banner
banner

उपराष्ट्रपतिको पुस्तक नेपालीमा

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको द ट्रुथ्स वी होल्ड पुस्तक नेपाली भाषामा छापिने भएको छ । यसको कपिराइट वी रीडले प्राप्त गरेको समाचार छ । नेपाली भाषा साहित्यका लागि यो खुशीको खबर हो ।
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब द ट्रुथ्स वी होल्ड पुस्तक वी रीडले कहिले प्रकाशित गर्नेछ भनेर उत्सुकता बढेर गएको छ । ‘वी रीड’ले विज्ञप्ति मार्फत ‘द ट्रुथ्स वी होल्ड ः एन अमेरिकन जर्नी’ नेपालीमा अनुवाद गर्ने अनुमति पाएको जानकारी गराइएपछि उत्सुकता चुलिएको हो ।
पुस्तकमा महिला समानताको सवालमा अगाडि मानिने अमेरिकाको राजनीतिमा भने २१ औं शताब्दीमा पनि वर्णभेदी र लिंगभेदी नै छ भन्ने विषय रहेको छ । यो पुस्तकले बोकेको यथार्थ सबै अमेरिकीलाई कसरी एकतावद्ध पार्ने भन्ने सन्देश मुख्य रूपमा वर्णन गरिएको छ । यसपल्टको राष्ट्रपतिको निर्वाचनमा अमेरिकी समाज विभाजन भएको थियो । त्यो विभाजन जोड्ने कडी पनि हो यो पुस्तक । उसै पनि प्रभावशाली र प्रेरक व्यक्तित्व कमला ह्यारिसलाई यो पुस्तकले अरू ख्यातीको शिखरमा पु¥याएको विज्ञहरूले बताएका छन् । गत जनवरी २० मा कमला ह्यारिस संयुक्त राज्य अमेरिकाको उपराष्ट्रपति पदभार सम्हाल्दै गर्दा उनले दुई खालका इतिहास रच्नुभएको थियो । एउटा उनी अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बन्नुभएको थियो भने अर्को उहाँ उपराष्ट्रपति पदमा पुग्ने पहिलो कालो वर्णकी महिला हुनुहुन्थ्यो । अझ रोचक त के छ भने कमला पहिलो दक्षिण एसियाली महिला पनि हुनुहुन्छ । यसअर्थमा दक्षिण एसिया आफैमा गौरन्वावित भएको छ । दक्षिण एसियनले गौरव गरेका छन् ।
उनै कमला ह्यारिसले ‘द ट्रुथ्स वी होल्ड’ पुस्तक लेखेर विभिन्न बेस्ट सेलर सूचीमा पर्न सफल भएको थियो । पेनगुइनबाट प्रकाशित ह्यारिसको ‘द ट्रुथ्स वी होल्ड’ अब वी रडले नेपालीमा प्रकाशन गर्ने अनुमति पाएको छ । नेपाली भाषीहरूले पनि छिटै यो पुस्तक पढ्न पाउने भएका छन् । वी रीडकी प्रमुख कार्यकारी अधिकृत सुनिती अमात्यले चाँडै प्रकाशन हुने जानकारी दिनभएको छ । 
स्मरणीय छ– कमला ह्यारिस जमैकाबाट अमेरिका पुगेका आप्रवासी बुवा डोनाल्ड ह्यारिस र भारतबाट अमेरिका पुगेकी श्यामला गोपालनकी छोरी हुनहुन्छ । कमलाको जन्म सन् १९६४ अक्टोबर २० मा ओकल्याण्ड, क्यालिफोर्नियामा भएको थियो । उहाँकी आमा क्यान्सर अनुसन्धानकर्ता श्यामला गोपालन र बुवा जमैकाका अर्थशास्त्री हुनुहुन्थ्यो । कमलाका बुवा र आमाको भेट स्नातक तहमा अध्ययनका क्रममा बर्कलेमा भएको थियो । उहाँका बुवा आमा अमेरिकी नागरिक अधिकार आन्दोलनमा सक्रिय रहेको र अभिभावकको राजनीतिक चेतना प्रभाव सानैदेखि कमलामा पनि पर्यो । जुन प्रभावले आज अमेरिकाको उपराष्ट्रपति पदमा उहाँलाई पु¥याएर अमेरिकाको सेवा गर्ने ऐतिहासिक अवसर दिएको छ ।
आमा बुवाको पारपाचुके हुँदा कमला ७ वर्षकी हुनुहुन्थ्यो त्यसपछि आमाको अभिभावकत्वमा हुर्केकी कमलाले सानै उमेरदेखि कालो वर्णका मानिसले भोग्ने भेदभाव र त्यसको प्रतिरोध गरिरहनु भयो । आफैले विभेद भोगेका कारण विभेदविरूद्ध प्रखर बोल्ने कमला पेशाले वकिल हुनुहुन्थ्यो । ‘द ट्रुथ्स वी होल्ड’ मा कमलले लेख्नुभएको छ– ‘परिवर्तनका लागि न्यायको खोजीमा एकजुट भएका वयस्कहरूबाट नारा र जुलुस हेर्दै हुर्किएँ । त्यहीँ मैले यो सबै प्रक्रियामा हाम्रो आफ्नै पनि महत्वपूर्ण भूमिका हुन्छ भन्ने जानेँ ।’ प्रतिक्षा गरौं यो पुस्तकको ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper