banner
banner

वहालाई नै इच्छा छैन कि ?

शाश्वत शर्मा--
पूर्वराजालाई नै राजसंस्था पुनस्र्थापना गर्न मन नभएको हो ? अव परिवर्तनको विकल्प नभएको अवस्थामा र राष्ट्रिय अन्तर्राष्ट्रिय अनुकूल अवस्थामा पनि पूर्वराजा किन मौन ? देश र देशवासी छटपटीमा छन्, पूर्वराजा चुपचाप । के हो यो ? पुर्षाले आर्जेको मुलुको यति साह्रो बेहाल भइसक्दा पनि पूर्वराजाले जनतालाई आह्वान गर्न नसक्नुको पछाडि के छ ? बाधा अड्चन कसले दियो ?
एकथरि भन्छन्, पूर्वराजाले एकपल्ट आह्वान गनेृ हो भने जनताले एकै झट्कामा यो बेथितिको पहाडलाई सम्याइदिन्छन् । अव त सत्ताधारी र राजसंस्थाका बिरोधीहरुले पनि घुमाउरो पाराले राजसंस्थाको आवश्यकता देखिसकेका छन् । छिमेकी र अन्य मित्रराष्ट्रहरु पनि नेपालको बेहाल देखेर दिक्क भइसके । त्यस्तो कुनै क्षेत्र बाँकी छैन, जो भताभुङ्ग नभएको होस् । फेरि पूर्वराजाले कसलाई कुरेर बसेको ? लूट त थियो, अव त ब्रम्हलूट नै मच्चिएको छ । राष्ट्रियताको कागजी घोडा दौडाएर लुट्ने र देशको सीमा समेटेलिएको पुस्तकसमेत बितरणमा रोक लगाइयो । प्रधानमन्त्रीले रोकेको भनेर शिक्षामन्त्रीले नै पुष्टि गरेका छन् । जनतालाई कागजी राष्ट्रवाद देखाएर उल्लू बनाउन ओली एण्ड कम्पनी लागेको देखिन्छ । अन्यथा संविधानमा समेटिएको नक्सासहितको पुस्तक वितरणमा रोक किन लगाउनु प¥यो ? देशवासीको जीवनयापन र राष्ट्रियताको यो बेहाल अवस्थामा पूर्वराजा कुन भद्रो हेरेर बसेको हो ? यस्तो प्रश्न गर्छन् आमनागरिक र बुद्धिजीवीहरु ।
पूर्वराजाले केही समयदेखि भेटवार्ता गरेको व्यक्तिहरु पूर्वराजामा पुनःराजा बन्ने कुनै चाहना प्रदर्शन नभएको बताउँछन् । यसपछि स्वयं प्रधानमन्त्रीले टीभी अन्तर्वातार्वामा पूर्वराजा स्वयम्लाई राजा हुन मन रहेको आफूलाई नलागेको बताउनु भएको हो । मठ मन्दिर घुमेकोलाई स्वभाविक रुपमा लिएको बताउनु प्रम अ‍ोलीले यो गणतान्त्रिक व्यवस्थाको आयू प्रति ढुक्क देखिन्छ्न । अर्थात पालैपालो दलपतिहरु देश लुटिरहन पाइनेमा खुशी देखिन्छन् ।
देश र जनता झन झन रसातलमा पुगेका छन् । यदि नेपाल र नेपालीप्रति भार छैन भन्ने लागेको भए पूर्वराजा २०६५ साल जेठ १५ गतेपछि नै निर्वासनतिर गइसक्ने थिए । २०७२ साल असोज ३ गते राष्ट्रघाती संविधान जारी हुनु पूर्व नै निर्वासित भइसक्नु हुनेथियो । तर पूर्वराजाका पर्व पर्वका अभिव्यक्ति सुन्दा लाग्छ, उहाँमा देशप्रतिको जिम्मेवारी छ, जनताप्रतिको भार छ । आफूमाथि दलपतिहरुले जतिसुकै अपहेलना गर्ने खालको व्यवहार गरे पनि पूर्वराजा यही माटोमा बसिरहनु नै उहाँमा देशभक्तिको भावना अनुभूति गर्न सकिन्छ ।
पूर्वराजामा विदेशी षडयन्त्र र सोझा नेपालीलाई अनेक तरिकाले उत्तेजित बनाएर दलीय शासन चलेको ज्ञान छ ।  कुनै उत्तेजनामा नआई धैर्यतापूर्वक प्रतिक्षा वहाँको तपस्या देखिन्छ । जतिसुकै बिकट परिस्थितिमा, आफू र परिवारजनमाथि नकारात्मक टिप्पणीलाई पनि सहज रुपमा लिइरहनु भएको छ । हुँदा हुँदा नेपाल सरकारले राजमाताका लागि उपलव्ध गराएको महेन्द्र मञ्जिलको बत्तीसमेत काट्ने काम ग¥यो । सडकमा तल्लो स्तरका नारा लगाइयो । बलपूर्वक किनारा लगाइएका पूर्वराजालाई पूर्वराष्ट्राध्यक्षको हैसियत पनि दिइएन । तैपनि पूर्वराजाको कुनै गुनासो सुनिदैन । तथापि देशमाथिको दलीय अत्याचार ज्यादै बढेकाले अव पूर्वराजाले बोल्नैपर्ने, जनतालाई आह्वान गर्नैपर्ने बताउन थालेका छन् । जनता साँच्चै निरास र हतास छन्, यथार्थ यही हो । जनता सहारा खोजिरहेका छन्, भरपर्दो नेतृत्व कतै देखिदैन । भरपर्दो संस्था छ भनेर जनतालाई ढाढस दिन जरुरी भइसकेको छ । बिना कुनै नेतृत्व काठमाडौं र विभिन्न सहरमा राजसंस्थाका बारेमा नाराजुलूस भइरहेकै छ । यो सबै राजसंस्थाप्रतिको अटल विश्वास पनि हो । भ्रष्टाचारको महामारीलाई यही बेलामा प्रहार नगर्ने हो भने देशको अस्तित्व जोखिममा पर्नसक्छ । विकल्पहीन अवस्थामा विकल्प भनेकै राजसंस्था हो ।  देश बर्बाद हुँदैछ, जनआवाजको नेतृत्व गर्ने कोही छैनन्, पूर्व राजाले पर्खिनुको कारण के हो ? जनता प्रश्न गर्दैछन् । पूर्वराजाका सल्लाहकार र देशका थिङ्क टेंकहरु पनि बिग्रदो स्थितिका बारेमा थप बोल्न आवश्यक छ । जनता निस्किरहेका छन्, नेतृत्वदायी कोही छैनन् । जसका लागि निरंकूश लाठी बज्रिदैछ, त्यो संस्था  मौन रहनु दुःखदायी परिस्थिति हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper