banner
banner

देखिने भयो केपीको दाउ, प्रचण्डको ह्याउ

काठमाडौं  । काठमाडौं, कांग्रेस सरकार चलाउन तैयार भएको छ । तर माओवादीको मात्र समर्थनले पुग्दैन, जसपा अनिर्णयको बन्दी बनेको छ । बैकल्पिक सरकार बन्ने स्थिति नबनेका कारण हो माओवादी केन्द्रले समर्थन फिर्ता नसक्नुको । माओवादीले समर्थन फिर्ता लिए राजीनामा दिन्छु भनेर ओलीले प्रचण्डलाई भाँचो हानेका छन् । विश्लेषकहरूका अनुसार समर्थन फिर्ता लिएपछि ३० दिनभित्र केपी ओलीले संसदबाट विश्वासको मत लिनुपर्छ । लिन नसकेपछि उनी कामचलाउ बन्नेछन् । संसदबाट सरकार बन्ने स्थिति रहनेछैन, त्यो अवस्थामा राष्ट्रपतिले सबैभन्दा बढी सदस्य भएको दलको संसदीय नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सक्ने छिन् । यो संवैधानिक व्यवस्थाअनुसार ओली नै अल्पमतको प्रधानमन्त्री बन्ने अवस्था आउँछ । ओलीको दाउ यही हो । त्यसपछि ओलीले पुनः मध्यावधिको घोषणा गरिदिने छन् । ओली यही ताकमा रहेका देखिन्छन् ।
कांग्रेस सरकारको नेतृत्व गर्न अथवा चुनावमा जान तैयार छ । पूर्व राजपा र वर्तमान जसपाले ओलीलाई साथ दिन खोजेकाले पनि प्रचण्ड मार त मार, ह्या मारमा परेका छन् । माओवादी चुनावबाट थरहरि हुनुको कारण शक्ति संकुचन हुने भय पनि हो । ओलीलाई निर्वाचनमा जानबाट रोक्न माओवादीले दिएको समर्थन फिर्ता लिन नसकेको हो ।

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper