banner
banner

गलत तरिकाले गणतन्त्र कार्यान्वयनको फल

राजन कार्की- - - 
राजनीतिज्ञहरूले आफ्नो स्वार्थ हेर्छन्, स्वार्थअनुसार निर्णय गर्छन् । जनआन्दोलनपछि राजनीतिक स्वार्थ त पूरा भयो, देशले लामो समय संक्रमणमा बिताउनु प¥यो, जनताले ठूलो मूल्य चुकाउनु परिरहेको छ ।
२०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठक डाकियो, कांग्रेसका वृद्ध नेता कुलबहादुर गुरूङले सभापतित्व गर्ने निधो पनि भयो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । प्रचण्डले गणतन्त्र नेपालको पहिलो राष्ट्रपति तपाईं भनेर गिरिजाप्रसादलाई पूर्ण विश्वास दिलाइसकेका थिए । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हच्किए र उनका तर्फबाट चुनाव हारेका कृष्णप्रसाद सिटौलाले गणतन्त्र कार्यान्वयनको प्रस्ताव टेबुल गरे, सबैले टेबुल ठोके, लोकेन्द्रबहादुर चन्दले समेत टेबुल ठोकेका थिए, प्रस्ताव पास भयो ।
टेबुल ठोकेर राजतन्त्रात्मक नेपालमा गणतन्त्र आयो ।
किन, केका लागि, कसको अभिष्ट पूरा गर्न ? जनआन्दोलनको निरङ्कुशता विरोधी जनादेश कसरी राजतन्त्र उन्मूलन गर्ने एजेण्डा बन्यो ? यो एजेण्डाका लागि दबाब दिने को को थिए, कहाँ कहाँबाट दबाब आएको थियो । कुलबहादुर गुरूङ ज्यूँदै छन्, उनी भनिरहेका छन्– मैले दबाब रोक्न सकिन, मलाई बाध्य पारिएको थियो । १५ वर्षपछि पनि सवाल उठिरहेकै छ । यो रक्तपात विहिन कोतपर्व नै थियो । यो कोतपर्वल आजको लथालिङ्ग, अभिभावकविहिन अवस्थामा पु¥यायो ।
यतिबेला नेपाल सङ्कटग्रस्त छ । भारतले नेपालको भूमि अतिक्रमण गरेर आफ्नो नक्सामै हाल्यो । नेपाली भूमिमा कलभर्ट, बाँध बनाएकै थियो, अव राजमार्ग नै बनाउन थाल्यो । नेपालमा डेढलाख पेन्सनरलाई पेन्सन बितरण गर्ने नाममा नेपालभरि फैलिएका क्याम्पमा खटिएका भारतीय सिभिल डे«सका सैनिकहरू सूचना लिइरहेकै छन् । यसअघि बनेका १२ सरकारका पालामा क्याविनेट निर्णय २४ घण्टापछि सार्वजनिक गर्ने गरिन्थ्यो र संवेदनशील निर्णयका बारेमा प्रधानमन्त्रीलाई सिंहदरवारबाट बालुवाटार नपुग्दै कूटनीतिक कप्र्सका प्रतिनिधिहरूको टेलिफोन आउने गथ्र्यो । एकजना मन्त्रीले त जुत्ताको तलुवामा निर्णय हालेर दूतावासमा बेचेको, वास रूम जाँदा टेलिफोनबाट निर्णय लिक गरेको खबरहरू पनि सार्वजनिक भएकै हुन् । प्रवुद्ध समूहको गोप्य रिपोर्ट गोप्य नै छ, तर चीन र भारतसँग त्यसका प्रतिलिपिहरू पहिले नै पुग्यो, मुसाले पु¥याएन होला ? नेपाल यस्तो देश हो । जहाँ ००७ सालपछि क्याविनेट निर्णय गर्न गराउन दिल्लीले गोविन्द नारायण सिंहहरू पठाएको थियो । राजा महेन्द्रले दिल्लीका दूतलाई रोक लगाएपछि भारतले धेरै नेताहरूलाई नै गोविन्दनारायण सिंहका रूपमा पालिरहेको छ ।
एमसीसी र ब्लुडट नेट मिसाइल नै बोकेर नेपाल छिरेको छ । यो प्रस्ताव नेपालका लागि निल्नु न ओकल्नुभएको छ । नेपाललाई भारतीय प्रभावमा सुरक्षित राख्न खोजिरहेको भारत अमेरिकी रणनीति र अमेरिकी कूटनीतिक जोल्टको परिधिमा पर्दै गएको छ । भारतसँग १५ लाख सेना छ, नेपालसँग १ लाख सेना, कहाँ भारत कहाँ नेपाल भनेर हेयको दृष्टिले कूटनीतिक मर्यादा नाघेर भारतले जसरी तर्साउने राजनीति गरिरहेको छ, यथार्थमा भारत अमेरिकी जालमा परिसकेको झिंगाभन्दा बढी केही होइन । बाइबल पढ्नेले पढे हुन्छ– २१औं शताव्दी एङ्लो रेसको शताब्दी हो ।
त्यो भारतले तर्साउने नेपाललाई मात्र हो, जसले २०४६ सालको आन्दोलनका समयमा विदेश सचिव एसके सिंहलाई पठाएर राजासँग नेपालको परराष्ट्र, रक्षा, सुरक्षा र जलस्रोत भारतको जिम्मा दिने भए आन्दोलन रोकिदिने लालच देखाएका थियो । २०६३ सालमा सांसद करन सिंहलाई पठाएर ७ राजनीतिक दलका माँग मान्न बाध्य पारियो ।
नेपालमा अहिले जे छ, भारो पश्चिमाको उद्देश्यमात्र छ ।
भारतको हैसियत चीनले बुझेको छ । जसरी १९६२ मा युद्धबाट बहादुरीका साथ पिछे हटेंगे भन्न भारत बाध्य भएको थियो, भुटानको दोक्लाममा पनि गत वर्ष भारत बहादुरीका साथ पिछे हटेकै हो । अहिले लद्दाख, गलवानमा चीनले भारतको पसिना कढाइरहेको छ । केही वर्ष अघि सीमाविवाद बढेपछि चीनले रातको १ बजे बेइजिङस्थित राजदूत निरूपमा राव मेनन (जो विश्व प्रभावकारी महिला मानिन्छिन्) लाई समन जारी ग¥यो । एकघण्टा कुराएर सातो लिएर पठाएको थियो । भोलिपल्ट भारतले दिल्लीस्थित राजदूतलाई रातमा होइन, अफिस टाइममा बोलाएर स्पष्टीकरण दिनुपरेको घटनाले भारतको हैसियत प्रष्ट हुन्छ । अहिले भारतका राजदूत बिनयमोहन क्वात्रा नेपाललाई तर्साउने र बसमा पार्ने सपेराजस्ता देखिन्छन् । कूटनीतिक भद्रतामा छैनन् उनी । उपरखुट्टी लगाएर मन्त्री, प्रधानमन्त्री भेट्छन् ।
वर्तमान विश्वमा अमेरिका, रूस र चीन सुपर पावर हुन् । वैज्ञानिकहरू भन्छन्– अमेरिकासँग विश्वलाई दुईपटक र रूससँग सातपटक समाप्त पार्ने हतियार छ । चीनसँग के कति हतियार छ, खुलेको छैन तर रूस र चीन निकट छन् । रूसका पुटिन र चीनका सी चिनफिङको बढ्दो मित्रता, उत्तर कोरिया र पाकिस्तानको आणविक विकासले चीनलाई शक्तिशाली बनाउँदै लगेकोमा भारो अमेरिकी धुरी असिन पसिन हुन पुगेको हो ।
चीनका १८ छिमेकी छन्, भारतबाहेक कुनै छिमेकी रूष्ट देखिदैनन् । भारतका १४ छिमेकी राष्ट्र छन्, भारतसँग मन नदुखाउने कुनै छिमकी छैनन् । यसबाट थाहा हुन्छ भारत कति कमजोर छ । सम्मान दिने सम्मान आर्जन गर्ने चीनको कूटनीति सफल मानिन्छ ।
इसाइ र मुसाइकरण । मुसाइकरण फाट्टफुट्ट हो । त्यो पनि पाकिस्तानी आतंककारीका नाममा भारतीय आईबीको चलखेल हुनसक्छ । नेपालबाट पाकिस्तानी आतङ्कवादी घुसपैठ भइरहेको प्रचार गरिरहेछ भारत । नेपालले लामो समयदेखि खुला सीमा नियमन गर्न, आवश्यक परे मुख्य नाकाबाहेक तारजाली लगाउने कुरा उठाउँदा भारत एउटा कानले सुनेर अर्को कानले उडाउँछ । मोदी र ओलीको सहमतिमा गठित प्रबुद्ध समूहको रिपोर्टमा यही कुरा उल्लेख छ । कहिले रोटी बेटीको सम्बन्ध, कहिले सानो भाइ ठान्छ भारत । भारत नेपाललाई समानताको दृष्टिले हेर्दैन । भारत नेपालसँग युद्धको जस्तो तनावपूर्ण स्थितिबाट अस्थिरता निर्माण गरेर समस्या छैन भनिरहेको छ ।
पश्चिमा यसकारण पनि नेपालमा सक्रिय छन् । उनीहरू चीनबाट ताइवान र तिब्बतलाई अलग्याउन चाहन्छन् ।
बढ्दो उकुसमुकुसबाट नेपाली निस्कने कसरी, बाघ भिडन्तबाट नेपाललाई बचाउने कसरी ? जान्नेबुभ्mनेहरू पार्टीका कार्यकर्ता बनेका छन्, सोझासाझाहरू अभिभावक विहीन टुहुरा नियति भोगिरहेका छन् । देश– बनमारा झार र रूखविरूवामारा ऐंजेरू हल्किएको खोरिया बनिसक्यो । चेतना छ, चेतनाले मान्छेहरूलाई सक्रिय पारेजस्तो लाग्दैन । कांग्रेसका लौहपुरूष स्व.गणेशमान सिंहले भनेजस्तो जनता भेडा हुन्, राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले भनेजस्तो संसद भेडीगोठ हो । पद्धति लोकतन्त्र, पद्धतिका अंसियार भेडाजस्ता, पद्धतिका सञ्चालक भेडा, दुई खुट्टे जनावरशाला बन्यो लोकतन्त्र । एउटा राजा फालेर सिंहदरवारमा २५, प्रदेशमा ७, जिल्लामा ७७, महानगरमा ६, उपमहानगरमा ११, नगरमा २७६, गाउँपालिकामा ४६० र वडासम्म ६७४३ राजाहरू जन्माइएका छन् । प्रधानमन्त्री र राष्ट्रपति त बादशाह, बादशाही नै भइहाले । यस्तो स्थिति भनेको लोकतन्त्रको हँसीमजाक मात्र हो ।
बरू राजतन्त्र नै ठिक भन्ने माओवादी नेता जनार्दन शर्माका मुखबाटसमेत निस्क्यो । प्रचण्ड असफलताले वाक्क छन्, केपी ओली सबैलाई बाबुसाव बन्नुपर्ने भनेर दिक्क छन्, पार्टीइतरहरू झन ठूलो निरङ्कुशता आयो भनिरहेछन् । विदेशीहरू विश्वास गुमायो नेपालले भन्छन् । खुशी र चैन कसैलाई छैन, सबै छटपटीमा छन् । राजा फाल्नेहरू लघुताभाषमा छन्, राजाको हौसला बुलन्द छ । ‘म सडकमा निस्किएँ भने परिवर्तनको आँधी आउँछ’ भन्ने पूर्वराजालाई थाहा छ तर उनी राजनीति गर्नेहरूको बुद्धि बंगारो पलाओस् भन्ने प्रतिक्षामा छन् । 
हुन त नेपालबाट राजतन्त्र फालिएपछि चीनले नेपाल नियालेको मात्र छ । विगत केही वर्षमा चीनले ३ पल्ट पूर्वराजालाई निम्त्यायो । अधिराजकुमारी हिमानी शाहलाई ५ पल्ट स्वागत ग¥यो । थाइलेण्डमा पटक पटक पूर्वराजासँग बरिष्ठ अधिकारी पठाएर छलफल ग¥यो । २०७६ सालमा स्वयम् चीनका राष्ट्रपति नेपाल आए । राष्ट्रपति सी भारतका प्रधानमन्त्री मोदीसँग वान टु वान वार्ता गरेर नेपाल आएका थिए । राष्ट्रपतिले रात्रिभोजको आयोजना गरिन् । त्यो रात्रिभोजमा एकसिट खाली नै रह्यो । त्यो सिट यियो– राष्ट्रपति सीका विशेष सल्लाहकारको । उनी त्यति नै बेला निर्मल निवास पुगेका थिए पूर्वराजासँग छलफल गर्न । फर्कनुअघि राष्ट्रपतिले सीले चीनविरूद्ध लाग्नेलाई धुलोपिठो पारिन्छ भनेर भारत र पश्चिमालाई सन्देश दिएर गए । बुझ्नेलाई हनुमन्ते पारि हो यो ।
केही वर्ष अघि भारतको २२ जनाको वार्ताटोली चीन जानु थियो । चीनले २१ जनालाई भिसा दियो, एकजनालाई दिएन । किन भनेर प्रश्न गरे भारतको विदेश मन्त्रालयका अधिकारीले । चीनले भनिदियो– एकजना अरूणाचल प्रदेशका रहेछन्, उनी त चीनकै नागरिक हुन्, उनलाई भिसा चाहिदैन, जहिले आए पनि स्वागत छ ।
यता भारतका स्थल सेनाध्यक्ष, रअप्रमुख, विदेश सचिवले नेपाल भ्रमण गरेका छन् । भ्रमणपछि नेपालको राजनीतिक हालत के हो, यतिबेला संसदतिर हेरे प्रष्ट हुनेछ ।
चुरो कुरो, नेपाली नेता, प्रशासक, विचारकहरूले विश्वास गुमाउँदै गएका छन् । देश भित्र र बाहिर सबैलाई नेपालमा मूलथामको खाँचो खड्किरहेको छ । जो छन्, खन्चुवा छन् । त्यो टलर पर्सोन्यालिटी पूर्वराजा बाहेक अरू कोही देखिएका छैनन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper