banner
banner

संगून समर्थक नेपाल संगठनको हार्दिक बधाई

आफ्नो स्वाधीनताको हेतु किम इल सुङद्वारा फेब्रुअरी ८, १९४८ मा स्थापित कोरियाली जनसेनाको ७५औं स्थापना दिवस कोरियाली जनता लगायत विश्वका शान्तिप्रिय जनताले धुमधामले मनाइँदैछ ।
कोरियाली जनसेनाको स्थापनापछि अमेरिकाको १७७ वर्षको इतिहासमा हारको बाटो खोलिदिएको र कोरियाको समाजवादको रक्षा र निर्माणमा ऐतिहासिक सफलता हासिल गरेको छ ।
फलामे इच्छाशक्तिका दूरदर्शी सेनापति तथा युद्धकौशलका ज्ञाता महान नेता किम इल सुङले कोरियाली जनसेनालाई अजेय शक्तिका रुपमा विकास गरी कोरियाली प्रायद्वीपको शान्ति र कोरियाको स्वतन्त्रता, सार्वभौमिकता र एकता जोगाउनु भयो ।
त्यस्तै प्रिय नेता कमरेड किम जोङ इलले क्रान्तिकारी कोरियन जनसेनालाई जुछे सेनाशक्तिको रुपमा परिणत गरी कोरियाको प्रतिरक्षा प्रणालीमा अभिवृद्धि गर्दै विशाल सैनिक शक्तिमा परिणत गर्नुभयो ।
आज कोरियाका सर्वोच्च नेता महामहिम मार्शल किम जोङको सक्षम नेतृत्वमा कोरियन पिपुल्स आर्मीले क्रान्तिबाट प्राप्त गरेका उपलब्धिहरुलाई जोगाइराख्न र जनता आधारित राष्ट्र र आम जनतामा गोलवद्ध भएको प्यारो समाजवादको रक्षार्थ दृढ रहदै कोरियाली क्रान्तिको अन्तिम लक्ष्यसम्म पुग्ने बाटोमा कोरियाली जनसेना लम्किरहेको छ ।
पहिले कोरियाली जनसेना कमजोर छ भनी १९५० मा आक्रमण गरेको अमेरिकाले अब अर्को गल्ती गर्ने छैन किनभने कोरियाको सर्वोच्च जनसभाले सर्वसम्मतिले ८ सेप्टेम्बर २०२२ मा कोरियाले स्वीकार गरेको ‘आणिविक सम्पन्न राज्य’ र यसको प्रयोगलाई पूर्ण समर्थन गरेको छ ।
यस अवसरमा संगून समर्थक नेपाल संगठन गर्व गर्दै कोरियाली सशस्त्र सेनाका प्रधान सेनापति, राज्य सञ्चालन परिषदका राष्ट्रपति महामहिम मार्शल किम जोङ उन र सम्पूर्ण सशस्त्र जवानहरुलगायत सम्पूर्ण जनतामा हार्दिक बधाई ज्ञापन गर्दछ । साथै शान्ति स्थापनामा सशक्त भूमिका खेल्ने छ भन्ने दृढ विश्वास गर्दछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper