banner
banner

सैनिक आँखाबाट: चीन र भारतको सीमा झगडा

 डा. प्रेमसिंह बस्न्यात, नेपाली सेनाका पूर्व जनरल

नेपाली सेनाका पूर्वजनरल डा. प्रेमसिंह बस्न्यातले अाफ्नाे फेसबुक पेजमा पाेष्ट गर्नुभएको विचार हाल चीन र भारतबीच सीमाक्षेत्रमा जारी तनाव सम्बन्ध महत्त्व राख्ने महशुस गरेर जस्ताको त्यस्तै हामीले साभार गरेका छाैं। सं.
१. भारतको आन्तरिक एकता बलियो छैन। नर्थ इस्ट फ्रन्टियरका करीब ७, सिक्किम, पन्जाब, हैदराबाद, कास्मिर + जम्बु आदी राज्यहरु मौका मिल्यो भने भारतबाट अलग्ग हुन चाहन्छन। सिक्किम मा म ५ महिना अगाडि पुगेर राजनैतिक् छलफल पनि गरे। यो भारतकाे लागि ठुलो कमजोरी हो।
२. चीनको भने तिब्बत – हङकङ – सिन्जाङ लगायत केही क्षेत्र बाहेक अन्त एकता छ। आन्तरिक स्थिती बलियो छ। जसरी हुन्छ राष्ट्रिय एकता छ।
३. भारतमा जातिय सेना बनाउनु गल्ती थियो। जातियताले गर्दा रेजिमेन्ट – पल्टन बीचमा एकता छैन। अनी गोर्खा, जाट, सिख, लद्धाकी, डोग्रा बाहेक अरु जाती काँतर छन। भाषण, कलम, लेखमा उचालिन्छन। तर युद्धमा भाग्ने संस्कार छन। यो अर्को कमजोरी हो।
४. चीनको जातिय सेना छैन र कमाण्ड कन्ट्रोल कडा छ।
५. भारतमा रहेका युद्ध सामाग्री बिदेसमा निर्मित छन। बिग्रेमा- थप ल्याउनु पर्दा- प्राबिधिक समस्या पर्दा – बाहिरी मुलुक कै भर पर्नुपर्छ। हो, भारतमा बनेका पनि छन।
६. चीनका हात हतियार देशभित्रै निर्मित हुन। कुनै पनि देशले नाकाबन्दी गरे पनि फरक पर्दैन।
७. पटक-पटक दुस्मनसँग हार खाएपछीको हारेको ईतिहासले गर्दा फौजको मनोबलमा फेरी युद्ध हुँदा जित्छु भन्ने हुन्न। यो भारतीय सेनामा धेरै छ।
८. चीनको छिमेकीसँग सिमा र अन्य बिबाद नगण्य छ।
९. भारतको छिमेकी कोहीसँग पनि असल मित्रता छैन। यो अर्को कम्मजोरी हो।

अन्य :

मोदीजि र भारतीय सेनाले पाकिस्तानको रणनितीलाई हेरेर सो स्ट्राटेजी सापट लिएको देखिन्छ। किनकी : धर्मले राजनीति चलाएको र सेनाले देश कन्ट्रोल गरेको छ पाकिस्तानमा। मोदीजीले पनि धर्म र सेनालाई महत्व दिएको देखिन्छ।
१. बिशेष गरेर प्रधानमन्त्री मोदीजिले “हमरा भारत महान” – वृहत भारतको सपनामा हिंडेर अलीबढी नै महत्वाकांक्षी भै बिजेपिले सेनालाई फुर्क्याएकाे छ।
२. पाकिस्तानी सेनाको मोजमस्ती- राजनीतिमा पकड देखेर मोदी सरकारमा भारतीय सेना बढी महत्वकान्छी बनेको छ। यो सेनाले अब पाकिस्तानी सेनाको जस्तै शक्ति लिने सपना बोकेको देखिन्छ। किनकि मोदी सरकारको पुलपुल्याइले। सेनाको बिरुद्ध उसबखतका प्रधानसेनापती र बर्तमान Chief of Defence Staff बिपिन रावतलाई साम्सद मै काङ्रेस अाइको सदस्य्यले “बिजेपी के सडकके गुन्डे” भनेको पहिलो पटक देखियो।
३. त्यो सेनामा चाहिँदै नचाँँहिने र पहिला पद श्रृजना गरेर तेत्तिकै थन्क्याइयको Chief of Defence Staff मा धेरै दशकपछी पूर्वप्रधानसेनापती जनरल बिपिन राउतलाई अहिले सक्तिसाली बनाइ उनले बायुसेना, जलसेना र पैदलसेना माथि नचाइँदो महत्वाकांक्षा श्रृजना गराएका छन।
४. बिपिन रावतको पद राजनैतिक नियुक्ती हो। तर जङी पोसाक लगाउछन र प्रधानमन्त्रीसँग हिंडेका हुन्छन। यो बिजेपिको “झोले – झन्डे” ले पाउने पद हो। नेपालका श्री ३ महाराजको १००औं जर्नेल हुन्थे। ति मध्ये विश्वासिलो श्री ३ को “हजुरिया जर्नेल” हुन्थे। अहिले बिपिन रावत मोदीजिका “हजूरिया जर्नेल” हुन। बिपिन रावतले “मोदी महान” गराउन अहिले भारतीय प्रधानसेनापती जनरल नरभानेलाई सैनिक मर्यादा बाहिरका काम गर्न उक्साइरहेका छन। यो बिपिनको उक्सावटमा अहिले सेनाले आफ्नो हैसियत भुलेको छ।
५. जहिले पनि सेनामा स्ट्राटेजिक, अपरेसनल र ट्याक्टिकल लेभल हुन्छ। माथिल्लो तहको कमान्डरको मनसाय बुझेर जमिनमा रहेका ट्याक्टिकल कमाण्डर : कर्नेल- मेजर- कप्तान – सुबेदार – हवल्दार लगायतले तक्मा- पुरुस्कार पाउन उच्छृङ्खल काम पनि गर्छन्। जसको पारीणाम हो लद्दाख भएको घटनाहरु।
६. भारतीय सेनाले सिभिल मिडिया मार्फत आफ्नो कमजोरी छोप्ने गरेकाे देखिन्छ। यो राजनैतिक चाल हो। किनकी सरकारलाई असफल नदेखाउन। होइन भने फटाहा कुरा प्रसारण हुँदा पनि सेना चुप देखिन्छ। यो कुरा अमेरिकि सेना- युरोपियन सेना लगायतले बुझेका छन। वास्तवमा अमेरिकाले भारतमाथि युद्धमा भरोसा गर्न सकेको छैन। बरु पाकिस्तानी लडाकु भएकाले उसले पाकिस्तानलाई छाड्दैन। १९४७ अगाडि पनि ब्रिटिशले भारतमा करीब ७० प्रतिसत मुस्लिम सेना राखेको कारण लडाकु भएरै हो।
७. वास्तवमा भारतीय दिमागी – बुद्धिमान – कलमजीवी – परिश्रमी छन। तर थोरै मात्रा “सहास र मुटु” भएका छन। माथिका भनाइहरुले मैले भारतलाई होच्याउन खोजेको पटक्कै होइन। मेरा सैनिक अनुभब हुन। अर्कोतिर चीनको बारेमा त्यति थाहा पनि छैन।
धन्यवाद।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper