banner
banner

स्वीस बैंक, ३८ क्विन्टल सुन तस्करी फासफुस

स्वीस बैंकमा अरवौं सम्पत्ति थुपार्ने नेपालीको नाम सार्वजनिक भए पनि त्यो पैसाबारे कुनै छानबिन हुनसकेन । अहिले ट्याक्स हेभन मुलुकमा कम्पनी खालेर लगानी गरिरहेको खोज पत्रकारिता केन्द्रले सार्वजनिक गरे पनि यसबारे समेत सरकारलेकुनै खोजबिन गरेको छैन । केही समय अघि पनि पानामा पेपर्स, प्याराडाइज पेपर्स, फिनसेन फाइल्स आईसीआईजेले सर्वाजनिक गरेको थियो । अहिले ‘प्यान्डोरा पेपर्स’ भन्ने नाममा यस्ता रिपोर्ट सार्वजनिक भएका छन् ।  यसवर्षको ठूलो खुलासा अर्थात ‘अफसोर लगानी’ तर्फ ‘हालसम्मकै सबैभन्दा ठूलो खुलासा’ भनेर प्रचार भइरहेको छ । जानकारी आउँछ, नियमन केही छैन ।
खोज पत्रकारिता केन्द्रका अनुसार ९० देशका ३३० भन्दा धेरै राजनीतिकर्मी, विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, व्यवसायी, सरकारी अधिकारी, ‘सेलेब्रेटी’ र अपराधमा संलग्नहरूले समेत अफसोर खाता र सेल कम्पनीमार्फत अवैध रकम लुकाएको र छायाँ अर्थतन्त्र चलाइरहेको दाबी प्यान्डोरा पेपर्समा गरिएको छ । यो सूचीमा १६ जना नेपालीको नाम जोडिएको छ । खोजअनुसार यसपल्ट गाल्छा परिवारसमेत ब्रिटिस भर्जिन आइल्यान्डस्मा लगानी गर्नेमा देखिएका छन् ।
यसअघिका नेपालिक्समा अजेयराज सुमार्गी, अर्जुनप्रसाद शर्मा र किशोर रानाको लगानीमा थप विदेशी कम्पनी भेटिएको दाबी रिपोर्टमा छ । यसबाहेक राजेन्द्र शाक्य, सुहृदराज घिमिरे, पुरुषोत्तम पौड्याल, सुधीर मित्तल तथा नेपालमा व्यवसाय गर्ने भारतीय नागरिक राधेश्याम सर्राफको नाम पनि उल्लेख गरिएको छ ।
नेपालीले यसरी विदेशमा कालोधन लुकाएको हो होइन, उनीहरुको लगानी नियममा छन् छैनन्, कालोधन भए फिर्ता कसरी ल्याउने, यसतिर सरकारको ध्यान नजानु र कुशासन चलाएर भ्रष्टाचार चम्काउनुले लोकतन्त्र बदनाम भइरहेको छ ।
३८ क्विन्टल सुन तस्करी फासफुस
३३ किलो सुन तस्करीमा मुछिएका ७ठ जनालाई न्यायाधीश भरत लम्सालको इजलासले सफाइ दिएको छ । अदालतले सुन नै नभेटिएको भन्दै गोरेसहितका अभियुक्तलाई सफाई दिएको हो । अदालतले फरार रहेका २१ जनाको मुद्दा भने मुल्तबीमा राखेको छ । तर सुन तस्करीसँगै जोडिउको सनम शाक्य हत्या प्रकरणमा भने गोरेसहित ८ जनालाई जन्मकैद सजाय सुनाएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper