banner
banner

शाहिद अफ्रिदी काठमाडौंमा

पाकिस्तानका पूर्व क्रिकेट स्टार अलराउण्डर शाहिद अफ्रिदी विहीवार नेपाल आइपुगेका छन् । उनलाई बुम बुम अफ्रिदी पनि भन्ने गरिन्छ । अफ्रिदी नेपालको इपिएल खेल्ने सर्वाधिक ठूला नामका खेलाडी हुन् ।
अफ्रिदीले काठमाडौं किङ्स ११ का तर्फबाट ‘आइकनिक प्लेयर’का रुपमा शनिवार ललितपुर प्याट्रियटर्सविरुद्ध र सोमवार विराटनगर वारियर्सविरुद्ध क्रिकेट खेल्नेछन् । ४१ वर्षीय अफ्रिदी विश्व क्रिकेट जगतकै उत्कृष्ठ खेलाडी मानिन्छन् ।
नेपालमा आफ्नो स्वागत देखेर खुशी भएका अफ्रिदीले नेपाल आफ्नो दोस्रो घर भएको प्रतिक्रिया दिएका छन् ।
नेपालमा इपिएल असोज ९ देखि २३ अर्थात सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म त्रिभुवन विश्वविद्यालय खेल मैदानमा हुनेछ । नेपाली क्रिकेटरहरूले अफ्रिदीबाट धेरै कुरा  सिक्ने अवसर पाउनेछन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper