banner
banner

भव्य र ऐतिहासिक कार्यक्रम

गुरु पूर्णिमाको विषेश अवसर पारेर नेपाली साहित्यकार विश्व सञ्जाल साहित्यिक समूहले यही मिति २०७८ श्रावण १० गते आइतवार र १४ गते बिहीवार साँझ ५ बजेबाट ९:३० बजेसम्म देश विदेशमा छरिएर रहेका सम्पूर्ण साहित्यिक संस्थाका अध्यक्षहरुलाई समेटेर एउटा भव्य र ऐतिहासिक कार्यक्रम सम्पन्न गरेको थियो ।नेपाली साहित्यको विकास र प्रवर्द्धनका साथै एक अर्का बीच परिचय ,आपसी सहयोग एवम् सदभाव के कसरी गर्न सकिन्छ भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको कुरा कार्यक्रम संयोजक सुशीला ढकाल अधिकारी र परिकल्पनाकार स्पन्दन विनोदले बताउनु भयो । सो कार्यक्रममा करिब १५० वटा साहित्यिक संस्थाका अध्यक्षहरु सम्पर्कमा आउनु भएको थियो भने त्यस्तै कार्यक्रमको संयोजन साहित्यकार , साहित्य श्री साहित्यिक पत्रिकाकी सम्पादक सुशीला ढकाल अधिकारीले गर्नु भएको थियो । कार्यक्रम संचालन अत्यन्त उत्कृष्ट तवरले मीठो शैलीमा नेपाली साहित्यकार विश्व सञ्जालका परिकल्पनाकार कवि तथा गजलकार स्पन्दन विनोदले गर्नु भएको थियो । कार्यक्रम संयोजक सुशीला ढकाल अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रमले अत्यन्तै भव्य साहित्यिक माहोल बनाएको थियो ।कार्यक्रमको पहिलो शृङ्खलामा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य माया ठकुरी हुनुहुन्थ्यो भने दोस्रो शृङ्खलाको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा. डा हेमनाथ पौडेल हुनुहुन्थ्यो । व्यस्त समयका बाबजुत पनि कार्यक्रममा साहित्यका पारखीहरु स्वदेश तथा विदेशबाट प्रत्यक्ष रुपमा हेरेर धेरैले कार्यक्रमको प्रशंसा गरेका थिए। सोही कार्यक्रममा सम्पूर्ण संस्थाका अध्यक्षहरुले संस्थाको जानकारी गराउनुका साथै गतिविधि र आफ्ना उत्कृष्ट रचनाहरु प्रस्तुत गरेका थिए । यस कार्यक्रमका प्रमुख अतिथिहरुले यस्तो ऐतिहासिक कार्यक्रममा हामीलाई निमन्त्रणा गरेर विश्व भरि रहेका सम्पूर्ण नेपाली साहित्यिक संस्थाहरु र ती संस्थाका अध्यक्षहरू सित परिचित हुने अवसर दिएकोमा यस कार्यक्रमको मुक्तकण्ठले प्रशंसा गर्दै परिकल्पनाकार स्पन्दन विनोद र कार्यक्रम संयोजक सुशीला ढकाल अधिकारीलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्तै कार्यक्रमहरुको आयोजना गर्न सल्लाह दिनुभयो । कार्यक्रमको अन्तमा कार्यक्रम संयोजकले सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै आफ्नो रचना प्रस्तुत गर्नुभयो भने कार्यक्रमका संचालक तथा सभापति स्पन्दन विनोदले आफ्नो रचना प्रस्तुत गर्दै कार्यक्रमलाई समापन गर्नु भएको थियो । सो कार्यक्रममा निम्न साहित्यिक संस्थाका अध्यक्षहरूले आफ्नो रचना प्रस्तुत गर्नु भएको थियो । नोबेल साकोस साहित्य संस्था - सरस्वती गौतम साहित्यकार खेलकुद समाज नेपाल- डा. शैलेन्दु प्रकाश नेपाल ,सप्त वि साहित्य सञ्जाल- राजन प्रसाद न्यौपाने,राष्ट्रिय सुसेली मञ्च नेपाल - दुर्गा अधिकारी भमरकोटे ,पुष्पपराग साहित्य प्रतिष्ठान, भक्तपुर -यज्ञश्वर निरौला,अभिनव साहित्य समाज - गोबिन्द घिमिरे वेदमणी,आधुनिक साहित्य परिषद - मुरली प्रसाद ढकाल ,गङ्गबु साहित्य समाज - द्वारिका कुँइकेल,कोपिला साहित्य समाज - गिरिराज डल्लाकोटी ,पाल्पा साहित्य समाज - पुष्कर अथक रेग्मी ,नेपाली साहित्य धरहरा हाम्रो पहिचान - धुर्व गजुरेल ,मधुवन गोधुलीको साथी- गणेश बाबु अधिकारी ,घुम्ती मुक्तक नेपाल - निर्मल रमण पराजुली सामाखुसी साहित्य समाज - भाग्यशाली अधिकारी घुम्ती कवि गोष्ठी नेपाल - राम कुमार पण्डित चन्द्रागिरी साहित्य समाज - जनार्दन अधिकारी 'धड्कन',साहित्य संगम नुवाकोट - सुमित्रा सुमी नारी साहित्य तथा संस्कृतिक प्रतिष्ठान - मना गैरे ,स्मृति साहित्य प्रतिष्ठान - उत्तम शर्मा ,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्ल्यू च्याप्टर , सिड्नी -ममता तिवारी,अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास अफ्रिका च्याप्टर )-गणेश खड्का,अनेसास, क्वीन्सल्याण्ड च्याप्टर, अष्ट्रेलिया-केशव शर्मा ,अनेसास अस्टिन च्याप्टर ;टेक्सस -धर्मानन्द गौतम ,हाम्रो मझेरी साहित्य प्रतिष्ठान भरतपुर चितवन - पुष्प अधिकारी अञ्जलि , अनेसास अस्टिन च्याप्टर ;टेक्सस -धर्मानन्द गौतम, राष्ट्रिय नेपाली साहित्य समाज एन्जलस च्याप्टर -तिलक कार्की ,अन्तराष्ट्रिय नेपाली साहित्य समाज -गणेश आचार्य ,अनेसास च्यापटर स्पेन -शारदा पौडेल,प्रमोद सांरग ,प्रकश पौडेल,अनेसास साउदी च्याप्टर -नवराज लामिछाने मञ्जु श्री साहित्य समाज -वम बहादुर जिताली , विधुतकर्मी साहित्यिक समाज- कृष्ण देव रिमाल कोपिला साहित्य समाज गण्डकी प्रदेश - घनश्याम पौडेल, टेक बहादुर लौडारी , वीर बहादुर लोहोनी, सगरमाथा प्रतिभा प्रतिष्ठान - रेणुका सोलु साहित्यिक पत्रकार संघ वा शंकर लामिछाने प्रतिष्ठान - राधेश्याम लेकाली स्रस्टा पदयात्रा संयोजक - शितल गिरी नेपाल मुक्तक प्रतिष्ठापन - वियोगी बूढाथोकी विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान - गोपी कृष्ण प्रसाइँ जन्मभूमि नेपाल साहित्य समाज = डिल्ली प्रसाद मूलतिहुन बालसाहित्य विकास मञ्च - सिता विष्ट कार्की साहित्यसुधा नेपाल -कल्पना काफ्ले हाम्रो मझेरी साहित्य प्रतिष्ठान भरतपुर चितवन- पुष्प अधिकारी अञ्जलि साहित्य बाटिका नेपाल संयाेजक -भैरवी भूगाेल साहित्य बाटिका नेपाल संयोजक -बलराम दाहाल राष्ट्रिय झर साहित्य प्रतिष्ठान-प्रवर्तक -शिव खनाल अस्मिता भण्डारी , अध्यक्ष महिला गीतकार संघ नेपाल सखी प्रतिष्ठान -मन्जिला अनिल बेलबारी साहित्य विकास समिति अध्यक्ष - तिला लेकाली पञ्चाङ्ग साहित्य समाज नेपाल प्रवर्तक -सोमनाथ लुइटेल रवि पाल्पाली अनेसास​ आजीव​न​ स​द​स्य​, ज​न​प्र​तिनिधि (न​ग​र​स​भा स​द​स्य​), टोखा न​.पा. काठ​माडौं-च​न्द्रा न्यौपाने नारी स्रष्टा समाज प्रदेश -ममता मृदुल अध्यक्ष नेपाली साहित्य समाज अनेसास नर्थ क्यारोलाइन च्याप्टर - नम्रता गुरागाइँ शुभप्रभात साहित्य पुञ्ज- मनु शर्मा सारथि साहित्य परिवार -सिताराम खड्का साहित्यिक चौतारी नेपाल- गीता भण्डारी डियर कल्याण साहित्य प्रतिष्ठान - विनोद घिमिरे साहित्यिक चौतारी नेपाल - गीता भण्डारी सुह्रदय साहित्य प्रतिष्ठान - सुशीला पौडेल सुनगाभा साहित्य सदन ललितपुर= रामसुन्दर केसी दिपक समिर- राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङ गिरिजा गैरे - अनेसास जापान च्याप्टर, जापान आर. एन. - नेपाल मुक्तक प्रतिष्ठान कोरिया कोमल मल्ल - नेपाली साहित्य विकास परिषद् यूके.
 
 
Sushila Dhakal Adhikari

समचार सम्प्रेषण - सुशीला ढकाल अधिकारी

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper