banner
banner

पहिले श्री ५ बाट, अहिले श्रीमानबाट

संसदको रोष्टममा उभिएर पूर्व परराष्ट्रमन्त्री तथा एमाले नेता प्रदीप ज्ञवालीले भने– ‘पहिले श्री ५ बाट नियुक्त भएका देउवा अहिले श्रीमानबाट प्रधानमन्त्री बन्नुभयो । खेलका नियम हुन्छन् तर सर्वोच्च अदालत रेफ्री थियो, रेफ्रीले नै गोल हानिदियो र त्यही गोलबाट ६१ सदस्य भएका शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभयो ।’ दलीय मोर्चाप्रति कटाक्ष गर्ने यो शैली चित्राकर्षक थियो । 
ताजा जनादेशमा जाने कुरालाई अलोकतान्त्रिक भनियो । जनतामा जानु निरंकुश हुने ? कस्तो बिडम्बना । हातमा भएको प्रजातन्त्र थपक्क बुझाउने चाहिं लोकतन्त्र हुने ? संसारमा यस्तो पनि लोकतान्त्रिक अभ्यास हुनेरहेछ ।
अचम्म त के पनि देखियो भने साउन ३ गते राती संसदमा ६१ सिट भएको कांग्रेस र प्रधानमन्त्रीले १ सय ६५ सांसदबाट विश्वासको मत पाएका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper