banner
banner

साहसिक महिलाका लागि अमेरिकी साथ

काठमाडौँ ः अमेरिकी दूतावासले मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने भएको छ । तेजाब हमला अन्त्य हुनुपर्छ भनेर मुस्कानले गर्दै आएको चेतनामूलक र संघर्षयुक्त कार्यका लागि अमेरिकाले उनलाई साहसी महिला पुरस्कार दिने निर्णय गरेको हो ।
महिला शिक्षा, चेतना र साहसका लागि अमेरिकाले दिएको यस पुरस्कारका लागि नेपाली नारीहरूले धन्यवाद दिएका छन् । नेपाल सरकारले, दलहरूले नसोच्दै सम्मान भएको छ ।
तेजाव आक्रमणबाट जीवन बर्बाद भएका छन् कतिका । तर मुस्कान खातुनले जीवन यत्तिकै समाप्त हुँदैन भनेर संघर्ष गरिरहिन् । आज तिनै मुस्कानको मुहारमा मुस्कान ल्याइदिएको छ अमेरिकाले । धन्यवाद नेपालको असल मित्र अमेरिका । महिला सशक्तिकरणका लागि अमेरिकी सहयोग प्रशंसनीय रहेको छ । समाचार अनुसार अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी पुरस्कार हस्तान्तरण गर्नेछन् । 
धन्यवाद अमेरिका । यो सम्मान र पुरस्कारमात्र होइन, युवतीहरूका लागि जस्तोसुकै कठिन परिस्थितिमा पनि बाँच्ने र केही गर्ने हौसला पनि हो ।
समाचारअनुसार १५औँ वर्षमा रहेको आईडब्ल्यूओसी पुरस्कारले प्रायजसो ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्दछ । यसका अघिल्ला विजेताहरू मध्ये पाकिस्तानमा महिला तथा किशोरीहरूका लागि वकालत गर्ने कामका लागि सम्मानित मलाला युसुफजई छिन्, जो सबैभन्दा कम उमेरकी नोबेल पुरस्कार विजेता पनि हुन् । मुस्कान खातुन अर्की साहसी महिला बनेकी छिन् । सन् २०१९ मा मुस्कान १५ वर्षकी छँदा एक किशोरका प्रेम–प्रस्ताव अस्वीकार गरेकोमा तेजाब हमलाको सिकार भएकी थिइन् । उनको अनुहार, छाती र हातमा तेजावले गहिरो चोट पुगेको थियो । उनको पीडादायी जीवन रह्यो र त्यो पीडाले आज पनि उनी छटपटिने गर्छिन् तर जीवनसँग हार मानेकी छैनन् ।
उनले यो सम्मान र पुरस्कार पाउनुको विशेष कारणका रूपमा अमेरिकी दूतावासले भनेको छ– धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरूद्ध कडा कानुन र सजायको लागि लबीङ् गरिन् । कडा कानुनका लागि उनले प्रधानमन्त्री के.पी. ओलीसँग भेट गरिन् जसले तेजाब हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गरे र अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी गराएका थिए । दूतावासका अनुसार यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्वपूर्ण थियो । नेपालस्थित अमेरिकी दूतावासलाई उनको समर्थन र नेपालमा महिला तथा किशोरीहरूको अधिकारको प्रगतिलाई प्रोत्साहन गर्नमा गर्व छ ।’

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper