवारजन समस्यामा पर्दै जान्छन् र फेरि उनीहरु काम र मामको खोजीमा जाने विदेश नै हो । किनकि नेपालको पद्धति, नेपालको सरकार र नेपालका नेताहरुले उद्योगधन्दा खोल्दैनन्, रोजगारी सिर्जना गर्दैनन्...
मनभरि निषेध र विभेद पालेर लेखिएको कारण संविधान कुनै पनि कोणबाट सफल हुनसकेन । संविधान सफल हुनका लागि जनताले अपनत्व ग्रहण गर्नुपर्छ । जनताले सिरानमा राखेर सुत्नसक्ने संविधानमात्र सफल संविधान मानिन्छ । यो संविधान त विभेदकारी छ, अनर्थकारी छ, दलीय पद्धतिमा निर्दलीय अभ्यास पनि गर्न पाइने प्रावधान छ । अचम्म त के छ भने संविधान छ तर दलीय भागबण्डामा संवैधानिक नियुक्ती हुन्छ र सर्वोच्च अदालतलाई समेत सर्वद...
खोप लगाएपछि प्रमाणपत्र लिन पनि जुलुस निकाल्नुपर्ने ? यो त अति हो । सुशासन छैन भन्ने योभन्दा अर्को दृष्टान्ट हुनै सक्दैन ।
एक त खोप थुपारेर बस्ने, वितरण गर्न नसक्ने । खोप नै नदिएर जोखिममा पर्ने र ज्यान गुमाउनेहरू बढेर गएका छन् । तेश्रो लहरले डेढलाखभन्दा संक्रमित हुनसक्छन् भनेर सरकार आफै घोषणा गर्छ । खोप आइरहेका छन्, छिटोभन्दा छिटो खोप लगाउने अभियान चलाउन सक्दैन । संक्रमित र मृत्युदर ह्वात्तै बढ...
के के न गर्छौं भनेर ५ दलीय मोर्चाले गरेको संघर्ष र अदालतले बनाइदिएको सरकारले ३ हप्तामा पनि केही गरेन । सुशासन दिने नाममा व्यवसायीलाई स्वास्थ्य मन्त्री बनाएपछि स्वयम् प्रधानमन्त्रीले परिवारका कारण गल्ती भयो भन्नुपर्ने अवस्थाले यो मोर्चाले लज्जावोध गरेन । प्रधानमन्त्री बनेकै भोलिपल्ट कांग्रेसका नेता विजयकुमार गच्छदारलाई विशेष अदालतमा उभ्याएर सोही दिन बहस र जमानतको फैसला गराएर तत्काल छुटाउन सक्ने ...
नेतालाई सय जनासम्मको सुरक्षा किन ? जनताले नुनतेल पाएका छैनन्, नेतालाई राज्यको यति ठूलो खर्चको सुरक्षा । सुरक्षा त जनताले पाउनुपर्छ, रोग र भोकबाट सुरक्षा, समानताको सुरक्षा । हिंसाबाट सुरक्षा ।
संसद भङ्ग भयो, पुनस्र्थापना भयो । कुनै सांसदले लालकौडी पनि तलव सुविधा छाडेनन् । यहाँसम्म कि राजीनामा दिएका सांसदले समेत राजीनामा फिर्ता लिएर तलव सुविधा लिन्न भनेनन् । कामै नगरी खाने बानी लागेका जनप्रतिनिध...
नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, राप्रपा, नेमकिपालगायतका अनेक पार्टीहरू छन् । ती पार्टीहरूमा उही पुरानै अनुहार छन्, पुरानै नेतृत्व छ । जहिले पनि यिनै नेताले चलाउने हो भने परिवर्तन कता आयो त ?
हो, बुढा भए पनि तिनमा आधुनिक चेत छ, उर्जा छ, हौसला छ, नयाँ सोच छ भने उनीहरूलाई भुत्ते होइन, धारिला नेता भन्नुपर्छ, मान्नुपर्छ । तर बहुदल घोषणापछिका ३१ वर्षमा जुन नेतृत्व देखियो, ती आज पनि छन...
‘महामारीमा नागरिकको मृत्यु सरकारको कुप्रबन्धन पनि हो । कोभिड १९बाट मर्नेका हरेकका परिवारलाई राहत रकम दिनु ।’ यो भारत सरकारका नाममा भारतको सर्वोच्च अदालतको कडा आदेश हो । भारतमा आरष्ट्रिय आपदा प्रवन्धन प्राधिकरण (एनडीएमए) भन्ने संस्था छ । त्यो संस्थाका विरूद्ध परेको रिटमा अदालतले यस्तो आदेश गरेको हो ।
नेपालमा पनि सीसीएमसी अर्थात कोभिड १९ संकट व्यवस्थापन केन्द्र रहेको छ । यो संस्थामा ...
नेपाली कांग्रेस, माओवादी केन्द्र, संयुक्त जनमोर्चा, एमाले र जसपाको एउटा गुट अर्थात ५ जल एक ठाउँमा मोर्चावन्दी गरेका छन् र यो मोर्चाले भनेको छ– राष्ट्रियताको रक्षाका लागि विपक्षी पाँच दल एक ठाउँमा उभिएर कानुनी र सडक आन्दोलन गर्नु परेको हो । राष्ट्रियताको रक्षाका लागि अन्तिमसम्म लड्नुपर्ने निष्कर्षका साथ विपक्षी पाँच दल एक ठाउँमा उभिएको दावी गरेर देउवा, प्रचण्ड, माधव, उपेन्द्रहरू उफ्रिरहेका...
पाँच महिनामा दोस्रोपल्ट संसद बिघटन भयो होला । यसमा सत्ताधारी ओलीले कि सत्तामा जान तम्सिएका ओली विरोधी जित्ने भन्ने विषय अदालतमा कानुनी रस्साकस्सी चलिरहेको छ । अदालतले भन्ला– राष्ट्रपति प्रधानमन्त्री ठिक कि सत्तामा जान खोज्ने सत्ताइतरका प्रतिपक्षी ठिक ? पार्टी पद्धतिमा ह्वीप मान्नुपर्छ कि पर्दैन ? निर्दलीय अभ्यासको परिकल्पना संविधानका छ कि छैन ? पार्टी नफुटीकनै एउटा दलका सांसदले अर्को दलला...
कोभिड १९ ले थिलथिलो भएर देशले भोगिरहेको महामारीमा कूटनीति सक्रिय हुनुपर्ने हो । कूटनीतिमा देखिएको शिथिलताले देशको क्षमतामा ह्रास आएको स्पष्ट देखिएको छ । नेतृत्व गर्छु भन्नेहरु सडक, संसद, सरकारमा छन्, तिनले नागरिकहरुलाई जोखिमबाट बचाउन कूटनीतिक क्षमता र सीप देखाउनु पर्छ । तर दुर्भाग्य, राजनीति गर्नेहरु सत्ताको छिनाझप्टीमा समय खेर फालेको धेरै भइसक्यो । यो स्थिति देखेर संसारले बुझेको सत्य के हो भने...
राजनीति आफ्नो ठाउँमा छ । राजनीति पार्टीहरूले नै गर्ने हो, गर । महामारी राजनीति होइन । महामारबिाट जनता बाँचे न राजनीति होला, जनता नै मरे भने कोमाथि राजनीति थोपर्ने ? त्यसैले जनतालाई बचाउन राजनीतिक पार्टीहरू एक ठाउँमा आउनै पर्छ ।
नेताहरू ठान्छन्– लुटलाट पारेर खोप आफू र आफ्ना परिवारजन, नाताकुटुम्बलाई लगाइहालियो, जनता मरे मरून् । हो, जनता महामारीको सिकार बनेका छन्, अक्सिजन र ओखतीमूलो पाएका छ...
१७ लाख बृद्धहरूले पाउने बृद्धभत्ता किन दिने, किन बढाउने ? भनेर अनेक प्रश्न गर्नेहरू धेरै छन् । सहरमा बसेका र सम्पन्न बृद्धहरूको हालत राम्रो होला, बृद्धको हालत कस्तो छ, गाउँ गाउँ गएर हेरौं ।
बृद्धबृद्धाहरूको आम्दानी छैन । छोराछोरी भएकाहरू पनि एकान्त जीवन बिताइरहेका छन् । तिनको औषधोपचार गर्ने कोही छैन । कसले अस्पताल लाने, लगिहाले खर्च कसले बेहोर्ने ? छोरा छोरी भए पनि घरबाट निकालवास भएका कति छन् ...
नेपाली कांग्रेसले वीपी कोइरालाको नीति परित्याग नगरेको भए आज राजनीतिक स्थिति अर्कै हुन्थ्यो । उधारोमा राष्ट्रपति हुन्छु भनेर गिरिजाप्रसाद कोइरालाले माओवादीलाई बोकेर सत्ताको साँचो सुम्पिएका हुन्, त्यसअघि राजतन्त्रको नीति परित्याग गरेका हुन् । कांग्रेसले नै धार्मिक स्वतन्त्रता भनेर धर्मनिरपेक्षतामा सही ठोक्यो, संघीयतालाई बोक्यो । फलतः देश अन्तहीन सत्ता झगडामा, भ्रष्टाचारमा मुछिन पुगेको छ ।
लोकतन्...
उपचार पाइन्छ भनेर संक्रमित अस्पताल आइरहेका छन् । आउँदा आउँदैं, अस्पताल आएर पनि भर्ना नपाएर, अक्सिजन नपाएर आममान्छे सडकमै, अस्पतालको ढोकैमा, टेक्टर, एम्बुलेन्स, ट्रकमै मरिरहेका छन् । देखेन लोकतान्त्रिक राजनीति गर्ने र विधिको शासनले देखेन ।
मान्छे मरिरहेका छन् । आफ्ना मान्छे मरेको पीडा छुट्टैछ, छुन पाउँदैनन्, फूल चढाउन वा पानी चढाउन पाउँदैनन्, आफ्नो मान्छेलाई अँगालो हालेर रून पाउँदैनन्, आफन्तका ...
जुन पद्धतिले जनताको जीउज्यान बचाउन सक्दैन, त्यो पद्धति पतन भयो भनेर बुझ्नुपर्छ । पञ्चायत खराव भयो भनेर बहुदल ल्याएको हो, बहुदलले पनि आमनागरिकलाई संवोधन गर्न सकेन भनेर लोकतन्त्रको नामाकरण गरियो, लोकतन्त्रले आमनागरिकलाई समेट्न, सम्हाल्न सक्यो कि सकेन ? यो मूल प्रश्न हो । यो प्रश्नमा यो पद्धति पतन भएको देखिन्छ । यो पद्धतिले देश र देशका नागरिकलाई समेट्न र तिनको नाना, खाना र छाना बारेमा त केही गर्न ...
अस्पतालमा शैया छैन, धान्न नसकिने भो भनेर सरकारले हात उठाउँछ भने यस्तो सरकार लोक सरकार हुँदै होइन । यस्तो गैरजिम्मेवार सरकारलाई सत्तामा बस्ने अधिकार छैन ।
यो आपातकालमा राजनीतिक दलहरू कहाँ छन्, राजनीतिक नेताहरू कहाँ छन्, सडल राजनीति गरेर प्रधानमन्त्री फेर्ने जुन कसरत भइरहेको छ, त्यो पनि लोकतन्त्र होइन । यो आपातकालमा के के गर्नुपर्छ, सरकार गैरजिम्मेवार छ भने जिम्मेवार अन्य राजनीतिक दल र नेताहरू ब...
विश्व जगत कोरोना पीडित जनतालाई कसरी बचाउने भन्ने छटपटीमा लागेको छ । अक्सिजन र अस्पतालको जोहोमा जुटेको छ । मानवीय सहयोग र सहकार्यमा लागेको छ । नेपालमा यस्तो केही छैन ।
नेपाली नेताहरू सत्ता झगडामा लागेका छन् । सरकार २५ जनाभन्दा बढी जम्मा नहुनु भन्छ र आफै भीडमभीड गरेर उद्घाटन, शिलान्यास, पूजा, जमघट गरिरहेको छ । भ्यूटावर, सिमेन्टको फूल, करूवा,रथयात्रामा समेत समय बिताइरहेको देखिन्छ । अचम्म यति नै...
जनयुद्ध समानताका लागि थियो, जनआन्दोलन निरङ्कूशताको अन्त्यका लागि भयो । परिवर्तन आयो, आन्दोलनकारी नेतृत्वले भन्यो– अब नयाँ नेपाल बन्छ । नेपाल अग्रगमनतिर लाग्यो, लाग्यो ।
२०६३ सालको यी अभिव्यक्ति २०७८ सालामा समेत जारी नै छ । नेतृत्व तिनै छन्, तिनले पटक पटक सत्तामा जाने अवसर पाए । आलोपालो शासन पनि गरे । अब कि तँ छैनस्, कि म छैन, भन्ने स्तरसम्म पुगेका छन् । जो जनयुद्ध गरेर आएका थिए, जो जनआ...
अति राजनीति भएको काठमाडौं–तराई फास्ट ट्रयाक समयमै सम्पन्न हुने आशा थियो । तर राजनीतिक र संसदीय हस्तक्षेपका कारण निर्माण कार्यमा अवरोध भइरहेकै छन् । ५ वर्षमा सकिने यो आयोजना सेनाको जिम्मामा दिए पनि घुमाइ फिराइ भइरहेको अवरोधले सेनाले निस्फिक्री रूपमा काम गर्न सकिरहेको छैन । सेना कहिले खरिद ऐन, कहिले नेताहरूको अवरोध, कहिले भाषणबाजी, कहिले के, कहिले के कारणले अल्झोमा फसिरहेको छ । देशको सेनामा...
संक्रमण घटेर नगण्य रूपमा घटिसकेको थियो । मृत्युदर शून्यमा झरिसकेको थियो । तर भारतमा कोरोना संक्रमणको नयाँ लहर बढेदेखि नेपालमा पनि संक्रमितको संख्या कहालीलाग्दो गरी बढ्न थालेको छ । स्वास्थ्यकर्मीहरू भन्छन्– सचेतता अपनाउन सकिएन भने यसले भयावह स्वरूप धारण गर्न सक्छ । सरकार प्रमुखले समेत सतर्कता नअपनाए फेरि भयावह स्थिति आउनसक्छ भनेर चेतावनी दिएका छन् ।
सरकारले चेतावनी दिनु, स्वास्थ्यले संच...
आमनिर्वाचनको जनादेश भनेको कम्युनिष्ट सरकारका लागि हो । एमाले र माओवादी केन्द्रको गठबन्धनले झण्डै दुई तिहाइ जनमत पाएका थिए । राजनीतिक स्थिरता देउ, सुशासन देउ, शासन गर भनेर जनताले दिएको जनादेश यिनका लागि घीउ नपचेजस्तो भयो ।
जनादेशको अपमान गर्ने अधिकार लोकतन्त्रवादी हुँ भन्ने कसैलाई पनि छैन । हो, प्रधानमन्त्रीले नैतिकता देखाएनन्, नैतिकता देखाउने अरू नेता पनि त भएनन् । लोकतन्त्र भनेको संवैधानिक शा...
लोकतान्त्रिक राजनीति अब व्यवसाय बन्न पुग्यो । भनेजस्तो सर्त माने ओलीसँग सहकार्य, नमाने कांग्रेस जिन्दावाद । लोकतान्त्रिक गरिमामा अड्नुपर्ने लोकतनत्र, अपहरण शैलीमा पुग्यो ।
नैतिकता न प्रधानमन्त्रीमा बाँकी रह्यो, न प्रधानमन्त्रीको राजीनामा माग्नेहरूमा । अदालतले संसद बिघटन गैरसंवैधानिक भनेर फैसला गर्द लड्डु बहार चल्यो । नेकपा बदर गरेर एमाले र माओवादी केन्द्रमा विभाजन गरिदिएपछि त्यही अदालत अनपेक...
विप्लवको लालसलाम मूलधारमा आयो । यद्यपि लोकतान्त्रिक मूलधारर विप्लवको मूलधारमा भिन्नता छ तर तात्वीक भिन्नता छैन । कारण विप्लवले भन्नुभएको छ– सबै नमिले देश रहदैन । देश बचाउनका लागि शान्तिपूर्ण मार्ग लिएको हो । अहा, देशभक्ति देखियो ।
हुन त देशभक्तिको विद्रोही मार्ग बोकेको विप्लव माओवादीले जनवादी मार्गबाट देश र जनताको सेवा गर्ने भनेको थियो । हिंसाको मार्ग बोकेकाले कतिपय क्षेत्रमा बम बिस्फो...
जनआन्दोलनपछिका १४ वर्षमा सबै देखियो, सबै भोगियो । न नेता देखिए, न परिवर्तन देखियो । सबै नैतिकताका कुरा गर्छन्, नैतिकता र इमानदारीता पनि देखिएन । के भएको हो यो, परिवर्तन त ऐतिहासिक नै भएको हो तर नेतामा राजनेता बन्ने चाहना देखिएन ।
छन्, पार्टी छन् । थुप्रै पार्टी छन् । पार्टीभित्र नेता छन्, कार्यकर्ताहरूको पनि भिडम्भीड छ । पार्टीका घोषणापत्र छन्, घोषणापत्रमा ठूला ठूला प्रतिवद्धताहरू पनि छन् । ...
नेताहरूले बर्बाद पारे, भ्रष्टाचारमात्र गरे । नेताहरूमा न इमान छ, न नैतिकता । यसरी देश कसरी बन्छ, जनताले कसरी न्याय पाउँछन् ?
यो प्रश्न हरेक नागरिकको मुखैमा झुण्डिएको छ । देशभित्र होस् कि विदेश पुगेका नेपाली हुन्, तिनले गर्ने कुरा यही हो । नेपालभित्र रहेका कूटनीतिक वृत्तमा चल्ने चर्चा पनि यस्तै यस्तै हो । यसरी गनाइसक्दा पनि नेताहरू चेत्दैनन् र कसरी सत्तामा भ्रष्टाचार गर्ने भन्ने सोचमा हुन्छन्...
संविधानले सम्मानित भनेका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु र न्यायालयलगायतका सबै संवैधानिक पदधारीहरु, पूर्वप्रधानमन्त्रीदेखि पूर्वमन्त्री र अन्य पदाधिकारीहरु, कोही पनि घृणायुक्त वाकवाणबाट घाइते नभएका कोही पनि बाँकी छैनन् । खासगरी सत्ताधारी नेकपाभित्रका पूर्व र वर्तमान राष्ट्र र पार्टी सञ्चालकहरु एकदोस्राप्रति तिक्तता पोखिरहेका छन् ।
लाग्छ, नेपाली राजनीतिमा आफू नाङ्गिने र अरुलाई नाङ्गेझार प...
माघ २३ गते राजदरवारको दक्षिणी ढोकामा आयोजित प्रधानमन्त्री केपी ओलीको शक्ति प्रदर्शन न देशका लागि काम लाग्यो, न जनताका लागि । यो आमसभा त उनका आफ्नै पार्टीका विपक्षीहरू प्रचण्ड–माधव–झलनाथ खनाललाई प्रत्युत्तर दिनमात्र आयोजना भएको रहेछ ।
प्रधानमन्त्रीले भन्नुभयो– शक्ति पदर्शन गर्न बाध्य पारियो । देशको प्रधानमन्त्रीले बाध्य हुने जनतासँग हो । जवाफदेहिता लिने जनता र देखाउने जनजिम्मे...
नेपालमा संसद छैन, संविधानको पालना छैन, जनप्रतिनिधिहरु छाडा साँढेजस्ता बनेका छन् । जिम्मेवारी बहन र जवाफदेहीता नहुनु भनेको भ्रष्टाचार बढ्नु हो । नेपाल भ्रष्टाचारको सूचकाङ्कमा झन झन माथि माथि उक्लदो छ । परारभन्दा गतसाल, गतसालभन्दा चालु आर्थिक वर्षमा समेत भ्रष्टाचार बढेका छन् । विश्व बैंक, विश्व आर्थिक मञ्च, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भेराइटी अफ डेमोक्रेसी प्...
गीता छोएर सपथ खाँदा कम्युनिष्टको जात जान्छ भनेझैं गरी सत्यनिष्ठाको शपथ खाएका कम्युनिष्टहरुको गतिमति राम्रैसँग देखिएको छ । एउटाले अर्कोलाई कसरी नङ्ग्याइरहेको छ, बजारभरि नाङ्गेझार पारिरहेको छ, त्यो देखेर स्वयम् यिनमा सत्यनिष्ठाको मात्रा कति रहेछ देखियो ।
अमेरिकामा १२८ वर्ष पुरानो बाइबल छोएर सपथ खाएर नयाँ राष्ट्रपति, उपराष्ट्रपतिले पद बहाली गरे । अमेरिका धर्मनिरपेक्ष राष्ट्र हो, त्यहाँ सत्य निष...
मुलुक सही बाटोमा छ कि छैन ? पद्धति माटो सुहाउँदो हो कि होइन ? जनताले खोजेको र रोजेको हो भने यो व्यवस्थामा जनताको सहभागिता देखिन्छ कि देखिन्न ? संविधानले काम गरेको छ कि छैन ? यी यस्ता प्रश्नहरु हुन्, जुन प्रश्नले देशको सवलताको परिचय दिन्छ ।
विश्लेषकहरु भन्छन्– संविधानले कामै गर्न सकेन । संविधानमा चल्नुपर्ने पद्धति गाई कि त्रिशूलको केटाकेटीको खेलजस्तो भयो । पद्धति र संविधानमा जनताको अलिकति...
धार्मिक स्वतन्त्रता लेखिएको संविधानमा रातारात धर्मनिरपेक्षता बनाइयो, संविधानसभाको पहिलो बैठकको अध्यक्षता गर्ने कूलबहादुर गुरूङ्लाई अवैधानिक रूपमा प्रस्ताव पेश गर्न लगाउन र गणतन्त्र कार्यान्वयन गर्न बाध्य पारिएको थियो । त्यही शक्तिले चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई वक्तव्य नै प्रकाशित गरेर ‘संसद् विघटन असंवैधानिक’ भन्न ब...
प्रधानमन्त्रीले ताजा जनादेशमा जान संसद बिघटन गरेपछि संसद बिघटन गर्न पाइन्छ र पाइन्न भन्ने बहसले मुलुकलाई कुहिरोले छोपेझैं छोपेको छ । सत्तापक्ष भन्छ– ६४ प्रतिशत बहुमतको प्रधानमन्त्री म, मैले ताजा जनादेश चाहियो भनेपछि संसदमा कहाँ बिकल्प छ र संसद बिघटन गर्न पाइन्न भनिरहेका छन् ? सत्तापक्ष दलकै नेता र नागरिक समाजदेखि कार्यकर्ताहरूसमेत प्रधानमन्त्री ओलीको पुतला दहन गर्दै संविधान उल्लंघन गर्न प...
नेकपाका नेताहरु दुई गुटमा विभाजित भएको छ । दुवै गुट एकदोस्राप्रति खुलेर विरोध गरिरहेका छन् । भन्न केही बाँकी राखेनन् । प्रचण्ड र माधव नेपालको गुटले अधिनायकवाद अँगालेको, नैतिकहीन, चरित्रहीनसम्मको आरोप लगाएपछि केपी ओलीमात्र के कम ? उनले पनि प्रचण्डलाई पुड्केसम्मको आरोप लगाए । माधव नेपाललाई प्रचण्डको कारिन्दा भनेका छन् । भन्न हुने र नहुने कुनै बार बन्देज देखिदैन । नेकपा यसरी नाङ्गेझार भएर सा...
ईसाईहरु सबैभन्दा खुशी छन् यतिबेला । एकातिर क्रिसमस, अर्कोतिर राजनीतिक झगडाले बढ्दो अस्थिरता । यही मौकामा धर्मपरिवर्तन गर्न उनीहरुलाई अनुकूल अवस्था । अझ चुनाव भयो भने त चामलमा बाइबल बाँड्नेहरु पैसा दिंदै युद्धस्तरमा धर्म परिवर्तन गराउने छन् । धर्मनिरपेक्षा किन घोषणा गराए, २०७२ सालको संविधानमा धार्मिक स्वतन्त्रता पास गरेर घर फर्केका सांसदहरुले त्यो शब्दका ठाउँमा धर्मनिरपेक्षता कसरी लेखियो भनेर चा...
प्रधानमन्त्रीलाई मध्यावधि चुनावमा जानैपर्ने बाध्यकारी अवस्था कसरी आयो ? प्रधानमन्त्रीले यति अलोकप्रिय निर्णय लिन पर्नुका कारण होलान्, ती जेसुकै कारण भए पनि मध्यावधि चुनावको घोषणाले निम्त्याएको अराजकता, अस्थिरताको कारक सत्तारुढ दलका सबै नेताहरु हुन् । कमोबेश सबैले आ–आफ्ना जिम्मेवारी कबुल गर्नुपर्छ । अपराधको मात्राअनुसारको दण्ड सबैले पाउनै पर्छ । यो सवालमा प्रधानमन्त्रीलाई मात्र अखानो पारेर...
‘कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता ः अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिवद्धता’ यही नाराका साथ मङ्सिर १८ गते २९औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि मनाइयो । दिवस मनाएर मात्र के गर्ने, अपाङ्गता भएका व्यक्तिहरुले समान व्यवहारको अनुभूति गर्न पाए कि पाएनन्, नेपालले लागू गरेका नियम कानुनहरुको परिपालना भएको छ कि छैन ? अ...
गोरखा पुगेर भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले नेपाल निर्माता पृथ्वीनारायण शाहलाई सम्झिए, गौरववोध गरे ।
कति ठूलो कूटनीतिक जोल्ट हो यो । यसबारेमा नेपाली राजनीतिले सिक्नुपर्ने र बुझ्नुपर्ने धेरै कुराहरु छन् । पृथ्वीनारायण शाहको सालिक तोडेर बहादुर देखाउनेहरुका लागि त यो पहिलो होमवर्क नै हो ।
किन सलाम नगर्ने हर्षवर्धनलाई । भारतले गरेको अतिवाद, हस्तक्षेप, बिस्तारवाद आफ्नो ठाउँमा छ । तर, सु...
जनयुद्धबाट उपलव्धि के भयो, जनआन्दोलनले ल्याएको परिवर्तन के के हुन् ? जनयुद्ध र जनआन्दोलन नभएको भए के हुन्थ्यो, भएर के के पाइयो, के के गुमाइयो ? ०४७ सालको संविधान फालियो, नयाँ संविधान जारी गरियो, नयाँ संविधानले मुलुक र मुलुकबासीलाई के के दियो, मुलुक कति दर्बिलो र स्वाभिमान जगायो यो संविधानले ?
हिन्दुधर्म फालेर धर्मनिरपेक्षता घोषणा गरियो, धर्मनिरपेक्षता हुँदा समाज बन्यो कि भत्कियो ? देशको एकता म...
पूर्वराजतन्त्र र हिन्दुराष्ट्रलाई सम्मानित स्थान दिन राजी नभए यो सत्ता अव धृतराष्ट्र, दुर्योधन र दुशासनको अहंकारी हुनेनिश्चित छ । अहंकार भनेको अ“गार हो, अ“गार हुने कि मिलिजुली बस्ने ? निर्णय गर्नुपर्ने भनेको सत्ताधारीले हो, जो अहंकारले आगो आगो भइरहेका छन् ।
आगो कसैको पनि मित्र हुन्न । आगोको धर्म भनेको खरानी बनाउनु हो, नष्ट गर्नु हो । नष्ट हुने कि सम्मानित भएर मिलिजुली बस्ने ? यति...
लोकतन्त्रमा लोकलाई मजुबुत बनाएपछि राष्ट्रबाद बलियो हुने हो । लोकप्रतिनिधिहरुले संविधानलाई लत्याउने, आत्मसम्मान र कर्तव्यवोध नगरेकै कारणले लोक कमजोर बन्दै गएका छन् । लोक कमजोर हुनु लोकतन्त्र कमजोर हुनु हो, राष्ट्रबाद कमजोर हुँदै जानु हो । संविधान, सरकार, राष्ट्रपति, संसद लोकका नजरमा सधैं सम्मानित हुनुपर्छ । सम्मानित सीमामा बस्नुपर्नेहरुले अविश्वसनीयता बढाउँदै आफूले आफैलाई अवमुल्यन गर्दै गएका कार...
बेल्ट एण्ड रोड, वान बेल्ट वान रोड– चीनको महत्वाकांक्षी योजना ।
नेपालले रणनैतिक रुपमै यो योजनामा सहमति गरेको हो । चीनको यही योजनाअनुसारका सडक, बन्दरगाह, रेलसेवा, हवाईसेवा र सञ्चारमा नेपालले समेत व्यापक प्रगति गर्नसक्ने सपनाहरु सजिएका छन् यो योजनामा । गतवर्षको असोजमा नेपाल भ्रमण गर्नुभएका चीनका महामहिम राष्ट्रपति सी चीनफिङस“ १४ बुँदे सहमति पनि गरिएकै हुन् तर नेपालको भाग्य, प्रगति र...
२०७७ सालको बडा दशैंको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना– केपी शर्मा ओली, प्रधानमन्त्री ।
प्रधानमन्त्रीले यसरी बडादशैंको शुभकामना दिनुभयो, वहा“को ट्वीटरको फोटो हो यो । यो तस्वीरमा अंकित लोगोमा नेपालको नक्सा छ तर नक्सा संविधानअनुसार छैन । लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितको नक्सा संसदबाट पारित गरेर संविधानमा समावेश गरिसकेपछि यस्तो गलत सरकारी लोगो उपयोगमा ल्याउनु संवैधानिक कसरी ...
ज्ञानेन्द्र शाह ः नागरिक जीवनको एउटा ज्वलन्त उदाहरण ।
हिजो अधिराजकुमार थिए, पछि राजा भए । जनताको मर्जी, नागरिक हुने आदेश हो भने नागरिक हुन्छु भनेर बेला बेलामा नाचगानदेखि सामान्य सार्वजनिक जीवन देखिन्छ । परम्परागत संस्कार धानेर र मानेर बसेका पूर्वराजा ज्ञानेन्द्र शाह कति सजिलै नागरिक जीवन स्वीकार गरेको देखिन्छ ।
पारस शाहले उहिल्यै नै भनिसकेका हुन्, मलाई राजा हुनुछैन । उनलाई राजतन्त्रका बारेमा ...
सर्वोच्च अदालतले कोरोना महामारीको पीसीआर परीक्षण निःशुल्क गर्न आदेश दिएको छ । तर सरकारले हालसम्म पनि सर्वोच्च अदालतको आदेशको पालना गरेको छैन । कोरोना महामारी समाजमा फैलिसकेको अवस्थामा भरपर्दो उपचार व्यवस्था मिलाएर संक्रमितलाई सुलभ उपचार व्यवस्था मिलाउन नसक्नाले संक्रमितहरु जोखिममा पर्दै गएका छन् र सर्वसुलभ उपचार हुने व्यवस्था नहुनाले समाज भयभित बनेको छ ।
आफैले पीसीआर टेस्ट गराएपछि संक्रमण दे...
देउवाले कांग्रेस फुटाए, एकीकृत भए, भ्रष्टाचारभन्दा केही भएन । वामदेवले एमाले फुटाए, मूलधारमा गए, भ्रष्टाचारमात्र भयो । मोहन बैद्य र प्रचण्ड टुटफुट भए, प्रचण्ड भ्रष्टाचारी नेताको आरोप बोकेर राजनीतिमा छन् । विप्लव फुटेर गए, भ्रष्टाचारीमाथि कारवाही गर्ने धमास दिन्छन्, भ्रष्टाचार र व्यभिचार झन बढेर गएको छ ।
पछिल्लो समय एमाले र माओवादी केन्द्र अर्थात प्रचण्ड र केपी ओलीले पार्टी एकीकरण गरे । मिलेर...
विद्वानहरुले खूब भनेका छन्– राम्रो बस्तु सड्यो भने बढी दुर्गन्ध फैलिन्छ । नेपालको सन्दर्भमा जनताबाट निर्वाचित र जनतालाई सेवा गर्छु भनेर शासन प्रशासनमा बसेका मान्छेहरु बढी सडेका छन् र तिनीहरु समाजमा महामारी फैलिएझैं गनाएका छन् ।
मान्छेभन्दा राम्रो बस्तु अरु केही छैन पृथ्वीमा । मान्छेमा विवेक भएकाले सबैभन्दा राम्रो सिर्जना भएको हो मान्छे । तर त्यही मान्छेले विवेक गुमाएपछि सड्छ र गनाउँछ ।...
संविधान– गाँस, बास, कपास, सुरक्षा, स्वतन्त्रता, सार्वभौमिकता सबैथोक हो । अर्थात संविधान आस्था र विश्वास हो । संवैधानिक शासन व्यवस्थामा संविधान सबैथोक हो । संविधानका सीमा र मार्गबाट लोकतन्त्र चलायमान हुने हो । नेपालमा संविधानको परिपालना र संविधानको सीमालाई लक्ष्मणरेखा मानेर शासन सत्ता, नेता नागरिक, कानुन व्यवस्था चलेका छन् त ? यही सवालले संविधानलाई कागजको खोस्टोमा सिमित गर्दै गएका छन् । यो...
भदौ १९ देखि असोज २ गते भित्रमा युएईमा काम गर्न गएका नेपाली युवायुवतीलाई निशुल्क उद्धार गरिदिन्छौं भनेर आएको प्रस्तावलाई सरकारले खारेज गरिदिएको छ । इत्तिहाद एयरवेजले संयुक्त अरव इमिरेट्समा रहेका ११२० जनालाई निशुल्क उद्धार गरिदिने प्रस्ताव महत्वपूर्ण प्रस्ताव हो । कतिपयको भिसा सकिएको छ, कतिसँग पैसा छैन, सबैसँग काम छैन, उनीहरु घर फर्कन चाहन्छन् । यसरी अभरमा परेकालाई निशुल्क घर फर्काउने अवसर सरकारल...
संघीय सरकारमा २५ जना, प्रदेशमा ७ मुख्यमन्त्री र थुप्रै मन्त्रीहरु, जिल्लामा ७७, महानगरक ६, उपमहानगर ११, नगरपालिका २७६, गाउँपालिका ४६० र वडाहरुमा ६७४३ समेत जोड्ने होभने जम्माजम्मी २८२८ छोटे राजाहरु रहेछन् । यी राजाहरुले जनताप्रतिको जिम्मेवारी निर्वाह गरेको देखिएन । योभन्दा पनि गजबको सवाल त के छ भने राजातन्त्रका बेलामा ७० जनामात्र भीआइपी थिए, यो व्यवस्थामा त ४८६० भीआइपीको लर्को बनाइएको छ । ...
भारत हेपाह छ, हस्तक्षेपकारी छ, अतिक्रमण गर्नु नै उसले आफ्नो बहादुरी सम्झेको छ । यहीकारण भारतको छिमेकी मुलुक कसैसँग पनि सुमधूर सम्बन्ध छैन । दक्षिण एसियाका हरेक मुलुक भारतसँग सधैँ संत्रस्त रहने गरेको छ । बाध्यकारी बोलचाललाई मीठो सम्बन्ध मान्न सकिन्न । नेपालसँग १८८० किलोमिटर लामो खुला सीमा छ, जोकोही आवतजावत गर्नसक्छन्, रोटीबेटीको सम्बन्ध छ भन्छ भारत तर नेपाली जनमानसमा भारतका प्रति घृणाभावको समुद्...
नेपाली कांग्रेस अधिवेशनमा जाँदैछ । नेकपा अधिवेशन निकट छ । एकीकृत राप्रपा पनि अधिवेशनतिर लम्किएको छ । जसपादेखि अरु भुरे टाकुरे पार्टीहरु पनि नेतृत्वकै खिचातानीमा छन् ।
प्रत्येक अधिवेशनले सक्षम र सवल नेतृत्वको परिकल्पना गरेको हुन्छ, तर ठूला साना सबै पार्टीमा बानप्रस्थ गर्नुपर्ने बेलाका बुढाहरुको चुरीफुरी ब्यापक छ । युवा नेताहरु तिनै बुढाहरुको फेर समातेर दायाँबायाँ गरिरहेका देखिन्छन् । अव युवाल...
कोभिड– १९, कोरोना भाइरस धमाधम समाजमा फैलिदै गएको छ । डाक्टरहरु अझै पनि सरकार र आमनागरिक सचेत भएनन् भने नेपालमा न्यूयोर्कको जस्तो भयावह अवस्था देखिनसक्छ भनेर चेतावनी दिइरहेका छन् । भारतमा दैनिक ५० हजारभन्दा बढी कोरोना संक्रमित बढ्दै जानु र नेपाल–भारतवीचका सीमा खुला हुनुले नेपालमा कोरोना संक्रमण बढ्नुको मुख्य कारण हो । यो कारणलाई रोक्न सकिएन भने स्थिति नियन्त्रण बाहिर पुग्नेछ र नेपालल...
सीमासहरमा मात्र होइन, राजधानी पसिरहेका अनियन्त्रित भीडका कारणले कोभिड–१९, कोरोना भाइरस बढ्दै गइरहेको छ । साना ठूला सहर बजारमा मात्र होइन, राजधानीमा समेत सवारी साधन र मानिसको भीड थेगिनसक्नु गरी बढिसकेको छ । असनबजार क्षेत्र र सुरक्षा निकायमा समेत कोरोनाको संक्रमण बढेबाट समाजमा फैलिसकेको अनुमान गर्न सकिन्छ । कोरोना समाजमा फैलियो भने के होला ? विज्ञ विशेषज्ञहरु भन्छन्– बेलैमा ध्यान पु&y...
संविधान छ, संविधानमा नेपाल छ, सार्वभौमिकता छ, राष्ट्रवाद छ, लोकतान्त्रिक पद्धति र पद्धतिमा समाजवाद छ, राष्ट्र र राष्ट्रिय गौरव छ, अखण्डता, सुरक्षा, धार्मिक सहिष्णुता पनि छ तर यी सबै राष्ट्रिय मुद्दाहरुमा पार्टीहरु कहा“ छन् ? नेपालको माटोका कण कणमा पार्टीहरु देखिनुपर्छ, किनकि यो पार्टी पद्धति हो । नेपालका हरेक मुद्दाहरुमा पार्टीहरु देखिनुपर्छ, किनकि यो लोकतन्त्र हो । नाममात्रको लोकतन्त्र ह...
नेपालका शासक प्रशासक देखेपछि निराश एक बुद्धिजीवीले टिप्पणी गरेका छन्– राजनीति जागीरजस्तो भयो । तलव, भत्ता खान्छन्, पेन्सन पनि लिन्छन् । शैक्षिक योग्यता केही पनि नचाहिने राजनीति सेवाबाट जागीर बन्दै गएका कारण राजनीतिमा लाग्नेहरुका लागि न्यूनतम शैक्षिक योग्यता निर्धारण किन नगर्ने ? प्रजातन्त्र छ भन्दैमा राजनीतिलाई अराजक बनाएर देश विकासको गति कसरी बढाउन सकिएला ? जब शैक्षिक योग्यताको सवाल उठेन...
चल्दाचल्दैको संसद अधिवेशनको अन्त गरियो । सत्तारुढ पार्टीभित्र प्रधानमन्त्री फेर्ने खेल सुरु भयो, प्रधानमन्त्री केपी ओली राजीनामा दिन तैयार भएनन् अनि त झण्डै दुई तिहाइको जनादेश पाएको नेकपाभित्र महाभारत सुरु भयो, महाभारतको अन्त्य मध्यावधि, पार्टी टुक्रिने कि मेलमिलाप हुने हो, भन्न नसकिने मोडमा पुगेको छ । प्रधानमन्त्री फेर्नैपर्ने कारण सरकार असफल भयो भनिए पनि यथार्थमा यो पार्टीको असफलता हो । असफलत...
ओम्नी समूहले रातारात ठेक्का पायो, सामान ल्यायो, सामान काम लागेन । खरावको चयन गर्ने स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागका तालुकवालाहरु कसरी काम लाग्ने हुनसक्छन् । तिनै कर्मचारी काम गरिरहेका छन् र अहिले पनि कमिशनको चक्कर चलाइरहेका छन् । नेपाली सेनालाई स्वास्थ्य सामग्री ल्याउने जिम्मा दिए पनि चाहिने सामानको सूची दिने र सूची सदर गरेर सेनालाई उपलव्ध गराउनेहरुले सामान ल्याइसकेपछि सेनालाई बदनाम...
देशका झण्डा बोकेका युवाहरु यतिबेला विभिन्न सहरहरुमा इनफ इज इनफ भनेर सडक आन्दोलनमा छन् । देशका होनहार युवाहरु यसरी सडकमा निस्किरहेका छन्, सडकमा सुतिरहेका छन्, सडकमा नाराबाजी पनि गरिरहेका छन् । उनीहरुको यो आक्रोश कूशासनविरुद्ध छ । उनीहरु सुशासन मा“गिरहेका छन् । जनताप्रति जवाफदेहीता खोजिरहेका छन् । जनताले उपचार नपाएको, कोरोना रोकथामका नाममा भ्रष्टाचार भएको र देशको हालत लथालिङ्ग हुनपुगेको प्र...
देश त्यसै हिमाल, पहाड, तराईको भएको होइन । त्यसै विविधतामा जातीय एकता भएको पनि होइन । जसले जतिसुकै उछालपछार गरे पनि देशले एकता मा“गेको बेलामा सबै नेपाली एक ठाउ“मा, एकढलो बनेर उभिन्छन् भन्ने उदाहरण विश्वले देख्यो । खासगरी ठूला छिमेकीले देखे । नेपाली राष्ट्रिय एकताको अनुपम प्रदर्शन, यसरी नेपाल सधैं स्वतन्त्र रहेको हो ।
नेपाली भूभाग समेटेर संविधान संशोधन विधेयक प्रस्तुत हु“दा स...
सेनालाई परिचालन गर्न नसक्ने सरकारले सीमाको सुरक्षा जिम्मेवारी सशस्त्रलाई दिएको छ । सशस्त्रले सीमा सुरक्षा गर्न सकेन । यसकारण यतिबेला स्वदेश र विदेशबाट फर्किएका सक्षम युवाहरुलाई छुट्टै सीमा सुरक्षा बल गठन गरेर रोजगारी दिन सकिन्छ । सांसद विकास कोषको रकमले विकास हुनसकेको छैन, अधिकांश त्यो बजेट भ्रष्टाचार नै हुने हो । त्यो भ्रष्टाचारको रकममा नपुग भए सीमा सुरक्षाका लागि जनताले चन्दा दिन सक्छन् । सरक...
बजेटको प्रतिक्षा सकियो । अर्थविदहरुले पार्टीगत आधारमा सन्तुलित बजेट, आपतलाई संवोधन गर्न नसकेको बजेट, पुरानै कार्यक्रमलाई निरन्तरता दिएको बजेट, सांसद विकास कोष हटाउन नसकेको बजेट, आदि आदि अनेक टिकाटिप्पणी भइरहेको छ । पर्यटन उद्यमीलाई सुविधा दिएका कारणले व्यवसायीले ठिकै छ भनेको बजेट पनि यही नै हो ।
मूल सवाल रोजगारीको छ । कोरोना भाइरसले स्वदेश र विदेशको रोजगारीमा चुनँैती थपिदिएर व्यापक रुपमा बेर...
८ वर्षसम्म संविधानसभाले संविधान जारी गर्न सकेन । बल्ल बल्ल २०७२ साल असोज ३ गते जारी भएको संविधानमा सिङ्गो नेपालको भूभाग नसमेटिएको खुलासा तब भयो जब भारतले नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी आफ्नो राजनीतिक नक्सामा पारेर जारी ग¥यो । यसपछि नेपाली जनता जागरुक बने, आफ्नो भूमि खोज्न थाले । बाध्य भएर सरकार र संसदले पनि यस मामिलामा चासो लिनुपर्ने भयो, लियो । जनताले सडकबाट निरन्तर दबाब दिएपछि र...
कालापानीभन्दा १२ किलोमिटर तल सशस्त्रको सुरक्षा क्याम्प राख्दा ओली सरकारले भारतसँग युद्ध नै जितेजस्तो गरी प्रचारप्रसार भइरहेको छ । सरकारलाई धन्यवाद दिने लर्को लागेको छ । आफ्नो देशभित्र एउटा सुरक्षा पोष्ट राख्नुमा केको बहादुरी ? लिम्पियाधुरा–लिपुलेक, कालापानीक्षेत्र भारतले आफ्नो नक्सामा हालिसक्यो, भारतका रक्षामन्त्रीले मानसरोबर जाने राजमार्ग उद्घाटन गरिसके, भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन...
पञ्चायत समस्या थियो, फालियो । बहुदल आयो समस्या जहा“को तही“ । हिन्दुराष्ट्रमा समस्या देख्ने नेताहरुले आफू आफू मिलेर धर्मनिरपेक्ष राष्ट्र भनिदिए, समस्या जहा“को तही“ । लोकतन्त्र आएपछि सबै समस्या समाधान हुन्छ भनियो, तैपनि समस्या जहा“को तही“ । आखिर समस्या कहा“ रहेछ ? ज्यानमा समस्या आएपछि जा“च गरिन्छ र रोग पत्ता लागेपछि ठिक उपचारविधि अपनाएपछि निको हु...
भोट दिने जनता सडक नापिरहेका छन्, रु“दै रु“दै सयौ किलोमिटर हिडेर घरगाउ“ गइरहेका छन्, अदालतले समेत सुरक्षितसाथ घर घर पु¥याइदिनु भन्यो तर सरकारले केही पनि गरेन । ८० करोडको राहत बाँडिसकेको फुर्ति लगायो, ३ करोड जनसंख्या भएको मुलुकमा आधा विदेशतिर छन्, आधाको पनि आँधा गाउ“घरमै छन्, सरकारले कसलाई राहत बा“ड्यो, कसले पायो ? प्रमाणसहितका समाचार आएका छन्– आफ्ना निकटला...
नेता त त्यसै पनि ठग व्यवसायी रहेछन्, कहिले पनि देश र जनतालाई अभर परेको बेलामा साथ दिएनन् । भूकम्पमा नेताबाट जनता पीडित बनेका थिए कोरोनाको महाविपत आएको छ, यतिबेला पनि आपत जनतालाई छ, नेता तमासे बने ।
नागरिक समाज, बुद्धिजीवी र पार्टी कार्यकर्ताले नागरिकका पीडा बुझ्लान्, नागरिकका पक्षमा बोल्लान् भन्ने जुन अपेक्षा थियो, त्यो कोरा अपेक्षा साबित हुनपुग्यो । नागरिक सडकमा भौंतारिएको देखिन्छ, हजार किल...
सरकारले लकडाउनका कारण सुविधा दिन सोचिरहेको जानकारी गराएपछि उद्योग वाणिज्य महासंघले झन क्रोधित भएर बैंकको ब्याज नघटे १५ दिनभित्र आन्दोलन गर्ने चेतावनी दिएको छ । कोरोनाका कारण आर्थिक कारोवार ठप्प भएको कुरा संसारलाई थाहा छ । नेपाल राष्ट्र बैंकले निक्षेपको ब्याजदर घटाइसकेको छ । एक महिनापछि कर्जाको ब्याजदर घटाउने र सावा“ब्याज तिर्ने म्याद दिने कुरा पनि आइसकेको छ । तैपनि कोरोनास“ग युद्धको...
बल्ल बल्ल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मुख खुलेको छ । उनले आपातकालमा मगाइएका मेडिकल सामानहरुमा भएको भ्रष्टाचारको छानबिनको मा“ग गरेका हुन् । यसअघि भएको जघन्य भ्रष्टाचारका जहाज खरिद, यति ग्रुपले राष्ट्रिय सम्पत्तिमा गरेको हैकम, बालुवाटारका जग्गामा राजनीतिक माफियाकरण, सुनकाण्डलगायतका कुनै पनि काण्डमा नेपाली कांग्रेसले मुख खोल्न सकेको थिएन । कांग्रेसले मुख खोल्यो भन्नुको अर्थ यस...
महामारी हो कोरोना भाइरस । यो भाइरस तेश्रो विश्वयुद्धमा भएको क्षतिभन्दा ठूलो मानवीय क्षति बोकेर आएको छ । विश्वस्वास्थ्य संगठनले मानव सभ्यताका लागि चुनौती भनेको छ । मानव सभ्यता ठूलो त्याग र बलिदानबाट यहा“सम्म आइपुगेको हो । मानव सभ्यता बचाउने र अगाडि बढाउने दायित्व मानवकै हो । यसकारण वैज्ञानिकहरुले जे जस्तो उपायहरु सुझाएका छन्, यसको औषधि नबनेसम्म ती सुझावहरुको पालना गर्नुको विकल्प छैन । लक ड...
कोरोना भाइरस तेश्रो विश्वयुद्धमा भएको क्षतिभन्दा ठूलो महामारी लिएर फैलिदैछ । कोरोनासँग उच्च मनोवल र संचेतन रुपमा जुध्नुपर्छ । मानव इतिहासमा आएको यो प्रलयलाई मान्छेको एकता र बुद्धिले परास्त गर्नुपर्छ । जुनसुकै कारणले फैलिएको होस्, अहिलेसम्म ओखती बन्न सकेको छैन । सबैभन्दा ठूलो ओखती भनेको जोखिम घटाउने जागरुकता र चेतनाको प्रचारप्रसार नै हो । बिस्तारै ओखती बन्ला, त्योभन्दा पहिले विश्व मानवहरुले मिले...
संविधानसभादेखि हिन्दुराष्ट्रका लागि लड्ने उद्घोषण गरेको राप्रपाले फेरि हिन्दुराष्ट्र र राजतन्त्रका लागि आन्दोलन, अभियान छेड्ने डंका पिटेको छ । केही नगर्नेले भाषण बढी गर्छ, हुटिट्याउ“ले आकाश थामेको गफ चुट्छ भन्ने कथनजस्तो बनेको छ राप्रपाले हिन्दुराष्ट्र र राजतन्त्रको लागि लड्ने र पुनस्र्थापना गराइछाड्ने कुरा । गर्नेले गफ गर्दैन, गफ गर्नेले माखो मार्दैन । कतै राप्रपाको यसपल्टको डंका पिटान प...
५१.५ प्रतिशत महिला छन् तर महिलामाथि विभेद कम भएको छैन । महिलाहरु समानताको लागि कराइरहेका छन् । समानता दिने कुरामा पितृसत्ता झन अगाडि छ तर व्यवहारमा महिलालाई पछि पार्न पितृसत्ता नै अगाडि छ । यहीकारण हो, महिला हिंसा बढेको छ, महिलामाथि अन्याय र थिचोमिचो कम हुनसकेन । कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकामा मात्र होइन, रोजगारी र मजदुरीमा समेत महिलामाथि विभेद गरिन्छ । देशका कुनै पनि क्षेत्रमा महिला ...
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी आपातकाल लगाएको छ । प्रत्येक मुलुकले कोरोना भाइरसप्रति चेतना जगाइरहेका छन् र फैलिहाले के गर्ने भनेर राज्यस्तरबाट तैयारी गरिरहेका छन् । चीन पुगेर फर्केका मंगोलियाका राष्ट्रपतिलाई क्वारेन्टाइनमा राखेर जा“च गरियो । नेपालका मन्त्री, बडे छोटे कर्मचारीहरु विदेश भ्रमण गरिरहेका छन्, नेपाल आउने पर्यटकहरु आरामले भित्रिरहेका छन्, कुनै विशेष सचेतना केही पनि देखिन्न ...
पापकर्म अनेक छन् । बिगतलाई पन्छाएर पाप गर्न सकिन्छ, पाप लुकाउन र पापबाट छुटकारा पाउन सकिन्छ भन्ने सोच बढेको छ राजनीतिकर्मीहरुमा । त्यसैले त प्रचण्डले ५ हजारको जिम्मा लिन्छु भने, १२ हजारको जिम्मा सरकारले पहिला लिनुपर्ने भनिरहेका छन् । पापकर्म कानुनको तुलोमा जोखिदैछ, खरी घसिदैछ, अपराधमा मुछिएका व्यक्ति सभामुख बने । जुन सभामुखलाई बलात्कार, नारीहिंसा, असामाजिक काम गरेको आरोप लागेको थियो, जतिसुकै पद...
कोरोना भाइरसले विश्वलाई पिरेको छ । वैज्ञानिकहरु यसको रोकथामको उपाय खोज्न लागिरहेकै छन् र विश्वस्वास्थ्य संगठन समेत आपातकाल घोषणा गरेर सचेत पारिरहेको छ । तैपनि यो नियन्त्रणमा आइसकेको छैन र यो कोरोना भाइरस कालबाट महाकाल बन्दै गएको छ ।
चीनस“ग सीमा जोडिएको उत्तर कोरियाले समेत विदेशी भूमिबाट आउन सक्ने कोरोना भाइरसको रोकथामका लागि आइसोलेसन प्रणाली लागू गरिसकेको छ । नेपालमा एयरपोर्टमा स्थापना ग...
बिधिको शासनले लोकतन्त्र बलियो हुन्छ भन्ने मान्यता नेकपाले खण्डित गर्न थालेको छ । न्यायाधीश र संवैधानिक पदमा नियुक्ती गर्दामात्र होइन, बेपत्ता र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्दासमेत रानजीतिक सहमति अर्थात भागबण्डामा गरेका नजीरहरुले ओली सरकार बिधिको शासनमाथि प्रहार गर्न थालेको आरोप लागिरहेकै थियो, अख्तियारले महिनौंसम्म कसलाई बचाउने र कसलाई सिध्याउने भन्ने जालझेलमा अल्झिदा बल्ल बल्ल १ सय ७५ ...
देशका लागि सहादत हुने व्यक्ति शहीद मानिन्छ । यसपाली पनि शहीद दिवस मनाइयो तर यी शहीदहरुप्रति नतमस्तक हुन नसकेका राजनीतिक दलहरुले झण्डै १४ हजार आफ्ना पार्टीका कार्यकर्ताहरुलाई शहीद घोषणा गराएका छन् । तिनीहरुप्रति नै नतमस्तक हुनपुगे । यहीकारणले गर्दा देशका लागि, प्रजातन्त्रका लागि, जहाँनियाँ राणा शासनविरुद्ध ज्यान दिने असली शहीदहरु दशरथचन्द, धर्मभक्त माथेमा, गंगालाल र शुक्रराज शास्त्रीको मान मर्दन...
गत चैतमा हुम्लाको मौसमी रुघाखोकी र ज्वरोले ७ जनाको मृत्यु भएको थियो । यसपटकको हिउँको चिसोले हुम्लाको गाउँ रुघाखोकी र जरोले ग्रस्त छ । तीन हप्तामा ७ जनाको मृत्यु भइसकेको छ । न त स्वास्थ्यचौकीमा औषधि छ, न स्वास्थ्यकर्मी छन् । यो सिजनको फ्लू हो भने पनि फ्लूको रोकथामका लागि समयमै स्वास्थ्यकर्मी र औषधि पु¥याउन नसक्नु र मान्छेले अकालमा मर्न बाध्य हुनु भनेको सरकारको बिफलता हो । भनिन्छ, सरकारी गोदा...
इण्डो प्यासिफिक स्ट्राटेजी र यस अन्तर्गतको एमसीसी नेपालमा सबैभन्दा ठूलो मुद्दा बनेको छ । भारतले कालापानी, लिम्पियाधुरा–लिपुलेकमात्र होइन, ७७ स्थानमा सीमा मिच्यो, संसद व्यू“झेको छैन । तर एमसीसी प्रत्येक सांसद, सरकारको मुख्य एजेण्डा बनेको छ । प्रतिपक्षी नेपाली कांग्रेसले फेरि पनि भनेको छ– नेपालको विकासका लागि एमसीसी महत्वपूर्ण छ । प्रधानमन्त्री केपी ओलीले त तीन पटक भनिसकेका छन्&...
अमेरिकी सहयोगको नाम हो एमसीसी । चिनिया“ विकासको मोडल हो बीआरआई । यी दुबै कार्यक्रम नेपालको समृद्धि र सुखका लागि कति आवश्यक छ । यसबारेमा राष्ट्रिय बहस चल्नुपर्छ । यो सवाल दुई तिहाइको मात्र होइन, प्रत्येक नेपालीको सरोकारको विषय हो यो । यसकारण यी दुबै विषयमा घर घर, समाज समाज, सहर सहर, संसदमा समेत बहस हुनुपर्छ, देशका प्रत्येक नागरिकले थाहा पाउनैपर्ने विषय हो यो ।
राजनीतिक शक्ति छ भन्दैमा जे ...
हत्या, बलात्कारमा कारवाही भएन, भूमाफियालाई पार्टीको महासचिव बनाएर राख्ने, भ्रष्टाचारी नेता र कर्मचारीको पृष्ठपोषण गर्ने अनि नीतिगत, नैतिकहीन भ्रष्टाचारमा राज्य नै संलग्न हुने, यो भनेको प्रधानमन्त्री भ्रष्टाचारमा डुबेका छन् भन्ने नै हो । सुनदेखि, उनसम्म, वालुवाटारको जग्गादेखि हवाईजहाजसम्म सबैतिर भ्रष्टाचार । अदालतले भ्रष्टाचारलाई छुट दिने, समिति बनाएर करमा छुट दिने, पूर्वराजाका सम्पत्तिहरु धमाधम...
देश रक्षाको जिम्मा सरकारले लिएको हुन्छ । आफ्नो जिम्मेवारी पूरा गर्न नसके त्यस्तो सरकारलाई जनताले फाल्नुपर्छ, फाल्ने हिम्मत पनि गर्नुपर्छ । नेपाली जनता सडकमा उभिएर नेपाली भूभाग अतिक्रमण गर्न पाइन्न, लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो, गो ब्याक इण्डिया भनेर देश विदेशमा नारा लगाइरहेका छन् । जिम्मेवारी बहन गर्नुपर्ने सरकार गैरजिम्मेवार बनेर भारतीय कदमका बारेमा कूटनीतिक पहल भइरहेको बताएर आरा...
स्कूले विद्यार्थीलाई देशका कर्णधार भनिन्छ र त्यही अनुसार पढाइन्छ । युवाहरु अनेक विषयहरुमा पढ्छन् र विज्ञता हासिल गर्छन् । उनीहरुले देश निर्माणमा के गर्ने, कसरी गर्ने, कुन तरिकाले उत्पादन र निकासी, आर्थिक स्थिति दरो पार्न सकिन्छ भन्ने आक्रामक सोच पनि राख्छन् । तर नेपालमा स्कूले विद्यार्थी जब कलेज पढ्न थाल्छ अथवा माष्टर गर्छ, डाक्टर इन्जिनियर बन्छ, अरु विषयमा शिक्षा हासिल गर्छ, उसले अवसर खोज्छ । ...
डलरवादी एनजीओ, आइएनजीओमा संंलग्न रहेका केही आधुनिक सभ्यतामा रमाएकाहरुले देश र संस्कार बिर्सेर भन्न थालेका छन्, बाबु र दाजुभाइले मात्र चेली भनेको ठिक छ, अरुले चेली भन्नु महिलालाई कमजोर बनाउने षडयन्त्र हो । चेली भन्न पाइदैन । चेली भन्नु अपमान हो, चेलीलाई अझै पछि पार्ने पुरुषहरुको षडयन्त्र हो ।
पत्रकारदेखि लेखक, बुद्धिजीवी र समाजशास्त्रीहरु समेत जिल्ल परेका छन्, महिलालाई चेली भन्नु कसरी अपमान हँद...
नेपाली भूभाग भारते नक्सामा पारेको विषयले नेपाल भारतवीच तनाव बढ्दै छ । नेपालले अनेक प्रमाणहरु जुटाइरहेको छ भने भारत हेपाह प्रवृत्ति देखाएर लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र आफ्नै भनिरहेको छ । भारतीय नेपाल विज्ञहरु नेपालले अतिवादी राष्ट्रवाद देखाएर नेपाली राजनीतिक दलहरुलाई राम्रो नहुने चेतावनी पनि दिइरहेको छ । अर्थात हपारेर नेपाली भूभाग खाने भारतको दुर्नियत देखिन्छ ।
देशको भौगोलिक अखण्डता ...
भारतले अर्को नक्सा सार्वजनिक ग¥यो । त्यसमा पनि पहिलेजस्तै नेपालका कालापानी, लिम्पियाधुरा, लिपेलेक भारततिरै पारेको दावी नापी विभागका महानिर्देशकले बताएका छन् । नेपालस“ग ती क्षेत्र आफ्नो भएको प्रमाण पनि छ भन्छ नापी विभाग । तर, सरकारले यति गम्भीर विषयमा आजसम्म एउटा पत्र लेखेर जनाउसम्म दिएको छैन । परराष्ट्र मन्त्रालय र भारतीय दूतावासवीच ३ किलोमिटरको दूरी पनि छैन, राजदूतलाई बोलाएर यसबारेको...
अमेरिकी सरकारले नेपालमा आइएम (इण्डियन मुजाहिद्दिन) को अड्डा बन्न थालेको रिपोर्ट दिएपछि ठूलै तरङ्ग फैलिएको छ । अमेरिकाजस्तो मुलुकले केही बोल्दा रणनीतिक रुपमा बोल्यो होला, तर अमेरिकाले हावामा गोली हानेको मान्न सकिन्न । अमेरिकाजस्तो प्रजातान्त्रिक मुलुकले नेपालको लोकतन्त्रमाथि आतंकको छायाँ पर्न थालेको भनेर सावधान गराएको छ । यसका लागि अमेरिकालाई धन्यवाद दिनैपर्छ ।
मूलकुरो नेपालको सामथ्र्यको र सम्ब...
६ महिना लामो नाकावन्दीपछि भारतले नेपालमाथि सीमायुद्ध छेडेको छ । नेपाली भूभाग अर्थात कालापानी, लिम्पियाधुरा, लिपुलेकका ३७२ बर्गकिलोमिटरभन्दा बढी क्षेत्र भारतमा गाभेर भारतले राजनीतिक नक्सा सार्वजनिक गरेको छ । भारतको पकडमा रहेको जम्मुकाश्मिरलाई भारतभित्र गाभेपछि नेपाली भूभाग भारतमा गाभिएको छ । आधेनिक विश्वमा सबैभन्दा निन्दनीय, घृणित अतिक्रमण हो यो ।
नेपाली नक्सा खुम्चाउने कार्य गरेको छ भारतले । १...
मंसिर १४ मा उपनिर्वाचनको तैयारी भइरहेको छ । पार्टीहरुले उमेदवार तय गरेर प्रचारमा जुटिसकेका छन् । निर्वाचन आयोग स्वच्छ निर्वाचन गराइने दावी गरिरहेको छ । यो दावी तव विश्वसनीय हुनजानेछ, जब निर्वाचन आयोगले तय गरेका आचारसंहिताको पूर्ण पालना हुनेछ । कुनै पनि दलले अथवा सत्तारुढ पार्टीले राज्यशक्तिको दुरुपयोग गर्नेछैन, कसैले राज्यमाथि दुरुपयोग गरेको आरोप लगाउने छैन ।
सत्तारुढ दल असाध्ये अलोकप्रिय बनेक...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोज्यो, यसका लागि प्रजातन्त्रवादी एकजुट भएर मुकाविला गर्न आह्वान गरेका छत् । यसको अर्थ राजनीति ध्रुविकरणतिर उन्मुख भएको र आउने समय अर्को द्वन्द्वमा फस्न लाग्यो भन्ने नै हो । कम्युनिष्टले चुनाव जितेका हुन् र चुनावी माध्यमबाट कम्युनिष्टलाई राज्य सञ्चालनको लोकादेश भएकै हो । लोकादेश निरंकूशतन्त्र चलाउन र प्रतिपक...
नेकपाका पार्वत गुरुङ, नेपाली कांग्रेसका मोहम्मद आफताव आलम,राजपाका प्रमोद साह, संघीय समाजवादी फोरमका हरिनारायण रौनियार सबै कानुनको नजरमा गलत साबित भएका छन् । कोही निलम्बनमा परेका छन् भने कसैलाई पक्राउ पूर्जी जारी गरिएका छन् । कानुन बनाउनेहरु कठघरामा उभिनु पर्ने यस्तो बिकृत तस्वीरले संसद कति लोकतन्त्रवादी छ भन्ने एउटा परिदृश्य देखिन्छ भने जनयुद्धकालीन माओवादी नेकपाको टोपी लगाएर सत्ताको सवारी हाँक...
प्राणीमात्रमा आकार र शक्ति दुबै दृष्टिले सबैभन्दा ठूलो प्राणी डाइनोसर हो । डाइनासोर किन लोप भयो ? किन सकियो ? यसको मूल कारणबारे राजनीति गर्नेहरुले अध्ययन गर्न जरुरी छ । किनभने, राजनीतिमा डाइनोसर प्रवृत्ति हावी छ । डाइनोसरको नियति अध्ययन गर्ने हो भने राजनीतिमा सहनशीलता र समानता विकास हुनेथियो ।
डाइनोसर एकापसमा जुधेर सकिए । एकले अर्काको अस्तित्व स्वीकार नगर्ने र आफै बलवान हुन खोज्ने प्रवृत्तिले ...
नेपाल भारतपरस्त भयो भन्ने आरोप लागिरहेको थियो, चीनका विदेशमन्त्री, चिनियाँ पार्टीका विदेश विभाग प्रमुख आएर फर्केपछि नेपालमा सीपथको व्यापक चर्चा चलिरहेको छ । यतिसम्म कि नेपाली पत्रकार, बुद्धिजीवी, नेतालाई भेट्ने कुनै पनि भारतीय प्रबुद्ध बर्ग नेपाल चीनको कति नजिक पुग्यो भनेर सोध्न थालेका छन् । अर्थात चीनका राष्ट्रपति नेपाल आउने निश्चित भएपछि नेपाल चीनमय बनेको छ, सीमय बनेको छ । नेपाल भारत र चीनका...
स्वास्थ्यमन्त्री उपेन्द्र यादव, उनी उपप्रधानमन्त्रीसमेत हुन् । स्वास्थ्यमन्त्रीले वर्षदिनमा २५ देशको भ्रमण गरेछन् । विदेश जानुपर्छ, नेपालको प्रतिनिधित्व गर्नुपर्छ र नेपालको अडान, विचार र सहभागिता देखिनुपर्छ । कतिपय कार्यक्रमहरु अफिसर स्तरका हुन्छन्, कतिपय सचिव र कतिपय मन्त्रीस्तरका । स्वास्थ्यमन्त्री सहभागी भएका कार्यक्रमहरु मन्त्री स्तरका हुन् कि होइनन्, यो विषय गौण बनेको छ र निरन्तर स्वास्थ्य...
देशलाई सधैं मायाँ गर्नुपर्छ, देश छ र हाम्रो इज्जत छ, पहिचान छ, गौरव छ । माटोको मायाँ के हुन्छ, माटो किन चाहिन्छ, पेलेस्टाइनबाट हामीले सिक्नुपर्छ । टाढा किन जाने काश्मिरीहरु ७० वर्षदेखि स्वतन्त्रताको माँग गर्दै आएका छन्, लाखौं नागरिकले ज्यान दिइसके, रगत चढाइसके, तिनले देश पाउनु कता हो कता, भारतले काश्मिरलाई भारतको अङ्ग बनाइदिएपछि राष्ट्रसंघसम्म यो मुद्दाले प्रवेश पाएको छ ।
यतिमात्र होइन, पाकिस्...
श्री ५ को सरकार नेपाल सरकार बन्यो । राजालाई किनारा लगाइयो, हिन्दुधर्मको ठाउ“मा धर्मनिरपेक्षता भनियो । संघीयता अपनाइयो । यी सब परिवर्तनको अर्थ के हो ? समृद्धि र सुशासन, सुखी नेपाली एकमात्र उद्देश्य भनियो । आमनागरिक सुखी भए त ? देश समृद्धितिर लाग्यो कि लागेन ? सुशासन कायम भएको छ कि छैन ? यी यस्ता प्रश्नहरु हुन्, जसले देशको परिवर्तनलाई व्याख्या गर्छन्, औचित्य शिद्ध गर्छन् । यी प्रश्नहरुको सक...
सवारी चलाउन लिने लाइसेन्स परीक्षा निकै कडा पारिएको थियो र देशैभरि हाहाकारजस्तै भयो । सीसी टीभीबाट हेर्ने र फेललाई पास गर्नेहरुमाथि कडा निगरानी भएपछि चलखेल रोकिएको थियो ।
यतिबेला लाईसेन्स परीक्षा निकै सहज बनाइएको छ । तराईमा जसरी एसएसई अथवा प्लस टु, लोकसेवालगायतका कुनै पनि परीक्षामा जसरी चिट चोराउने प्रचलन छ, त्यो देख्दा अचम्म लाग्छ । त्योभन्दा ठूलो चलखेल लाइसेन्स परीक्षामा हुन थालेको छ । नेकप...
सडकदेखि सदनसम्म, घरदेखि संसदसम्म, कर्मचारीदेखि मन्त्री, प्रधानमन्त्रीसम्म सबैको गोप्य विवरण चोरिन सकिने, चुहिन सक्ने र विदेशी सर्भरमा भएका यस्ता तथ्यहरु अरुलाई नै बिक्री हुन गयो भने नेपाली र नेपालको सुरक्षा व्यवस्थाको हालत कस्तो होला ? यति संवेदनशील विषयमा संसदमा सरकारको मात्र पहुँच हुनेगरी कानुन बनाउन सहमति जुटेको खबर छ ।
तर, लाइसेन्स, नापी, मालपोत, बैंक, अन्य निकायहरुम अहिले पनि विदेशीका सर्...
कक्षा १०, ११ र १२ का विद्यार्थीहरुको नेपाली र हिसाव साह्रै कमजोर भएको विश्लेषण सार्वजनिक भएको छ । नेपालका विद्यार्थीको नेपाली विषयमै कमजोरी देखिनु भनेको राष्ट्रभाषाप्रतिको शिक्षामा संवेदनहीनता अपनाइएकोमा शंका छैन । अंग्रेजीमा विद्यार्थीहरुको अवस्था राम्रो देखिनु, आफ्नै भाषामा कमजोर हुनुको दोष शिक्षा मन्त्रालयको गलत शिक्षानीतिलाई जान्छ ।
नेपाली र हिसावमा चुस्त पार्नकै लागि शिक्षा मन्त्रालयले ...
राष्ट्रिय पुस्तकालयका पुस्तकहरु पानीले भिजेका छन्, नष्ट हु“दैछन् र अति महत्वपूर्ण ग्रन्थहरु हराउने र माटो हुने अवस्थामा छन् । भूकम्पले क्षति पुगेपछि सबैभन्दा पहिले राज्यको ध्यान पुग्नुपर्ने थियो राष्ट्रिय पुस्तकालय पुनर्निर्माणमा, चारवर्षसम्म पनि पुस्तकालयको संरक्षण कसरी हुने अन्यौल नै छ ।
सर्वा तीन अर्वमा धरहराको ठेक्का लाग्यो, पुनर्निर्माण सुरु भएको छ । दरवार हाईस्कुल चीनले बनाइराखेक...
रुसमा विश्वकप फुटबल हुादै थियो, क्रोयसियाकी राष्ट्रपति कोलिन्दा ग्राबर मैदानमै पुगेर खेलाडीलाई आगालोमात्र हालिनन्, हौस्याँइन् । अनुशासित खेल खेल्न आाट र समर्थन दिइन् । अहा, त्यो दृश्यले विश्वलाई तान्यो, त्यो घटना विश्व समाचार बन्यो । सबैले राष्ट्रपति कोलिन्दाको प्रशंसा गरे ।
क्रोएसियाकी राष्ट्रपति कोलिन्दा ग्राबर आफ्नो कोठामा आफै रङ् लगाउन लागेको दृश्य हो यो । उनी भन्छिन्– नीजी काम आफै...
गोविन्द केसीबाट सुरु भएको ओलीकाण्डहरु सिण्डिकेट, ठेकेदारलाई कारवाही, भ्रष्टाचारीलाई टपाटप टिपेर फाल्ने र बुद्धिजीवीलाई छुद्र भन्दै अरिङ्गालसम्मका अभिव्यक्तिमात्र होइनन्, वाइडबडी जहाज खरिदमा भ्रष्टाचार, निर्मला बलात्कार र हत्याकाण्ड, ३३ किलो सुन काण्ड, न्यायाधीश नियुक्ती प्रकरण, होली वाइनमा नतमस्तक, भेनेजुयला प्रकरणदेखि गुठी–मिडिया काउन्सिल बिधेयकसम्मका प्रधानमन्त्री केपी ओलीका निर्णयहरु ब...
इतिहास साक्षी छ, कुनै पनि कालखण्डमा अहंकारले विजय हासिल गरेको छैन । अहंकार आफै समाप्त भएको छ, साथै राम्रो कुराहरु पनि बिनष्ट पारेको छ । यसकारण समाजमा अति त्याज्य मानिएको हो ।
गाउ“, सहर, समाजमा फोहर फैलियो भने त्यही फोहरबाट हैजा फैलन्छ । महामारी चल्छ र धनजनको व्यापक क्षति गराउ“छ । यसकारण जहिले पनि फोहरबाट बच्नुपर्छ ताकि हैजा नफैलियोस् । हैजाले श्रृजना नष्ट पार्छ ।
शासन प्रशासनमा पन...
गुठी विेधयकका सन्दर्भमा जब जनसागर सडकमा उत्रियो, तव दुई तिहाइको सरकारले सुन्यो । यद्यपि यो सरकारको प्राथमिकता असरल्ल योजन पूरा गर्ने, ५ वर्षमा पूरा गर्न सकिने योजना ल्याउने र कार्यान्वयन गर्ने, धूलोमैलो सफा गर्ने, सेवाग्राहीलाई सहज सेवा दिने, भ्रष्टाचार न्यूनिकरण गरेर सुशासन दिने, समाजमा रहेका बिकृति हटाएर सुरक्षाको प्रत्याभूति दिनेमा केन्द्रीत हुनुपथ्र्यो । यहाँसम्म कि राष्ट्रिय महत्वका मेलम्च...
जातीय विवाद बढ्दै गएपछि बंगलादेशले आरक्षण व्यवस्था नै खारेज गरिदियो । आरक्षण देशहितमा नहुने रहेछ, जातीय सवलीकरण देशको आवश्यकता हो भन्ने बुझेर बंगलादेशले आरक्षण खारेज गरेको हो ।
लोकसेवा आयोगले विज्ञापन गरेपछि आरक्षण खोई ? भनेर ठूलै मुद्दा बनेको छ । अदालतदेखि सडकसम्म मुद्दा चलेको छ ।
यता सरकारले मिडिया काउन्सिल विधेयकपछि गुठी प्राधिकरण गठन गर्ने विधेयक अघि सारेर देशलाई आन्दोलित पारिदिएको छ । शा...
महान वैज्ञानिक अल्बर्ट आइन्सटाइनले भनेका थिए– हिजोबाट सिक, आजका लागि बाँच । नेकपाले हिजोबाट सिक्यो, आजका लागि बाँचिरहेछ तर भोलिका लागि खरानी पनि बाँकी राख्छ कि राख्दैन, चिन्ता त्यसैको छ किनभने आजका लागि बाँच्नु भनेको निरंकूश हुनु होइन ।
नेकपाले राजनीतिक विज्ञान बुझ्यो र त्यही विज्ञानको अनुशरण गरेर चुनाव जित्यो, दुई तिहाइको सरकार पनि बनायो । नेपाली कांग्रेस अथवा अन्य दल सबैका ट्याक्टिस सि...
सञ्चारमन्त्री गोकुल बास्कोटाले मिडिया काउन्सिल विधेयकको बीचबचाउ गर्दै अमेरिकामा पत्रकारलाई मृत्युदण्ड दिइन्छ भनेका छन् । हो, मृत्युदण्ड दिइन्छ, तर चीनमा भ्रष्टाचारी र समाजविरोधीलाई पनि मृत्युदण्ड दिइन्छ, यतिमात्र होइन, जापानमा भ्रष्टाचारको आरोप लाग्यो र आमनागरिकले भ्रष्टाचारी भनेको सुने भने नेता वा प्रशासकमा यतिबिघ्न लोकलज्जा हुन्छ कि उनीहरु सजायको डरले हाराकिरी नै गर्छन् ।
यी सब नैतिक मुलुक र...
१२ खर्बको बजेट छ, ९ खर्ब १५ अर्वको ऋण दायित्व भइसकेछ । यो भनेको गर्भमा रहेको बच्चाको काँधमा समेत ३१ हजार ७ सय ऋणको भारी हो । यद्यपि महालेखाको प्रतिवेदनले आन्तरिक ऋण ३ खर्ब ९१ अर्व १६ करोड र वैदेशिक ऋण ५ खर्ब २४ अर्व १५ करोड किटान गरेको छ । जुनसुकै होस्, ऋण त ऋण नै हो । आगामी वर्षका लागि झण्डै १६ खर्बको बजेट आउनेवाला छ, यसमा यो ऋणको भारी अरु बढ्नेछ । महालेखाका अनुसार वर्षेनी सवा दुई खर्बले ऋण बढ...
लोकतन्त्र भनेकै प्रेस स्वतन्त्रता हो । वाक र प्रेस स्वतन्त्रता छैन भनेर पञ्चायतमाथि आरोप ब्लाग्यो, बहुदल कालमा प्रेस स्वतन्त्रता त रह्यो, जनताप्रतिको जवाफदेहीता रहेन र कालरात्रि भनेर डामियो । लोकतन्त्र जनताको आन्दोलनबाट आयो भनियो तर जनमतबाट बनेको सरकारले प्रेस स्वतन्त्रतामाथि अंकूश लगाउन खोजेको छ । यो चाहिं अति हो ।
प्रेस स्वतन्त्रतामाथि अंकूश लगाउनु पर्ने कारण सरकार जनताप्रति जवाफदेही हुन नसक...
०४६ सालका चप्पले नेताहरु ०६३ सालमा आइपुग्दा करोडपति बनेका थिए । ०६३ सालका ठगठाग, लुटलाट, च्याटचुट पार्ने नेताहरु ०७६ सालमा आइपुग्दा अर्वपति खर्वपति बनेका छन् । आखिर राजनीतिमा छ के त्यस्तो, राजनीतिमा लाग्नेहरु कसरी यति छिटै हजारिया, लखपति, करोडपति, अर्वपति बन्छन् ? जनतासँग भोट माँग्नेहरु जनतालाई कुल्चेर हिड्ने साहस गर्छन् र जनतालाई कागति निचोरोजसरी निचोरेर आफ्ना गाला जुम्लाका स्याउजस्ता बनाउँछन्...
उच्च र सर्वोच्च अदालतमा न्यायाधीशहरु नियुक्त भए । ती राजनीतिक भागबण्डाका आधारमा नियुक्त भएका रहेछन् । यसको बिरोध न्यायाधीशदेखि कानुनविदहरुले गरिरहेकै छन् । चर्चा यतिसम्म बाहिर आएको छ कि अव सर्वोच्च अदालतलाई सर्वदलीय अदालत भन्नुपर्ने भयो । राजनीतिक आस्थाका आधारमा भागबण्डामा नियुक्त न्यायाधीशले कुन प्रकारको न्याय देलान् ? जनस्तरमा यस प्रकारको चर्चा हुनु भनेको अदालतको मर्यादा र आस्था घटउने कार्य ह...
कति प्रगतिशील ? -
कानुन व्यवसायी पार्टी पार्टीमा बिभाजन भएको देशमा लेखकहरु बिभाजित भए भनेर के भन्नु ? बुद्धिजीवी पार्टी पार्टीका कित्तामा छन्, पत्रकार पत्रिका भन्दा पार्टी र विदेशी दूतावास निकट छन्, अनि एकले अर्कोलाई चोर औंला ठड्याएर त्यो त्यसको दलाल भनेर लाहाछाप ठोक्ने चलन छ यहाँ । कम्तिमा पनि बुद्धिजीवी, चेतनशील बर्ग र लेखकहरुले समाज, देश बोलिदिए हुन्थ्यो, पार्टीको मुख भएर नबोलिदिए हुन्थ्यो ...
गतहप्ता जर्मनको खबरले तिरीमिरी झ्याइँ पारेको हुनुपर्छ, नेपालका शासक, शिक्षक, शिक्षा विज्ञहरुका लागि । किनभने जर्मन चान्सलर ए मार्केलसँग न्यायाधीश, डाक्टर, इन्जीनियरहरुले माँग गरेका छन्– उनीहरुको तलव, सुविधा शिक्षकको जति हुनुप¥यो भनेर ।
यसबाट के थाहा लाग्छ भने जर्मनमा शिक्षालाई अति महत्व दिइएको रहेछ, यसकारण जर्मनमा शिक्षा पेशा अति मर्यादित र महत्वको मानिदो रहेछ, शिक्षानीति सबै नीतिभन्...
नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि चैत १४ र १५ गते अर्थात भोलि र पर्सी लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । लगानी सम्मेलनमा व्यापक रुपमा विदेशी लगानी भित्र्याउनका लागि निम्त्याउने र आयोजनाहरुको छनौट प्रक्रियासमेत समाप्त भइसकेको छ ।
यसरी नेपालले विदेशी लगानी भित्र्याउन तैयारी गरिरहेको पूर्वसन्ध्यामा भारतका विदेश सचिव विजय केशव गोखले नेपालको दुई दिने भ्रमणमा नेपाल आउने भएका छन् । यति नै बे...
०४६ सालमा जुन परिवर्तन भएको थियो, अगुवा नेता तिनै थिए । ०६३ सालको जनआन्दोलन जसको अगुवाईमा सम्पन्न भयो, ती पनि तिनै नेता थिए । ०४६ सालपछिका २७ सरकार अथवा २०६३ सालको परिवर्तनपछिका ११ सरकारमा जो थिए, आज पनि सत्तामा तिनै छन् । राजनीतिक ठूला पार्टी तिनैले चलाएका छन् । आलोपालो, पालैपालो सरकार चलाइरहेका छन् र आआफ्ना पालामा देशघातक निर्णयहरु गरिरहेकै छन् ।
सबैले चुनावका बेलामा देशको चिन्ता गरिरहेकै छन...
बाउको नाम खुलाउनै नपर्ने, आमाले सन्तान मेरो हो भनेपछि नागरिकता दिनुपर्ने । हो यस्तै नागरिकता ऐन आउँदैछ । दुई तिहाइको सरकारले यसैगरी नागरिकता वितरण गर्ने योजना बनाइसकेको छ । यस्तो कानुन बनेपछि आमाको नामबाट नागरिकता बन्नेछ । महिलाले अधिकार पाउनेछन् । महिलाले अधिकार पाउनुपर्छ । तर बाउको नाम नै खुलाउन नसक्ने आमाको सिफारिसमा छोराछोरीलाई नागरिकता दिनु ठिक कि बेठिक ? यसबारेमा संसदमा समेत पर्याप्त बहस ...
दुई थान जहाज किन्दा ४ अर्व ३५ करोड भ्रष्टाचार भएको संसदीय छानबिन रिपोर्टलाई मान्दिन भनेर सरकारले आफैले गठन गरेको छानबिन समितिको ४५ दिने म्याद पनि सकियो । हेलिकोप्टर दुर्घटनामा पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधन भयो । शोक प्रकट गर्न जाँदा प्रधानमन्त्रील मुख फोरेर भनेका छन्– वाइडबडी जहाज खरिद प्रकरणमा रवीन्द्र अधिकारीको संलग्नता छैन । प्रधानमन्त्रीलाई थाहा थियो भने पहिले किन नभनेको, थाह...
राजधानीको ललितपुर, गोदावरी नगरपालिका ४ बडीखेल निवासी ३८ वर्षका युवकले ९ वर्षकी छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्रउा ग¥यो, केरकार ग¥यो । यो घटना आफैमा उदेकलाग्दो, आश्चर्यजनक र घृणायोग्य पनि छ । नेपाली समाजमा छोरी, बहिनीको रक्षा गर्ने, पूजा गर्ने प्रचलन छ । जो संरक्षक छ, उसैले बलात्कार ? यो सोच्नै नसक्ने घटना बिस्तारै समाजमा बढेर जान थालेका छन् । यसबारेमा समाजशास्त्रीहरुले अध्ययन...
आजै आउँछ, भोलि आउँछ, चैतमा आउँछ, नयाँ वर्षमा आउँछ, अर्को साल आउँछ भन्दाभन्दै मेलम्ची अझै नआउने भयो । इटालियन ठेकेदार सीएमसी अन्ततः ठेक्का रद्द गरेर भाग्यो । हाम्रा नेता, प्रशासक र राजनीतिक दलहरुले चन्दा माग्दा माग्दा हैरान भएर भागेको बताइयो । यतिमात्र होइन, टाट पल्टेर भाग्यो भनेर प्रचार पनि भयो । खानेपानी मन्त्रीले नियामानुसार ठेक्का तोडिएको हो, अव आफैले बाँकी काम सकेर मेलम्चीको पानी सुन्दरीजल ...
२०२४ साल राजा महेन्द्रलाई अमेरिकाले निम्त्यायो र राजा महेन्द्रको राजकीय भ्रमण भयो । त्यतिबेला नेपालको आन, बान र सान कस्तो थियो, नेपालले के भन्छ भनेर विश्वले कसरी ध्यानपूर्वक सुन्थ्यो । (जततउकस्ररधधध।थयगतगदभ।अयmरधबतअजरुख.द्दत्रण्धम्मग्पग्थत्त) हेर्नुस् युट्यूव नेपालका राजाले अमेरिकी संसदलाई संवोधन गरेको दृश्य हो यो । अमेरिकी राष्ट्रपति र सांसदहरुले राजा महेन्द्रको कुन प्रकारले हार्दिक स्वा...
लोकतन्त्र भनेको बिधिले शासन गर्ने पद्धति भनिन्छ । देशमा लामो संक्रमणपछि संविधान जारी भयो, चुनाव भयो र संविधान कार्यान्वयन गर्न भनेर सरकार पनि गठन भयो । राजनीतिक अंकगणितअनुसार सत्ताधारीस“ग दुई तिहाइ बहुमत पनि छ । अव त राजनीतिक स्थिरता आउनुपर्ने हो । देशले का“चुली फेर्ने राजनीतिक बसन्त ऋतु भनेको यही हो । तर, बसन्त आयो, बहार आएन । राजनीतिमा बहार भनेको स्थिरता र सुशासन हो । न स्थिरता छ,...
भाषा चाहिन्छ,आफ्नो भेष चाहिन्छ,
शिर उठाइ बांच्न आफ्नो देश चाहिन्छ
नागरिकका लागि सत्य यहीहे । देश के हो, माटो के हो, आफ्नो परिचय हुनुको गर्व के हो ? यो जान्नका लागि हामीले प्यालेस्टाइनतिर हेर्नुपर्छ, इजरायलतिर नियाल्नुपर्छ । तिनले एकमुठी माटो, आफ्नो परिचयका लागि जुन संघर्ष गरे, त्यसबाट थाहा हुन्छ, आफ्नो राष्ट्रिय पहिचानको महिमा र गरिमा कस्तो हुन्छ ?
१९४७ सम्म अंग्रेजको बुटले किचिएका भार...
सरकार दुई तिहाइको होला, सरकार कति तिहाइको सँग खासै अन्तर राख्दैन, यो राजनीतिक स्थिरताको लागि सवाल हुनसक्छ ।
सवाल देशमा कानुन व्यवस्था कस्तो छ, शासन पद्धति बिधिले चलेको छ कि छैन भन्ने मूल प्रश्न हो । यो प्रश्नका सम्बन्धमा आमजनधारण एउटै छ– संवैधानिक पदाधिकारी, सैनिक, न्यायाधीशहरुलाई सितिमिति जतिसुकै बदमासी गरे पनि कानुनले छुट सक्दैन । जो अगुवा उही बाटो...भनेजस्तो जसले सबैभन्दा बढी बिधिको प...
पैसा बढी पाइन्छ भनेर एडीबीमा खरदारको जागीर खान जाने मुख्य सचिव पनि यही देशमा देखियो । पैसा धेरै कमाइन्छ भनेर पार्टीका बडे नेताका नातेदारहरुलाई युएन मिसनमा पठाउने, घूस खान पाइन्छ भनेर ठूला ठूला योजनाको जिम्मेवारी दिने, एयरपोर्ट, भन्सार, राजस्वमा प्रमुख बनाउने र बन्नेहरु पनि यही देशमा देखिए । तर उपसचिव प्रेमप्रसाद सञ्जेलजस्ता कर्मचारी आजसम्म यो देशले देखेको थिएन ।
यिनै हुन् उपसचिव प्रेमप्रसाद सञ...
केपी ओली र प्रचण्डले जतिसुकै हपारे पनि ज्ञानेन्द्र शाह सेलाएका छैनन्, देश र जनताप्रतिको दायित्वबोध गर्दै देशको हालत जान्न र जनताको कुरा सुन्न यतिबेला ज्ञानेन्द्र शाह पोखरा पुगेका छन् । पश्चिमाञ्चलबासीले दिल खोलेर राजा आउ देश बचाउ भन्ने नारा लगाए । यो नारा पोखरामा गुञ्जियो होला तर यसको प्रतिध्वनी सिंहदरवार, शितल निवासदेखि विश्वजगतले समेत सुनेको छ । आमनागरिकले अस्वभाविक ढङ्गले पहिलेका राजाको स्वा...
हालै सम्पन्न भारतका ५ प्रान्तका चुनावमा सत्तारुढ दलले शर्मनाक हार भोगेको छ । भारतको यो चुनावलाई केही महिनापछि हुने लोकसभाको आमनिर्वाचनको पूर्व तस्वीरका रुपमा पनि लिइएको थियो । जुन परिणाम आयो, त्यसबाट भारतको भाजपा सरकार आत्तिन पुगेको छ । भारतमा एउटा राम्रो संस्कार के छ भने निर्वाचन परिणाम अर्थात जनादेशलाई स्वीकार्छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र उनको भाजपा पार्टीले जनादेशलाई स्वीकार गरे, हार ...
प्रचण्ड सरकारका पालामा स्वागत गर्न स्कूले बालकालिकालाई कष्टप्रद रुपमा उभ्याइयो, मानौं होमवर्क नगर्ने विद्यार्थीलाई कडा दण्ड दिने माष्टरको फेला परेका हुन् । सुर्खेतकी ९ कक्षाकी विद्यार्थी समीक्षा आचार्य बेहोस भइन् र कुनै उपचारले पनि उनलाई होसमा ल्याउन सकिएन, उनले प्राण त्याग गरिन् । यसको जिम्मेवारी न शिक्षकले लिए, न तत्कालीन प्रधानमन्त्री प्रचण्डले नै लिए । विद्यार्थीमारा लोकतान्त्रिक सरकारको अन...
सरकार नै नाङ्गै हुन्छ भने त्या देशको भविष्य अन्धकार हुन्छ । किन राजतन्त्र मासेर धर्मनिरपेक्ष संविधान घोषणा गरियो ? यसको नतिजा आउन थाल्यो । दुई तिहाई बहुमतको सरकार स्वयम् इसाइकरणका लागि नाङ्गेझार भएर सघाउँछ, संलग्नता हुन्छ भने त्यो देशको धर्म मासिन्छ, त्यो देश संकटमा फस्छ र देशको भविष्य अन्धकारतिर लाग्छ । यही दृश्य यतिखेरको नेपालको दृश्य हो । यो कसैले भनेको सुनेर होइन, राजधानीमा इसाइहरुले जुन प्...
श्रीलंकाको ठूलो लगानी रहेको हन्बनटोटा बन्दरगाह अन्तत: लगानी फिर्ता गर्न नसक्ने भएपछि श्रीलंकाले ९९ वर्षका लागि चीनको जिम्मामा दिएको छ । चीनले पाकिस्तान, बंगलादेश, म्यानमारलगायतका देशमा यसरी लगानी बढाएको छ कि चीनको विश्व जोड्ने बीआरआई परियोजना आक्रामक रुपमा अघि बढेपछि भारत आत्तिन पुगेको छ ।
यहीकारण भारतले श्रीलंकाका प्रधानमन्त्री बिक्रमासिंगेमार्फत एउटा बन्दरगाह भारतको जिम्मेवारीमा दिने र भार...
बहिनीको रक्षा गर्न सकेनन् भाइहरुले । देशैभरि बलात्कार र हत्याका श्रृंखला चलिनै रहेका छन् । गृहमन्त्री र प्रधानमन्त्री भनिरहेका छन्– छिटै निर्मला पन्तको बलात्कारी र हत्यारा पक्राउ पर्छ । सवासय दिन हुनलागिसकेको छ, निर्मला पन्तको बलात्कारी र हत्याराको अनुसन्धान भइरहेको छ । झण्डै सात टोलीले अनुसन्धान गरिरहँदा पनि बलात्कारी पक्राउ गर्न नसक्नु र प्रमाण मेटाउने प्रहरीजनलाई भविष्यमा अयोग्य नठहरिन...
द्वन्द्वरत सबैपक्षसँग वार्ता गरेर सहमतिको वातावरण बनाउन संघीय सरकारले नेकपाका सांसद सोमप्रसाद पाण्डेलाई भदौ ८ गते जिम्मेवारी दिएको छ । यो जिम्मेवारी पाएपछि देशमा द्वन्द्वरत समूह, सशस्त्र समूह छैनन् भन्ने निष्कर्ष निकाल्ने जिम्मेवारी पाए पनि यी पाण्डेले कहिले सबै द्वन्द्वरत समूहसँग वार्ता गर्ने कहिले सीके राउतसँग वार्ता हुन्न जस्ता बिबादित बयान दिइरहेका छन् । वार्ता भन्दा पनि भाषणमा बढी जोड दिएर...
शासन र आसनमा छन् विद्या भण्डारी र केपी ओली । न राष्ट्रपति र न प्रधानमन्त्री नै सफल भए । दुबै असफल भए, दुबै अयोग्य ठहरिए, अव पनि यिनको आश गरेर समाज बस्छ भने समाज अरु बिग्रने र अरु भ्रष्टिकरण भएर जानेछ । किनभने भ्रष्टाचार सिंहदरवारदेखि शीतल निवाससम्ममात्र छैन, गाउँपालिकासम्म पुगिसकेको छ र त्यो भ्रष्टाचारको गनाउने झार उखेल्न यी दुबै शासन र आसनका महारथी सक्षम देखिएनन् । तैपनि यिनीहरु फूर्तीसाथ जनता...
हिन्दु परम्परा र संस्कृतिलाई सामन्तको संस्कार ठान्ने कम्युनिष्ट जति अरु कोही पनि हिन्दुवादी छैनन् होला । छट भन्नुस् कि दशैं, तिहार भन्नुस् कि हिन्दु जात्राहरु, सबैतिर कम्युनिष्ट अग्रपंक्तिमा देखिन्छन् । कम्युनिष्ट बिग्रेका हुन् कि सप्रेका, अहिले चर्चा नगरौं । यो चर्चा जरुरी छ कि नेपाल हिन्दुराष्ट्र थियो, छ र रहिरहनेछ । संविधानमा धर्मनिरपेक्षता लेख्ने कम्युनिष्टहरु धुरन्धर पण्डित पल्टेका छन् । य...
वर्षको ७ लाख रोजगारी सिर्जना गर्ने फुइँकी लगाउने दुई तिहाईको सरकार रोजगारी उत्पादनभन्दा पनि पासपोर्ट उत्पादनमा पो लागेछ । यो सरकार पनि काम कम, कुरा बढी गर्न थालेको छ । त्यसो त कमिशन र भ्रष्टाचारले यो सरकार असफल भइसकेको छ । त्यसमाथि देशमा बढ्दो बलात्कार र हत्याका घटनाले यो सरकारको आलोचना यसरी बढेको छ कि आलोचना खप्न समेत गारो पर्न थालेको छ । सरकारको नियन्त्रणमा राज्यसञ्जाल केही पनि भएजस्तो लाग्दै...
दुई तिहाईको सरकारभन्दा बलियो सरकारको कल्पना गर्न सकिन्न । तर दुई तिहाईको सरकारको यो दुर्गति । यस्तो दुर्गति त ९ महिने सरकारको पनि भएन । कतिसम्म गैरजिम्मेवार हो यो सरकार ?
सिण्डिकेट जस्ताको तस्तै छ । यातायात मालिकले के अडान लिए, दुई तिहाईको सरकार कर्कलो गलेजस्तो गलेनमात्र भाडा बृद्धि गर्न बाध्य भयो, त्यसपछि दशैंको बुकिङ् खोले व्यवसायीले । ३ दिन पेट्रोलियम पदार्थ ढुवानी रोके टेंकर ड्राइभरले, द...
मधेशले संविधानलाई कालोमात्र भनेन, सत्तामा बस्नेदेखि आमनागरिकसम्मलाई सडकमा उतारेर २ नम्बर प्रदेशले कलंकित चरित्र पनि देखायो । निश्चय नै संविधान पूर्ण दस्तावेज होइन, यसमा समयानुकूल सुधार गर्दै जानुपर्छ । राजधानीमा संविधान दिवस सेनाको घेराबन्दीमा मनाइनु, आमनागरिकले अपनत्व स्वीकार नगर्नु, आमनागरिकको सहभागिता नै नदेखिनु संविधानको असफल पक्ष हो भने मधेशमा २ नम्बर प्रदेशका मुख्यमन्त्री,मन्त्रीले कालो स...
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको विकासका सन्दर्भमा सिंगापुरको नमूना विषयमा व्यापक अन्तरक्रिया गरेका छन् । सात प्रदेशमा यो पहिलो प्रदेश हो, जसले लीक्वान युको सम्झना गर्‍यो र सिंगापुरको नमूना विकासबाट प्रेरित भएर त्यही मार्गमा हिड्नका लागि चिन्तन गर्‍यो । प्रशंसनीय घटना हो ।
लीक्वान यु तिनै व्यक्ति हुन् जसले अराजक सिंगापुर अर्थात सिँगानपुरको स्थितिमा सिंगापुरला...
मादपदवी इज्जत र सम्मानका लागि दिइने हो । जसले मान पदवी पाउँछन्, गर्व गरेर लगाउन्, जसले लगाएर समाजमा निस्कन्छन्, देख्ने र लगाउने दुबैलाई गर्ववोध होस् न । त्यस्तो हुनुपर्छ मानपदवी । पञ्चायतकालमा पछिल्लो समय सामाजिक सेवा कार्यका लागि चन्दा बढी दिनेलाई ठूलो तक्मा दिने प्रचलन ल्याइयो, जनस्तरबाटै यसको विरोध भयो, निन्दा गरियो र मानपदवीको बेइज्जत हुनबाट जोगाउन सुधार हुनथालेको थियो, पञ्चायत सकियो । पञ्च...
यो वर्ष पनि कोशीमा बाढी आयो, मधेशका गाउँहरु जलमग्न बनायो । मधेशका जनताले जनधनको क्षति बेहोर्नुपर्‍यो । यतिबेला मधेशका नागरिकहरु सरकारले राहत देला भनेर कुरिरहेका छन् । राहतका नाममा सरकार भने थप आहत दिने मनस्थितिमा पुगेको छ । हरेक वर्ष असार–साउने झरीमा मधेशले डुब्नुपर्ने, गमाउनुपर्ने भयो । सरकारसँग स्थायी समाधान केही पनि छैन । किनभने यो सरकार भारतले सीमाक्षेत्रमा बनाएको बाँध, तटबन्ध, जम...
स्थिर सरकार आयो, सरकारले शान्ति, सुशासन र समृद्धि ल्याउँछु भन्यो । होला त नि भनेको त दुईतिहाईको सरकारप्रति विश्वास र भरोशा खस्कन थालेको छ । प्रधानमन्त्री, मन्त्रीहरु भाषण गर्ने, काम केही नगर्ने, प्रशासनमा घूसखोरी र कमिशनको चकचकी जारी रहने, त्यसमाथि बाढी र पहिरोले हिमाल, पहाड र तराईलाई बिपतमा पारेको अवस्थामा पनि सरकारले तदारुकताका साथ जनतालाई राहत दिन नसकेर आफूप्रतिको विश्वास गुमाउँदै गएको छ । य...
भ्रष्टाचार तीब्र रुपमा बढेर गएको छ । सिंहदरवारको भ्रष्टाचार अव गाउँतहसम्म पुगिसक्यो । संघीयताले राजनीतिक बर्गलाई यति धेरै अधिकार र अवसर दिएको छ कि ती अवसर र अधिकारको दुरुपयोग बढ्दा भ्रष्टाचार बढेकोमा शंका छैन । राजनीतिमा अवसर र अधिकार व्यापक रुपमा बढ्यो, सेवाभाव बढेको छैन । नैतिक शिक्षाको अभाव छ, भ्रष्टाचारको दाग लाग्यो भने समाजमा लज्जाबोध हुन्छ भन्ने भावना कमजोर बनेको छ । जसले गर्दा भ्रष्टाचार...
नेकपासँग दुई तिहाई छ र नेकपाको सरकारलाई कसैले हल्लाउन सक्दैन । नेकपाको सरकारले हरेक दिन भनिरहेको छ– सुशासन र समृद्धि यो सरकारको पहिलो प्राथमिकता हो । १० वर्षमा नेपाललाई स्वर्ग बनाइन्छ । राजनीतिक क्रान्ति सकियो, अव आर्थिक क्रान्ति गर्नुपर्छ । भ्रष्टाचारमा क्रान्ति गरिरहेको छ र नैतिकताको कसीमा कमजोर बन्दैछ । यसको उदाहरण विपक्षीले के भने भनेर सुन्नै पर्दैन, नेकपाको सरकार आफै हल्लिरहेको छ, अस...
नेपाल आयल निगमले बोनसका लागि भनेर छुट्याउँदै आएको रकम ३ अर्व पुगेछ । केही वर्षदेखि बोनस बितरणमा रोक लगाएपछिको बचत रकम हो यो । आयल निगम आफैमा उत्पादन गरेर बेच्ने निकाय होइन । कच्चा तेल किनेर इण्डियन आयललाई दिने र इण्डियन आयलबाट प्राप्त मूल्य सूचीमा नाफा जोडेर बेच्ने निकाय हो । राज्यको नियन्त्रणमा रहेको आयल निगमले लोककल्याणकारी राज्यको सिद्धान्त अनुसार लोकलाई बेच्ने पेट्रोलियम पदार्थमा मनलागी मूल...
नियम, कानुन, संविधानको नाम सरकार हो । राष्ट्रका तमाम समस्याको समाधानको नाम सरकार हो । कानुनको मार्ग मिच्छ, नियमलाई थिच्छ र संविधानलाई कुल्चेर अघि बढ्छ भने त्यो सरकार समस्या हो । समस्या सिर्जना गर्ने सरकार कहिले पनि लोकतान्त्रिक, लोककल्याणकारी सरकार बन्नसक्दैन । अधिनायकवाद काखी च्यापेर हिड्ने सरकारले जतिसुकै लोकतन्त्रको गीत गाए पनि यथार्थमा त्यो सरकार निरंकूश सरकार नै हुन्छ । अस्थिरता र अराजकता...
बसन्त परिवर्तनपछि आएको लोकतन्त्रको बगैंचामा अधिनायकवाद पो फुल्न थाल्यो । लोकतन्त्रमा जुन जुन विशेषता हुनुपर्ने हो, ती विशेषतामा लोकनेताले कुल्चन थालेपछि यस्तो प्रतिक्रिया सडकदेखि संसदसम्म देख्न र सुन्न सकिन्छ । न्यायका लागि नागरिकले मर्नुपर्ने, जीवन जोखिममा पारेर पनि न्याय नपाउने परिस्थितिले लोकतन्त्रलाई गिज्याउन पो थाल्यो ।
सरकार, प्रतिपक्ष, नागरिक समाज, प्रेस, अदालत : यिनै हुन् लोकतन्त्रका स...
हामी हरेक दिन युवाशक्ति निकासी गरेर कमाएको धनले खाद्यान्न पैठारी गरेर पेट भरिरहेका छौं । पहाड नाङ्गै छ, पहाडमा बसोबास पातलिएको छ, त्यसो त मधेसका युवासमेत विदेशीने क्रमले नेपालको खाद्यान्न भण्डार कमजोर बनेको छ । यही कारण हो, हामी आयातमुखी बनेका छौं । विगत १० महिनामा १० अर्वको चामलमात्रै किनेछ मुलुकले । यसबाहेक अन्य खाद्यान्न देखि राष्ट्रिय र जनजीवनमा आवश्यक पर्ने हरेक चिज हामी विदेशबाट पैठारी गर...
२०७२ साल पुस ६ गते कृष्णप्रसाद अधिकारीको हत्याआरोपी छविलाल पौडेललाई पुर्पुक्षका लागि थुनामा राख्न आदेश दिएको थियो, आजसम्म पालना भएको छैन । यो त उदाहरणमात्र हो । अदालतका आदेशहरु सरकारले पालना नगरेका अनगिन्ति उदाहरणहरु छन् । अदालत आदेश र फैसला गर्दै जाने, सरकार त्यसको कार्यान्वयन नगर्ने भए पछि कानुनीराजको लोकतान्त्रिक सिद्धान्त कसरी पालना हुनसक्छ ? लोकतन्त्रको प्राण भनेकै विधिको शासन हो, विधिमाथि...
दुध बालबृद्ध, बिरामी, स्वस्थ सबैका लागि अमृत मानिन्छ । यसकारण सरकार आफैले दुग्ध विकास संस्थान चलाएको छ । यो संस्थानले कृषकबाट दुध संकलन गरेर देशव्यापी रुपमा वितरण व्यवस्था मिलाएको पनि छ । तर यो संस्थान सधैं भ्रष्टाचारको केन्द्र रहनु दु:खद हो । यसैवीच चितवनदेखि झापासम्मका दुध किसानहरुले सडकमा दुधको खोलो बगाइदिए । कारण सरकारले कृषकलाई ऋण दिने, गाई भैंसी पालनका लागि उत्साहित गर्ने, किसानले पनि गा...
प्रधानमन्त्री आज चीन भ्रमणमा जाँदैछन् । देशका प्रधानमन्त्री विदेश भ्रमणमा जानुपर्छ, नेपालको स्थिति बुझाउन, नेपालको अपेक्षा जाहेर गर्न र नेपालको वैदेशिक सम्बन्ध बिस्तार गर्न पनि प्रधानमन्त्रीको विदेश भ्रमण अति आवश्यक छ । त्यसमाथि पनि दुई ठूला देशका वीचमा रहेको तरुलजस्तो नेपाल, समदूरी र समभाव विकासका लागि समेत यस्ता भ्रमणको अर्थ व्यापक हुनु स्वभाविक पनि हो । यसकारण यो भ्रमणको महत्व छ ।
पहिले त...
जेठ ७ को नीति तथा कार्यक्रम र १५ गतेको बजेट, कम्युनिष्ट सरकारले साह्रै मीठो सपना देखाएको छ । विपनामा छिनछिनमा मरे पनि सपनामा रमाऔं । प्रधानमन्त्री केपी ओलीले सपना पूरा हुन्छ, पुरा गरिन्छ भनेर आश्वासन दिएका छन् । उनको कथन पूरा हुने हो भने नेपालको मुहार पाँचैवर्षमा फेरिने पक्का छ । यद्यपि समयले ल्याउने परिवर्तनको गति एउटा हुन्छ, सत्तधारीले समयको त्यही गतिमा गतिमान भएर परिवर्तनका खाकाहरु कोर्न सक्...
काइते नेता र घाइते जनताको मुलुक हो नेपाल । नेताहरुले निरन्तर भाषण गरिरहेका छन्, सपना देखाइरहेका छन् र सपना साकार हुन्छ भनेर नागरिक तिनैलाई पटक पटक चुनाव जिताइरहेका छन् । मतदान गर्नु जनताको काम, चुनाव जित्नु नेताको भाग्य । चुनाव जिताएको भाग्यको रसास्वादन जनताले कहिले पनि गर्न पाएनन् । जनता जहिले पनि नेताले देखाएको सपना पालेर घाइते जीवन घिसारिरहेका छन् । परिवर्तन नेताका लागि मनग्गे आयो, जनताका ला...
प्रधानमन्त्री केपी अ‍ोली एमाले र माओवादी केन्द्रलाई एकता गराएपछि यति हौसिएका छन् कि उनले अव सुशासन, जनअपेक्षा, प्रगतिलाई कसैले रोक्न सक्दैन, नेपालमा अव कसैले माँगेर खानु पर्नेछैन भनेका छन् । यो लक्ष्य कति वर्षको हो ? उनको यही ५ वर्षे कार्यकालमा नेपालीले माँगेर खानु पर्दैन कि ५० वर्ष लाग्छ ? यसबारे ओली बोलेनन् ।
र, ६० लाख युवायुवती बाँच्नका लागि रोजगारी खोज्दै विदेशीएका छन् । तिनलाई नेपाल...
भारतका भाजपाका सरकार प्रमुख नरेन्द्र मोदीले निकै मीठो कुरा गरे, नेपालसँग मिलेर अघि बढ्न तैयार रहेको जनाउ पनि दिए । नेपाली जनमानसमा मोदीका प्रति नाकावन्दी र सीमा अतिक्रमणका विषयलाई लिएर साह्रै तिक्तता देखे पनि मधेसको आँखा चिम्लेर गरेको स्वागत र मधेसको विकासमा एक अर्व ६० करोड दिने घोषणा गरेर राजधानी छिरेका मोदीले सोही दिन साँझको संयुक्त पत्रकार सम्मेलनमा पनि नेपाली मन जित्ने प्रयास गरे । यसरी नरे...
एक अर्थविदका अनुसार कुनै पनि आर्थिक सूचकांक सकारात्मक छैनन्, कुनै ठूलो आर्थिक प्रगतिको घटना पनि घटेको छैन तर नेपालीको प्रतिव्यक्ति आय बढेर १४ सय डलरको गफ हाँकिएको छ । योभन्दा चमत्कार अरु के होला ? वातानुकूलिन कोठमा बसेर हजार भनिदिए पनि भयो, १४ सय भनिदिए पनि भयो । यथार्थमा नेपालीको प्रतिव्यक्ति आय कति छ ? कति हुनसक्छ ? यथार्थ कुरो भन्न सरकारले नै जिब्रो चपाउँछ भने अरुले के भन्ने ? कम्तिमा सरकारल...
तीनहप्ता अघि प्रधानमन्त्री केपी ओली दिल्ली भ्रमण गरेर फर्केका हुन्, उनले अव नेपाल भारत सम्बन्ध सुमधुर भयो भनेकै हुन् । तीन हप्ताको वीचमा नेपाल भारतवीच के त्यस्तो गडबढी भयो, भारतका प्रधानमन्त्री नेपाल भ्रमणमा आउने कार्यक्रम बन्यो ? यसको अन्तर्य नेपालले भन्दा बढी भारतले बुझेको छ र यो भारतको रणनीतिक भ्रमण नै हो ।
हाम्रा प्रधानमन्त्री ओलीले दिल्ली भ्रमण गर्दा सीमाका समस्या उठाएनन् । ३६ हजार हेक्...
सिस्नोको घारीमा सुन्तला फल्दैन । जहाँ भ्रष्टाचारको जंगल छ, त्यहा सुशासन र समृद्धि भनेर कुर्लिनुको अर्थ छैन । सुशासन र समृद्धिको पहिलो सर्त नै दण्ड प्रणाली मजबुती हो । जहाँ दण्डहीनता छ, भ्रष्टाचारीले छुट पाइरहेका छन् र भ्रष्टाचार हरेक तह र तप्कामा व्याप्त छ, त्यहाँ सुशासन र समृद्धिको कामना गर्नु सोम शर्माले सपना देखेजस्तै हो ।
कुरो रेलमार्गको छ, जलयातायातको छ । भान्सा भान्सामा ग्यास पाइप जोड्...
सन २०१५ मे १५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा गए र २४ सम्झौता गरे । जतिसुकै सम्झोता गरुन्, त्यो भारत र चीनवीचको कुरा हो । त्यसमा हामीले आलोचना गर्ने ठाउँछैन ।
त्यस ती सम्झौतामध्ये नेपालको लिपुलेकबाट भारत र चीनले व्यापार अभिवृद्धि गर्ने सम्झौता गरेका छन् । नेपाली भूमिबाट भारत र चीनले व्यापार वृद्धि गर्न सक्छन् तर नेपालको त्यसमा सहमति र संलग्नता जरुरी छ । नेपाललाई वास्तै नगरी...
जतिसुकै पढे पनि, जस्तोसुकै पदमा पुगे पनि नैतिक चरित्र छैन भने त्यसले पढाइ र पदको दुरुपयोग गर्छ गर्छ । उसले समाजोपयोगी काम गर्न सक्दैन । उसको स्वार्थले समाजलाई भ्रष्ट बनाउन मद्दत गर्नेछ ।
यसकारण त बेलायतमा लिखित संविधानको अर्थ छैन किनभने उनीहरु संविधानलाई भन्दा नैतिकतालाई महत्व दिन्छन् । समाजमा नैतिकताको स्थान उच्च छ, कसैले औंला ठड्याउँछ कि भन्ने भयले गर्दा सबैलाई नैतिक बन्धनमा बस्न बाध्य पार...
राष्ट्रिय धर्म हुन्छ, धर्मको नास भनेको राष्ट्रको हड्डीहाड भाँचिदिनु हो । राष्ट्रिय धर्मको नास गरिदिएपछि राष्ट्रको शरीरमात्र रहन्छ, प्राण रहन्न । प्राण त अरु धर्म, अरुको स्वार्थन्धताले लिइसकेको हुन्छ, त्यसपछि त राष्ट्र, राष्ट्रिय एकता र अखण्डतामा अरुकै हैकम चल्नेगर्छ । यसकारण जनजनमा चेतना र एकता आवश्यक छ । जातजातिको धर्मबिनास र राष्ट्रिय धर्मको नास जुन गतिमा भइरहेको छ, त्यो खतरनाक छ...
स्वयम् प्रधानमन्त्री केपी ओलीले म पुरै नाफाको जिन्दगी बाँचिरहेको छु भनेका छन् । उनले पटक पटक यो कुरा दोहोर्‍याएका पनि छन् । यसकारण पनि सर्वशक्तिमान प्रधानमन्त्री केपी ओलीबाट देशले ठूलै अपेक्षा राखेको छ । भ्रष्टाचारबाट मुक्ति र अराकतालाई नियन्त्रण गरेर निर्माणको स्थिति बसाल्न सके भने प्रधानमन्त्री ओली अमर हुनसक्छन् । एउटा राम्रो नेता, राजनेताको रुपमा आफूलाई स्थापित गर्न सक्छन् ।
यस्ता नेत...
जनसंख्या बृद्धिदर घटाउन राष्ट्रले २० वर्षे योजना लागू गरेको छ, थोरै सन्तान सुखी सन्तानको नारा लगाइरहेको छ, इलाम नगरपालिकाले भने जति धेरै सन्तान जन्माउन सक्यो उति भत्ता दिने नीति र कार्यक्रम नै लागू गरेर राज्यलाई नै चुनौति दिएको छ । एक वच्चा जन्माउने सुत्केरीलाई एक हजार, दुई सन्तान जन्माउनेलाई दुई हजार, यसैगरी जति धेरै सन्तान जन्माउन सक्यो उति धेरै हजार दिने नीति ल्याएर इलामलाई बढी बच्चा जन्माउन...
नेपाल एकराष्ट्र हो, यहाँ एक राष्ट्रवाद छ । एक देशमा बहुराष्ट्र हुनसक्दैन । यतिबेला २ नम्बर प्रदेशका केही नेताहरु बहुराष्ट्रवादको नारा उछालिरहेका छन् । जुन आलोच्य छ, घृणायोग्य छ । नेपाल एक थियो, एक छ र एक रहिरहनेछ । जसले बहुराष्ट्रवादको नारा उछालिरहेका छन् र नेपालभित्र मधेस राष्ट्र पनि छ भनेर समस्या सिर्जना गर्न खोजिरहेका छन्, यथार्थमा यो समस्या होइन, नेपाल बिखण्डन गर्ने साजिस हो, यस्ता साजिसलाई...
वामपन्थीको हातमा सत्ता पुगेको छ, वामपन्थीले नै देशको बेहालतलाई सुधार्न र सम्पन्नता दिनसक्छ भन्ने जनविश्वासले वामपन्थीलाई यो अवसर प्राप्त भएको हो । अव वामपन्थी राजनीतिले स्वाधीनता, सम्पन्नताका साथ जनजिविका र बिधिको शासन बसाल्न सके भने त्यो वामपन्थीको ठूलो विजय हुनसक्नेछ । यसका लागि विधिको शासन जरुरी छ । भन्नलाई वामपन्थीहरु निरंकूश हुन्छन्, एकतन्त्रीय हुन्छन् भन्ने आरोप छ, त्यो आरोपको खण्डन व्यवह...
प्रधानमन्त्री केपी ओलीले सुशासन र सम्पन्नताको नारा उछालेका छन् । हुन पनि यही नारामा ओलीको सफलता र एमालेको बर्चस्वसमेत कायम रहने हो । पुरानै ढर्राले भ्रष्टाचारको दहमा पौडी खेलेमा जनताले दिएको जनादेशको अपमान हुनेछ र एमाले कहिल्यै उठ्न नसक्ने गरी पाहा पछारिएजसरी पछारिनेछ । यही बुझेर एमाले अध्यक्ष केपी ओलीले सुशासन र सम्पन्नताको नारा उरालेका हुन् । समाज र जनताको अपेक्षालाई बुझेका र समयअनुसार बोल्न ...
छोरो कृष्णप्रसादको हत्या भएपछि हत्यारालाई कारवाही गर भनेर बाबुआमाले अनसन बसेका हुन् । बाबु नन्दप्रसादको अनसनमै मृत्यु भयो र अहिलेसम्म सरकारी अस्पतालमा उनको शव राखिएको छ । आमा गंगामायालाई हत्यारामाथि कारवाही हुन्छ भनेर जसरीतसरी बचाउँदै आएको सरकारप्रति मोह भंग भएर ६ वर्षदेखि वीर अस्पतालमा राखिदै आएकी गंगामायाले फेरि आमरण अनसन सुरु गरेकी छिन् । स्वयम् सरकारले हत्यारामाथि कानुनी कारवाही गर्छु भनेर ...
बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीले मार्ने धम्की दिएकाले सुरक्षा व्यवस्था गरिपाउँ भनेर जिल्ला प्रशासनमा दिएको निवेदनले प्रत्येक नेपालीलाई मर्माहत त पारेकै छ, यो समाचारले सर्वोच्च अदालतको गरिमा र महिमामा समेत बज्रपात हुनपुगेको छ ।
यो समाचारले समग्र न्यायप्रसशान र राज्यव्यवस्थालाई समेत झकझक्याएको छ, आखिर नेपालको विधियुक्त लोकतान्त्रिक शासन प्रणाली कता गइरहेको छ ...
सीमा अतिक्रमण निरन्तर जारी छ । नेपालको भूमि दिनदिन खुम्चदै गएको छ । लोकतन्त्र जनता र राष्ट्रप्रति जवाफदेहीपूर्ण शासन व्यवस्था हो भने शासकहरुले किन मौनता साधिरहेका छन् ? विशाल नेपाल सुगौलीसन्धिपछि शनै शनै खुम्चिदै गएको र वर्तमान १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर (५६ हजार ८सय २७ स्क्वायर माइल) को नेपाल पनि निरन्तरको दक्षिणी अतिक्रमणबाट प्रताडित भइरहेको छ । कुनै पनि हालतमा यो सह्य विषय होइन, हुन...
वीरगञ्ज छपकैयाकै सीमा स्तम्भ ३९१ र ३९२ अन्तर्गतका सहायक स्तम्म निर्माण गर्ने क्रममा भारतीय पक्षले नेपालतिर सीमा स्तम्भ सारेर ५० बिघा नेपाली भूभाग मिचेको छ । यो विषयमा सशस्त्र प्रहरी बलदेखि स्थानीय प्रशासनसम्मले सिंहदरवारलाई रिपोर्ट गरिसकेको छ तर सिंहदरवारमा ढसमस्स बसेको कांग्रेस नेतृत्वको सरकारले चुँसम्म बोलेन । कांग्रेसका सहयोगी दलहरुले पनि मुख खोलेनन् । यी कस्ता प्रजातन्त्रवादी नेता र यिनले च...
बलात्कारी, ठग, भ्रष्टाचारी, कालोबजारिया, कमिशनखोर, तस्कर कोही पनि दण्डित हुनु नपर्ने हो भने जेल किन चाहियो ? यो प्रश्न यसकारण पनि उठेको छ कि ३ सय ७१ जनाबाट २ करोड ठग्ने म्यानपावर बिना धरौटी रिहा भएको छ । उता ललितपुरमा सामुहिक बलात्कारी रिहा भयो । कानुनी राजमा कानुन बलियो हुनुपर्छ, अदालत स्वच्छ हुनुपर्छ । डा.गोविन्द केसी कानुन बेच्नेहरुमाथि लगाम कस्न कम्मर कसेर आन्दोलित छन्, अदालत भने दोषको भागी...
शासन र प्रशासन, न्यायलयको सेवा सुलभ छैन । अत्यन्त भ्रष्टाचार र ढिलासुस्ती हुनेगरेका छन् । अव त स्थानीयदेखि प्रदेश र प्रतिनिधिसभाको चुनाव भइसक्यो, केही दिनभित्रै राष्ट्रियसभाको निर्वाचन पनि सम्पन्न हुनेछ र सत्ता हस्तान्तरण हुन्छ । जनादेश पाएको मोर्चा सत्तामा जानेछ र उसले आगामी ५ वर्षका लागि राष्ट्रको शिरोभारो सम्हाल्ने छ । हुन त यी तिनै पार्टी हुन्, जसले बिगत बाह्र वर्षदेखि आलोपालो शासन गर्दै...
यस्ता आमनागरिकले सेतो सिंहदरवार होइन, सिंहदरवारले दिने न्याय देख्नुपर्छ । न्याय दिन्छौं भनेर जनादेश माँगेकाले जनादेश पाएका छन्, यसता भोका नाङ्गा जनताले एकपल्ट वाममोर्चाको सरकार पनि हेरौं, तिनले पो न्याय दिन्छन् कि भनेर मतादेश दिएका हुन् ।
आफू नाङ्गै भएर, भोकै बसेर पनि कर तिरिरहेका छन्, सरकार जिन्दावाद भनिरहेका छन्, चुहिएको छानोबाट भिजेर, पुसे ठण्डीको ठिही खपेर नेपाली हुँ भनिरहेका छन् । तर ने...
निर्वाचनसँगै राजनीतिक विवादको अन्त्य भयो, जनताले जनादेश दिएका छन् र मिलेर शान्ति र समुन्नतिका लागि काम गर्न भनेका छन्, यो जनादेशको सम्मान गर्नु प्रत्येक राजनीतिक दलको कर्तव्य हो । चुनावमा गईसकेपछि र जनताले जनबल दिइसकेपछि त्यही बललाई सामर्थ बनाएर आ–आफूले कबुल गरेका घोषणापत्रलाई कार्यरुपमा परिणत गर्न लागि पर्नुपर्छ । राजनीति धेरै भयो, गुट र फुटका, भागबण्डाका झण्झट र झमेला पनि धेरै देखियो । ...
चुनाव सकियो, जित्नेले जिते, जनताले आफ्नो मातादेश दिए । त्यही मतादेशले आगामी सरकार चलाउने र चल्ने हो । तर चुनाव जित्नेहरुले भोजभत्तेर खाइरहेका छन्, बाजागाजासहितको खुशीयाली मनाउन विजयोत्सव गरिरहेका छन् । यसरी विजयोत्सवमा करोडौं खर्च भइरहेको छ । यसको लेखाजोखा छैन । उता मधेसमा पुसको सुरुकै दिनदेखि शीतलहर चलेको छ । शीतलहरले रोगव्याधि बढेको छ, मान्छे मर्न थालेका छन् । विजयोत्सव गर्ने पैसाले न्यानो...
जनादेश वाममोर्चाको पक्षमा गएपछि निश्चित भयो वाम सरकार बन्ने । वाम सरकार, देशमा के के छन् दरकार ? यी प्रश्न महत्वपूर्ण छन् र यसमा विषद छलफल प्रारम्भ भइसकेका छन् ।
प्रजातन्त्रको सम्वद्र्धन, अराजकता, दण्डहीनता, भ्रष्टाचारको अन्त्य र आर्थिक समृद्धि, वर्तमान कालखण्डका सबैभन्दा अहं सवाल हुन् । वाम सरकारका सामु राष्ट्रले अपेक्षा गरेका दरकार यिनै हुन् । स्थिर सरकार बन्नुले यी दरकारहरुको पूर्ति हुन्छ...
तीन थान मतपत्र पाइने र तीन थरि मतपत्रमा कसरी मतदान गर्ने भन्ने शिक्षा पर्याप्त रुपमा मतदाताले पाउन सकेका छैनन् । मतदान गर्ने तरिका पर्याप्त रुपमा दिन नसक्नाले मतगणना गर्दा मत बदर हुने खतरा बढी छ । यसो हुनु आफैमा राम्रो कुरा होइन । यद्यपि चुनावप्रति जनताको व्यापक उत्साह छ । उत्साहमा कमी छैन, मतदान शिक्षामा कमी छ । मतदान शिक्षा पत्रकारले, शिक्षकले, कर्मचारीले, गाउँ गाउँमा रहेका स्वास्थ्यकर्मी तथा...
स्थानीय पछि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा छौं हामी । दलहरुले घोषणापत्र ल्याए, भाषण गरे, हामीले सुन्यौं र त्यसैका आधारमा मतदान गर्‍यौं, गर्दैछौं । हाम्रो हैसियतबाहिरका आश्वासनहरुमा हामीले विश्वास गर्‍यौं, गर्दैछौं । नैतिकरुपमा चुकेका नेता र दलहरुको घोषणापत्रलाई पत्यायौं र पत्याउँदैछौं । यसकारण स्थानीय तहमा जनअपेक्षाअनुसार परिणाम आउन सकेन, प्रदेश र प्रतिनिधिसभामा पनि जनताले चाहेको प्...
चुनावमा पार्टीहरुले उद्यमी व्यापारीसँग चन्दा मागे, त्यसमाथि सशस्त्र विद्रोह गर्छु भन्नेले पनि चन्दा आतंक मच्चाएका छन् । यो खबर पाएको निर्वाचन आयोगले खुलेरै चेकबाट चन्दा दिन निर्देशनसमेत जारी गरेको सुनियो । अर्थात चुनावमा खुलेआम चन्दाको लेनदेन भइरहेको छ ।
चन्दा स्वइच्छाले दिने र लिने हुनुपर्ने हो । पार्टीहरुले चुनावमा व्यापारीलाई उमेदवार बनाउने, समानुपातिकमा राख्नेजस्ता धन्दामा ५० करोडसम्मको ...
१. चुडामणि शर्मा, जसमाथि कर छुटको गम्भीर आरोप लागको थियो । यसको छिनोफानो नभईकन उनलाई धरौटीसम्म नलिई तारेखमा छाडियो । यसबारेमा ठूलै जनबहस चलिरहेको छ । बिस्तारै राज्यले पाउनैपर्ने लाभकर नपाउने स्थितिमा पुगिसकेको जानकारहरु बताउँछन् ।
२. आयल निगमले तेल भण्डारणका लागि जग्गा खरिद गर्दा अरवौं घोटाला गरेको भनेर संसदको पाँच समितिले स्थलगत निरीक्षणबाट समेत आरोप लगायो र यो भ्रष्टाचारमा राज्यले समेत स्व...
महिलाले प्रत्यक्षतर्फको चुनाव जित्नै सक्देनन् भन्ने विश्वास राजनीतिक दलहरुमा यसरी बढेको छ कि यसपटकको पहिलो चरणको निर्वाचनमा ३३ प्रतिशत महिलाको कोटामध्ये जम्माजम्मी कांग्रेसले दुई र माओवादीले एक महिलालाई मात्र मैदानमा उतारेका छन् । र प्रदेशसभातर्फ कांग्रेसका तीन र एमाले तथा माओवादीका दुई दुई महिलाको मात्र नाम देखिन्छ । यसको अर्थ ३३ होइन, ५ प्रतिशत महिलामा मात्र पार्टीहरुले विश्वास गरेका छन...
मंसिर १० र २१ गतेको निर्वाचन निकट निकट हुँदैछ । संविधानसभाले संविधान बनायो र जारी गर्‍यो । तिनै सभासदले २ वर्ष मजाले संविधानको बिगौती खाएर बिताए । यो अवधि राजनीतिक अस्थिरताकै अवधि रह्यो, स्थिरता, शान्ति र समुन्नति भाषणमा मात्र सिमित भएको अवधि हो यो । अव यस्तो नहोस्, कहिल्यै नहोस् । यो चुनावमा जनताले जनताभन्ने, देशको चिन्ता गर्ने सांसदहरुलाइ जिताओस् । जनता र देश भन्नेले जितुन् र सबैले गरेको ...
जे गरे पनि भयो यो मुलुकमा । सत्ता बचाउन, सत्ता टिकाउन, ध्रुविकृत राजनीतिक शक्ति मिलाएर एकदोस्राप्रति कुनै प्रकारको जोखिम, खतरा अथवा संशय नराखीकन सत्तालाई सहज बनाउन ६४ सदस्यीय मन्त्रिमण्डल, यो देखेर दुनियाँ दङ् परेको छ । यतिठूलो मन्त्रिमण्डल दुनियाँमा कहाँ छ ? कुन पार्टीले बनाएको छ, यो त नेपाल नै उदाहरण बन्यो । लोकतन्त्र लोकतन्त्र भनेर भाषण ठोक्ने र लोकमाथि यति ठूलो मन्त्रिमण्डल बनाएर थोपर्ने, आ...
एकै विचार मिल्ने पार्टीहरु एकीकरण हुनु नराम्रो होइन । उनीहरुको मिलन, एक विचार र एक नीति देशका लागि हो, देश विकासका लागि हो भन्ने रुझान त सार्वजनिक भइरहेकै छ तर एमाले, माओवादी केन्द्र र नयाँशक्ति नेपालको एकीकरणलाई लोकतान्त्रिक शक्तिहरुले पचाउन सकेका छैनन् । तालमेलसम्मलाई सबैले स्वीकार गरेकै थिए अव एकीकरण नै गर्ने घोषणाले किन एकीकरण भन्ने सवाल उत्पन्न भएको छ ।
संघारमा छ प्रदेश र संसदको निर्वाच...
भूकम्पपीडितको तेश्रो दशैं, बाढी र पहिरोपीडितको पहिलो दशैं छाप्रा र अभावमा बित्नेवाला छ । प्रभावशाली, पहुँचवाला र सत्ता र शक्तिवालाहरुलाई दशैं रमाइलो पर्व भएको छ । जो पीडित छन्, दिनभरि घाममा, झरीपरे निथु्रक्क भिजेर र रातभरिको शीतमा भिजेर जीवन बाँचिरहेका छन्, तिनका लागि यो दशैं पनि दशा भएर आएको छ । सरकारले दिन्छु भनेको राहत दिएको छैन, पीडितले पाउनैपर्ने राहतमा राजनीति गरिरहेको छ । मानवीयता छिनछिन...
पूर्वसांसदलाई पेन्सन ?
जिउँदा जनता भूकम्प, बाढी, पहिरो, रोगव्याधिलागयतका अनेनक समस्याबाट प्रताडित भइरहेका छन् । तिनका लागि सेवा सुविधा, सुशासनका झल्काको अनुभव र सरकार छ भन्ने अनुभूति दिनेतर्फ संसद र सरकारको ध्यान पटक्कै छैन । यसरी सरकार जनताप्रति जिम्मेवार हुन नसकिरहेको स्थितिमा सरकारलाई जनताप्रति जिम्मेवार हुन प्रेरित र निर्देशित गर्नुपर्ने संसदमा पूव सांसदलाई पेन्सन दिनुपर्छ भन्ने विधेयक प...
काठमाडौं महानगरका मेयर विद्या सुन्दर शाक्यले फुइकी त हाँके तर सय दिनमा के के न गर्छु भन्ने उनको हुँकारले माखो पनि मार्न सकेन । उनले गरेको काम भनेको बृद्धभत्ता वितरणबाहेक केही पनि गर्न सकेनन् । तैपनि कार्यकालको सय दिन पुगेको अवसरमा लामो वक्तव्य निकालेर महानगरवासीको आँखामा छारो हाल्ने कामचाहिं गरेको देखियो । उनले राष्ट्रिय सभागृहमै पत्रकार सम्मेलन गरेर चुनावका बेलामा गरेका बाचा कबुलहरु पूरा गर्ने...
पत्रपत्रिका, रेडियो, सामाजिक सञ्जाल, टीभी जता हेरे पनि भ्रष्टाचारै भ्रष्टाचारका समाचार आइरहेका छन् तर सरकार बोल्दैन, संसदमा विशेष बहस पनि हुँदैन, अख्तियारजस्ता संवैधानिक निकायहरु पनि हर्कतमा आएका छैनन्, किन ? के सबैको मिलिभगतमा भ्रष्टाचार भइरहेको त होइन ?
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारण गर्न जग्गा खरिद गर्ने निर्णय गर्‍यो र खरिद पनि गर्‍यो । तर जग्गा खरिदमा यति ठूलो रकमको ...
देशको प्रधानमन्त्रीले विदेशमा जनशक्ति, जनविश्वास, जनबल र जनादेशको बलमा उभिनुपर्छ, बोल्नुपर्छ । सार्वभौम राष्ट्रका प्रधानमन्त्रीको सबैभन्दा ठूलो शक्ति भनेको त्यही हो । यही शक्तिबाट ओतप्रोत भएर प्रधानमन्त्रीले देशका एजेण्डाहरु बोकेर विदेश जाने हो र देशका लागि ती एजेण्डाहरुलाई सम्पूर्णमा सफल पारेर फर्कने हो ।
हाम्रा प्रधानमन्त्री शेरबहादुर देउवा दिल्ली गए । संसदमा उनले जानकारी गराएनन्, राजनीतिक...
भोलि भदौ ७ गते प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । भारत जानुअघि पूर्वप्रधानमन्त्रीहरुसँग भेटवार्ता गरेर सामुहिक शक्तिका साथ भारत जान चाहेको देखाउनका लागि भदौ ३ गते पूर्वप्रधानमन्त्रीहरुलाई निम्त्याएर छलफल गर्ने प्रयास गरे पनि प्रमुख प्रतिपक्षी एमालेका पूर्वप्रधानमन्त्रीहरु त्यो भेटवार्तामा सामेल भएनन् । देश विपदमा परेको छ, यो विपदलाई सामुहिक र न्यायसंगत तरिकाले टार्नुपर्न...
०६५ सालमा राजतन्त्रलाई किनारा लगाएर गणतन्त्र कार्यान्वयन गरियो । त्यतिबेलादेखि हिन्दु र राजावाद पूर्वराजालाई देख्यो भने अथवा कोठा कोठामा मात्र चर्को नारामा सुनिन्छ । अन्यथा चुपचाप बस्छ यो वाद । २ वर्षअघि राजावादीहरुले सशस्त्र युद्ध गर्ने फुइँकी पनि हाँके । अव सडक तात्ने भयो, अव संसद घेरिने भयो, अव हिन्दुवाद र राजावादले सिङ्गो नेपाल घन्किने भयो भन्नेआशा पलाएको थियो । राप्रपा छँदै थियो, कांग्रेसी...
पार्टी र नेताहरुको आकर्षक भाषण र तातो विषय भनेको अवको निकास आर्थिक विकास भएको छ । विकासका लागि प्रतिवद्धता, इच्छाशक्ति र लगनशीलता चाहिन्छ, रोजगार र उत्पादनमूलक उद्योगहरु खोलिनुपर्छ । आर्थिक अनुशासन कडाइका साथ पालना गर्नुपर्छ, अनियमितता गर्नेले कुनै हालतमा छुट पाउनु हुन्न । यस्ता कुरामा पटक्कै ध्यान छैन । छ भने कसरी राजस्व लुड्याउने, आर्थिक लाभ लिने भन्नेमा मात्र यिनको सोच केन्द्रीत रहेको छ । रा...
प्रधानमन्त्रीले सडकका खाल्डा पुर्न निर्देशन दिनुपर्ने शासन कस्तो शासन हो ? प्रत्यक क्षेत्र हेर्ने मन्त्रालय छन्, मन्त्रालय अन्तर्गत विभाग, निर्देशनालय, कार्यालयहरु छन् । तिनले के काम गर्छन्, तिनको जिम्मेवारी के हो, तिनले जिम्मेवारी किन पूरा गर्न सकेनन् ? यी यस्ता प्रश्न हुन्, जसको जवाफ खोज्न छाडेर प्रधानमन्त्रीले सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिए ।
असार, साउने झरी, सडक जलमग्न । बालबालिका...
कृषि विकास कार्यालय, पशुसेवा कार्यालय र महिला तथा बालबालिका कार्यालयले बजेट सक्नका लागि धादिङको धार्के पुगेका सरकारी अनुगमन टोलीलाई चितवनको होटल सिद्धार्थ पु¥याएर सुरापान गराएर, सुन्दरीको नाचमा भुलाएर रात्रिभोज गराइएको खबर सार्वजनिक भयो । यति हु“दा पनि महालेखा नियन्त्रक कार्यालय, प्रधानमन्त्री कार्यालय, अख्तियार, सतर्कता केन्द्र कसैले यो विषयलाई महत्व दिएको देखिएन । यतिसम्मको आर्थिक अ...
७१औं जन्मदिन मनाइरहेका पूर्वराजाले सबैले सुन्नेगरी देश जोगियोस् भनेका छन् । बिग्रह बिखण्डनतिर नलागी देश सुदृढ राष्ट्रिय एकतातर्फ अग्रसर रहोस् भन्ने आफ्नो मनोकांक्षा प्रकट गरेका छन् । र, पूर्वराजाले ‘यस्तो भावना आम नेपालीमा र खासगरी राष्ट्रका जिम्मेवार जनप्रतिनिधिहरुमा रहोस् यही नै मेरो आग्रह छ समेत भनेका छन् । पूर्वराजाको यो सदासयता प्रशंसनीय छ । तर प्रश्न उठ्छ, देश विग्रह र बिखण्डनतिर गइ...
दोश्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भयो । केही दिनमै सबै निर्वाचन परिणाम सार्वजनिक हुनेछन् र २ नम्बर प्रदेशको निर्वाचन अर्थात असोज २ तिर सबैको ध्यान आकर्षित हुनेछ । मधेसी दलहरु अहिले पनि संविधान संशोधनकै रट लगाइरहेका छन् । एमालेले औचित्यका आधारमा मात्र संशोधन हुनसक्ने आफ्नो अडान फेरेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा संशोधन हुन्छ भनेर मधेसी दलहरु, खास गरेर राजपालाई थुमथुम्याइरहेका छन...
अर्थ मन्त्रालयले कर फस्र्यौट आयोग बनाउने र राजनीतिक र उद्यमी व्यवसायीको पक्ष लिएर दबाब सिर्जना गर्दै आयोगका पदाधिकारीको मिलोमतोमा राज्यले पाउनुपर्ने कर, राजस्व कसरी ठगी हुन्छ भन्ने सवाल अव छताछुल्ल हुनपुगेको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ परेर अनुसन्धान सुरु भएपछि दिनै नपर्ने कर छुट दिएर भ्रष्टाचार हुने गरेको देखियो । डा.रामशरण महत अर्थमन्त्री भएका बेल...
राष्ट्रिय जनता पार्टी (मधेसी मोर्चा) ले संविधान संशोधन नभए, मधेसमा जनसंख्याको आधारमा स्थानीय तहको संख्या नबढाए चुनाव हुन्न, चुनाव हुन दिन्नौं भनेर घोषणा नै गरिदिए । दम्क्याउन र धम्क्याउन कति जानेका ? संविधान भनेको पुतला हो, यसलाई जुनबेला जसरी नचाए पनि हुन्छ भन्ने ठानेका छन् मधेसका राजनीतिक दलहरुले । यो त अतिवादको पनि हद भयो है ।
राजपाका संयोजक छन् महन्थ ठाकुर ।...
नेपाल प्रहरीका पूर्व आइजीपी त्रय । यिनलाई अदालतले नै सुडान प्रकरणमा दोषी मान्यो, भ्रष्टाचारी ठहर गरिदियो । २ वर्ष जेल सजाय पनि तोकिएको छ । अदालतले फैसला गरेको महिनादिन नाघिसक्दा पनि यिनलाई प्रहरीले पक्राउ गर्न सकेन । किन ? नसकेर होइन, नभेटेर पनि होइन, वर्तमान आइजीपीले नपक्रनु भनेकाले आदेशको पालना गर्ने मातहतले पक्राउ नगरेको हो । नेपालको कानुन दैव जानुन्, नेपालको कानुनको नौसि...
वैशाख ३१ मा भएको निर्वाचनको परिणाम आउन अझै हप्ता दिन लाग्ने सम्भाबना छ । यता वर्षे अधिवेशन सुरु भइसक्यो, संविधान संशोधन र सरकार परिवर्तनको मुद्दा पनि उठिसक्यो, दोश्रो चरणको निर्वाचनको प्रक्रियाको थालनी पनि भइसकेको छ, यतिबेलासम्म पहिलो चरणको स्थानीय तहको निर्वाचनको परिणाम आउने कहिले हो भन्न सकिने अवस्था छैन ।
एक त निर्वाचनको बेलामा सामान्य कर्मचार अदलबदलसमेत गर्...
स्मार्ट लाइसेन्समार्फत नागरिकका व्यक्तिगत विवरण विदेशी कम्पनीको हातमा पुग्नेगरी काम नगर्न सर्वोच्च अदालतले रोक लगाएको छ । अदालतले व्यक्तिगत विवरण नेपालभित्रै राख्न र विदेशी कम्पनीको हातमा जान नदिन परमादेश दिएको हो । यो आदेशले स्मार्ट लाइसेन्सको ठेक्का प्रभावित भएको छ ।
अहिले मालपोत र नापीका सर्भरहरु दिल्लीबाट नियन्त्रित भएका छन् । दिल्लीले सर्भर डाउन गर्ने र चल...
जेठ ४ गतेसम्म संसद अधिवेशन स्थगित गरेपछि सभामुख ओनसरी घर्तीले भनिन्– हामी सबै जिम्मेवार बनों । संविधानअनुसार कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले संविधानका सीमामा बस्नुपर्छ । संविधानका सीमामा बस्न र देखिएका समस्याको समाधान वार्ता तथा संवादका माध्यमबाट निकास निकाल्न संसद वैठक स्थगित गरिएको पनि बताइन् ।
सभामुखले प्राप्त उपलव्धि गुम्न सक्छ,, आसन्न निर्वाचनमा प्रतिकूल असर ...
संविधान बन्छ र सुख, समृद्धिको अध्याय सुरु हुनेछ भनेर अपेक्षा राखेका जनताको आशा ०६३ सालदेखि ०७३ साल समाप्त भएपछि पनि पूरा हुनसकेन । ०७४ साल लाग्यो, अव त स्थानीय चुनाव होला, राजनीतिक विवादमा पूर्णविराम लाग्ला र स्थिरता र विकासको युग सुरु होला भनेको त निर्वाचन हुन १२ दिन बाँकी हुँदासमेत देशभरि चुनावी माहोल बन्न सकेन । अहिले पनि ठूला चार राजनीतिक शक्तिहरु कांग्रेस, माओवादी, एमाले र रा...
संविधान यसैगरी घण्टाघरको रालो हल्लिएझैं कहिले यता, कहिले उता हल्लिरहेको संविधान । संविधानको यस्तो अस्थिर अवस्थाले गर्दा राष्ट्रको अवस्था पनि अस्थिर र अराजक नै छ । कानुन व्यवस्थाले शासन गर्न सकेको छैन, शासन र प्रशासनमा बाहुबलीपन बढेर गएको छ । सेवाग्राही सामान्य नागरिकहरुको दिनचर्या झन झन कठिन बन्दै गएको छ । लोकतन्त्रले उज्यालो दिन्छ, सुखशान्ति दिन्छ, प्रगति हुन्छ भन्ने जुन आमविश्वा...
१ सय २६ जातिको बसोबास भएको देशमा पहाडमा खस आर्यविरुद्ध उत्पीडित जनजातिलाई राहत दिन जातीय राज्य, तराईमा क्षेत्रीय उत्पीडनको अन्त्यका नाममा मधेस राज्य । अहिलेको सिमांकन, नामांकन, स्थानीय निकायको निर्वाचनको मुख्य विवादको जरो यही हो ।
सबैभन्दा ठूलो भूल भनेको आरक्षण हो । निश्चय नै केही जातिहरु पिछडिएका छन्, सिमान्तकृत छन्, तिनको उन्नति हुनुपर्छ, राज्यका सबै क्षेत्रह...
चुनाव अपरिहार्य छ । झण्डै २० वर्षदेखि स्थानीय निकायको चुनाव हुन नसक्दा राजनीतिक दलका प्रतिनिधि र प्रशासनका कर्मचारी मिलेर भ्रष्टाचार बढाइरहेका छन् । सामान्य कामका लागि समेत जनताले घूस ख्वाउन परिरहेको छ । त्यो पनि समयमा स्थानीय निकायले काम गरिदिने गरेको छैन । कतिपय स्थानीय निकायमा त सचिवको अनुपस्थितिले लामो समय सेवाग्राहीले सेवा लिनबाट बन्चित हुनुपरेको छ । यो अन्यायपूर्ण अवस्थाको अ...
आइजीपी नियुक्ती प्रकरणले ठूला दलको हैसियत, क्षमता, निष्पक्षता र देश हाँक्ने ल्याकतको समेत परीक्षण हुनपुगेको छ । चेन अफ कमाण्ड हुनै पर्ने सुरक्षा निकायमा राजनीतिक कमाण्ड स्थापित गर्न खोजेपछि कस्तो दु:खदायी र अपमानित हुनुपर्ने स्थितिको सिर्जना हुने रहेछ भन्ने कुरा सत्ताधारी माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरुले राम्ररी पाठ सिकेको हुनुपर्छ । बहुमतको सरकारले निर्णय त गर्न सक्ने...
देशका गृहमन्त्री विमलेन्द्र निधि दिल्ली पुगे, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेटे । उनले के कुरा गरे कुन्नी, काठमाडौंमा हल्ला चलाइयो, मोदीले कैलालीमा भारतीय सीमा सुरक्षा बलद्वारा मारिएका गोविन्द गौतमबारे क्षमा मागेनन्रे । र, चिन्ता गर्नुपर्दैन, हामी छानबिन गर्छौं भनेछन् मोदीले ।
नेपाली युवा गोविन्द मारिए, नेपालको गृहमन्त्रीले नै मोदीलाई भारतीय सुरक्ष...
अधिकांश गाविस र नगरपालिकाका सिमांकन जनतालाई मन परेको छैन, तिनै असन्तुष्ट जनताका साथमा लागेर राजनीतिक दलहरु पनि विरोधमा छन् । एकातिर संविधान संशोधन हुन नसकेकोमा मधेसी मोर्चाले विरोध गरेको छ, संघर्षका कार्यक्रम अघि सार्दैछ भने अर्कोतिर सिमांकन मधेसमा मात्र होइन, सहर, पहाड र हिमालमा समेत सर्वसम्मत, सर्वमान्य हुनसकेको छैन । निर्वाचन आमजनमानसको चाहना हो, देशको आवश्यका पनि हो । २० वर्षसम्म स्थानीय नि...
विश्व समुदायमा नेपालको उपस्थिति जनाएर नेपालका हितलाई लविङ गर्नुपर्नेजस्तो महत्वपूर्ण जिम्मेवारी बहन गर्ने राजदूतहरुको नियुक्ती भएको छ । १४ राजदूतको पछिल्लो नियुक्तीमा जसरी पार्टीका सिफारिसमा कार्यकर्तालगायतका कोरा रङ्रुटहरु देखियो, तिनको अनुहार हेर्दा नेपालको कूटनीतिक क्षमतामा झनै ह्रास आउने निश्चित भएको छ ।
राजदूतमा पार्टीगत भागबण्डा भयो । भागबण्डाको सूचीमा पर...
फागुन ६ गते, एकीकृत राप्रपाको अधिवेशनको उद्घाटन समारोह । एमाअ‍ेवादी अध्यक्ष तथा प्रधानमन्त्रीले किन किन राप्रपा मनपर्छ, निकट लाग्छ भन्ने प्रतिकृया दिएपछि राप्रपा अध्यक्ष कमल थापाले एकताको प्रतीकको रुपमा लोकतान्त्रिक राजतन्त्र र हिन्दुधर्म मानौं भनेर सार्वजनिक प्रस्ताव नै गरिदिए । एमाले र माओवादीको सरकार टिकेन, अहिले माओवादी र कांग्रेसको सरकार पनि ढलपल ढलपल गरिरहेको छ । यद्यपि ...
आइतवार आइजीपी अवकाशमा जाने दिन थियो, नयाा आइजीपी बनाउनै पर्ने बाध्यात्मक स्थितिमा रहेको सरकारले विहान आठैबजे प्रधानमन्त्री निवासबाट डिआइजी जयबहादुर चन्दलाई आइजीपी नियुक्त गरिदियो । सर्वोच्च अदालते त्यो निर्णयलाई अहिले कार्यान्वयन नगर्नु भनेर ५ घण्टाभित्रै रोक लगाएपछि राजनीतिमा ठूलै भूकम्प गएको सबैले अनुभव गरे ।
जयबहादुर चन्द पश्चिमी, उनका पक्षमा पश्चिमकै कांग्र...
चुनाव हुन्छ र चुनाव हुन्न भन्ने अड्कलबाजीले सहज रुपमा हुनुपर्ने चुनाव असहज बन्न पुगेको छ । २०७४ माघ ७ गतेभित्र चुनाव भइसक्नुपर्ने सीमा तोकेको छ संविधानले । तर, त्यही संविधानले चुनाव कहिले घोषणा हुनुपर्छ भन्ने कुरा किटान गरेन । चुनाव सरकारले घोषणा गर्ने अधिकार पाएकाले निर्वाचन आयोग तैयारीमा बस्ने हो, सरकारले भनेपछि चुनावको तिथिमिति तोक्ने र चुनाव गराउने हो । निर्वाचन आयोगले कुनै पन...
हुन त नेत्रविक्रम चन्द विप्लव प्रचण्डकै कमाण्डर भएर जनयुद्ध लडेका लडाका हुन् । तर उनी फुटेर वैद्य माओवादी बने र त्यसबाट पनि उनलाई सन्तोष नमिलेर र उनको बेगमा बैद्यको नेतृत्व चल्न नसकेर अलग भए । उनले नेकपा माओवादी पार्टी खोले, जसलाई आजकल विप्लव माओवादी भनिन्छ ।
गरे, विप्लवले युवा संगठन गरे । युवा दस्ता पनि बनाए । तिनलाई फौजी तालिम पनि दिए । यतिखेर विप्लव माओवादीक...
सग्लो नेपाल, सिङ्गो एकता र बलियो राष्ट्रियताका लागि राजनीतिक दलहरुको न मार्गचित्र छ, न प्रतिवद्धता नै । यसको मूलकारण सबैका लागि मान्य हुने राष्ट्रिय नीति नबन्नु नै हो । जब राष्ट्रिय नीति हुन्न, तव आआफ्ना तरिकाले व्याख्या गर्ने परिपार्टी बस्छ, अहिले त्यही भइरहेको छ ।
राष्ट्र संकटको भीरतिर उन्मुख छ । राजनीतिक परिस्थिति र घटनाक्रमले त्यस्तै दृश्य देखाइरहेको छ । रा...
नेपाल रेडक्रसको मिसन र भिजन के हो ? त्यसमा प्रतिवद्धताको सपथ खाएर नेतृत्वमा पुगेका नेपाल रेडक्रसका पदाधिकारीहरुले बदमासी गरेकाले तिनलाई छुट दिन मिल्छ कि मिल्दैन ? तिनले समाज सेवाका नाममा जुन अपराधिक कार्य गरेका छन्, ती पदाधिकारीहरुलाई कारवाही गर्ने निकाय, सरकार वा कानुन छ भे तत्काल कडा कारवाही गर्न जरुरी देखिएको छ ।
रेडक्रसका पदाधिकारीले भूकम्प पीडितका नाममा, पीडितलाई राहत र आवश ...
संविधान संशोधनको सकस झन बढेर गएको छ । पहिले आफ” आफ” मिलेर सात प्रदेश भनेर छुट्याउने, अहिले कसैको निर्देशनमा सिमांकन हेरफेर गर्न खोज्दा जनता सडकमा निस्किए । ठूला तीन दलवीच मतभेद मनभेदमा परिणत हुनपुग्यो । संविधान संशोधनको प्रस्ताव ठूला तीनदलको झगडाको बीउ बनेको छ । यो प्रस्ताव पारित भए संविधान कार्यान्वयन हुने, मधेसी दलहरु निर्वाचनमा जान तैयार हुने, संक्रमणको अन्त्य र आगामी वर्षक...
संघीयताको ऐठनले संविधान कार्यान्वयन हुननसक्दा ऐठन बढ्दो छ । संसद चल्न सकेको छैन, मुठभेडको स्थिति छ । राजनीतिक दलहरुको अस्तव्यस्तताले गर्दा भ्रष्टाचार र कूशासन बढेर गएको छ । यी कस्ता राजनीतिक पार्टी हुन् जो राष्ट्रको बागडोर सम्हालेर पनि एउटा व्यवस्था र व्यवस्थित शासन सञ्चालन गर्न सकिरहेका छैनन् ?
बाधा अड्चन केही पनि छैन । तत्कालीन राजा कहिले कहिले वक्तव्य प्रकाशित गरेर राष्ट्रप्रति चिन्ता प्रकट...
अदालतमा कानुनी कारवाही चलिरहदा फौजी कारवाही हुनु भनेको आपत्तिजनक छ । स्वच्छ न्याय दिने थलोमा फौजी कारवाहीको प्रवेश बर्जित छ, बन्देज हुनुपर्छ । जहाँ पनि फौजी कारवाही हुने, विद्रोहीको पहुँच रहने हो भने कानुन निसासिन्छ, कानुनी राजको हत्या हुन्छ । निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्कीमाथि जसरी अदालतभित्रै नेकपा माओवादी (विप्लव)का कार्यकर्ताले कालोमोसो दल्ने, नेकपा माओवादी जिन्दावाद, भ्रष्टाचा...
अव सार्वजनिक यातायातको सिण्डिकेट हटाउन समेत सर्वोच्चले आदेश दिनुपर्ने स्थिति आएको छ । सर्वोच्च अदालतले यातायात सिण्डिकेट खारेज गर्न सरकारलाई बाध्यकारी आदेश दिएको छ । सरकारले आफ्नो दैनिकी अनुसार नै लोकतान्त्रिकरण र स्वस्थ प्रतिस्पर्धात्मक व्यवस्था लागू गर्दै जानुपर्नेमा राजनीतिक दलहरुको संरक्षणमा विभिन्न क्षेत्रमा यातायात सिण्डिकेटको मनपरीतन्त्र चलाइरहदा सर्वोच्च अदालतले यस्तो...
जनता देश अखण्ड हुनुपर्छ, खण्ड खण्ड पारिनु हुन्न भनेर जति चिच्याए पनि नेताहरु किन सुनिरहेका छैनन्? जनआवाज नसुन्ने अनि आफूलाई लोकतान्त्रिक भन्ने नेताहरु जनताका, देशका दुश्मनका रुपमा उभिन पुगेका छन्। हिमाल, पहाड र तराई कोही छैन पराई भन्ने अनि पहाड र तराईलाई संघीयताा नाममा अलग गरिदिने जुन दुश्कर्म भइरहेको छ, संविधान संशोधनका नाममा जुन खेलबाड गरिन थालिएको छ, त्यो यथार्थमा अराष्ट्रिय तत्वले गर्ने कर्...
लथालिङ्ग देशको भताभुङ्ग चाला, जसजसले सक्ला उसउसले खाला। पञ्चायतकालमा निकै चलेको राजनीतिक थेगो हो यो। पञ्चायत गयो, बहुदलीय व्यवस्थासमेत गयो र त्यसको ठाउँ लोकतन्त्रले लियो तर त्यो थेगो अहिले त झन व्यवहारिकतामै उत्रिएको छ। भन्नलाई प्रतिस्पर्धात्मक लोकतान्त्रिक पद्धति भनिएको छ, यथार्थमा यो पद्धति राजनीतिक ठूला दल र नेताहरुका लागि भागबण्डातन्त्र र तिनका पहुँचवाला कार्यकर्ताहरुका लागि जसजसले सक्ला उस...
केही वर्ष अघि नै सरकारले २० वर्ष पुराना सवारी साधन चल्न नदिने निर्णय लिएको हो। निर्णय भयो, थन्कियो, कार्यान्वयन हुनसकेन। फलतः प्रशस्त दुर्घटनाहरु भए, हजारौंको अकालमा मृत्यु भयो। किनकि अधिकांश दुर्घटनाहरु थोत्रा सवारी साधनको भएको छ। अव आएर सरकारले त्यही पुरानो निर्णय कार्यान्वयन गर्ने तदारुकता देखाएको छ। २० वर्ष पुराना सवारी साधन चल्न नदिने, त्यस्ता सवारी साधनको रोडपरमिट, ब्लूबुक नविकरण नगर्ने, ...
२०६५ सालदेखि चालु आवको ४ महिनाभित्र सरकारमा बस्नेले ४ अर्वको ब्रम्हलूट मच्चाएछन्। अनियमित र मनपरी तरिकाले यसरी राज्यकोषको ब्रम्हलूट गर्नु भ्रष्टाचार हो कि होइन? लोकतान्त्रिक परिवर्तनपछि बनेका प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला, केपी ओली र अहिलेका प्रचण्ड सरकारले पनि आर्थिक सहायताका नाममा ४ अर्व बाँडेछन्। यसरी राज्यकोष बाँड्ने अधिकार कुनै पनि सरक...
मधेसी मोर्चालाई मात्र होइन, ठूला तीनदलभित्र पनि अंगीकृत नागरिकलाई संवैधानिक पद दिनुहुन्न भन्ने विषयमा नेतृत्वतहले बोलेकै छैनन्। माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीको धारणा के हो? तिनका सहयोगी, अरु नेताले बोलेका छन्, तर मुखले पानी पिउनु पर्नेमा नाकले पिएर के गर्नु? किनभने यी तिनै ठूला दलहरुमा टाउकेले जे भन्यो त्...
लुगा फेरेझैं फेर्दा पनि सरकार देखिदैन। सरकार सेवाग्राहीले पाउनैपर्ने सेवामा देखिनुपर्ने हो, समाजको कानुनव्यवस्था र जनताको जीवनमा सरकार झल्किनु पर्ने हो। सरकार कतै पनि देखिदैन। सरकार सिंहदरवारको घेराबन्दीबाट बाहिर निस्कनै सक्दैन। सरकारको काम सिंहदरवारको पाले हुनु होइन। सरकार त राष्ट्रिय जीवनमा, राष्ट्रियतामा र स्वाधीनताको रक्षामा देखिनुपर्ने हो। सरकार त विदेशीको चलखेल, विदेशीको चाकरी र विदेशीका ...
अन्तर्राष्ट्रिय बिराट हिन्दू सम्मेलन सम्पन्न भएको छ। त्यही समयमा अन्तर्राष्ट्रिय आर्य सम्मेलन आयोजना गरेर हिन्दूहरुलाई कमजोर पार्ने प्रयत्न गरियो। विश्व हिन्दू संघले यसरी कार्यक्रम जुध्छ भनेपछि ३ दिन तलमाथि गर्न सक्थ्यो। एकातिर पूर्वराजाले उद्घाटन गरे, संवोधन गरे र विषेधको राजनीतिले विद्रोह जन्माउने खतराको संकेत गरिदिए। अर्कोतिर राष्ट्रपति विद्या मण्डारीलाई उतारेर सरकारले बैदिक सभ्यताबाट प्रेरण...
सरकारको प्राथमिकता भनेको संविधान संशोधन हो। मधेसी र जनजातिहरुका मागहरु पूरा गर्छु, दशैंअघि नै संविधान संशोधनको प्रक्रिया सुरु हुन्छ भनेका प्रधानमन्त्री पुष्पकमल दाहाल एमालेको बिमतिका कारण रनभुल्लमै छन्। प्रश्न के पनि उठेको छ भने संविधान संशोधन नेपालका लागि आवश्यक हो कि भारतलाई रिझाउनका लागि? मधेसी मोर्चाले एक वा दुई प्रदेश हुनैपर्ने भनेको छ। यसबाहेक अंगीकृत नागरिकमाथि लागेको अंकूश हटाउनु प...
प्रचण्डसँग भारतले सुरक्षा परिषदको सुरक्षित भोट लियो, अन्तर्राष्ट्रिय मुद्दाहरुमा समान विचारको अनुशरण गर्ने वचन पनि लियो। नेपालले के पायो? पटक पटक प्रचण्डले आग्रह गर्दासमेत मोदीले नेपालको संविधानको स्वागत गर्न मानेनन्। यसकारण प्रश्न उठेको छ– प्रचण्ड भारत जानुको हतार किन?
भ्रमणबारे २५ बुँदे संयुक्त विज्ञप्ति प्रकाशित भयो। सबै बुँदाको पेटेबोलीमा भारतीय कालोमन, कालो उद्देश्य, कालो साजि...
हुन त ०६३ सालको परिवर्तनपछि ९ सरकार बने, नवैं सरकारहरुले आफूलाई श्री ३ जंगबहादुर नै सम्झे। जनताको आशा र अपेक्षा, विकास र निर्माण सबै मैले गरे हुन्छ भन्ने झल्को दिए। दम्भ र अहंकार देखाए तर तिनीहरु कसैले कुनै लछारपाटो लगाउन सकेनन्। केपी ओलीको सरकार सबैभन्दा क्रान्तिकारी हावादारी सरकार सावित भयो। २०५२ सालमा महाकाली सन्धि पारित गर्दा एमालेका महासचिव थिए माधव नेपाल र उनले भनेका थिए– महाकाली सन...
स्वदेशमा ठढ्याइएका सालिक ढाल्नेहरु विदेशमा मालिक खोजिरहेका छन्। संविधान संशोधन गर्न, मधेसी मोर्चालाई सहमतिमा ल्याइदिन, विकास निर्माणदेखि इज्जत बचाइदिनसमेत नेताहरु विदेशी मालिककोमा जीहजूरी गरिरहेका छन्। हिजोका शासकहरुले त्यही गरे, आज पुष्पकमल दाहाल प्रधानमन्त्री छन्, उनी प्रधानमन्त्री भएको महिना दिनमै, देशको शासन प्रशासन बुझिनसक्दै दिल्ली दौडिन लागेका छन्। देशमा सालिक ढालेर विदेशमा मालिक खोज्ने?...
प्रधानमन्त्री पुष्पकमल दाहाल मोदीलाई लेखेको गोप्य पत्र र नेपाली कांग्रेस तराई जोड्ने फास्ट ट्य्राक भारतलाई दिनुपर्छ भन्ने अडानमा फस्न पुगेका छन्। एमालेले यही दुई मुद्दालाई अराष्ट्रिय, राष्ट्रघातका रुपमा झ्याइँझ्याइँ पारेर जनताका नजरमा यी पहिलो र तेश्रो पार्टीलाई कमजोर पार्दै लगेको छ। माओवादी नेतृत्वको सरकारमा सहभागी हुनपुगेको कांग्रेस ९ महिनापछि सरकारमा त जाला, तर अहिले नै भारत परस्त भएको छ। के...
पहिलेका कमजोरी दोहोरिने छैनन्, सम्बन्धलाई बढी महत्व दिनेछु, भारतले भनेअनुसारले संविधानको संशोधन हुनेछ, नेपालको विकासमा सहयोग गर्नुस्। यिनै हुन् हाम्रा प्रधानमन्त्रीले विशेषदूतमार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखेको पत्रको सारांस। यिनै चार कुराका बारेमा भारतदेखि नेपालका पत्रपत्रिकाहरुमा समेत टिप्पणी छापेका छन् र प्रचण्डजस्ता नेताले भारतका सामु यसरी परालखुट्टे भएर लम्पसार पर्नु सुहाएन...
प्रधानमन्त्रीका कानुनी सल्लाहकारका रुपमा महान्यायाधिबक्तामा नियुक्ती पाएका अधिवक्ता रमण श्रेष्ठले सबैले सुन्नेगरी भनेका छन्– जनयुद्धकालीन पीडितलाई संक्रमणकालीन न्याय दिने भनेको क्षतिपूर्ति र राहतको व्यवस्था हो। पीडितलाई त्यही व्यवस्था गर्न अदालतमा विचारधीन रहेका सबै मुद्दाहरु सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पठाउनुपर्छ। प्रचण्ड सरकारले जनयुद्धकालीन फौजदारी मुद्दाहरुलाई मेलमिलाप आयोगबाटै टुं...
संविधान कार्यान्वयन गर्न सकेन, छिमेकीसँग सम्बन्ध बिगारेको आरोपसहितको अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री ओलीलाई राजीनामा गर्न बाध्य पारियो। अविश्वासको प्रस्तावको कारण जे देखाए पनि ती कारणहरुको संपुष्टि र निदान गर्ने दायित्व अवको नेतृत्वकर्ता प्रचण्डले गर्नैपर्छ। ओलीको राजीनामा आएपछि भारतीय अखवारहरुले जुन खुशी जाहेर गरे, त्यसबाट यो सत्ता परिवर्तन अस्वभाविक लाग्छ। पूर्व नेपालका लागि भारतीय र...
आर्थिक मार्गचित्र बनाउन विदेशी विज्ञ बोलाइयो 'फ्रस्ट एण्ड सुल्लिभान' आर्थिक विकासको मोडल तयार पार्ने नामी कम्पनी मानिन्छ। यसका ग्लोवल अध्यक्ष अरुप जुत्सी र एसिया निर्देशक मनोज मेनन नेपाल आउन लागेका छन्। यिनले अर्थशास्त्री, पूर्वअर्थमन्त्री, नेपाली बिगहाउसका प्रमुख, बहुराष्ट्रिय कम्पनीका कार्यकारी अधिकृतहरुसँग छलफल गर्ने कार्यक्रमको रहेको छ। त्यसपछि सुल्लिभान समूहले नेपालको आर्थिक र...
गोरखा एक्सप्रेस यो अङ्कदेखि ३५ वर्ष लागेको छ। माटोवादीहरुको पत्रिकाका रुपमा गोरखा एक्सप्रेसले आजसम्म आफ्नो धर्म निभाएको छ र जति दिन यो पत्रिका बाँच्ला, प्रकाशन होला, आफ्नो माटोप्रतिको धर्म निर्वाह गरिरहनेछ। सरकार र जनतावीचको माध्यमको रुपमा, देशको सजग प्रहरी बनेर गोरखा एक्सप्रेसले बिना पूर्वाग्रह आफ्नो कर्तव्यको पालना गरिरहेको छ। गरिरहनेछ। यसरी कर्तव्य पालनाका क्रममा अनेक दुःख, कष्ट, अप्ठे...
असार २५ गते एयरपोर्टको मूलगेटबाट भैंसी पस्यो। हवाईजहाज लेण्ड गर्ने र उड्ने एयरपोर्टमा भैंसी पसेको घटना, भैंसीले उधुम मच्चाएको घटना एयरपोर्ट प्रशासन, एयरपोर्ट सुरक्षा र विकासकर्मीहरुका लागि चानचुने विषय होइन। तर यो घटनालाई सामसुम पारियो। विकिनी किलर हुन् चार्ल्स सोभराज। नेपालको जेलमा लामो सजाय भोगिरहेका छन् र नेपाली युवतीसँग जेलमै विहे गरेर उनले अर्को चर्चा पनि बटुलेका हुन्। नेपालमा कडाइ कम, चर्...
भूकम्पपीडित जनता, संविधानको कार्यान्वयन र राष्ट्रिय विकासका लागि अपरिहार्य राजनीतिक सहमतिबाट खोज्नुपर्ने निकासका लागि संसदले जिम्मेवारी लिएको खै? संसद देशको सार्वभौम शक्तिपुञ्ज, यो शक्तिपुञ्ज नेताहरुको सत्तास्वार्थपुञ्जका रुपमा साँघुरिदा संसदको गरिमा घटेको छ, महिमा मण्डन हुनपुगेको छ र संसदले राष्ट्रिय दायित्व निर्वाहमा आफूलाई असफल संस्थाको रुपमा सिमित पारेको छ।
आफूले आफैलाई चलाउने संसदीय कार्य...
जनताप्रति जिम्मेवारी निर्वाह गर्ने दायित्व सरकारको हो। जनता त्रिपाल मुनी छन्, भोकै छन्, छटपटीमा छन्। तिनको बास र उद्धार पहिलो कर्तव्य हुनुपर्छ सरकारको। भूकम्प गएको १३ महिनापछि पनि जनताले च्यातिएको त्रिपालबाट छानोमुनी बस्न पाएका छैनन्। असारे झरी, चैते हुरी थोत्रो त्रिपालमुनी बिताएर फेरि अर्को असारे भेलमा हेलिन आइपुगेका छन् जनता। ती जनतालाई कसरी सुरक्षित र सामान्य जीवनमा फर्काउने भन्ने एजेण्डा सं...
नेपोलियन बोनापार्टको प्रशिद्ध भनाई छ– मलाई असल आमा देउ, म तिमीलाई असल राष्ट्र दिनेछु। नेपालका सन्दर्भमा राजनीतिक परिवर्तन र राज्यसत्ताका नायकहरु असल आमा बन्न सकेनन्, तिनले असल राष्ट्र दिन पनि सकेनन्। खराव चरित्र बोकेकाहरुले असल नतिजा दिन्छन् भनेर आशा गर्नु सोझा र विश्वासिला जनताका लागि धोका हुनपुगेको छ। जनताले नराम्रो ठक्कर खानु परेको छ। पहिले पञ्चायत थियो, निरंकूश भनियो। राजतन्त्र थियो,...
नेपाल अन्तर्राष्ट्रिय आतंककारीको क्रिडास्थल बन्नसक्ने विषयमा अमेरिकाले नेपाललाई खबरदारी गरेको छ। यो खबरदारीलाई नेपालले हल्का रुपमा लिनु गल्ती हुनेछ। अमेरिकाले गतवर्षहरुका तुलनामा आतंककारी गतिविधि बढेको र क्रिडास्थल हुनसक्ने वातावरण बन्दै गएकोमा चिन्ता व्यक्त गरेको हो। अमेरिकी रिपोर्टमा भनिएको छ– 'भारतसँगको खुल्ला सिमाना र विमानस्थलमा रहेको कमजोर सुरक्षाका कारण अन्तर्रार्िष्ट्रय आतंकवा...
बालबालिका खोजतलास समन्वय केन्द्रमा दैनिक ३ बालबालिका हराएको उजूरी आउने रहेछ। प्रहरीका अनुसार ४७ प्रतिशत फेला पार्ने गरिएको छ। त्यसो भए ५३ प्रतिशत बालबालिका हराउँछन्, फेला पर्दैनन्। फेला पर्दैनन् भने तिनलाई कसले, कहाँ, कुन उद्देश्यले लैजान्छ? राज्यका सामु यो गम्भीर प्रश्न हो। यसबारेमा राज्य संवेदनशील भएको पाइन्न। भूकम्पपछि धेरै बालबालिका बेसहारा भए, घरबार छाडेर हिड्नेहरु पनि देखिए, खान लाउन दिन्...
मधेसी मोर्चालाई गलाएर प्रधानमन्त्री ठूलो नेता बन्दैनन्। ठूलो नेता हुन देशका राजनीतिक धारहरुलाई मूलधारमा समाहित पार्नुपर्छ, जनताका आवाजहरु सुनेर संवोधन गर्ने खुबी राख्नुपर्छ। अहिले प्रधानमन्त्री केपी ओली पटक पटक वार्ता आह्वान गरेर मधेसी मोर्चासहितको संघीय गठबन्धनलाई नचाइरहेका छन्। गठबन्धनले भनेको छ शीर्ष तीन दल शेरबहादुर देउवा, ओली र प्रचण्डसँगै बसेर वार्ता हुनुपर्छ र वार्ता सकारात्मक हुनपर्छ भन...
सुरक्षा परिषदबाट तैयार पारिएको राष्ट्रिय सुरक्षानीति मन्त्रिपषिदले वैशाख ३० अनुमोदन गरेर लागू गरेको छ। राष्ट्रिय सुरक्षानीति हुनु सकारात्मक कुरा हो। तर, राष्ट्रिय सुरक्षानीतिप्रति सबै राजनीतिक दलको सहमति र स्वीकार भएमा त्यसविपरित कसैले पनि बोल्ने वा गर्ने नैतिक बन्धन हुने थियो र राष्ट्रिय सुरक्षानीति राष्ट्रिय राजनीतिक राजमार्गजस्तो दस्तावेज बन्नेथियो। पञ्चायतअघिको स्थितिमा पृथ्वीनारायण शाहको द...
भूकम्पले ६ खर्बको क्षति भएको भनियो, ५ महिने मधेस आन्दोलन र भारतीय नाकावन्दीले २३ खर्ब क्षति भएछ। यसबाट के थाहा हुन्छ भने नेपालको अर्थतन्त्र तहसनहस भइसकेको छ। यो दुरावस्थाबाट राष्ट्रलाई उठाउने र राष्ट्रिय सवलता प्राप्त गर्ने हो भने सत्ताको होडबाजी छाडेर सबै राजनीतिक दलहरुले केही वर्ष निश्चित कार्यक्रम तय गरेर त्यसलाई नतिजामुखी बनाउने अठोट गर्नुपर्छ। जारी भएको संविधानलाई कार्यान्वयन गर्दै राष्ट्र...
२०७१ साल मंसिरको सार्क सम्मेलन र २०७२ साल वैशाख १२ को भूकम्प, दुबै महासम्मेलन र महाविपत हुन् र दुबै घटनामा महाभ्रष्टाचार भएको छ। महासम्मेलनबारे महालेखाको प्रतिवेदन, अर्थमन्त्रालयका फाइल र महाविपतमा जसले जहाँ जे भेट्यो, त्यही चट पारे। मानौं, लखनौं लूट नै मच्चियो। दुबै घटनामा प्रधानमन्त्री, मन्त्री, सचिव, सुरक्षा निकाय, एनजिओ, आइएनजिओ, सामाजिक संघसंस्था, पहुँच भएका व्यक्ति र राजनीतिक कार्यकर्ताहर...
माकुराको जालोमा किरा मर्छन, तस्करतन्त्रको जालोमा जनता मर्छन् र देशको अर्थतन्त्र र देश मर्छ। नेपालमा ठूला पार्टीहरुको जालो छ, ठूला पार्टीहरुसँग मिलेर तस्करतन्त्रको झन कडा जालो फैलिएको छ। कमिशनखोर र भ्रष्टाचारीहरुको जालो त फालिसाध्य छैन। लोकतन्त्रमा यसरी जालैजालोमा फसेको मुलुकको शान्ति, स्थिरता, विकास र सुशासन स्यालको सिङ हराएजस्तो अवस्थामा छ। जता हेर्‍यो, उतै कालो छ, कालो जालो छ, उज्यालो कतै...
प्रधानमन्त्री केपी ओली जनताको विपतमा राहत दिनतिर होइन, काम ढिलो भइरहेको स्वीकार गर्दै पार्टीभित्र गुट र उपगुट छैन भनेर प्रष्टिकरण दिइरहेका छन्। एमालेभित्र गुट छ छैन, यसको मतलव राख्ने बेला यो होइन। वर्षात निकट आइसक्यो, भूकम्पपीडितहरु च्यातिएको पालबाट कसरी स्थायी घर निर्माण गर्ने भन्ने चिन्तामा छन्। एमालेको वैठकले जनताको पीडालाई कम गर्ने कुनै सोच अगाडि ल्याउन सकेन। ओली सरकार उही हँसी मजाक, भोजभत्...
सरकारले जलविद्युत आयोजना निर्माण गर्न कम्मर कस्ने हो भने जनता लगानी गर्न तैयार छन्। कुनै पनि जलविद्युत आयोजनाको शेयर खुला हुनासाथ जनता शेयर किन्छन् र आयोजनाका शेयर १० दोब्बरसम्म बिक्री हुँदा वितरण गर्ने अनेक विधि अपनाउनुपर्ने बाध्यता छ। यसको अर्थ जनता खाइनखाई, पेट काटेर भए पनि लगानी गर्न तैयार छन्। तर सरकार आफै जलविद्युत आयोजना निर्माण गर्न छाडेर झोलामा खोला हालेर कालोबजारमा बिक्री गर्ने, होल्ड...
काठमाडौंमा बुद्ध नेपालमा जन्मेका हुन् भनेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जर्मन पुगेर बुद्ध भारतका हुन् भनेर नेपालीहरुलाई जसरी दुःखद आश्चर्यमा पारेका थिए, त्यसैगरी चैत १७ गते बेल्जियममा भएको युरोपियन–भारत समिटपछि जारी वक्तव्यमा नेपालको संविधान अपूर्ण भनेर उल्लेख गर्दा अन्तर्राष्ट्रिय स्तरमै नेपालमाथि खुला हस्तक्षेप गरेको छ। यसबाट के थाहा हुन्छ भने नेपालको संविधानको खुलेर प्रश...
यो नेपाल–भारतवीचमा रहेका सीमा स्तम्भको हालत हो। यो स्तम्भ देख्दा लाग्छ– यो नेपालको सीमास्तम्भमात्र होइन, नेपाल सरकारको दयनीय अनुहारको तस्वीर पनि हो। राष्ट्रको सीमा स्तम्भको रक्षा यही हो? भाषणमा स्वाधीनताका कुरा गर्ने नेताहरु, देशभक्त हुँ भन्ने नेताहरुको गफ र यो सीमा स्तम्भको चित्रले नेताहरु देशको सुरक्षा र सीमारक्षाप्रति कति गम्भीर छन् भन्ने स्पष्ट हुन्छ।
पूर्वाञ्चलका सीमास्तम्भह...
नेपाल–चीन सम्बन्ध संकटमुक्त छ। चीनले सदैव नेपालको सार्वभौमिकताप्रति सम्मानभाव प्रकट गरिरहेकाले पनि चीनप्रति नेपालको सद्भाव निकै गहिरो र गाडा छ भन्न सकिन्छ। नेपाल–भारत सम्बन्ध घामछायाँ, मीठास र तिक्कतापूर्ण हुने गरेको सन्दर्भमा चीनसँग त्यसो नहुनुले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ गतेदेखि थालेको चीन भ्रमणप्रति नेपालभित्र उत्कण्ठा र विदेशीहरुले महत्व दिएका छन्। तीनतिर भा...
'कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन हुँदैन।' प्रधानमन्त्री केपी ओलीले गरेको ट्वीट यही हो। एमालेकै माधवकुमार नेपालदेखि एमाओवादी अध्यक्ष प्रचण्डसम्मले राष्ट्रिय सरकार गठन गरेर संविधान कार्यान्वयन गर्नुपर्छ भन्ने आवाज उठिरहेका बेलामा प्रधानमन्त्री केपी ओलीले भाषण गर्दा कांग्रेस अधिवेशनपछि यही सरकारमा कांग्रेस पनि सहभागी हुन्छ, संविधान एमालेको अडानका कारण जारी भएको र सरकार परिवर्तन होइन, ...
पश्चिमी अफ्रिकाबाट फैलिएको इबोला भाइरस र लामखुट्टेबाट सर्ने र सहजै सल्कने जिका भाइरसका कारण बार्बाडोस, बोलिभिया, ब्राजिल, केपटाउन, कोलम्बिया, इक्वेडर, इलसाल्भाडो, फ्रेन्च गुएना, ग्वाटेमाला, गायना, हैटी, होन्डुरस, मेक्सिको, पनामा, पाराग्वे, सुरिनाम, समोआ, भनेज्वेलादेखि अमेरिकासम्म आतंक फैलाइरहेको छ। इबोला र जिका भाइरसले लाखों प्रभावित भइसकेका छन् र हजारौंको संख्यामा मृत्युको मुखमा परिसकेका छन्। ...
फागुन १ कालो दिन कि उत्सव? यो प्रश्नको जवाफ दिएनन् माओवादीहरुले। ५ टुक्रा भएका माओवादीहरुले यो दिनलाई उत्सवका रुपमा मनाए। गौरव गरे र अव माओवादीहरुलाई एक हुन कसैले रोक्न नसक्ने दावी समेत गरे। माओवादी एक भएर हुन्छ के? एक हुँदा १० वर्ष लामो जनयुद्ध भयो र १७ हजार जनताको हत्या हुनपुग्यो। त्यो घाउ अझै निको भएको छैन। बेपत्ताका परिवार लाश देउ कि श्वास भनिरहेका छन्। मेलमिलाप आयोग गठन भएको छ, कानुन नभएर ...
वीरगञ्ज नाका खुल्नासाथ नाकावन्दी खुल्यो। अव नेपाली नेताहरुलाई शक्तिको स्रोत नेपाल नै हो भन्ने दिव्यज्ञान दिल्लीले दिनुपर्छ भने नेपाली नेताहरुलाई शक्ति खोज्न दिल्ली धाउनु राष्ट्रघात हो भन्ने ज्ञान हुनुपर्छ। नाका खुल्नासाथ प्रधानमन्त्री केपी ओलीले आफ्नो भारत भ्रमण फागुन ७ गते हुने फर्मान जारी गरे। ओली दिल्ली किन जाने? जाँदा लाने एजेन्डाहरु के के हुन्? विज्ञ समूहले ओली सरकारलाई दिएको सुझावको फेहरि...
भ्रष्टाचारी मुलुक बनिसकेछ नेपाल। लोकतन्त्र खोक्दाखोक्दै भ्रष्टाचारी मुलुक बनिसकेको भेउ कसैले पाउन सकेनछ। अहिले ट्रान्सपरेन्सी इन्टरनेशनलदेखि अनेकन सर्भेक्षणबाट पत्ता लाग्यो– नेपाल भ्रष्टाचारी मुलुक हो। भ्रष्टाचारका नाइके परेछन् राजनीतिज्ञ र कर्मचारी, अदालत र सुरक्षानिकाय। यो भ्रष्टाचारको बाढी नरोक्ने हो भने नेपाललाई बगाउने खतरा देखियो। भ्रष्टाचारको शुद्धिकरण र स्वच्छकरणको सुरुआत राज...
संविधानसभाको निर्वाचन, संविधान निर्माण र घोषणा, सरकार परिवर्तन र नयाँ नेपाल निर्माणको प्रक्रिया आरम्भ, साथसाथै भूकम्पपछिको पुननिर्माणको सुरुआत। झट्ट हेर्दा यी सबै घटनाक्रमको निष्कर्ष भनेको हामी अघि बढ्यौं, देश अघि बढ्यो भन्ने नै हो। साँच्चै देश अघि बढ्यो त? यो प्रश्नले हामीलाई निराश बनाउँछ, देश अघि बढ्न सकेन, देशको स्थिति उत्साहप्रद हुनसकेन। अप्ठेरो आउँछ, संक्रमणकालमा त झन ठूला ठूला अप्ठेराहरु ...
नेपाल आयल निगमले खुब कमायो भनेर ९० करोड बोनस बितरण गर्ने तैयारी थालेपछि सिंगो मुलुक जिल्लाराम परेको छ। बक्सिङ खानुपर्ने संस्थाले बोनस बाँड्ने? यो घोर आश्चर्य हो। नेपाल आयल निगमले राम्रो व्यवस्थापन र चुस्त प्रशासन चलाएर पैसा कमाएको होइन। विश्वमा अहिलेसम्मकै भाउ घटेर तेल सस्तो भइरहेको छ, तर आयल निगमले न पेट्रोलियम पदार्थको समुचित वितरण प्रणाली लागू गर्‍यो, न मूल्यमा समायोजन नै। स्वयं नेपाल आय...
विश्वका अनेकन देशमा रक्तपातपछि शान्ति र स्थिरताको अपेक्षा पूरा नभएपछि इतिहास दोहोरिएर शान्ति र स्थिरताको खोज गरिएका अनेकन उदाहरण छन्। बेलायतको मात्र होइन, स्पेन र थाइलेण्डमा समेत त्यसै भयो। इतिहास दोहोरिन नसकेका मुलुकहरु अहिले पनि रक्तपातको आँगो र आँधीमा अहिले पनि झुल्सिरहेकै देखिन्छन्। नेपालमा त्यस्तो नहोस्। परिवर्तन सहज भएको छ, परिवर्तनपछि शान्ति र स्थिरता असहज बन्दैछ। यो चिन्ताको विषय हो।
स...
मधेसी मोर्चाका नेता राजेन्द्र महतोलाई प्रहरीले रामधुलाई गरेपछि गृहमन्त्रीले भने प्रहरीले दमन गरेको छैन। हो, मधेसमा दमन गरेको छैन, मधेसीले चर्को र अमानवीय आन्दोलन गरेपछि प्रहरीले पनि लाठो बजारेको मात्रै हो। आइजीपी उपेन्द्रकान्त अर्यालले दमन नगरेको भनेपछि अझ सन्किएर गृहमन्त्रले भनेका छन्– नहान्ने भए बन्दुक किन बोकेको? बन्दुक पड्कन थालेपछि गोलीको आाखा हुादैन। हो त, बहुदलपछि देउवाका पालामा पन...
सर्वोच्च अदालत संविधानको व्याख्याता हो, भने नेपाल बार सरकारको प्रतिपक्षी र कानुनको पालना नहुँदा खबरदारी गर्ने निकाय पनि हो। के सर्वोच्च अदालत र नेपाल बारले आफ्ना जिम्मेवारी बखुवी निभाएका छन् ? छन् भने संविधानको उल्लंघन किन भइरहेको छ? संविधानले २५ सदस्यीय मन्त्रिपरिषदको व्यवस्था गरेको छ। केपी ओलीले ६ उपप्रधानमन्त्री, २१ मन्त्री, १० राज्यमन्त्री र २ सहायक मन्त्रीसहित ४० सदस्यीय मन्त्रिमण्डल बनाइस...
हो, लोकवाद देखावटी हुनपुगेको छ। प्रशासन– नातावाद, अर्थतन्त्र– रेमिटान्स र कृपावाद, सत्ता– रोलक्रमवाद र सिण्डिकेटवाद, राजनीति– जालझेल र भ्रमवाद, भिजन– टालटुले समाजवाद, संविधान– जाति, भेष, भाषा, क्षेत्रका विवादवाद र नेपाली जनता– सहनशीलता र आशावादमा टक्क रोकिएकाले लोकतन्त्र नेतातन्त्रमा र लोकवाद देखावटीमा सिमित हुनपुगेको छ। देखावटी लोकवादले लोकको प्रतिनिधि...
मंसिर २५ गते: भारतीय राजदूत रंजित रेले दिवाभोजको आयोजना गरे, त्यो भोज खान हाम्रा नेताहरुको जुलुस नै सहभागी भए। धन्न, ठूला नेताहरु गएनन्। तिनको आदेशमा साना नेताहरु भोजमा सामिल भए। भोज त आवरणमात्र थियो, यथार्थमा राजदूत रंजित रेले वार्ता र संवाद अनि संविधानमा सहमति गरेर अघि बढ्न दिएको फर्मान आज्ञाकारी विद्यार्थीले बुझेझैं बुझेर आए हाम्रा नेताहरु। त्यसपछि प्रश्न उठेको छ– कति स्वादिलो थि...
साना स्कूले बालबालिकादेखि कलेजसम्मका, सामाजिक कार्यकर्तादेखि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसम्म, लेखकदेखि पत्रकारसम्म, नागरिक समाजदेखि माष्टर, प्राध्यापकसम्म, कर्मचारीदेखि बिगहाउससम्म, गरिखाने बर्गदेखि आमनागरिकसम्म, व्यवसायीदेखि व्यापारीसम्मको प्रतिनिधित्व थियो गत शनिवारको सडक आन्दोलनमा। यो आन्दोलन नेपालको झण्डा बोकेर 'सरकार कहाा छ?' भन्ने प्लेकार्डसहितको रिङरोड र भित्री सडकहरुमा...
संविधान जारी गर्न एक हुने, कार्यान्वयन गर्न बाझाबाझ गर्नाले संविधान असफल हुने खतरा बढेर गएको छ। ठूला तीन दल कांग्रेस, एमाले र एमाओवादी मिलेर संविधान जारी गरेका हुन्। संविधानप्रति अपनत्व ग्रहण गर्दै नेपाली जनजनमा अपनत्व जगाएरै छाड्ने र संविधानलाई सफल पार्ने जिम्मेवारी पनि लिएका हुन्। तर, संविधान जारी भएपछि कांग्रेसलाई राज्यका संवैधानिक निकायहरुबाट अलग पार्दै नयाा गठबन्धन गरेर एमालेले सरकारको नेत...
भएन यो मिल्तीले पनि केही भएन। देशको दुःख, पीडा कम गर्न अनेक प्रयत्नहरु भएका छन्। पछिल्लो यो राजनीतिक गठजोडले निकास निकाल्ने र संविधानलाई कार्यान्वयन गर्ने जुन विश्वास गरिएको थियो, त्यो सम्भव भएको छैन। वर्तमान नेपालको मूल समस्या भनेको संविधानको अपनत्वको सवाल हो। यही सवालभित्र संघीयताको सफलता गाासिएको छ। यही सवाल धारिलो बनेर नेपाली एकता र अखण्डताको चिरा चिरा पार्ने खतरा बढेर जानु दुर्भाग्यजनक स्थ...
नेपाल एक थियो, एक छ र एक रहन्छ भन्ने विश्वास दिने र दिलाउने काम गर्न नेताहरु असक्षम भएका छन्। ठूला पार्टीहरु आ–आफ्नै पार्टी मजबुत गर्नतिर लागेका छन्। आफ्नो मजबुत पार्टीका लागि प्रतिपक्षी जोसुकै हुन्, तिनलाइ लतार्नेर किनारै लगाउने मनस्थिति तिनमा देखिन्छ। सहमति सहमति भनेर नथाक्ने एमाले र एमाओवादीले अन्ततः नेपाली कांग्रेसलाई किनारा लगाइदिएका छन्। राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र ...
राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु भइसकेको छ। आजै अन्तिम नामावली प्रकाशन गरी भोलि नयाा राष्ट्रपतिको निर्वाचन हुनेछ र भोलि नै मुलुकले नयाा राष्ट्रपति पाउनेछ। नयाा राष्ट्रपति को बन्छ भन्ने विषय खासै महत्वको छैन किनभने राष्ट्र भारतको नाकावन्दीको अघोषित युद्धमोर्चामा छ र त्यो युद्धमोर्चालाई सरलीकरण गर्न कुनै पनि नेतामा खुवी देखिएको छैन। कांग्रेस नेतृत्वको सरकारले सकेन र एमाले नेतृत्वको सरकार बनेक...
नयाा संविधानले दशैं मनाउन नदिने भयो। सकस, सकस र सकस छ आम जनतालाई। छैन ग्यास छैन, घर जानलाई बसको टिकट छैन, पेट्रोल, डिजल छैन, काम छैन, आम्दानी छैन, बजारमा प्रत्येक बस्तुको कालोबजारी र महगी छ। मुख्य सवाल शान्ति हो, शान्ति छैन। नयाा संविधान जारी भएदेखि मधेश आन्दोलित छ, भारत रिसाएको छ र नेपालका प्रधानमन्त्रीलाई चीनले प्रोचाइनिज भनिदिएको छ। केपी ओलीको बिगत हेर्दा प्रोइन्डियन हुन्, प्रधानमन्त्री बनेप...
असोज ४ गते देखि भारतले खिटिम खेलेपछि सीमा नाकाहरु सहज हुन सकेनन्। कहिले केही सामान छाडेजस्तो गरेर नाकावन्दी गरेको छैन भनेर विश्वजगतको आाखामा छारो हाल्न सफल भइरहेको भारतका विरुद्ध विश्वले केही बोलेको त छैन तर नेपालको दैनिकी जीवन कष्टकर हुादै गएकोमा युरोपियन युनियन, अमेरिकाले सघाउन खोजेका छन्। यथार्थमा कमजोरी नेपालकै हो। नेपालले भारतीय नाकावन्दीलाई अन्तर्राष्ट्रियकरण गर्न नसक्दा अन्तर्राष्ट्रिय ज...
आन्तरिक बिग्रह र बिभाजनको बिबाद र भारतको हस्तक्षेप र हैकमले नेपाललाई ठूलो घाटा भएको छ। संविधान जारी भयो, यसको अपनत्वमाथि प्रश्न उठ्न पुग्यो। राजनीतिक दिशा र दशामात्र होइन, दूरगामी भविष्यलाई समेत अनिश्चित पारिदिएको छ। संविधान जारी भएपछि एउटा निश्चित पद्धतियुक्त मार्गमा मुलुक अग्रसर हुनुपर्ने हो, संविधान जारीभएपछि त्यो उद्देश्य पूरा हुन सकेन। संक्रमणको अन्त्य र सम्पन्नताको सुरुआत हुनुपर्ने संविधा...
देशलाई संक्रमणको समुद्र पार गराउने संवैधानिक डुङ्गा त निर्माण भयो, समद्र पार गराउादा गराउादै डुङ्गा डुब्ला है? संविधान बन्यो, जारी पनि भयो। मूल मुद्दा गणतन्त्त, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्थासहित जनप्रतिनिधिहरुले संविधान जारी गरेका हुन्। सार्वभौमशक्ति लगाएर जारी गरेको संविधान यतिबेला मझधारमा ढलपल ढलपल गर्न थालेको छ। थारु, मधेशी, लिम्बुवानलगायतका समुदाय र विभ...
कांग्रेस, एमाले, एमाओवादीका सुशील कोइराला, केपी ओली र प्रचण्डले दह्रो खुट्टा टेक्दा संविधान जारी भयो। यी तीन नेतामध्ये कुनै नेताले पनि खुट्टा कमाएको भए संविधान जारी हुनसक्ने थिएन। यसकारण आमजनमानसमा प्रश्न उठेको छ– तीन नेताले खुट्टा टेकेकै हुन् त? यो प्रश्न किन पनि महत्वपूर्ण छ भने राजनीतिक फाइदाका लागि प्रचण्ड दिल्ली गएकै हुन्, केपी ओली दिल्लीकै भरमा देखिन्थे र सुशील कोइराला समेत दिल्लीला...
जनता किन विद्रोही बनेर आन्दोलित छन्? संविधान निर्माण गर्न सहमति गर्ने चार राजनीतिक दलहरु यसतिर किन सोचिरहेका छैनन्? यो विरोध प्रदेशको सिमांकनविरुद्धको विरोध हो, राष्ट्रिय धर्म र पहिचानको पनि विरोध हो। अनेक जातिको पहिचान मेटाउन खोज्ने र आफ्नो राजनीतिक स्वार्थमात्र पूरा हुने तरिकाले संविधान ल्याउन खोजिएको छ र जनतामाथि गोली बर्साएर जनआवाजलाई कुल्चिन खोजिएको छ। यो नितान्त निरंकूशता हो। लोकतान्त्रिक...
राजनीतिक नेताहरुले जनताका अपेक्षालाई च्याप्प समातेर अघि बढ्न नसकेका कारण नेताहरु जनताका स्वागतबाट बन्चित भइरहेका छन्। राजनीतिक नेताहरु जतिसुकै संविधान, संविधान भनेर चिच्याए पनि जनताले तिनका चिच्याहटलाई स्वागत गरेको स्थिति छैन। राजनीति जनताका आकांक्षाको राजमार्गमा गर्ने हो कि आपसी सम्झौताका आधारमा? जनताका अपेक्षामा आफूलाई समाहित गरेर नेता चल्दा देश बन्छ भन्ने उदाहरण हो सिंगापुर। हाम्रा नेताहरु ख...
कुन विदेशीले कान फुकेकाले कुरो बिग्रियो वा कुन पार्टीको स्वार्थमा धक्का लाग्दा आन्दोलन भयो भन्नुभन्दा पनि ठूला राजनीतिक दलहरुले देश र जनताको भावना बुझ्न नसक्दा संघीयताका मामिलाले जनताको रगत फेरि बग्यो। राज्य निरंकूश देखियो, संवैधानिक संवाद तथा सहमति समितिले संविधानसभाका ठूला ४ दलकै दुई तिहाई बहुमतमा साथ दियो। यसकारण दुईहप्ताभित्रै ७ प्रदेशसहितको संविधान जारी हुने पक्का भएको छ। संविधानसभामा भोलि...
परिवर्तन, प्रगति, शान्ति र सुशासनको प्रत्याभूति हो संविधान घोषणा। संविधान कस्तो हुनुपर्छ भन्ने विषयमा राजनीतिक वादले निर्देशित गर्ने होइन, जनआवाज, जनअपेक्षा र जनसुझावबाट निर्देशित हुनु जरुरी छ। जव जनताका आवाजहरु संविधानमा संवोधन हुन्छ भन्ने विश्वास राजनीतिक दलहरुले दिलाउन सक्छन्, अहिले जुन प्रकारले अन्याय भयो भन्ने अनुभूतिका साथ जनताहरु सडक संघर्ष गरिरहेका छन्, ती स्वतः मत्थर हुनेछ। जनताका विभि...
नेताहरु संविधान जसरी पनि जारी गर्ने तदर्थवादमा कस्सिएर लागेका छन्। चार दलका बाह्र नेताको अग्रसरतामा मुलुकको कानुन बन्दैछ र यही संविधानले राष्ट्रिय सद्भाव, दिगो शान्ति, राजनीतिक स्थिरता र आर्थिक विकासलाई चर्को द्वन्द्वको मझधारमा हालिदिने त्रासदी बढ्न थालेको छ। चार पार्टीवीच नै मतैक्यै रहेको संविधानले देशको विविध जनमतलाई साकार रुपमा एकै थलोमा कसरी राख्न सक्छ? संविधान देशको एकताका लागि मौलोको रुपम...
जनता के चाहन्छन्? यसको सानो झलक संविधानको मस्यौदामा सुझाव दिदा जनताले देखाइदिए। जनताको मनस्थिति बुझेर लोकतान्त्रिक जिम्मेवारीका साथ राजनीति गर्ने हो भने जनमत, जनताको रायसुझाव राजमार्ग हो। जनतालाई जति थिचे पनि हुन्छ, जनताको सुझावलाई रद्दीको टोकरीमा फाले पनि हुन्छ भन्ने हो भने जनशक्तिको अपमान हुनजानेछ। तत्कालका लागि जनताले कुनै प्रतिक्रिया अथवा जनविद्रोह नगर्लान् तर जनताको सुझाव नसमेटिएको संविधान...
विश्व खाद्य कार्यक्रमले नेपालका विभिन्न जिल्लाका भूकम्पपीडितलाई कुहिएको चामल बााडेकै हो। यो यथार्थलाई खाद्य अनुसन्धानशालाले फेरि पनि पुष्टि गरिसकेको छ, राष्ट्रिय मानवाधिकार आयोगले पुनः प्रमाणित गरेर यसरी अखाद्य खाद्यान्न बितरण गर्नेमाथि कारवाही गर्न सिफारिस गरेको छ। तर, राष्ट्रसंघको जिम्मेवार निकायका निर्देशक नै नेपाल आएर नेपालको पत्रकारितामाथि प्रश्नमात्र उठाएनन्, वाहियात समाचार भनेर अपमानजनक ...
एसियाली विकास वैंकले ठाडो चेतावनी दिएको छ– खर्च पारदर्शी भएन, चुहावट भयो र विपद व्यवस्थापनमा खर्च गरिएन भने सहयोग रोक्का हुनसक्छ। नेपालले दाता सम्मेलन गर्‍यो र नेपालको विपदमा मित्रराष्ट्र र दाताहरु साथमा छन्, सहयोग गर्न तैयार छन् भन्ने सन्देश दिए। असार १० गते एकैदिन ४ खर्ब ४० अर्वको आर्थिक सहयोग जुट्यो। दाताहरुले फेरि पनि आशा जगाएका छन्– यो रकम खर्च भयो, सदुपयोग भयो र विपदमा काम...
अन्तरिम आदेशमात्र होइन, परमादेश नै जारी गरेर असार ४ गते सर्वोच्च अदालतले १६ बुादे राजनीतिक सहमति कार्यान्वयन नगर्नु भनेर संविधान लेखन प्रक्रियामा ब्रेक लगाइदिएपछि न्यायाधीश गिरिशचन्द्र लाल बिरोधको घेरामा परेका छन्। नेपाल बार, संविधानविद, राजनीतिक समुदाय सबै बल्ल बल्ल संविधान लेखन सहमति भएको अवसरलाई सर्वोच्च अदालतले अमीलो निचोर्‍यो भनेर आलोचना गरिरहेका छन्। सर्वोच्च अदालतको परमादेशको सम्मान ...
आहत जनतालाई राहत दिन असफल भएको सरकारले करदातालाई राहत दिन बजेटमा पुनर्विचार गरिरहेको छ। महाभूकम्पले व्यवसायमा ठूलै असर गरेको भन्दै साना, ठूला करदाताले आग्रह गरेपछि करदाता ठूला व्यवसायीलाई कसरी राहत दिन सकिन्छ भनेर बजेट शाखामा व्यापक छलफल भइरहेको छ। करदाताले पहिले नै अनुमानित कर तिर्ने किटान गरेर दिइसकेको निवेदनमा पुनर्विचार गरेर अर्थमन्त्रालयले करदातालाई छुट दिन तैयारी गरेको स्रोतको भनाईरहेको छ...
कसरी पुनर्स्थापना र नवनिर्माण गर्ने भन्ने विषयमा राजनीतिक बहस भएकै छैन। सरकारले कुनै योजना सार्वजनिक गर्न सकेन। प्रतिपक्षीहरुले एउटा मार्गचित्र प्रस्तुत गरेर यसरी अघि बढौं भन्न सकेनन्। महाभूकम्पले जुन राष्ट्रिय विपत्ति ल्याइदिएको छ, त्यो विपत्तिको साममना कसरी गर्ने? सरकार चन्दा आएन भनेर टकटकिरहेको छ, असार १० गते सहयोग सम्मेलन गर्ने तैयारी गर्दैछ भने प्रतिपक्षी राजनीति गर्न व्यस्त छ। संसद चलिरहे...
जनता अहिले पनि खुला आकाशमुनी गुजारा गरिरहेका छन्। जसले पाल पाए अथवा ठूला पाल जहाँ उपलव्ध भयो, बसेका र अनेक परिवार मिलेर रहेका दृश्यहरु पनि देखिन्छन्। खासगरी पहाडी इलाकामा राहत पुगेन, पुगेका ठाउामा थोरैमात्र पुग्यो। भएको भग्नावेशषमा पुरियो, दिनेले नदिएपछि के खाएर जीवन धान्ने? राहत, अस्थायी बसोबास, सरकारी सहयोगको असमानता, राजनीतिक र प्रशासनिक पक्षपातपूर्ण व्यवहारले जनाक्रोश बढेर गएको छ। शान्तिसुर...
जनता अहिले पनि खुला आकाशमुनी गुजारा गरिरहेका छन्। जसले पाल पाए अथवा ठूला पाल जहाँ उपलव्ध भयो, बसेका र अनेक परिवार मिलेर रहेका दृश्यहरु पनि देखिन्छन्। खासगरी पहाडी इलाकामा राहत पुगेन, पुगेका ठाउामा थोरैमात्र पुग्यो। भएको भग्नावेशषमा पुरियो, दिनेले नदिएपछि के खाएर जीवन धान्ने? राहत, अस्थायी बसोबास, सरकारी सहयोगको असमानता, राजनीतिक र प्रशासनिक पक्षपातपूर्ण व्यवहारले जनाक्रोश बढेर गएको छ। शान्तिसुर...
नेपाललाई राज्यविहीनताको अवस्थामा जान दिन्न भन्ने अभिव्यक्ति प्रधानमन्त्री सुशील कोइरालाले दिएका छन्। भूकम्प गएको १४ दिनपछि प्रम कोइरालाको यस्तो अभिव्यक्ति आएको हो। कांग्रेसी कार्यकर्ताले भूकम्पपीडितसम्म न राहत पुग्यो, न उद्धार नै तदारुकताका साथ भयो, भोलिका दिनमा गर्नुपर्ने पुनर्स्थापना र पुनर्निर्माणको चरणमा पनि राज्यको यस्तै निरीह चाल रहने हो भने जनताले राज्य खोई भनेर सोध्ने अवस्था दोहोरिन्छ भ...
दिउँसोको १२ बज्न ४ मिनेट बााकी अर्थात ११.५६ बजे ७.८ रेक्टरको महाभूकम्पको धक्काले सगरमाथा समेत हल्लियो, हिमपहिरो गयो। महाभूकम्पले जनताका घर बच्ने सवालै थिएन, देशभरिका डेढलाखभन्दा बढी घरहरु सोत्राम भए। घरसँगै ७ हजारभन्दा बढी जनताको ज्यानसमेत गयो। पन्द्रौ हजार घाइते भए, हजारौं जनता हराइरहेका छन्। उद्धार कार्य जारी छ। अझै कतै कतै जनताको जिवितै उद्धार कार्य भइरहेकै छ। ८२ वर्षपछिको भूकम्प महाबिनासकार...
स्वदेशी र विदेशी लगानीकर्ताहरु लगानी गर्न तैयार भएर बसेका छन्। तिनीहरुको मनमा रहेको आशंका हटाउन र राजनीतिक स्थिरता दिनका लागि संविधान जारी हुनैपर्छ। अधिकतम सहमतिमा संविधान जारी हुनसक्यो भने लगानीकर्तामा रहेको आशंका हट्छ, हतोत्साहीहरु पनि उत्साहित हुनेछन् र स्वदेशी तथा विदेशी लगानी बढ्नेछ। लगानी बढ्नु भनेको रोजगारीको सिर्जना हुनु हो र वैदेशिक रोजगारीमा दगुरीरहेको युवा जमातलाई रोक्ने सार्थक प्रयत...
पहिले देश चाहियो। देश बचाउने बेलामा जातिवाद अथवा क्षेत्रवादी बन्नुको न तुक छ, न औचित्य नै देखिन्छ। देशभित्रका तत्व हुन् जाति र क्षेत्र भनेको। देश रहेन भने जाति र क्षेत्र च्यापेरमात्र के गर्ने? देश बचाउने, देश बनाउने संविधान निर्माण गर्ने समय हो यो। धेरै समय खेर फालिसक्यौं, अव त सचेत हौं, अव त देशका लागि केही योगदान गरौं। अझै जाति र क्षेत्र च्यापेर ल्हासा जाने कुतिको बाटो किन हिडिरहने? बर्गसंघर्...
अख्तियारले बहालवाला दुई सचिव, पर्यटन बोर्डका तत्कालीन कार्यकारी प्रमुख सुवास निरौला र अन्य पदाधिकारीसहित २३ जनाविरुद्ध विशेष अदालतमा १ अर्व ५१ करोडभन्दा बढी मागदावीसहित भ्रष्टाचारको मुद्दा दायर गरेको छ। यसअघि पनि
विभिन्न कर्मचारी, विश्वविद्यालयका उपकूलपतिसहितका पदाधिकारीहरुविरुद्ध पनि अख्तियारले मुद्दा दायर गर्दै आएको छ। तर अदालतले अख्तियारका अभियुक्तहरुलाई सदर गर्ने गरेको पाइन्न। कि त उनीहर...
चैत १४ गते संविधानलाई सम्भव बनाउन राजनीतिक दलहरुवीच संवादका माध्यमबाट सहमति खोज्ने प्रयत्न हुादै थियो– प्रचण्डले ६ माओवादीको तीनकुने कार्यक्रममा उभिएर चिस्सिएका सबै माओवादी पंक्तिलाई तताईदिए– 'कानुन भनको कमजोरका लागि हो, बलियोले च्यात्छ। बलियोले कानुन च्यात्छ, नयाँ कानुन बनाउाछ। माओवादीहरु कमजोर हुनथालेपछि माओवादीमाथि कानुन लाग्न थालेको हो।' प्रचण्डले यसरी तातो तातो विध्व...
जीवको आ–आफ्नो धर्म हुन्छ। विवेकहीन पशुले पनि आफ्नो धर्म निर्वाह गरेका हुन्छन्। विवेकशील त धर्ममा चल्नैपर्छ, धर्मको बन्देज र सीमामा रहनैपर्छ। विवेकशील विवेकहीन भइदियो भने सभ्यताको विनास हुन्छ। नेपाल त त्यसै पनि ऋषिमुनीहरुको देश। प्राकृतिक सम्पदा, जडीबुटीको भण्डार र ज्ञानीहरुका लागि ज्ञानको खोज गर्न उपयुक्त थलो। यस्तो देश अधर्मीहरुको देश कसरी हुनसक्छ? केही कालखण्डका लाग, संक्रमण समापन गर...
सुशील कोइराला कांग्रेसका सभापति र प्रधानमन्त्री पनि हुन्। उनलाई साथ दिएका छन् केपी ओली र एमाले पार्टीले। संविधान बनिहाल्यो भने यी दुबै पार्टीले श्रेयको श्रीपेच लाउनेछन् र आगामी स्थानीयदेखि राष्ट्रिय निर्वाचनसम्म यिनैको प्रभावको दबदबा रहनेछ। संघीयताको संख्या, सिमांकन र नामांकन, निर्वाचन र न्याय प्रणालीमा समेत यिनकै अनुकूलता रहनेछ। जसका कारण आफ्नो पार्टीलाई अप्ठेरो पर्ने हिसाव निस्किएकाले एमाओ...
गरिवी नेपालीको नियति हो। यही गरिवीलाई हतियार बनाएर चेलीहरुलाई बम्बै र कलकत्ताका यौनबजार पुर्‍याइन्थ्यो। वैदेशिक रोजगारीका ढोका खुल्न थालेपछि अरवदेखि अफ्रिकासम्म, हङकङदेखि हलेण्डसम्मका यौनबजारमा नेपाली युवतीहरु बैंश बेच्न बाध्य पारिएका छन्। साना उमेरका केटीहरुलाई राम्रो लाउन, मीठो खान र कुस्त पैसा कमाउन सकिन्छ भनेर सपना देखाएर नियमित, अनियमित कुनै पनि मार्गबाट विदेश लैजाने धन्धा चलिरहेको छ। ...
अख्तियार अव अख्तियार रहेन, ५ पार्टी आयोग बन्यो। ७ सदस्यीय अख्तियारमा ठूला ५ दलहरुको अंशवण्डा मिलाइएको छ। देश मिलाउने, सुशासन मिलाउने, भ्रष्टचार तह लगाउने अख्तियारमा पार्टीकरण भएपछि देशको शासनव्यवस्था
सिण्डिकेटकरणबाट मुक्त नहुने भयो भन्न सकिन्छ। यस्तो सिण्डिकेटमा रमाउने राजनीतिक दलहरुले देशलाई प्रदेशमात्र होइन, अर्काको उपनिवेश नै बनाउन बेर छैन। जनताले बेलैमा हस्तक्षेप नगर्ने हो भने नेपाली पहि...
सत्ताधारी कांग्रेस, एमाले वार्ता गरौं भनेर दुईपल्ट विज्ञप्ति निकालेर अनुरोध गर्दा पनि एमाओवादी र मधेशवादी दलहरु वार्तामा जान सकिन्न भनेर हठ प्रदर्शन गरिरहेको छ। हठ यस्तो रोग हो, जसले सहज विषयलाई क्लिष्ट बनाइदिन्छ र सरल उपायलाई माखेसांग्लोमा रुपान्तरण गरिदिन्छ। यसैगरी रोगाएको छ नेपाली राजनीति। नेताहरु जर्किरहेका छन्, फनफनिइरहेका छन्, एकदोस्राप्रति आरोप प्रत्यारोपमा उत्रिएका छन्। तँ ठूलो कि म ठूल...
माघ ८ गुजि्रसक्यो। गुज्रेको समय फर्कदैन। वर्तमानमा जिम्मेवारी निर्वाह गर्ने र उज्यालो भविष्यको लागि काम गर्नु उचित हुनेछ। यतिखेर राजनीतिक दलहरुले हिजो कसले के गर्‍यो भनेर एकदोस्रालाई आरोप प्रत्यारोप गर्नुको पनि तुक छैन। बल प्रयोग र प्रक्रियाले संविधान बन्ने रहेनछ। बने पनि चल्ने रहेनछ भन्ने हेक्का सत्ताधारीलाई भइसक्यो। दुईतिहाई होइन, मुख्य राजनीतिक दलहरुवीच सहमति नै चाहिने रहेछ, अन्यथा द्वन्...
राजनीतिक विवाद बढेर संविधानसभाबाट सडकमा ओर्लेको छ। संविधानसभाभित्रको विवाद भित्रै मिलाउनुपर्ने हो, सडकमा आउनु भनेको फेरि पनि नेताहरुको अकर्मण्यता र असफलताकै परिचायक ठहर्छ। गणतन्त्र, धर्मनिरपेक्षता, संघीयतामा विवाद राप्रपा नेपालसँग छ तर यी मुद्दामा पहिले नै सहमत भइसकेका ठूला दलहरुवीच सहमति हुनसकेन। जनता संविधान भनिरहेका छन्, राजनीतिक दलहरु ध्रुविकृत भएर लाप्पा खेल्न मैदानमा उत्रिएका छन्। कसले भा...
माघ ८ गुजि्रयो। गएको समय फर्कदैन। किन माघ ८ गुजि्रयो, किन सहमति हुन सकेन? यसको कारण खोज्नु संविधानसभाको दायित्व हो। र, कसरी छिटोभन्दा छिटो संविधान
जारी गर्न सकिन्छ? यसबारेमा मिमांसा गरेर संविधान निर्माणमा गुटिहाल्नु उचित हुनेछ। माघ ८ गयो, ४ वर्षको अवधि जति पनि बााकी छ भनेर अपमानवोध, हीनतावोध नगर्ने र
नैतिकताले पनि नछुने हो भने गैंडाका छालाजस्ता सभासदले कहिले पनि संविधान बनाउन सक्देनन्। कम...
बनाउनेहरु बिगार्दैनन्। बनाउनेहरु जहिले पनि सकारात्मक सोच्छन्। सकारात्मक मार्ग खोज्छन्। यसकारण बनाउनेहरु कहिले पनि बाादर प्रवृत्ति र प्रवृत्त हुनेगर्दैनन्। बनाउने भनेका सर्जक हुन्, सर्जकले जहिले पनि समाजलाई उज्यालोतिर डोर्‍याउने गर्छन्। बहुजनहितायका लागि केही गरौं भन्ने इच्छाशक्ति राख्नेहरु नै असलमा निर्माता बन्छन्, नेता बन्छन् र राजनेता कहलाउाछन्। हामीले नयाा नेपाल बनाउाछु भन्नेहरुलाई इज्जत...
राजनीति र शिक्षा दुईक्षेत्र बिग्रियो भने शासन, प्रशासन, शान्ति व्यवस्थामा यसरी दुर्गन्ध फैलिन्छ कि त्यसलाई सम्हाल्नै सकिन्न। नेपालमा राजनीति दुर्गन्धित भयो, यसलाई सम्हाल्ने, सुधार्ने काम शिक्षा क्षेत्रले गर्नुपर्ने हो, त्यो पनि व्यापारिक बन्यो। के चाहियो, यतिखेरको नेपाल दुर्गन्धपुर बन्न पुगेको छ। शिक्षा अर्थात बुद्धिजीवी, नागरिक समाज, अधिकारकर्मी सबै राजनीतिक कित्ता कित्तामा बिभाजित बनेका छन्। ...
दुईपटकको निर्वाचन र ७ वर्षको कार्यकालमा पनि माखो मार्न नसक्ने नेताहरु धक्कु लगाउँछन् कालकूट विष मै पिउँछु। संविधानसभाका मुख्य दलहरुवीच संविधान निर्माणका अन्तरवस्तुमा सहमति नबनेपछि सभामुख आफै अघि सरे– संविधानको मस्यौदा मै लेख्छु, विधेयक बनाएर मै पेश गर्छु, जति पनि कालकूट विष हुन्छ मै पिउँछु। हाजिरजवाफजस्तो तरिकाले प्रमुख प्रतिपक्षी नेता प्रचण्डले भनिहाले– हामी तपाईलाई कालकूट विष पियर...
माघ ८ मा संविधान दिन्छु भने पनि त्यो असम्भव बन्दै गएको छ। संविधान आउला र मुलुकको मूल ढोका खुल्ला भन्ने जन जनअपेक्षा थियो, त्यो असत्य साबित हुने खतरा बढेर गएको छ। संविधानमा सहमति बन्यो भने संविधान जारी गर्न केही दिन ढिलो हुादैमा केही फरक पर्दैन तर अहिले जुन प्रकारको राजनीतिक बेमेल र मनमुटावका दृश्यहरु देखिएका छन्, त्यो बढ्न दिनु हुन्न। सहमति र सहकार्यको बिकल्प छैन भन्ने यथार्थ सबैले बुझेका छन्। ...
राजधानीमा एकातिर माघ ८ मा संविधान जारी गर्न सहमतिको सनसनी फैलिरहेको छ भने अर्कोतिर प्रचण्ड र केपी ओलीवीच 'तँ राजा कि म राजा?' भन्ने झगडा चर्किरहँदा पूर्वराजा चितवन हुँदै मधेशको भ्रमणमा निस्किएका छन्। पुस ६ गते चितवन पुग्दा सबै राजनीतिक दलका कार्यकर्ताहरुले पूर्वराजाको स्वागत गरे, पूर्वराजाको सन्निकट पुग्ने प्रयत्न पनि गरेको देखियो। पूर्वराजाको आकर्षण बढेको देखियो, घटेको रहेनछ। र, ...
केपी ओलीले यो मान्दिन, त्यो मान्दिन, जातीय संघीयता चाहिन्छ, पहाड र तराई नै छुट्याउन खोज्ने? त्यस्ता कुरा मानिन्न, सहमतिमा नआउने हो भने प्रक्रियामा गइन्छ, कोही नआएर केही हुन्न भनेर सुशील कोइरालाको आयोजनको वालुवाटार बैठकमा के एमाओवादीमाथि बज्र प्रहार गरिदिए प्रचण्ड तिलमिलाए। प्रचण्डले सभामुखसँग भनेका छन्– 'ओली यो देशका ठेकेदार पनि होइनन् महाराज पनि होइनन्। 'एउटा पार्टीको अध्य212 भएँ...
पूर्व डीआईजी हुन् पार्वती थापामगर। खिलराजको नेतृत्वको सरकार थियो, नयाँ आइजीपी कसलाई बनाउने भन्ने समय आयो। बढुवा गर्नुपर्ने भयो डीआइजी पार्वती थापा मगरलाई। भित्रभित्रै साजिस रचियो– कमजोर महिला आइजीपी बनाएर कसरी बलियो चुनाव गराउन सकिन्छ? यही महिलाहिंसा उन्मुख तर्कमा टेकेर रातारात एकवर्ष जुनियर र आँखाका अपाङ्ग उपेन्द्रकान्त अर्याललाई बढुवा गरेर आइजीपी बनाइयो। पार्वती थापा मगरले पाउनैपर्ने आइ...