banner
banner

अब देखिन्छ, सैनिक कूटनीतिक क्षमता ?

काठमाडौं  । रक्षा कुटनीतिमा नेपाली सेना सक्रिय हुनथाल्यो भनेर राजनीतिक वृत्तमा तरङ्ग उठेको छ । प्रधानसेनापतिको छिमेक र पश्चिमा मुलुकका सैन्य प्रमुख, प्रतिनिधिहरूसँग गरेका भेटवार्ता पनि यतिखेर चर्चामा छ ।
भूकम्प र नाकावन्दीका समयदेखि सैनिक कूटनीति प्रभावकारी देखिएको हो । यतिबेला कोरोनाले व्यापक रूपमा जनता मार्न थालेपछि जनताको शब व्यवस्थापन गर्नेमात्र होइन, जनताको ज्यान बचाउने जिम्मा पनि सेनाले लिनुपर्छ भन्ने आवाज उठिरहेका बेलामा प्रधानसेनापति पूर्णचन्द्र थापाले बढाएको छिमेकका सैनिक प्रमुख र दूतावासहरूका सैनिक सहचारीहरूसँग बढेको वार्ताले असहज परिस्थितिलाई सहज बनाउन भूमिका खेल्ने विश्वास विज्ञहरूको चर्चाको विषय बनेको देखिन्छ ।
भारतका सैन्य प्रमुखको नेपाल भ्रमणअघि रक्षामन्त्रीको जिम्मेवारी प्रधानमन्त्री आफैले लिएका थिए । त्यसपछि भ्रमण भयो, दुबै देशका सेना प्रमुखबीच सम्बन्धका विषयमा गम्भीर छलफल भएका थिए । चीनले पनि नेपाली सेनालाई उच्च महत्व दिदै आएको छ । चीनका रक्षामन्त्री जनरल वे फेङ्को नेपाल भ्रमण नेपाली सेनालाई निकट मान्ने महत्वको कडी हो । जानकार भन्छन्– नेपाली सेनाको प्रभाव र महत्वलाई कम आँक्नु हुन्न । विज्ञहरूले के पनि भनेका छन् भने नेपाली सेनासँगको गाढा सम्बन्ध क्षेत्रीय र विश्वशक्ति राष्ट्रहरूका लागि महत्वपूर्ण बन्दै गएको छ । चीनले नेपालको सैन्य क्षमता अभिवृद्धिका लागि सहयोग र समर्थन निरन्तर बढाउँदै लगेको छ ।
नेपालको बिकट र बिकराल अवस्थामा नेपाली सेनाले बोल्ड निर्णय गरे छिमेकी साझेदार हुनेछन् भन्ने आधार हुन् यी । यही क्रममा भारतीय रक्षाध्यक्ष विपिन रावतको नेपाल भ्रमण हुनेछ । राजनीति असफल भएका समयमा यो सैनिक कूटनीतिले सेना–सेनावीचको सम्बन्ध सवल हुने र धेरै असजिलोका गाँठाहरू फुक्नेछन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper