banner
banner

नेपाल–भारत बैठकमा खेलकूद !

काडमाडौं । नेपालको चुच्चे नक्साले चिस्सिएको नेपाल–भारत सम्बन्धमा परामर्श समूह र सीमा समूहका बैठकहरू सम्पन्न भएका छन् । तर यी दुबै बैठकमा नेपाल–भारतबीच रहेका महत्वपूर्ण सवालमा कुनै छलफल हुनसकेन ।
नेपाल सरकारका तर्फबाट सीमा अतिक्रमण, चुच्चे नक्सामा पर्ने लिम्पियाधुरा, लिपुलेक क्षेत्रमा जनगणना गर्ने, गत साउत १५ गते महाकालीमा तुइन काटेर भारतले मारेका जयसिंह धामीको मुद्दा, कुनै पनि विषयमा कुरा उठाइएन । कूटनीतिक माध्यम चिसो भएको र प्रशासनिक माध्यम पनि नेपालमैत्री नरहनुमा भारतको कम, नेपालकै दोष बढी देखिएका छन् । भारतको कुरा सुनेर हाँस्नुमात्र नेपालको प्रशासन बनेको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिण एशिया महाशाखा प्रमुख तीर्थराज वाग्लेले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व बाह्य मामिला मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवले नेतृत्व गरेको र सेना तथा सुरक्षाका अन्य व्यक्ति सहभागी पछिल्लो बैठकमा दुबै देशको सुरक्षा चासो, नेपाली सेनाको तालिम र क्षमता अभिवृद्धि, विपद् व्यवस्थापनमा सहयोग, विभिन्न रक्षा भण्डारका लागि नेपाली सेनाको आवश्यकता सम्बोधन र सहयोग, विज्ञ÷प्रशिक्षकको आदानप्रदान, उच्चस्तरीय तथा कार्यात्मकस्तरमा संयुक्त भ्रमण आदानप्रदान, संयुक्तरूपमा विपद् व्यवस्थापनका साथै साहसिक खेल आयोजना र सुरक्षासम्बन्धी विषयमा सूचना आदानप्रदान गर्ने सहमति भएको वार्तामा सहभागी एक सदस्यले बताएका छन् ।
यति गम्भीर समयमा भएको बैठक पनि नेपालका लागि फुस्सा हुनपुगेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper