banner
banner

माइकल एन्जेलोको निर्वस्त्र कला

रमेश खनाल -
“कसको मूर्तिकला एक्जिविसन अरे ? 
“इटालीका प्रसिद्ध मूर्तिकार दोनातेलो को हो ? 
“ए ! त्यसोभए हामी पनि प्रदर्शनी हेर्न जाऊ भन्दै एक हूल युवा–युवतीहरू हतार गर्दै प्रदर्शनी ग्यालरी पुगे । 
यो कूरो अहिलेको होइन । यो त इ.सं १४३० तिर को हो । पन्ध्रौ शताब्दीको युरोपका सर्वाधिक प्रभावशाली मूर्तिकार हुन दोनातेलो । यिनको पूरानाम डोनातो डी निकोलो डी वेट्टो बार्डी हो । तर उनी ‘डोनातोलो’ नाऊँ बाट चिनिन्छन् । उनको जन्म इ.स. १३८६ मा इटालीको फ्लोरेन्समा भएको थियो । उनले शास्त्रीय मूर्तिकला लोरेन्जो गिवटिएनी सँग सिकेका थिए । उनले प्रस्तर, धातु, काष्ठ, माटो, वाक्स आदि माध्यमबाट थुप्रै मूर्तिहरू बनाएका छन् । उनका थुप्रै सहायक मूर्तिकारहरू पनि थिए । त्यसमध्ये चारजना मूतिकारहरू निकै प्रतिभाशालि थिए उनले छुट्टै किसिमको क्जबिियध प्रकारको वासरिलिफ तरिकाबाट मूर्ति बनाउने शैली विकास गरेका थिए । उनले साना देखि ठूला ठूला मूर्तिहरू बनाएका छन् । उनको सवभन्दा प्रसिद्ध मूर्तिहरू सन्ट जर्ज, घोडचडी मोनमेन्ट डेभिडलाई गाराभेल्टा आदि हून् । अनी पूर्नजागरण कालका कलाकार हून् । डेभिडलाई पूर्नजागरण कालको अति प्रसिद्ध मूर्ति मानिन्छ । यो मूर्ति सरवांग नग्न छ । उक्त मूर्ति बनाउने अडर कोसीमो द मेडिसी ले मेडिसी दरवारको कोर्टुआर्डमा राख्नका लागि दोनातेलोलाई कमिसन वोर्क दिएका थिए । 
वेलिनी ,  मान्टेना , माइकल एन्जोलो आदि दोमातेलोका कामबाट प्रभावित थिए । त्यसैगरी दोनातेलो माइकल एन्जेलो को प्रसिद्धी र कामबाट धेरै प्रभावित थिए । माइकलएन्जेलोलाई भेटेर मूर्ति सम्बन्धि कुरा गर्ने, उनको ठूलो धोको थियो । 
“दोनातेलो ? खोई कहाँ छन्” भनि एकजना बिधार्थीले सोधे । 
“खोइ ! म पनि देख्नीन” अर्को विधार्थी भन्छ ।  
“उ क्या त ति अग्ला व्यत्ति नै दोनातेलो हुन् ।” भन्छ अर्को कलाकार ! हामी उनलाई हे¥या हे¥यै हुन्छौ ! हेर्दा हेर्दै भिड बढ्दै जान्छ । त्यहाँ प्रदर्शित सबै मूर्तिहरू नियाल्न थालिन्छ । 
आहा ...क्या सून्दर मूर्ति रहेकछन्” भन्छ अर्को आगन्तूक “देनातेलोलाई कसले भेट्न सक्छ । उनको शिल्पजन्यता उत्कृष्ट छ ।” भन्छ एउटा दर्शक । 
“तर देनातेलोले माइकल एञ्जेलोलाई धेरै आदर, सम्मान गर्दछन् । उनि, उनका भक्त हून् । 
देनातेलो एक एक मूर्ति पारखीहरू सँग कूरा गर्दैछन् । कोही उनलाई “डेभिड” मूर्ति कसरी बनाउनु भयो भनेर सोधिरहेका छन् । उनको प्रश्न सूनेर मुस्कुराउँदै देनातेलो भन्छन् “मलाई ‘डेभिड’ मूर्ति, मेडिसा परिवारले आफ्नो दरबारको प्राङ्गणमा राख्नका लागि बनाउने अडर दिएका हून् । यस मूर्तिले गोलियाथ को शिरलाई बायाँ खुट्टाले टेकेको छ । डेभिडकको दायँ हातमा तरबार छ । टोप छ । र, मुहारमा शत्रुलाई परास्त गर्न सकेकोमा सन्तुष्टिको भाव छ । यो मूर्ति १.५८ मिटरको उचाईको छ ।” 
“अनि यो निरबस्त्र किन बनाउनु भयो ? भनि एक दर्शकले सोधे । उनको कूरा सुनेर देनातेलो मुस्कुराउदै भने “निवस्त्र नै बनाउने अडर मेडिसा परिवारले दिएका हुनाले त्यसैले मैले बनाएको हु ।” त्यसपछि उनी अरू दर्शकहरू सँग कुरा गर्न लागे । यस्तैमा एकजना अधवैशें व्यक्ति ग्यालरीमा प्रवेश गर्छन् । उनी पनि एकएक गरि देनातेलोका मूर्तिहरू हेर्न थाल्छन् । भीड बढी रहेकोछ । ठेलमठेल छ । ती अधवैशें व्यत्तिले पनि देनातेलोको  (१४२५),  (१४५५), डेभिड (१४४०), ीयचभलशय न्जष्दभचतष्, मूर्तिहरू हेरे । उनले मूर्ति नियालेर हेरेको देखेर उनको छेउमा देनातेलो पूगेर सोधे । “कस्तो लाग्यो मेरा मूर्तिहरू ?”
“मूर्ति त गजबका रहेछन् । तर त्यहा एउटै कुरो पुगेन” यति भनेर ति अधवैशें व्यक्ति वाहिर निस्कीए । उनको कूरा देनातेलोले सुने तर गंभिरता पूर्वक लिएनन् । केही वेरपछि प्रदर्शनी हेर्न आउनेहरूमा कसैले माइकेल एन्जोलोको नाउ लिएको सुनियो । 
“भर्खरै आएका ती अधवैशे व्यक्ति इटालीका अति प्रसिद्ध मूर्तिकार माइकेल एन्जेलो हून्” भनेको देनतेलोको कानले पनि सुन्यो । माइकेलएन्जेलो भन्ने वित्तिकै उनी एकदम झस्किए । जसको नाम त्यत्रो सुनिएको थियो, आज तिनैलाई भेटन पाउँदा पनि तिनको स्वागतसम्मगर्न सकिएन भन्ने उनलाई सा¥है थकथक लाग्न थाल्यो । 
त्यसपछि माइकेलएन्जलोलाई भेटन धेरै पटक उनले कोसिस गरे तर सफल भएनन् । किनी माइकेलएन्जेलो फ्लोरेन्स छोडी रोम हिडिसकेका थिए । 
त्यस दिन देखि देनातेलोका मनमा एउटै कुराको धोको रहिरह्यो । उनको कानमा त्यही कुरा गून्जिरह्यो । तर त्यहाँ एउटै कुरा पुगेन” आफ्नो मूर्तिमा के कूरा पुगेको रहेनछ ? त्यो के होला त ? आफ्नो कलात्मक सिर्जनामा के कूराको अभाव रहेकोछ ? त्यो जान्ने खूलदूली सधै उनका मनमा रहिरह्यो । 
समय वित्तै गयो । वर्षा, गर्मी, जाडो अनि फेरी जाडो, गर्मी र वर्षहरू यावत आईरह्यो–गइरह्यो । समयले देनातेलोलाई बूढो बनायो । यसै बीच माइकेलएञ्जोलोको नाम सारा यूरोप भरि फैलियो । उनी, आफ्ना मूर्तिहरूका बीच प्रसिद्ध हूँदै गए । माइकेलएञ्जेलोले बनाएका “सिसटाइन च्यापेल, “द लाष्ट जजमेन्टको” चर्चा विश्वभरि फैलियो । 
देनातेलोलाई लाग्यो उनि माइकेलएञ्जेलोलाई भेटेर उनको मूर्तिमा “के कुरा पुगेको रहेनछ” भनेर जान्न नपाई मर्ने भए । 
एक दिन साँझ ढलेको मात्र के थियो अस्ताउने सूर्यका किरणहरू आकाश भरि छरिएर रंगी विरंगी आकार बनाउँदै दौडिरहका थिए । देनातेलो विरामी भएर ओछ्यानमा सूतेको वेला ढोका वाहिरबाट कसैले खटकटाएको सूने । ढोका खोलेपछि एक जना दाह्री भएको अग्लो मानिस विरामी सूतेको कोठा भित्र सरासर पसे । बुढा देनातेलो सुतिरहेको पलङतिर गई उनको हात समातेर “तपाईलाई कस्तो छ ?” भनेर सोधे । एकदम शान्त स्वरले सोधे पछि “म माइकेलएञ्जेलो हुँ” भनी आफ्नो परिचय दिए । आज यतिका दिनपछि बूढा देनातेलोले माइकेलएन्जेलोको दर्शन पाउँदा उनका आँखबाट बलिन्द्र आँसूका धारा बग्न थाल्यो । अनि देनातेलोले माइकेल एञ्जेलोलाई सुस्तरी सोधे “मेरा मूर्तिहरूमा के कुरा पुगेको रहेन
छ ?” उनको प्रश्न सुनेपछि माइकेलएन्जेलोले बडो श्रद्धा र प्रेमले देनतेलाको हात समातिकन भने “तपाईका मूर्तिहरू साह्रै गजबको सुन्दर छन् तर त्यसमा “प्राण हाल्न मात्र बाँकी छ ।” भनि दिए । उनको कुरा सूनेर देनातेलोको मुहार उज्यालो भयो । उनको आँखाको कोशबाट सलल आँशू बगे । उनले माइकेलएन्जेलोको हात समातेका थिए । अनी ठीक त्यसै बेला देनतेलोले माइकोएन्जेलोका काखमा देनातेलो नै प्राण त्याग गरे । 

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper