banner
banner

अध्यारो सुरूङ्मा कसरी संविधान पढ्ने

वरिष्ठ अधिवक्ता शिव सिग्देल - - - 
संविधान लेख्नेहरू गालीगलौजमा उत्रिएका छन् । संवैधानिक हुन्छु भन्नेहरू मांसाहारी आन्दोलन गर्छौंमात्र भनिरहेका छैनन्, बालुवाटार घेर्ने, सर्वोच्चबाट न्यायाधीश तानेर अफगानिस्तानको घटना दोहो¥याउने, निर्वाचन आयोग घेर्नेसम्मको अतिवादी अभिव्यक्ति दिइरहेका छन् ।
सत्ताधारी दलभित्रको झगडामा यसरी संविधानलाई कागजको खोस्टो बनाउन पाइन्छ कि पाइन्न ?
संविधानले चिन्ने दल हो, सत्ताधारी दल एउटै छ, एउटै दलभित्रको दन्तबझानले देश बन्दी हुनुपर्ने, देश बन्द र विकास अवरूद्ध हुनुपर्ने ?
अहिलेको अन्धकार ल्याउने को ?
उज्यालो ल्याउँछौं कसले भनेका थिए ? किन ल्याउन सकेनन् ।
उज्यालो ल्याउँछौं भन्नेहरू स्थिति अन्धकार बनाइरहेका छन् र अझै भनिरहेका छन्– लोकतान्त्रिक उज्यालो ल्याउँछौं । यिनले ल्याएको उज्यालो यही अन्धकार होइन  र ?
यिनीहरू एकदोस्राप्रति तिक्तता पोखिरहेका छन् । यिनको तिक्ततामा नागरिकले यिनको पक्ष विपक्षमा उभिदिनुपर्ने, कुन दल बढी जनता ल्याउन सक्छ भनेर सडक सडकमा प्रदर्शन गरिदिनुपर्ने ?
कम्युनिष्टहरू फाटेका छन्, फुटेका छन् र यिनको झगडाले संविधानको बहस सर्वोच्च अदालतमा पुग्यो र दुबैथरि न्वारानको बल लगाएर भनिरहेका छन्– हामी संविधानवादी । अर्कोपक्ष संविधान विरोधी, निरङ्कूश ।
को निरङ्कूश, को संविधानवादी ? को अग्रगमनकारी ?
संविधान पढौं भनेर ल्याएको देश अन्धकार सुरूङभित्र पसिसकेछ ।
अन्धकार सुरूङ्मा कसरी संविधान पढ्ने । अन्धकारमा संविधान पनि कालो कालो देखिन्छ । उज्यालो भए पो संविधान पढ्न सकिन्छ ?
यो राजनीतिक अन्धकारमा संविधान पढ्ने कसरी, बुझ्ने के ?
संविधान जसले बनायो, तिनैले आगो लगाइसकेका छन् । एकदुई पाना बाँकी छ भने हामी पनि संविधानलाई बालेर संविधान पढ्ने कि ?
अन्यथा संविधानविदहरू राजनीतिक कित्ता कित्तामा बाँडिएर संविधानको व्याख्या गरिरहेका छन् । संविधानले यसो भन्छ, उसो भन्छ भनेर तर्क गरिरहेका छन् ।
संविधान लेख्नेले च्यात्ने । च्यात्नेले संविधान चाहियो भन्ने । के हो यो ?
चुनाव गर्छु भन्ने हिटलर, यो सत्ता फाल्नुपर्छ, हामी सत्तामा जान पाउनुपर्छ भन्नेहरू संविधानका रक्षक । संविधान माइतीघर मण्डलाको विषय बन्यो ।
संविधान गीता, कुरान, बाइबलजस्तो सिरानमा राखेर मस्त सुत्ने विषय रहेन अब । संविधान गल्ली हल्लाको विषय, नारा जुलुसको विषय पो बन्यो ।
संविधानमा स्वार्थको अपनत्व रह्यो, जनताको अपनत्व रहेन ।
संविधान, ताके परे संविधान नत्र सडकगान बन्यो ।
यस्तो संविधान किन चाहियो । बरू बेलायतमा जस्तो फैसलाका नजिर, नैतिकता, लोकाचार नै काफी छ । नैतिक हुने हो भने संविधान किन चाहियो ?
संविधान चाहिन्छ भने संवैधानिक आचरण, सभ्यता, संस्कार र पद्धतिमा बस्न किन नसक्ने ? जंगली नै हुनु छ भने विवेक छैन भन्ने बुझिन्छ । विवेक नभएपछि सबै सम्मै । केको आस्था, केको विश्वास ? देश यही हो त ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper