banner
banner

भारतको स्वतन्त्रतामा वीपी, मनमोहन, धेरै नेपालीको योगदान छ

डा.सुरेन्द्र केसी -
भारतको तिलक महाराष्ट्र विद्यापीठ र  उपकूलपति डा.दीपक तिलकको विशेष निम्तोमा भारत गएका इतिहासविद डा.सुरेन्द्र केसीले इतिहासको सत्यतथ्य प्रकाश पारेर देशभक्तिपूर्ण कार्य गरेका छन् । अन्तर्राष्ट्रिय गोष्ठीमा डा.सुरेन्द्र केसीले नेपालका बारेमा, नेपालीका बारेमा र इतिहासको जुन व्याख्या गरेका छन्, त्यो नेपाली बुद्धिजीवीको सुकर्म हो ।
त्यस गोष्ठीमा डा.केसीले के भनेछन्, नेपाल जान्न, नेपाली हुँ भन्ने जो कसैले पढ्न जरुरी छ । प्रस्तुत छ, डा.सुरेन्द्र केसीको अभिव्यक्ति–
सर्वप्रथम म त्ष्बिप ःबजबचबकतचब ख्ष्मथबउभभतज का ख्ष्भअभ ऋजबलअभिियच म्च। म्भभउबप त्ष्बिप का प्रति आफ्नो मनैदेखिको आभार प्रकट गर्न चाहन्छु जसले यस ीयफबलथब त्ष्बिप( ःबपभच या ःयमभचल क्ष्लमष्ब विषयक अन्तर्राष्ट्रिय गोष्ठीमा वक्ताका रूपमा मलाई निमन्त्रणा दिनुभएको छ ।
ज्ञातव्य छ, यो अन्तर्राष्ट्रिय गोष्ठी भारतीय जनताकै मनमष्तिष्कमा विराजमान हुन सफल स्वतन्त्रता सेनानी महानायक लोकमान्य बालगंगाधर तिलकज्यूको वर्षव्यापी १०० वर्षिय जन्मजयन्ति धूमधामका साथ मनाउने उद्देश्यद्वारा आयोजित तिलकको योगदान र विचार आजको भारतीय युवापिढीसम्म संप्रेषित गराउने शदाशयताबाट आयोजित यो कार्यक्रम स्वयंमा स्तुत्य छ, गरिमाशिल छ ।
अतः म सर्वप्रथम सम्पूर्ण नेपाली जनता, यहाँको बौद्धिक वर्ग, देशकै प्रतिष्ठित र पुरानो त्रिभुवन विश्वविद्यालयकै तर्फबाट म यस गौरवपूर्ण अन्तर्राष्ट्रिय गोष्ठीको पूर्ण सफलता र सार्थक संप्रेषणको पूर्ण कामना गर्दछु । म आफैं इतिहासको प्राध्यापक हुँ । २५ भन्दा बढि पुस्तक र १५०० बढी लेख–रचनाको स्रष्टा हुँ म । तीमध्ये केही निश्चयनै भारतीय इतिहास र धर्म–संस्कृतिसँग पनि सम्बन्धित रहेका छन् । मैले स्नातक र स्नातकोत्तर तहदेखिनै भारतिय इतिहास र धर्म–संस्कृति विषयलाई पाठ्यांशका रुपमा पढ्दै आउनुप¥यो । पछिबाट यी विषयको प्राध्यापककै रूपमा पनि सक्रिय रहनुप¥यो । स्वभावतः यसले पनि आफूलाई भारतिय समाज, धर्म–संस्कृति र इतिहाससँग जिवन्तनै राख्दै ल्यायो । अर्कोतर्फ १९० (ई. १८५७–१९४७) वर्षसम्म चलेको भारतिय स्वतन्त्रता संग्रामसँग पनि नेपाली रगत–पसिना त्यतिनै जोडिएर आएको तथ्य पनि यस प्रसंगमा स्मरणीय रहेको छ किनभने यस आन्दोलनमा मनमोहन अधिकारी र वीपी कोइरालाजस्ता नेपालका सर्वाधिक लोकप्रिय नेताहरु मात्र गहिरोसँग जोडिएका छैनन् सँगसँगै अन्य अनगिन्ती युवा–विद्यार्थी, लेखक र आमसर्वसाधारण नेपालीहरुले पनि यसप्रति विभिन्न भौतिक–नैतिक मूल्य चुकाएको तथ्य इतिहास सिद्ध छ ।
नेपालको पहिलो राजनीतिक दल– नेपाली कांग्रेसको त सांगठनिक मान्यता नै–नेपाल आततायी राणाशासनबाट मुक्त हुने हो भने त्यसको पूर्वशर्त नै भारतबाट ब्रिटिश साम्राज्यको पतन अपरिहार्य भन्ने रहेको छ । सोही अनुसारको सक्रियताको फलस्वरूप कांग्रेसका संस्थापक वीपी कोइराला ३ वर्षसम्म (१९४२–४५) हजारीवाग जेलमा कोचिए भने त्यसरी नै पछिबाट नेपालको कम्युनिष्ट पार्टीका नेता बन्न पुगेका मनमोहन अधिकारी पनि सोही स्वतन्त्रता आन्दोलनमा लागेवापत २ वर्ष (ई. १९४२–१९४४) सम्म बन्दि बनाइए । तिनीहरु बन्दी अवस्थामा जुन पक्षधर भारतिय नेतासँगको सत्संगतमा पुगे तिनीहरू पक्षकै वैचारिक पक्षधर बन्नपुगेको समेत देखिन्छ ।
 अर्कोतर्फ, आज पनि झन्डै ५६,००० गोर्खाहरु भारतिय सैनिक सेवामा आवद्ध भई यस देशको आन्तरिक तथा बाह्य सुरक्षा सेवामा अहोरात्र खटिन्छन् भने पछिल्लो पटक ३१ डिसेम्बर २०१९ मा जम्मु–काश्मिरको ीष्लभ या अयलतचय ि९ीइऋ० मा भारत–पाक सैनिक गोलाबारीमा परी गोर्खा नगरपालीका, रिप ५ का २५ वर्षिय अर्ज‘न थापामगरले आफ्नी असारमा नै विवाहित २० वर्षिय पत्नि सरीता थापामगर र ७० वर्षे बुढा बाबु प्रेमबहादुर थापामगरलाई एक्लो छोडी परमधाम लागेको कारुणीक घटनाले आज सिंगो जनमानसलाई ठूलो अपसोचमा पारेको छ । किनभने ती दिवगंतहरुका परिवारजनका आँखाबाट खसेको आँसुले छोडेको धर्सा अहिले पनि टाढैबाट देखिन्छ तर नेपाल र नेपाली अझै पनि यस सेवाबाट विमुख छैनन्, आकर्षित नै छन् । ज्ञातव्य छ, यसप्रकार भारतको सुरक्षार्थ ज्यान गुमाई क्रियामा बसेका पिताले आफ्नो अर्को छोरो भएको भए अर्कै थप कुर्वानीमा पठाउँथे । भन्नेबाट नै प्रष्ट छ । उता यी थापा विगत २ वर्षभित्रमा सातौ थिए, पहिला होइन । अझ त्रासद त के छ भने आफ्नो मृतक पतिको पीडा सहन नसकी नीजकी पत्निले पनि देहत्याग गरेकी भन्ने पनि समाचार छ । इतिहासको विद्यार्थी र देशप्रेमी नेपालीको हिसाबले यो भन्नुपर्दा चाहिँ निश्चय हिनताबोध हुन्छ त्यो के भने कहिल्यै विदेशीको प्रभूत्वमा नपरेका, विदेशी हमला र थिचोमिचो विरुद्ध लडेका नेपालीहरुकै सरकार चलाउने निरंकुश राणाशासकका संस्थापक प्रधानमन्त्री जंगबहादुर राणाले भने अंग्रेजी साम्राज्यको विरूद्धमा उठेको पहिलो कबउयथ mगतष्लन (ई. १९५७) ताका भने नेपाली राज्य संरचना पनि तिनै साम्राज्यवादीहरुको पक्षमा मात्र उभिएन सैनिक रुपमा समेत संलग्न रह्यो यसका लागि आज म सिंगो भारतिय जनसमुदाय र स्वतन्त्रता सेनानीप्रति क्षमाप्रार्थी हुँदै खेद प्रकट गर्न चाहन्छु ।
अन्यथा नेपाली र भारतिय मावन जातिको उन्मुक्ति, स्वतन्त्रता र सहकार्यमा सदैव एकसाथ र एउटै गन्तव्यतर्फ अग्रसर रहीआए । त्यो गन्तव्य हो– विश्वशान्ति, मानवता र सहकार्यको वशुदैव कुटुम्बकम् अर्थात् सिंगो विश्व नै एकैपरिवारको भावना । यस्तो किनभने नेपाल र भारतमा बसोबास गर्ने जनसंख्याको निकै ठूलो 
हिस्सा प्रायः एउटै जीवनदर्शन, धर्म–संस्कृति र देवीदेवता एवं मठमन्दिरको पूजाअर्चना र आराधना एवं भक्तिभाव प्रदर्शन गर्ने गर्दछन् । चाहे त्यो सिद्धार्थ गौतम बुद्धको कुरा गरौं वा सीताराम अनि शिव–पार्वती र भगवान कृष्णको नै किन कुरा नगरौं ।
जहाँसम्म बालगंगाधर तिलकको प्रसंग छ त्यसमा प्रवेश गर्न‘पूर्व जुन भारतिय स्वतन्त्रता संग्रामको महाअभियानले तिनलाई पैदा ग¥यो त्यसमाथि पनि एकाध शब्द खर्च गर्न‘ अनुपयुक्त हुने छैन । त्यसरी हेर्दा के देखिन्छ भने भारतीय स्वतन्त्रता संग्राम ३ विभिन्न चरण हुँदै ई. १९४७ को स्वतन्त्रता प्राप्तिसम्म आइपुग्यो । तिथिए–नरमयुग (१८८५–१९०५), गरम युग (१९०६–१९१८) र गान्धी युग (१९१९–१९४७) ।
नरम युगलाई दादा भाई नौरोजी, गोपाल कृष्ण गोरवले र सुरेन्द्रनाथ बनर्जीजस्ता नेताहरूले प्रतिनिधित्व गरे भने गरम युगलाई चाहिँ जसले नेतृत्व गरे त्यसको अग्रतामा यिनै बालगंगाधर तिलक (१८५६–१९२०) थिए । जो भन्थे– स्वतन्त्रता हाम्रो जन्मसिद्द अधिकार हो र हामी यसलाई लिइकन छोड्ने छौँ ।
दुर्भाग्य ! ई. १९२० जुलाई २४ मा यी महान्् हस्तीको ६४ वर्षको उमेरमा असामयिक निधन भएपछि यिनकै जीवनकालले त उनको त्यस महान् सपनालाई साकार भएको देख्न पाएन तर अगष्ट १५, १९४७ मा जब भारतलाई ब्रिटिश उपनिवेशबाट स्वतन्त्र भएको घोषणा गरियो, त्यो अरू केही नभई तिलकको यही जन्मसिद्ध अधिकार साकार भएको तथ्यको पुष्टि थियो । त्यसैले आज मलाई आफ्नो देश नेपालकै अन्तर्राष्ट्रिय अतिथि वक्ताको रुपमा यस मञ्चमा उभिई त्यस्ता महान् आत्माको त्याग, विचार र योगदानको स्मरण गर्दै उनैको शतवार्षिकी अवसरमा यी भनाईहरु प्रस्तुत गर्न पाउँदा जीवनकै सबैभन्दा गौरवशाली क्षण भएको अनुभूति भएकै छ । तर यस समारोहमा मलाई तिकलजीको समग्र व्यक्तित्व र कर्तृत्व बारेमा नभई नेपालको इतिहास एवं राजनीतिक विकास सन्दर्भमा आफ्नो विचार व्यक्त गर्न भनिएको हुँदा अब म सोतर्फ थोरै समिक्षा गर्ने अनुमति चाहन्छु । 
यसो गर्दा म देहायका बुंदाभित्र रही नेपालको इतिहास र राजनीतिमाथि संक्षिप्त विचरण गर्नेछु– 
१. प्रागऐतिहासिक काल 
२. ऐतिहासिक काल 
३. नेपालको प्राचिनता 
४. विशाल नेपाल 
५. नेपालको सीमांकन र सुगौलीको पीडा
६. नेपालको राजनीतिक विकास
७. निष्कर्ष
१. प्रागऐतिहासिक काल 
लेखन कलाको आविष्कार हुनअघिको मानव इतिहास नै प्रागऐतिहासिक काल हो । पुरातत्ववेता र मानवशास्त्रीहरुले मानव जातिको यो इतिहास ५० लाख वर्ष पहिले शुरूभई १० हजार वर्ष पहिला समाप्त भएको मानेका छन् । जसअनुसार होमोसेपियन्स (ज्यmयकबखष्भलअभ) जातको मावन जिवाणुलाई नै आजको संसारका सम्पूर्ण मानव जातिको पूर्वज मानियो । जोरामापिथेकस, अष्ट्रेलोपिथेकस, होमोईरक्टस र नियन्डरथलजस्ता विभिन्न चरण हुँदै हो मोसेभियन्सचरणमा प्रवेश ग¥यो । आजको विश्वले निश्चय नै यस प्राप्तिको दिशामा उल्लेख्य उपलब्धी हासिल गरी सकेकै अवस्था छ । दुःखद पक्ष के भने नेपालको पुरातात्विक इतिहासतर्फको यस अध्ययन र उत्खननले भने नाम मात्रको सफलता पनि हासिल गर्न सकिरहेको छैन ।
तथ्यांक हेर्दा नेपालको प्रागऐतिहासिक अध्ययनको शुरूवात ई. १९३५ बाट मात्र नै शुरू भयो । त्यो पनि ज्यादै सुस्तगतिमा । त्यस यता ई. १९५२, १९६०, १९६२, १९६४, १९६६, १९६९, १९७०, १९७८, १९८१, १९८४ र १९९६ र ९७ सम्म पटक–पटक गरी विभिन्न देशी विदेशी अन्वेषक तथा पुरातत्ववेत्ताहरुका उत्खनन र साधनाबाट के निष्कर्ष आएको छ भने नेपालमा पनि प्रागऐतिहासिक मावनको अस्तीत्व रहेको थियो ।
२. ऐतिहासिककाल 
पृथ्वीको यस भाग नेपालको समष्टिगत पुरातात्विक उत्खनन व्यवस्थित तरिकाबाट नभइरहेको अवस्था एकातिर भने अर्कातिर यसको लिखित इतिहास पनि त्यति स्पष्ट र व्यवस्थित हुन सकिरहेको छैन । भनिरहनु परोइन, मानव सभ्यताका लिखित प्रमाणहरु प्राप्त हुन थालेपछिको इतिहास नै ऐतिहासिक काल हो । त्यताबाट हेरिदा नेपालको इतिहासलाई सिंगो मानव जातिको इतिहास होइन केवल राजतन्त्रात्मक इतिहासबाट मात्र उभ्याइँदै आएको परम्परा छ । जसअनुसार विगत लामो समयसम्म हाम्रो परम्पराले लिच्छवी राजा मानदेव (ई. ४६४–५०५) द्वारा ई. ४६४ मा चाँगुनारायण (वर्तमान भक्तपुर जिल्ला) मा स्थापित स्तम्भमा परेको व्यहोराले दिने सूचना नै हाम्रो देशको ऐतिहासिकतालाई प्रामाणिकताका साथ प्रस्तुत गर्ने अभिलेखिय सामग्री रहेकोमा हाल कलाविद् लैनसिंह वाङ्देलको जय वर्मा संवद्ध ई. १८५ को मूर्ति त्यस्तो पुष्टि दिने पछिल्लो सामग्री बनेको छ ।
निश्चय नै त्यसयता भने नेपालको क्रमबद्ध इतिहास प्रामाणिक रूपमा नै प्राप्त छ । यसमा उल्लेख्य उतार चढावहरु अवश्यमेव छन् तर ती अप्रामाणिक र अस्तव्यस्त भने छैनन् । तिनले उक्त लिच्छवि शासन उदय (ईस्वीको आरम्भिक शताब्दी) पछि झण्डै एघारौं शताब्दीसम्म नेपालको एउटा भौगोलिक संरचना देखाउँछन् भने त्यसपछि यसमा पनि उल्लेख्य हेरफर आउँछन् । ठीक त्यसरी नै जसरी लिच्छवि उदयपूर्वको नेपालको भौगोलिक संरचना पनि आजको भन्दा पृथक रूपमा गुज्रियो । विश्वप्रसिद्ध गौतम बुद्ध यसै भूगोलका राजकुमार रहेको तथ्य पनि आज फलाक्दै हिँड्नुपरेको अवस्था निश्चय नै हाम्रो इतिहास लेखनमा रहेको यसै पछौटेपनको उपज हो । तथापि यस पछौटेपन इतिहासको यस वास्तविकतालाई मेटाउने छैन । यसको तात्पर्य इतिहास लेखनको क्षेत्रमा पनि हामीले अझै धेरै काम गर्न बाँकी नै छ भन्ने नै हो । 
३. नेपालको प्राचिनता 
नेपाल विश्वका अति नै प्राचिनतम सीमित मुलुकमध्ये एक मानिन्छ । यसरी नै विश्वको त्यस्तो मुलुक मध्ये नेपाल पनि एक पर्दछ जो कहिल्यै पनि विदेशी प्रभूत्वको शिकार बन्नु परेन । विभिन्न जोड–कोण र खोज उत्खननको निष्कर्षमा नेपाली र विदेशी इतिहासवेत्ताहरु कुन निष्कर्षमा छन् भने यस देशको नाम नेपालको अस्तीत्व झण्डै २५०० वर्षदेखि नै अस्तीत्वमा रहँदै आएको छ । समस्या के छ भने प्रामाणिक रूपमा चाहिँ ‘नेपाल’ शब्दको उल्लेख विक्रमको छैठौं शताब्दिबाट मात्र पुष्टि हुन थाल्छ । त्यसैले यसपूर्वको इतिहास चाहिँ या त अनुश्रुति होइन भने कल्पित वंशावलीका अलौकिक कथाकै भरमा चल्ने गर्छ । सर्वप्रथम यस ‘नेपाल’ शब्दको उल्लेख ई.पु. ६००–८०० मानिएको अथर्व परिशिष्टमा आउने गर्छ । त्यहाँ ६ वटा अन्य देशकै हाराहारीमा नेपाल पनि उल्लेखित छ, ती ६ देशहरु यी हुन् –
१. नेपाल
२. विदेह (मिथिला)
३. उपुम्बुर (पञ्जाव) 
४. अवन्ति (उन्ज्यैन) 
५. कामस्प (आसाम)
६. केकय
अथर्व परिशिष्टको कुर्म विभागमा यो जस्ताको तस्तै यसरी उल्लेखित छ – नेपाल कामस्यं च विदहोदुम्वरं तथाऽवन्त्य केकयश्य उतरापूरवे हतोहन्यात !! 
के सत्य हो भने यति भइकन पनि यस अथर्व परिशिष्ट समय भने अझै पनि निश्चित छैन । त्यसैले बौद्ध जैन साहित्य लगायतका अन्य स्रोतहरूमा प्राप्त प्रसंगहरूका आधारमा इतिहासवेत्ताहरु के विश्वास गर्छन् भने बुद्धको समय (ई.पू. ४८३–५६३) ताका नै वर्तमान काठमाडौं उपत्यका केन्द्रीत नेपाल राष्ट्रको भूगोल बनिसकेको थियो । ती साहित्यहरूमा कस्ता प्रसंगहरु आउँछन् भने बुद्धले उत्तर भारतमा धर्मोपदेश चलाइरहँदा बौद्ध भिक्षुहरु भारतिय व्यापारीका साथ बारम्बार नेपाल आउने जाने गर्दथे । यताबाट बुद्धकै समयमा यस भेगमा नेपाल नामक राष्ट्रले स्थायित्व र पहिचान हासिल गरिसकेको अवस्था थियो । किनभने विषय यतिमात्र छैन, यस विपरित गुप्त सम्राट समुद्र गुप्त (ई. ३८९–४३२) को प्रयाग अभिलेखले पनि यसरी नै नेपालबारे उल्लेख गर्दै नेपाल उसको साम्राज्यको उत्तरी सिमानामा रहेको पहाडी राज्य हो र यो कामरूप (आसाम) रकतपुर (कुमाउ) का बीच अवस्थित छ ।
नेपालबारे उल्लेख गर्ने यसप्रकारका लिखत र सन्दर्भहरु अरू पनि त्यत्तिकै छन् तर यीमध्ये कौटिल्यद्वारा लेखिएको अर्थशास्त्र (३२२–२९८ ई.पू.) थप महत्वको छ किनभने त्यसले पनि नेपालबारे किटानी नै उल्लेख गरी राखेको पाइन्छ । उता चिनियाँ स्रोतहरूले पनि नेपालबारे त्यत्ति नै उल्लेख आदि गरिराखेको नै पाइन्छ । विचारणीय के भने यस भूगोलको कुन अंगलाई चाहिँ खाश नेपाल मान्ने ? किनभने यहाँ हामी जुन ‘नेपाल’ को जिरह गरीरहेका छौँ त्यो मूलतः हाल काठमाडौं उपत्यका र त्यसको वरिपरिसम्मको भूभाग मात्रको नै विषय रहेको स्पष्टै छ । तथ्यहरुले के देखाउँछन् भने लिच्छवि नेपाल अघिदेखि नै हालको लुम्बिनी, कपिलवस्तु र नवलपरासी र जनकपुर क्षेत्रहरूमा पनि नेपालकै जस्तो कपिलवस्तु, देवदह र विदेहजस्ता राज्यहरु पनि अस्तीत्वमा थिए ।
यी कपिलवस्तु र विदेह राज्यत वास्तवमा ’नेपाल’ भन्दा पनि विख्यात मात्र होइन विश्वसभ्यतामै हैसियतपूर्ण स्थान राख्ने राज्य रहेको तथ्य राजा जनक र शुद्धोधनहरूको विवेकी शासन र त्यहाँ पैदा भएका राजकुमारी सीता र राजकुमार गौतम बुद्धहरूको अद्वितीय वैशिष्टयता र व्यक्तित्व स्वयंले पुष्टि गरिरहेकै स्थिति छ । निश्चय नै यही काम लिच्छवि मूलमा पैदा भएकी अर्की राजकुमारी भृकुटीले पनि तिब्बतमा बौद्धधर्म विस्तारका सन्दर्भमा गरेको नै मानिन्छ । यिनै प्रक्रिया र व्यक्तित्वहरुले छोडेको छाप र ज्ञान नै वास्तवमा नेपाली इतिहासको वैशिष्टयता र समष्टि पनि हो तर कुरा यतिमै सकिने स्थिति पनि रहेन किनभने एकातिर उल्लेखित राज्यहरु स्वयंले पनि ठूलाठूला उतारचढावहरु व्यहोर्न‘प¥यो भने उता सुदूरपूर्व र पश्चिमको इतिहास चाहिँ के भयो र के थियो भन्ने तथ्यलाई यी विवरणहरूले निश्चय नै समेटेका छैनन् ।
चाँगुनारायण अभिलेखले गरेको पुष्टि के हो भने त्यो लिच्छवि नेपाल कम्तिमा पूर्वमा कोशी अनि पश्चिममा गण्डकी नदीसम्म विस्तारीत थियो । उता यो लिच्छवि राज्य कहाँसम्म कायम रह्यो अनि त्यसपछि के भयो ? भन्ने विषय पनि अस्पष्ट प्रायः रहन पुग्यो । एकैचोटी ई. १२०० बाट काठमाडौं उपत्यकामा ’मल्ल’ नामधारी अर्को वंश देखाप¥यो भने तिनको राज्यको नाम चाहिं नेपाल मण्डल प¥यो ।
नेपाल मण्डल प्रायः काठमाडौं उपत्यकाभित्रै मात्र सीमित रहेन ई. १४८१ मा जब यस वंशका प्रभावशाली राजा यक्ष मल्लको निधन भयो त्यसको ३ वर्षपछि ई. १४८४ मा उनका द्वितीय पुत्र रत्न मल्लले कान्तिपुरलाई स्वतन्त्र राज्य घोषणा गरेपछि औपचारिक रुपमा नेपाल मण्डलभित्र पनि विभाजनको श्रृङ्खला शुरू भयो । यसै क्रममा ललितपुरका स्थानीय विष्णु सिंह भन्ने शक्तिशाली भारदारले त्यसलाई पनि ई. १५४८ मा स्वतन्त्र राज्यका रुपमा मान्यता दिलाउन सक्षम भए भने पितृ राज्यका रूपमा भक्तपुर यथावत रह्यो ।
यसरी शक्तिशाली लिच्छवि नेपालको यो हाल भएपछि सुदूरपश्चिमले पनि अर्कै बाटो लियो । त्यो बाटो थियो– आफ्नै पहलकदमीमा स्वतन्त्र राज्य निर्माणको बाटो । तदनुरुप ई. ११०७ मा नागराज भन्ने एक लडाकुले खारीबाट कर्णाली झरी –सिंजालाई राजधानी बनाएर जुम्ला उपत्यकामा नयाँ राज्यको स्थापना गरे । उत्कर्षका दिनमा यो राज्य पश्चिममा कुमाउ–गढवाल अनि पूर्वमा गोर्खासम्म विस्तारित हुन आयो । सक्षम भएता पनि अन्ततः यसले पनि विभाजनकै दुनिर्यत व्यहोर्नुप¥यो । ई. १३८९ बाट औपचारिक रुपमा यसले पनि त्यो बाटो समायो । फलतः विशाल खस साम्राज्य पनि टुक्राटुक्रा भई कम्तीमा ४६ राज्यमा विभक्त हुनपुग्यो । नेपालको इतिहासमा ती राज्यहरु क्रमशः बाइसी र चौबिसी राज्यका रूपमा लोकप्रिय रहने गर्छन । यो विभाजनकारी प्रवृत्ति यति घातक र विखण्डकारी हुन्थ्यो कि विभाजनबिच पनि उपविभाजन पैदा हुन्थे । मल्ल राज्यभित्र दोलखा वा बनेपा राज्य अनि पाल्पा राज्यभित्र मकवानपुरी, चौडण्डी र विजयपुर जस्ता राज्यहरु यसै प्रवृत्तिका उपज थिए । पूर्वका सेन राज्यको कुरा यही थियो ।
नेपाली इतिहासको बुझ्नैपर्ने एउटा अर्को प्रवृत्ति भनेको प्राचिन कपिलवस्तु, विदेह र सिम्रौनगढ राज्यहरूको उठापटक पनि हो । जुन बखत काठमाडौंमा किराँत राज्य चल्दै थियो त्यसबखत मध्य तराईमा कपिलवस्तु, विदेह, देवदह आदि ससाना राज्यहरु थिए । गौतम बुद्ध यसै कपिलवस्तु राज्यका युवराज थिए । झण्डै ई.पू. ५०० अर्थात बुद्धको जीवनको अन्तिमतिर कौशल नरेश प्रसेनजितका सेनापति राजकुमार विद्धरूको भिषण हमलामा परी यस कपिलवस्तु राज्यलाई विनष्ट गर्ने काम भयो । ७७ हजार मानिस मारिए । त्यसबखत कपिलवस्तुको जनसंख्या ५ लाख रहेको मानिन्छ । यसरी कपिलवस्तुको अस्तीत्व नामेट भयो । यस्तै अर्को राज्य थियो– विदेह । यसको राजधानी थियो मिथिला । त्यसैले यो राज्य मिथिलाबाट पनि परिचित छ जो वर्तमान नेपालको जनकपुरमा पर्दछ । विदेहको इतिहासमा राजा जनकको शासनकाल निकै महत्वपूर्ण मानिन्छ जो अयोध्याका राजा दशरथका समकालिन थिए र त्यहाँका राजकुमार राम र यहाँकी राजकुमारी सीताका प्रसंगमा भीमकाय महाकाव्य रामायणकै रचना भएको छ ।
ई.पू. छैठौं शताब्दिमा मगधका शासक अज्ञात शत्रुको आक्रमणबाट यो राज्य पनि कपिलवस्तुकै जस्तो विनष्ट भयो । यसरी यस भेगका सबै साना–ठूला राज्यहरु प्रायः विनष्ट भई इतिहासको गर्भमा विलिन भए भने ई. १०९७ मा पुनः कर्णाट वंशी नान्यदेवले हालको बारा पर्सा भेगमा ‘सिम्रौनगढ’ भन्ने अर्को नयाँ राज्यको स्थापना गरे तापनि २२७ वर्षपछि ई. १३२४ मा यो राज्य पनि दिल्लीका गयासुद्दिन तुलगलकको आक्रमणमा परी विनष्ट भयो । यहाँका राजा शरणका लागि काठमाडौं लम्कने क्रममा बाटैमा दिवगंत भए ।
४. नेपालको विशालता 
भारतमा ब्रिटिश उपनिवेशको जग बसेताका नेपालमा सानो राज्य गोर्खाका राजा पृथ्वीनारायण शाह पनि आफ्नो राज्य विस्तारमा लम्कन लागेका थिए । जुनबेला भारतमा पलासी (१७५७) रबक्सर (१७६२) युद्धहरु हुँदै थिए त्यसबेला यता पृथ्वीनारायण पनि कीर्तिपुर र मकवानपुर युद्ध लड्दै थिए । केही उपाय नलागेपछि आफ्नो गुमेको राज्य पुनर्पाप्ति हेतु सैनिक सहयोगको याचनासहित मकवानपुरका विस्थापित राजा दिगवन्धन सेन बंगाल नवाव मिरकासिमको शरण परे भने कान्तिपुरका राजा जयप्रकाश ब्रिटिश इष्टइण्डिया कम्पनीको शरणमा पुगे । तर दुवैका सेनालाई गोर्खाली सेनाले नराम्रोसँग पराजित गरिदिए ।
तथापि नतः ब्रिटिश औपनिवेशिक विस्तार न गोर्खा राज्यको विस्ता र दुवै आ–आफ्नो अभियानमा लिप्त नै रहे । यस अवधिमा ब्रिटिश कम्पनीले अधिकांश भारतवर्ष आफ्नो प्रभूत्वमा ल्यायो भने गोर्खा पनि विस्तारित भई पूर्वमा टिष्टा अनि पश्चिममा काँगडा नदीसम्म विस्तारित भयो । यो नै विशाल नेपाल थियो ।
५. नेपालको सीमाकंन र सुगौलीको पीडा 
हुनत कम्पनी सरकारले नेपालसँग मैत्रीपूर्ण सम्बन्धका लागि अनेकौं प्रयास नगरेको होइन तर नेपालको तत्कालीन नेतृत्व अंग्रेजसँग कुनै पनि लेनेदन र आदानप्रदान नगर्ने नीतिमा दृढतापूर्वक उभिन पुग्यो । यस्तोमा अंग्रेजसँग एउटै उपाय बाँकी देखियो त्यो हो नेपालविरूद्ध युद्ध घोषणा । फलतः उसले नोभेम्बर १, १८१४ का दिन नेपाल विरूद्ध भिषण युद्धघोषणा गर्दा यो युद्ध २ वर्षसम्म जारी रहेपछि नेपालले ठूलो धनजन र अन्य क्षति व्यहोर्न बाध्य हुनुप¥यो । अन्ततः दुवैपक्ष सन्धि गर्न सहमत भएपछि १८१६ मार्च ४ मा नेपालले असमान र सुगौली सन्धीमा हस्ताक्षर गर्ने बाध्य हुनुप¥यो । यो सन्धि यस्तो हो जसले मुख्यतः नेपालको सीमांकन गर्ने काम ग¥यो ।
६. नेपालको राजनीतिक विकास 
सुगौली सन्धीले नेपालको आन्तरिक राजनीतिमा उल्लेख्य परिवर्तन ल्याइदियो किनभने देशको सैनिक महत्वकाङ्क्षाको अन्त्यपछि अब भारदारहरु सत्ताको लागि हानाथाप र काटमा र एवं घात–प्रतिघातको दाउपेच राजनीतितर्फ लिप्त हुन थाले । युद्धकालका शक्तिशाली प्रधानमन्त्री भीमसेन थापाले ई. १८०६ मा राज्यको नायवी सम्हाली बसेका पूर्व राजा रणबहादुर शाहको हत्या प्रकरणसँग मुछेर ९३ बढि आफ्ना सम्भावित विरोधीर प्रतिद्वन्द्वीहरूको निर्ममतापूर्वक हत्या गरेबाट लामो समयसम्म नीजले बिना व्यवधान सत्ता चलाएको भए तापनि अप्रिल १, १८३२ मा उनीपक्षकी नायक ललितपुर सुन्दरीको मृत्यु र नाबालख राजा राजेन्द्र विक्रम शाहको सक्रियतापछि क्रमशः शक्तिशाली प्रधानमन्त्री भीमसेन थापा खस्किँदै गएर अन्ततः उनी पदच्यूत मात्र गरिएनन कपोलकल्पित आरोपमा बन्दि समेत बनाइए । उनीमाथि देशद्रोहको आरोप लाग्यो । अपमान खप्न नसकी बन्दी अवस्थामै जुलाई २०, १८३९ मा उनले आत्महत्या गरेको सार्वजनिक गरियो । उनको लाशमाथि पनि अपमानजनक व्यवहार गरियो । कुकुर, गिद्ध र स्यालद्वारा लुछ्न लगाइयो ।
(क) भीमसेन थापको अवशान र राणाशासनको उदय 
शक्तिशाली प्रधानमन्त्री भीमसेन थापाको अवशानपछि नेपाली राजनीतिमा ठूलो रिक्कता उत्पन्न भयो । राजा राजेन्द्रको अर्कमन्यताले गर्दा त्यस्तो रिक्तता दिनानुदिन संकटतर्फ बढ्दै गयो । उनका २ रानीहरु राजाको स्थान लिने हिसाबले दरबारिया राजनीतिमा हावी हुँदै गए । जेठी रानी र कान्छी रानीका आ–आफ्ना गुट बन्न पुगे । राजा आफै एउटा गुटमा खडा थिए । तिनै समूह आ–आफ्नो पक्षलाई सत्ता दिने खेलामा लागेबाट राजनीति ज्यादै विषाक्त बन्दै गयो । अल्प समयमै सरकार बन्ने–बिग्रने हुँदा राजनीतिक अस्थिरता र अन्यौलता भयंकर बन्दै गयो । एकपछि अर्को शक्तिशाली भारदार पनि काटिन र मारिन थाले । त्यसैको परकाष्टा थियो–१८४६ सेप्टेम्बर १४ गते रातीको भयंकर हत्याकाण्ड । जो नेपाली इतिहासमा ‘कोतपर्व’ नामबाट बदनाम छ जहाँ झण्डै ३ दर्जन एकसेएक भारदारहरु एकचिहान बनाइए जसमा तत्कालीन मन्त्रीमण्डलका मन्त्री र प्रधानमन्त्रीहरु स्वयं पनि शिकार बनाइए । उता यस विभत्स हत्याकाण्डका नाइके सोही सरकारका मन्त्रीमध्येका एक जंगबहादुर कुँवर स्वयं नै थिए । कोतपर्वपछि देशको शासनभार तत्कालीन सरकारमा मन्त्री नै रहेका जंगबहादुर कुँवर नामका एक व्यक्तिले लिन पुगे अनि गद्दिनसिन राजा राजेन्द्रलाई नाम मात्रको राजामा सीमित पारी स्वयंलाई कार्यकारी मात्र घोषित गराएनन् आफ्नै परिवारको हुकुमी जहानीया शासन स्थापनाको प्रपञ्चसम्म तयार बनाए । राजनीतिले यति चाँडो कोल्टे फेर्न थाल्यो कि सिघ्रनै गदिनसिन राजारानी बनारस प्रस्थान गरे भने त्यहाँबाट पुनः आफ्नो गुमेको गद्दी पाउने लालशाको कारण तिनी अलौ भन्ने स्थानमा सरकारी सेनासँग भिड्न आइपुगे । त्यहीबाट शाही बन्दिका रूपमा उनी काठमाडौं ल्याई बन्दी बनाइए भने उनको स्थानमा युवराज सुरेन्द्र नै नेपालका राजा बनाइए । हुनत जंगबहादुरका लागि पनि उनको यो प्राप्ति त्यति सुखद हुन सकेन किनभने ई. १८७७ मा उनको निधनपछि पुनः राणा राजनीतिले पनि घात –प्रतिघात र हत्या प्रतिहत्याकै बाटो लियो । उनको स्थानमा प्रधानमन्त्री बन्न आएका रणोद्धिप सिंह स्वयं १८८५ मा आफ्नै भतिजा वीरशमशेरको योजनामा निर्ममतापूर्वक मारिए भने स्वयं जंगबहादुरका छोराहरु पनि समाप्त पारिए ।
जेहोस्, जंगबहादु र र उनका सन्तान मारिए पनि राणाशासन अक्षुण्ण रह्यो । उनका भाई धीरशमशेरका १७ भाईछोराले यसलाई आलोपालो अघि बढाउँदै ई. १९५१ सम्म ल्याए । जम्मा १० राणहरु नेपालका प्रधानमन्त्री बने । यो आततायी जहानीया राणाशासन १०४ वर्षसम्म चल्यो ।
(ख) प्रजातन्त्रको उदय र शाही शासन 
प्रजातन्त्रको उदय र शाही शासन विरोधी प्रतिक्रिया त्यसको स्थापना लगत्तैबाट प्रारम्भ भए पनि सार्थक र परिणामदायी हुन सकेनन् । प्रचण्ड गोर्खा र प्रजापरिषदजस्ता प्रमुख राणाविरोधी संगठनिक प्रयासहरु निर्मम दमनपछि भारतमै नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरु स्थापना गरी तिनले राणा शाही पल्टाए । तिनले १९५१ मा राणाशासन ढाल्ने काम त गरे तर बदलिँदो परिवेशमा पुरानो राजनीतिक शक्ति र नयाँ राजनीतिक शक्तिबीचको द्वन्द्व र खीचातानीमा नविन शक्तिको पराजय हुन पुग्दाको परिणाम १९६० मा पुनः देशले अर्को निरंकुशता व्यहोर्न विवश हुनुप¥यो । भीमसेन थापाको अवशानको दशककैजस्तो एकपछि अर्को सरकार बन्ने बिग्रने र त्यो काम पुनः राजा स्वयंले गर्ने तानावाना बुन्ने गरियो । सम्पूर्ण षडयन्त्रको तानावाना राजाले तयार पार्ने अनि त्यसको दोषभागी राजनीतिक दल र नेताको टाउकामा खन्याइदिने आदि हुँदै आयो । अन्ततः यसैलाई बहाना बनाएर १९६० डिसेम्बर १५ का दिन तत्कालीन राजा महेन्द्रले सैनिक बलमा जननिर्वाचित नेपाली कांग्रेसको वीपी कोइराला सरकार अपदस्थ गरी बन्दि बनाउने र प्रजातान्त्रिक व्यवस्थामाथि प्रतिबन्ध लाउने जस्तो घातक कार्य गर्नपुगे । म तदनुरुप देशमा सक्रिय राजतन्त्रको युग शुरू भयो । २९ वर्षसम्म चलेको यस सक्रिय राजतन्त्रात्मक व्यवस्थालाई उनले निर्दलीय पञ्चायति व्यवस्था भन्ने नाम दिए । जो पूर्णतः उनैको प्रत्यक्ष निगरानीमा चल्थ्यो र सबै दलिय गतिविधिहरु प्रतिबन्धित रहन्थे । प्रतिनिधिहरु निर्वाचित भइ आएपनि सरकार गठन–विघटन उनैको इशारामा हुन्थ्यो ।
(ग) प्रजातन्त्रको पुर्नस्थापना र पुनः राजनीतिक अस्थिरता 
राजाले २९ वर्षसम्म निरंकुश शासन गरे पनि दलहरुको प्रजातन्त्र प्राप्तिको लडाई पनि जारी नै रह्यो । ठूलठूला त्याग र क्षतिहरु भए । अन्ततः २९ वर्षपछि तत्कालीन राजा विरेन्द्र दलहरुमाथिको प्रतिबन्ध हटाउन विवश भए । यसरी नेतृत्वको त्याग र शहिदहरुको बलिदानको फलस्वरुप पुनः देशमा बहुदलिय व्यवस्थाको पुर्नस्थापना भई निर्वाचन लगायतका सम्पूर्ण प्रक्रियाहरु पुनःस्थापित र सुचारू हुन थाले । जुन नेपाली कांग्रेसको दुईतिहाइको सरकारलाई राजाले अपदस्थ गरेका थिए ३० वर्षपछि १९९१ को आमनिर्वाचनमा पनि त्यही दल विजयी बन्यो र तिनै वीपीका कान्छा भाई गिरिजाप्रसाद पुनःस्थापनापछिको प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्न पुगे ।
दुर्भाग्य के भने राजनीतिमा भने पुरानै प्रवृत्तिको पुनरावृत्ति भयो । उही हानथाप, उही घातप्रतिघात्र सत्तालिप्सा, कसैले कसैलाई नमान्ने, खुट्टामात्र तान्ने । परिणामतः निर्वाचित प्रधानमन्त्री कोइरालाले ३ वर्षमै मुलुकलाई मध्यावधि निर्वाचनमा होमे अनि पराजय भोगे । देशमा पहिलो निर्वाचित कम्युनिष्ट सरकार सत्तामा पुग्यो तर राजनीतिको बजारमा छिरेको अस्थिरता र अन्यौल भने जारी रह्यो ।
(घ) माओवादीको उदय र राजपरिवारको सामुहिक हत्या
पुर्नस्थापित प्रजातन्त्रले सुशासन र दिगोपना दिन नसकेपछि त्यसैभित्रको एउटा उग्रवाम समूहले नेकपा (माओवादी) नाम दिँदै देशमा १३ फेब्रुअरी १९९६ बाट उग्र र हिंसात्मक ’जनयुद्ध’ को थालनी ग¥यो । सदाझै यसपटक पनि भारत नै यसको भरपर्दो बाह्य मैत्रीआधार बन्यो त्यसले आफ्नै सैनिक संगठन जनमुक्ति सेना, नेपाल बनायो । राज्य संरचनालाई त्राहीमाम बनाउँदै आफ्नै स्थानिय सत्ता र न्यायालय खडा गर्दै अघि बढ्यो । उता २००१ जुन १ को राती ९ बजेतिर सुसज्जित सैनिक घेराभित्र रहेको शक्तिशाली राजपरिवार एवं गद्दिनसिन राजा विरेन्द,्र रानी ऐश्वर्य र युवराज दिपेन्द्र सहित १० जना शाही परिवार एकै चिहान भएको खबर विद्युतिय गतिमा प्रवाहित भएपछि सिंगो विश्व स्तब्ध भयो ।
(ङ) विस्तृत शान्ति सम्झौता र राजतन्त्रको अन्त्य
दाजुको स्थानमा गद्दिनसिन हुन आएका नयाँ राजा ज्ञानेन्द्र दाजुजस्तो बौद्धिक र सुझबुझपूर्ण देखिएनन् । अपरिपक्व अभिव्यक्ति र हुँकारमात्र थालेनन् सिघ्र नै २००२ अक्टोबर ४ का दिन यिनले आफैद्वारा मनोनित प्रधानमन्त्री देउवालाई अपदस्थ गरी सत्ता आफ्नो हातमा लिए । स्वभावतः दलहरु उत्तेजित भई विरोधमा उत्रिए । एकपछि अर्को सरकार बनाउने र बिगार्ने प्रपञ्च चल्यो तर राजनीतिले कुनै निकास पाएन । अर्कोतर्फ नयादिल्लीमा माओवादी र सात रानजीतिक दलहरु निरंकुश राजतन्त्रको अन्त्य गर्ने १२ बँुदेमा २००५ नोभेम्बर २२ मा हस्ताक्षर गर्न सहमत भई संघर्षको मैदानमा उत्रिने निश्चयमा पुगे । नभन्दै १९ दिनसम्म चलेको संयुक्त जनआन्दोलन सामु २००६ अप्रिल २४ मा घुडा टेक्न राजा ज्ञानेन्द्र तयार भए । विघटनमा गइसकेको प्रतिनिधि सभा पुर्नस्थापित भयो । उनै गिरिजाप्रसादको प्रधानमन्त्रीत्वमा माओवादीसहितको अन्तरिम सरकार गठनको मार्ग खोल्ने ध्येय समेतले सरकार र माओवादीबीच नोभेम्बर २, २००७ मा विस्तृत शान्तिसम्झौतामा हस्ताक्षर हुनपुग्यो भने उसैको अगुवाइमा बनेको अन्तरिम संविधानले राजालाई निलम्बनको अवस्थामा राख्दै पुर्नस्थापित प्रतिनिधि सभाको दोस्रो वैठकले राजाको सम्पूर्ण अधिकारहरु प्रधानमन्त्री, मन्त्रीपरिषद् र संसदमा रहने घोषणा गरेपछि वस्तुतः नेपालको राजनीतिबाट राजा अप्रांसागिक संस्थामा रुपान्तरित भयो भने औपचारिक रुपमा मे २८, २००८ मा बसेको संविधानसभाको पहिलो बैठकले नेपाललाई संघिय लोकतान्त्रिक राज्यका रुपमा घोषणा ग¥यो ।
यसरी २४० वर्ष पुरानो राजतन्त्रात्मक शाहघरानाको राजकीय नेतृत्व औपचारिक रुपमा समाप्त भई नेपाल एक गणतन्त्रात्मक मुलुकमा प्रवेश गर्न पुग्यो । यो निश्चय नै हाम्रो इतिहासको युगान्तकारी घटना थियो । इतिहास एउटा युगबाट अर्को युगमा फड्को मारेको घटना ।
(च) अन्तरिम संविधान २००७ र समावेशीय राज्यको अवधारणाको मूर्तिकरण 
दिल्लीको सात बुँदे मार्गचित्रअनुसार संविधान सभामार्फत देशको राजनीति अघि बढ्ने सहमति भएपनि तिनीहरूको सहमतिमा बनेको अन्तरिम संविधानले मूलतः यस तथ्यलाई आत्मसात नगरेको पाइएपछि मधेशी जनअधिकार फोरम, २०६३ नेपाल नाम गरेको एक मधेश केन्द्रित समूहले संघिय र समावेशीय नेपालका लागि भिषण मधेश आन्दोलनको अन्तरिम संविधान जारी भएको दोस्रो दिन अर्थात् जनवरी १६, २००७ बाट नै सुत्रपात ग¥यो । फलतः बाध्य भई अन्तरिम सरकारले मार्च १४ मै उक्त अन्तरिम संविधानमा पहिलो संशोधन गर्दै (१) राज्य संरचनाका सबै अंगहरुमा मधेशी, दलित, आदिवासी, जनजाति, महिला, मजदुर, किसान, अपांग, पिछडिएका वर्ग र क्षेत्र सबैलाई समानुपातिक समावेशीको आधारमा सहभागी गराउने, (२) संघिय शासनप्रणाली अवलम्बन गरिने लगायतका विभिन्न ६ विषयहरुसमेत गरियो । यसरी मुलुकमा सर्वप्रथम समावेशीयता र संघियताको सिद्धान्तलाई राजकीय तहमा अनुमोदन गर्ने काम भयो ।. राजनीतिक रुपमा हालसम्म पनि हाम्रो मुलुक संक्रमणकालिन अवस्थामै छ । त्यसरी हेर्दा अहिले पनि हाम्रो देशको आधारभूत जनताले समृद्धि र सुशासनको न्यूनतम प्रत्याभूति पनि पाउन सकिरहेको छैन । आजसम्मको राजनीतिक बुझाई राजतन्त्र र हिन्दु अधिराज्य नै यस देशको अविकास र पछौटेपनको मूल कारकतत्व रहेको भन्ने हो । तदनुरुप १९५१, १९९० र २००६ का आन्दोलनहरूको बलमा क्रमशः राणाशासन, निर्दलिय पञ्चायति व्यवस्था र राजतन्त्र नै फ्याकेर देशलाई धर्मनिरपेक्षसहित संघिय गणतन्त्रमा ढाल्ने दिशामा जनशक्ति र तिनका अगुवा दलहरूलाई सफलता त मिल्यो तर ती व्यवस्थाको प्रतिफल सर्वसाधारणहरूले पाएको अनुभूति भने अझैपनि गर्न सकिरहेको स्थिति छैन । हुँदाहुँदै पनि नेपालको संविधान, २०१५ ले राजनीतिक रूपमा केही मौलिक अभ्यासलाई निश्चय नै कार्यान्वयनमा ल्याएको छ, ती हुन् 
(१) संघीय गणतन्त्रात्मक व्यवस्था
(२) धर्मनिरपेक्षता
(३) समावेशियता 
(४) समाजवाद उन्मुख व्यवस्था 
तदनुरूप लामो संघर्षपछि मुलुकले संविधान सभामार्फत संविधान बनाउने कार्य सम्पन्न गरिसकेको स्थिति छ भने नयाँ संविधान अनुसार ७५३ स्थानिय, ७ प्रान्तिय र १ राष्ट्रिय तहसम्मको निर्वाचनमार्फत् जनताका प्रतिनिधिद्वारा राज्य सञ्चालनको विधि पनि अभ्यासमा गइरहेको अवस्था छ । अब यसलाई कसरी सार्थक र परिणामदायी बनाउदै साँचो अर्थमा यसलाई जनताको संघीय गणतन्त्र बनाउने त्यो नै हाम्रो राजनीतिको मुख्य चुनौति रहेको छ ।
सन्दर्भ सामग्री
१. ज्ञानमणि नेपाल, नेपाल निरूक्त, २०४० 
जगदिशचन्द्र रोशी, प्राचिन नेपालको राजनीतिक इतिहास, २०३५
महेशकुमार आचार्य, प्रागइतिहास पुरातत्वको सामान्य परिचय, २०५६
पेशल दाहाल, नेपालको इतिहास, २०५८
मोदनाथ प्रश्रित, नेपाल गणयुगदेखि राष्ट्रयुगसम्म, २०७०२
२. प्बmब िए। ःबिि ९भ्म।० ल्भउबस् िएभचकउभअतष्खभक यल अयलतष्लगष्तथ बलम अजबलनभ, ज्ञढडढ 
द्यजगधबल ीब िएचबमजबल, ीगmदष्लष्(प्बउष्खिबकतग( मभधबमबजब, ल्य म्बतभ। 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper