तेस्रो, पश्चिमी देशका केही राजनीतिज्ञले आफ्नो व्यक्तिगत स्वार्थका लागि अथवा आफ्नो पक्षपातपूर्ण सैद्धान्तिक दृष्टिकोणका कारण सिन्चियाङसम्बन्धी कपोलकल्पित भ्रामक कुरा गर्ने गरेका छन् । चीनले धेरैपटक ती कुराको आलोचना र खण्डन गरी सत्यतथ्य प्रकाशमा ल्याइसकेको छ । नेपालले सदैव अडिग भई एक चीन नीतिको समर्थन गरेको र चीनको जातीय नीतिको समर्थन गरेकामा हामी कृतज्ञता ज्ञापन गर्छौं । केही देश र राजनीतिज्ञहरूले मानव अधिकार, धर्म आदि कुरालाई बहाना बनाई अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने दुराशयको हामी नेपालसँग मिलेर विरोध गर्न चाहन्छौं र संयुक्त रूपमा विकासशील देशहरूको साझा हितरक्षा गर्न चाहन्छौं । हामी नेपाली मित्रहरूलाई सिन्चियाङ भ्रमणका लागि निमन्त्रणा गर्न चाहन्छौं । सिन्चियाङ आई त्यहाँका सुन्दर पहाड, नदीनाला हेर्नुहोस्, सिन्चियाङका विभिन्न जातिका जनताको एकता र आपसी सहयोगयुक्त शान्तिपूर्ण जीवनको अनुभव गर्नुहोस् । मलाई विश्वास छ, सिन्चियाङप्रति तपाईंहरूको धारणा अझ सुन्दर हुनेछ ।