banner
banner

आभार अपर क्लुथा लायन्स क्लब अफ न्युजिल्यान्ड

जब हलमा पररर ताली बज्यो मेरा अांखा सायद खुशिले होला अांशुले टिलपिल टिलपिल थियो।मैले मेरी छोरीले नदेख्ने गरि अांशु पुछें।एनको अांखा छल्न सकिन अनि उनले मलाई अंगालो मारिन् ।डेभले संगै फोटो खिचेपछि भने यु लुकिङ्ग लब्ली।एन , म र मेरी छोरी मक्ख परेउं। बर्ष २०२०/२१ को लागि पद हस्तान्तरण कार्यक्रम थियो वानाकाको एज वाटर रिसोर्टमा अपर क्लुथा लायन्स क्लब अफ वानाकाको।जहाँ मेरो छोरी सहित मलाई पनि पास्ट प्रेसिडेन्ट एनको निमन्त्रणा थियो।जुलाई ८ तारिकको सांझ ६ बजे कार्यक्रम हुने भनिएको थियो।साढे पांच बजे नै डेभ र एन हामीलाई लिन अाईपुगे।नेपालबाट न्युजिल्यान्ड अाएपछि बाहिर कुनै कार्यक्रममा जाने अवसर मिलेको थिएन ।फेरि लायन्स क्लबको कार्यक्रम भनेपछि मलाई यहाँ कस्तो कार्यक्रम हुन्छ जान्ने उत्सुकता बढिरहेको थियो।एनले हामीलाई देख्ने बितिकै वाह भेरी नाईस लुकिङ लब्ली भनेर खुब फुर्क्याईन्।उनैले भनेकी थिईन् कि तिम्रो देशको चिनारी हुने खालको लुगा लगाउ भनेर।मैले नीलो सिल्क साडि,पिंक ब्लाउज,हल्का बैजनी स्वेटर,रातो पोतेमा तिलहरी,सिन्दुर,टीका,कानमा पिंजडा झुम्का लगाएकि थिएं। हामी १५ मिनट अगाडि नै पुग्यौं।त्यहा समय खेर फाल्ने भन्ने त चान्सै थियन।ठिक टाइममा पूरा उपस्थिति र तोकिएको समयमा कार्यक्रम शुरु भैहाल्यो ।कार्यक्रममा सहभागी सबै अाअाफ्नो सिटमा अासिन हुनुहुन्थ्यो ।जताततै नजर डुलाएं मैले ।मलाई एउटा कुरा अचम्म लागिरहेको थियो त्यो के भन्दा त्यहा उपस्थित सदस्यहरु अन्दाजी ६० बर्ष भन्दा कमको मेरी छोरी भावना काफ्ले मात्रै थिईन् हरु सबै ६०/८० बर्ष सम्मका हुनुहुन्थ्यो ।मेरो अगाडि सेतै केश फुलेकी महिला बस्नु भएको थियो उहाँ फोटो खिच्न जुरुक्क उठेर गै हाल्नु हुन्थ्यो मैले उहाँलाई त्यसरी हेरेको देखेर एनले भनिन् मलाई कि उहाँ ८० बर्षकी हुनुभयो।म झन् अचम्म परें त्यो उमेरमा पनि सामाजिक सेवा गर्न कति उत्साहित उनी।पाका उमेरका महिलाहरु तर जोस र जांगर कति कति! कार्यक्रमको बिचमा एकपल्ट चियर्स पनि भयो ।त्यो चियर्स सबैजना एकअापसमा घुलमिल हुन र वातावरण सहज बनाउन थियो सायद।केही बेर पछि डिनर शुरु भयो त्यसपछि पद हस्तान्तरण कार्यक्रम ।गवर्नर डेभले पद हस्तान्तरण गराई नयाँ समितिको नाम पनि घोषणा गरे ।पास्ट प्रेसिडेन्ट Bettyले Barbara Mackenzieलाई प्रेसिडेन्टको पद हस्तान्तरण गरिन्।तथा अन्य सदस्यहरुको नाम पनि घोषणा भयो। त्यसै बिचमा कार्यक्रम प्रतोता पास्ट प्रेसिडेन्ट Betty Georgeले मेरो नाम डेभि फ्रम नेफोल भन्दिईन् र अगाडि मायाको चिनो लिनको लागि निमन्त्रणा गरिन्।एन र भावनाले खुशि हुँदै ताली मारेर मलाई अगाडि जान प्रेरित गरे।जब म मन्चतिर जाँदै थिएं तब तालीले हल गुन्जायमान थियो।नेफोली पाहुनाका लागि भनेर।सायद त्यो क्षण सबैभन्दा गर्व गर्न लायक थियो र हर्ष र खुशिले उन्माद मेरा अांखा चम्किला भयछन् क्यारे ।मेरो जीवनको सबैभन्दा खुशिको क्षण थियो जुन क्षण म लाखौंमा किनेर ल्याउन सक्दिन। खुशि अनि उत्साहित थिएं मलाई कति बोल्नु थियो तर मेरो भाषाको कारण बोल्न खासै सकिन ।अंग्रेजी फररर बोल्न नसक्नुको कारण म अाफैमा शर्मिन्दा थिएं तर उनिहरुले उनिहरुको भाषा नबोलेर नजाती मानेनन् बरु मेरै भाषा सुनिराखे नबुझे पनि। मलाई खुब मजा लाग्यो।त्यहा उपस्थित महिलाहरुको अांखामा म थिएं किनकि मैले सारी ब्लाउज लगाएको थिएं र एनले पहिले नै बताईदिएकी थिईन् कि उसले लगाएको ड्रेस नेपाली कल्चरल ड्रेस हो भनेर। कार्यक्रम सकियो ठिक तीन घन्टामा अर्थात् तोकिएकै समयमा।सबैजनाले नाइस टु मिट यु नेपोल म्याम भन्दै हात मिलाउने अंगालो मार्ने गरे ।फेरि पनि अाउनु भन्ने निमन्त्रणा पाएं सबैबाट।डेभ र एनले मलाई घरसम्म पुर्याईदिए छोरी केही समय अगाडि नै निस्की सकेकी थिईन्।

जुलाई ८ तारिक मेरो लागि अविष्मरणिय रह्यो। हामी गफ गर्छौं बढी तर काम कम गर्छौं।जुनसुकै कामलाई पनि हामी दांजीरहेका हुन्छौं।यहाँ त्यस्तो हैन रैछ।यहाँ त जतिसुकै सानो काम भय पनि राम्रो मानिदो रहेछ।मलाई सोधेकी थिईन् एनले कि तिमीले नेपालमा त्यस्तो सामाजिक काम के गरेकी छौ? मैले खासै धेरै सामाजिक काम गरेको छैन तर कलमको सहायताले अन्यायको बिरुद्ध लडेको छु।अनि छोरी पढाउनुपर्छ भनेर सकेको अभावमा भएका नानीलाई सहयोग गरेको छु भने उनिहरु खुशिले गद्गद भए।अर्को यहाको सकारात्मक बिषष थियो बृद्धाहरु उमेरले बृद्ध भय पनि बिचारले १६ बर्षे थिए।अब एनले मलाई न्युजिल्यान्डमा उनको क्लवले गरेको प्रोजेक्ट भिजिट गराउने छु भन्दै हामी छुट्टियौं। मेरो छोरी अनि ज्वाईंलाई अाफ्नै ठान्ने एन प्रति हार्दिक नमन गर्दै पछिल्लो भेटका लागि समय तोकेर बिदा भईन्।हार्दिक धन्यवाद एन् जसले मलाई मेरो देशको नाम सामाजिक अभियन्ताको बिचमा गर्व साथ लिने मौका प्रदान गर्यौ। हार्दिक आभार अपर क्लुथा लायन्स क्लब अफ न्युजिल्यान्ड

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper